Sunday, July 12

राजनीति

तोसिमा कार्कीले चुनाव लड्न पाउने बाटो खुला
राजनीति, समाचार

तोसिमा कार्कीले चुनाव लड्न पाउने बाटो खुला

नेपालअखबार, काठमाडाै । सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ मा स्वतन्त्र पार्टीकी तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै उनले चुनाव लड्न बाटो खुलेको छ। न्यायाधीश कुमार चुडालको इजलासले यस्तो आदेश दिएको प्रवक्ता विमल पौडेलले जानकारी दिए। ‘प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी सन्दर्भबाट निवेदकलाई हुन सक्ने अपुरणीय क्षतिको स्थिति तथा सुविधाको सन्तुलन समेतको रोहबाट प्रस्तुत मुद्दाको अन्तिम टुंगो नलागेसम्म कार्कीको ललितपुर ३ को उम्मेदवारी अयोग्य हुने गरी आयोगले कात्तिक १२ मा गरेको निर्णय कार्यान्वयन नगर्नू/ नगराउनू,’ सर्वोच्चको आदेशमा भनिएको छ। कार्कीले लिने भत्ता नियमित प्रकृतिको नभएको सर्वोच्चको आदेशमा उल्लेख छ। ‘लाभको पदमा बहाल रहेको भन्न निजले मेडिकल काउन्सिलको सदस्य पद नियमित पारिश्रमिक पाउने पद भएको वा नियमित जिम्मेवारीको पद भन्ने...
‘अधिकार सहितको समृद्धिका लागि उम्मेदवारी’—विद्या भट्टराई
राजनीति, समाचार

‘अधिकार सहितको समृद्धिका लागि उम्मेदवारी’—विद्या भट्टराई

नेपालअखबार, पोखरा  । नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले अधिकार सहितको समृद्धिका लागि आप्mनो उम्मेदवारी भएको बताएकी छन् । अखिल नेपाल महिला संघ क्षेत्र नं. २ निर्वाचन परिचालन कमिटीद्धारा मंगलवार पोखरामा आयोजित महिला भेलामा बोल्दै उनले सभ्य र समृद्ध समाज निर्माण पहिलो प्राथमिकता भएको बताईन् । अनेमसंघको अगुवाईमा मुलुकमा महिला अधिकार स्थापित भएको बताउँदै थप अधिकार प्राप्तिका लागि आगामी मंसीर ४ गते हुने निर्वाचनमा नेकपा एमालेलाई विजय गराउँनु पर्नेमा उनको जोड छ । उनले मुलुकमा दिनप्रतिदिन बढ्दै गएको साइवर अपराध रोक्नका लागि आप्mनो तर्पmबाट सक्दो भूभिका निर्वाह गर्ने बताईन् । डेंगु संक्रमणलाई जित्न सफल उम्मेदवार भट्टाईले घर व्यस्थित तवरले सञ्चालन गर्ने महिलाहरु अवसर पाएमा मुलुक चलाउन पनि सक्षम रहेको चर्चा गर्दै...
डोटीमा स्थानीयका खेतवारीदेखि घरदैलोमै पुग्दै उमेदवार
राजनीति, समाचार

डोटीमा स्थानीयका खेतवारीदेखि घरदैलोमै पुग्दै उमेदवार

विमल विष्ट , डोटी। आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनमा भागलिएका यहाँका गठबन्धन दल तथा नेकपा एमाले सहितको राप्रपाका उमेदवार सहितका नेता अहिले गाउँ गाउँमा पुगेका छन् । यति बेला जिल्लामा किसानलाई आफ्नो खेतीपाती भित्रयाउन भ्याइ नभ्याइ भएपनि नेताहरु किसानका खेतवारीदेखि घरैमा पुगेर आफुलाई मत माग्न थालेको पाइएको छ । डोटीमा चार दल सहितको लोकतान्त्रिक बाम गठबन्धन कायम रहेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र अर्को दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक्लै चुनावी प्रतिसपर्धामा उत्रिएको छ । प्रतिनिध सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा नेताहरु गाउँ गाउँमा पुगेर स्थानीयसँग मत माग्न थालेका छन् । प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारहरु आफ्नो पक्षमा माहोल सपार्न तथा भोटमाग्नका लागि गाउँ छिरेका बेला यहाँका किसान भने आफ्नो खेतीपातीको काममा...
त्यागे एमाले प्रदेश कमिटी सदस्यसहित बाराका ७६ जनाले
राजनीति, समाचार

त्यागे एमाले प्रदेश कमिटी सदस्यसहित बाराका ७६ जनाले

नेपालअखबार, बारा । बारा ३ मा पार्टीले उठाएका उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका प्रदेश कमिटी सदस्यसहित बाराका ७६ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमाले परित्याग गर्नेमा मधेस प्रदेश कमिटी सदस्यहरु श्रीकाजी मोक्तान, उमेश कुशवाह, कलामुद्दीन अन्सारी, प्रदीप साह तथा पूर्व सदस्य देवराज घिमिरे रमणलगायतका ७६ जना छन् । उनीहरुले बारा ३ बाट प्रतिनिधि सभामा ज्वालाकुमारी साह र प्रदेश सभातर्फ बारा ३ को २ मा महम्मद समिरलाई उम्मेदवार बनाएकोमा असन्तुष्टि जनाएर एमाले परित्याग गरेका हुन् । साह र समिर दुवै जना नेकपा माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका थिए । पार्टी परित्याग गर्नेहरुले आज (मंगलबार) निकालेको संयुक्त विज्ञप्तिमा बारा ३ मा ४० वर्षदेखि पार्टीमा कार्यरत, योग्य, दक्ष र इमान्दार कार्यकर्ता हुँदा हुँदै कार्यकर्ताको चाहना र भावना विपरीत क्षेत्र बाहिरबाट टुरिष्ट ...
सशस्त्रका २ जना सई निलम्बित, आचरणविपरीत काम गरेको आरोप
राजनीति, समाचार

सशस्त्रका २ जना सई निलम्बित, आचरणविपरीत काम गरेको आरोप

नेपालअखबार, काठमाडौं । सशस्त्र प्रहरीले आचरणविपरीत काम गरेको भन्दै दुई जना नायव निरीक्षक (सई) लाई निलम्बन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत गोविन्द सुवेदी र बीओपी छिन्नमस्ता सप्तरीमा कार्यरत कृष्णबहादुर मगरलाई निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाएको हो । सुवेदीमाथि सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीहरु पुर्‍याई कार्यालय फर्कने क्रममा दिइएको जिम्मेवारी सही ढंगले निर्वाह नगरेको आरोप छ । यही कात्तिक ४ गते सुवेदीको नेतृत्वको टोली चढेको सशस्त्रको ट्रक बाणगंगा नगरपालिकाको सिउटीमा दुर्घटना भएको थियो । जसमा तीन जना सशस्त्र र एक जना सर्वसाधारणको मृत्यु भएको थियो भने सुवेदीसहित तीन जना घाइते भएका थिए । कृष्णबहादुर मगरमाथि भने गत असोज २० गते भारतीय भूमिमा मृत्त अवस्थामा फेला परेका सहायक निरीक्षक सत्य नारायण यादवको घटनाको प्रारम...
डोटीको विकास गर्नु नै मेरो मुख्य प्राथमिकता हो : निर्वतमान मन्त्री आले
राजनीति, समाचार

डोटीको विकास गर्नु नै मेरो मुख्य प्राथमिकता हो : निर्वतमान मन्त्री आले

विमल विष्ट, डोटी। नेकपा  एकीकृत समाजवादीका नेता तथा निर्वतमानमन्त्री एवं डोटीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेले समग्र डोटी जिल्लाको विकास गर्नु नै आफ्नो पहिलो प्राथमिकता भएको बताउनु भएको छ । आज सोमवार डोटीको सायल गाउँपालिकामा आयोजित मतदाता भेटघाटका क्रममा नेता आलेले नागरिकका लागि विकास अहिलेको आवश्यकता भएकाले आफ्नो मुख्य प्राथमिकता पनि समग्र डोटीको विकास रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘डोटीको विकासका लागि म राजनितीमा होमिएको छु, मैले जति सक्छु डोटीको विकास गर्छु ।’ भेटघाटकै क्रममा नेता आलेले राजनीतिसँगै डोटी सहित समग्र देशको विकासलाई अगाडि बढाउने जिकिर गर्नुभयो । ‘जनतालाई अहिले चाहिएको विकास हो, म विकासका लागि प्रतिबद्ध छु’ उहाँले थप भन्नुभयो ‘वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउनुस्, विकास गर्ने मेरो जिम्मा ।’ सुशासनको जग बसाउन र गाउँमा रोजगारी र आम्दा...
एकीकृत समाजवादीको घोषणापत्र- ‘जातीय मुक्तिका लागि सांस्कृतिक रुपान्तरण, वर्गीय मुक्तिका लागि समाजवाद’
राजनीति, समाचार

एकीकृत समाजवादीको घोषणापत्र- ‘जातीय मुक्तिका लागि सांस्कृतिक रुपान्तरण, वर्गीय मुक्तिका लागि समाजवाद’

नेपालअखबार, काठमाडौं । नेकपा (एकिकृत समाजवादी)ले जातीय छुवाछुत मेटाउन पहल गर्नेलाई पुरस्कृत गर्नुपर्नेदेखि अन्तरजातीय विवाह गर्ने जोडीको सुरक्षासहित प्रोत्साहन भत्ता दिनुपर्नेमा जोड दिएको छ । सोमबार घोषणापत्र सार्वजनिक गर्दै  नेकपा एकीकृत समाजवादीले ‘जातीय छुवाछुत मेटाऔँ  मानव मर्यादा कायम गरौ’ भन्ने नारासहित चुनावी घोषणापत्रमा जातीय छुवाछुतको मुद्धा पनि समावेश गरेको छ  । मानिस मानिसबिच छुवाछुतको व्यवहार गर्नु मानव मर्यादाविपरीतको कार्य भएको र यो एक जघन्य अपराध पनि भएको भन्दै यसको अन्त्य हुनैपर्नेमा उसले जोड दिएको छ । दलित समुदायको वर्गीय आधारको सूचकाङ्क निर्माण गर्दै परिचयपत्रको व्यवस्था गरी राजनीतिक, आर्थिक र सामाजिक विकासका लािग आगामी दशकलाई दलित अधिकार दशक घोषणा गरी संविधान कार्यान्वयनमा जोड दिइने उल्लेख गरेको छ । समाजमा रहेको जातीय भेदभाव र छुवाछुत मेटाउनका लािग विविध रचनात्म...
नेकपा एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक  ( पूर्णपाठ )
राजनीति, समाचार, हाइलाइट-समाचार

नेकपा एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक ( पूर्णपाठ )

नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको  घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार दिउँसो १ वजे पार्टी  केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा महासचिव बेदुराम भुसाल लगायतका नेताले घोषणापत्र सार्वजनिक गरेका हुन् । नेपाली जनताको लामो र बलिदानीपूर्ण सङ्घर्षबाट मुलुकमा महत्वपूर्ण उपलब्धिहरूको रक्षाको लागि आफूहरूको पहिलो प्राथमिकता भएको घोषणापत्रमा उल्लेख गरेको छ । अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो भएकाले प्रणालीको सुधारलाई जोड दिएको छ । घोषणापत्रमा भनिएको छ, ‘यो मुलतः धेरै पैसा खर्च गर्नेले मात्र जित्नसक्ने खालको छ । यो जटिल पनि छ र कुनै पार्टीले बहुमत ल्याउन नसक्ने खालको छ । कुनै पनि पार्टीको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भई विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ ।’ अहिलेको निर्वा...
एकीकृत समाजवादीको घोषणापत्रः यस्ता छन् ८ नीतिगत प्रतिबद्धता
राजनीति, समाचार

एकीकृत समाजवादीको घोषणापत्रः यस्ता छन् ८ नीतिगत प्रतिबद्धता

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक गरेको छ । एकीकृत समाजवादीले घोषणापत्रमार्फत ८ वटा नीतिगत प्रतिवद्धताहरू सार्वजनिक गरेको छ । प्राप्त उपलब्धिको रक्षा र विस्तार, लोकतन्त्रको सुदृढीकरण र विकास, निर्वाचन प्रणालीमा सुधार, सुशासन र पारदर्शिता, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड, आर्थिक–सामाजिक रूपान्तरण  समाजवादका आधार निर्माण, राष्ट्रिय हित र स्वाभिमानको संवद्र्धन र योजना प्रणालीमा आमूल परिवर्तन गरी ८ वटा विषयमा नीतिगत प्रतिवद्धता जनाएको हो । एकीकृत समाजवादीले घोषणापत्रमार्फत जनाएको ८ प्रतिवद्धता (पूर्णपाठ)  हाम्रा मुख्य नीतिगत प्रतिवद्धताहरू आदरणीय जनसमुदाय, अब हामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन-२०७९ का सन्दर्भमा आफ्ना मुख्य नीतिगत प्रतिबद्धताहरू उल्लेख गर्न चाहन्छौँ । हामी यिनै नीतिगत प...
दुर्गम क्षेत्रमा एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने माओवादीको घोषणा
राजनीति, समाचार

दुर्गम क्षेत्रमा एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने माओवादीको घोषणा

नेपालअखबार, काठमाडौं। नेकपा माओवादी केन्द्रले अति दुर्गम र कर्णालीका जिल्लामा दुई जिल्ला बराबर एक हेलिकप्टरको व्यवस्था गरी एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । सोमबार सार्वजानिक घोषणापत्रमा दुर्गम क्षेत्रका गर्भवती महिला र सुत्केरीले समयमा उपचार नपाउँदा अल्पआयुमै हुने मृत्युलाई रोकथाम गर्न लागि एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने घोषणा गरेको छ । ‘गाउँ–गाउँमा अस्पताल, स्वास्थ्यमा समाजवाद’ भन्ने मुल नाराका साथ माओवादी केन्द्रले विभिन्न १५ बुँदे प्रतिबद्धता जनाएको छ । हरेक पालिकामा आधारभूत अस्पतालहरूको निर्माण सम्पन्न गरी दक्ष जनशक्ति र आवश्यकस्वास्थ्य उपकरणको व्यवस्था गरिने र प्रदेशस्तरमा ठुलो क्षमताका विशिष्टीकृत सेवाका अस्पतालहरू निर्माण र सञ्चालनमा जोड दिइने घोषणापत्रमा उल्लेख छ । त्यसैगरी, स्वास्थ्य सेवाको गुणस्तर बृद्धि र विशिष्टिकृत स्वास्थ्य सेवाको उपलव्ध...