Sunday, July 12

राजनीति

भोलि  राष्ट्रपति भण्डारी मुस्ताङ जाने
राजनीति, समाचार

भोलि राष्ट्रपति भण्डारी मुस्ताङ जाने

नेपालअखबार, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मुस्ताङ भ्रमणमा जाने भएकी छन्। राष्ट्रपति भण्डारीले त्यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै बुद्धको मूर्ति अनावरण र विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रम तय भएको हो। राष्ट्रपति शुक्रबार बिहान ८ बजे मुक्तिनाथ पुग्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। ‘मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक भएर राष्ट्रपति भोलि नै फर्कनुहुन्छ,’ उनले भने, ‘राष्ट्रपतिको भ्रमणलाई सुव्यस्थित बनाउने तयारीमा हामी जुटेका छौं।’ राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि उद्घाटन हुने जनाइएको छ। राष्ट्रपतिको भ्रमणलाई लक्षित गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको प्रजिअ शर्माले बताए। राष्ट्रपति भण्डारीले गत वर्ष कात्तिकमा पनि मुक्तिनाथमा पूज...
प्रचण्डले गोरखाका यी ठाउँमा सम्बोधन गर्ने
राजनीति, समाचार

प्रचण्डले गोरखाका यी ठाउँमा सम्बोधन गर्ने

नेपालअखबार, गाेरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ भोलि(शुक्रबार) गोरखामा हुने चुनावी कार्यक्रमलाई सम्बोधन गर्न जान लागेका छन् । भोलि बिहान सातै बजे काठमाडौंबाट आफ्नो चुनावी क्षेत्रका कार्यक्रमलाई सम्बोधन गर्न पुग्ने भएका हुन् । प्रचण्डले शुक्रबार गोरखाको याङकोट, १० किलो, छेपेटार, आहाले र ठुलो आगनमा हुने चुनावी सभालाई उनको सचिवालयले जनाएको छ । ‘शुक्रबार हुने चुनावी सभालाई सम्बोधन गर्न कार्यतालिका बनाएको छ । कार्यतालिका बमोजिम अध्यक्षले सम्बोधन गर्नुहुने छ’ प्रचण्डको सचिवालयका एक सदस्यले भने- ‘शुक्रबार चार ठाउँमा हुने चुनावी सभालाई सम्बोधन गरेर काठमाडौं फर्किनुहुनेछ ।’ अरु भेटघाट घर दैलो समेत गर्ने बताएको छ । आफ्नो क्षेत्रबाट फर्किएपछि प्रचण्डले पार्टीका अन्य नेताको चुनावी क्षेत्रमा पुगेर सम्बोधन गर्ने योजना बनाएका छन् ।...
स्थानियलाई विकास बुझाउँदै,योजना सुनाउँदै एमाले उम्मेदवार कार्की
राजनीति, समाचार

स्थानियलाई विकास बुझाउँदै,योजना सुनाउँदै एमाले उम्मेदवार कार्की

नेपालअखबार, पोखरा । नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर २ (१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्की आफ्नो निर्वाचन क्षेत्रमा एमाले नेतृत्वको प्रदेश र केन्द्र सरकारले गरेका विकास बुझाउँदै तथा आफू र आफ्नो पार्टीले अघि सारेका विकासका योजना सुनाउँदै मत माग्न व्यस्त छन् । निर्र्वाचन क्षेत्रअन्र्तगत कास्कीको दक्षिणी भेगमा पर्ने पोखरामहानगरका दुई वडा २१ र ३३ का मतदातासँग निरन्तर भेटघाटमा रहेका कार्कीले जनतालाई उक्त पर्यटकीय क्षेत्र घोषणा भएको र विस्तारै अब पूर्वाधारका काम पूर्ण हुँदै जादा आकर्षक गन्तव्य उन्मुख हुँदै गरेको बताए । उनले उक्त ठाउँमा बनेका पूल, बाटो निर्माण तथा पानीको समस्या समाधानसँगै सबै काम एमाले नेतृत्वका स्थानीय, प्रदेश र केन्द्र सरकारको पहलमा भएको जानकारी गराए । कृषिमा व्यवसायिकता रहेको सो क्षेत्रको अर्को सम्ंभावनालाई आधुनिक ढंगले विकाससँगै युवालाई स्वदेश...
रेशम चौधरीको पार्टीले धार्मिक क्षेत्रमा लगानी नगर्ने
राजनीति, समाचार

रेशम चौधरीको पार्टीले धार्मिक क्षेत्रमा लगानी नगर्ने

नेपालअखबार, काठमाडाैं  । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिले नगर्ने कार्यको विषयमा खुलाएको छ । सो पार्टीको घोषणापत्रमा जनप्रतिनिधिले कृषि जमिनको खण्डीकरण नगर्ने, सार्वजनिक सम्पत्तिको दोहन नगर्ने, ठेक्कापट्टाबाट लाभ नलिने,  धार्मिक क्षेत्रमा लगानी नगर्ने प्रतिबद्धता जनाइएको छ । सो पार्टीले धर्म निरपेक्षताको नीति लिएको छ ।...
जनताको सेवकको रुपमा काम गर्न चुनावी मैदानमा होमिएको हुँ : बराल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

जनताको सेवकको रुपमा काम गर्न चुनावी मैदानमा होमिएको हुँ : बराल

नेपालअखबार, पोखरा । कास्की क्षेत्र नम्बर–२ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले उम्मेदवारी दिएका छन् । उम्मेदवार श्रीनाथ बरालले संविधान जोगाउनका लागि र संसदको संरक्षणका लागि पाँच दलीय गठबन्धनको आवश्यकता परेको बताएका छन् । उनले प्रतिनिधि सभा सदस्यमा आफुलाई विजयी गराए शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीमा देखिएका समस्यालाई समाधान गर्न लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गठबन्धनलाई मत नदिए महत्वपूर्ण ऐन कानून बन्ने कुरामा असर पुग्ने अभिव्यक्ति उनको थियो । ‘यहाँहरुको सेवकको रुपमा चुनावी मैदानमा होमिएको छु, निर्वाचित भएपछि कास्की २ को मुहार फेर्ने गरी लाग्ने प्रण गर्दछु ।’, उनले भने । कास्की जिल्लामा रहेका समस्यकाा विषयमा आफु जानकार भएको र त्यसको समाधानमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले युवाहरुलाई स्वदे...
आज प्रधानमन्त्री देउवा डडेल्धुरा जाँदै
राजनीति, समाचार

आज प्रधानमन्त्री देउवा डडेल्धुरा जाँदै

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बिहीबार गृहजिल्ला डडेल्धुरा जाँदैछन् । प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन पनि वारेसमार्फत गराएका देउवा मनोनयन दर्तापछि चुनावी प्रचारका लागि पहिलो पटक गृहजिल्ला जान लागेका हुन् । बुधबार कैलालीको धनगढी पुगेका उनी आज दिउँसो साढे १२ बजे डडेल्धुराको अमरगढीमा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । देउवा चार दिन डडेल्धुरामा रहनेछन् । उनको निजी सचिवालयका अनुसार देउवाले शुक्रबार बिहान साढे ११ बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी, सोही दिन दिउँसो सवा २ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी सभालाई सम्बोधन गर्ने छन् । कात्तिक १९ गते बिहान ११ बजे अजयमेरू गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका रूपालमा हुने आमसभामा देउवा पुग्नेछन् । देउवाले कात्तिक २० गते बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र द...
जनताको आधारभूत आवश्यकतालाई पूरा गर्ने उम्मेदवार गणेशमान गुरुङको उद्घोष
राजनीति, समाचार

जनताको आधारभूत आवश्यकतालाई पूरा गर्ने उम्मेदवार गणेशमान गुरुङको उद्घोष

नेपालअखबार, पोखरा । कास्की क्षेत्र नं. ३ (क) बाट नेकपा एमालेका प्रदेश सभा सदस्य उम्मेदवार गणेशमान गुरुङले आफूले जनताको आधारभूत आवश्यकतालाई पूरा गर्ने उद्घोष गरेका छन् । जनताको सुख, दुःखमा सधैं साथ रहेको भन्दै उनले आफूले स्थानीय आवश्यकतालाई नजिकबाट बुझेको बताए । कास्की ३ क अन्तर्गत माछापुच्छ्रे गाउँपालिकाका वडा नम्वर २,३,४ लगायतका विभिन्न वडाहरुमा भएको घरदैलो कार्यक्रममा उनले उत्पादन र रोजगारी वृद्धिलाई आफूले प्राथमिकतामा राखेको उल्लेख गरे । उम्मेदवार गुरुङले पार्टीकोे प्रतिवद्धतापत्रमा पूरा गर्न सकिने कुराहरु मात्र आएको बताउँदै आफनो पार्टीले कहिल्यै ठुला र झुटा आश्वसन नदिने बताए । घरदैलो कार्यक्रममा नेकपा (एमाले), गण्डकी प्रदेश सचिवालय सदस्य दीपक पौडेल, केन्द्रीय संस्कृति विभाग सदस्य, विम्ब कवि रमेश श्रेष्ठ, क्षेत्र नं. ३ (क) निर्वाचन परिचालन कमिटीका संयोजक विष्णु केसी, वडा कमिटी इञ्चार्...
ओलीले दार्चुलाबाट कात्तिक १८ मा चुनावी सभा सुरु गर्ने
राजनीति, समाचार

ओलीले दार्चुलाबाट कात्तिक १८ मा चुनावी सभा सुरु गर्ने

नेपालअखबार, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीका उम्मेदवारहरूलाई मत माग्न सातै प्रदेशमा हुने चुनावी सभालाई सम्बोधन गर्न जाने भएका छन् । कात्तिक १८ गतेबाट चुनावी सभा सुरु गर्न लागेका अध्यक्ष ओली मङसिर १ मा अन्तिम चुनावी सम्बोधन गरेर विश्राम लिने तयारीमा रहेका छन् । मङसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको  निर्वाचनका लागि पार्टीले घोषणापत्र सार्वजनिक गरेलगत्तै अध्यक्ष ओली देशभरका चुनावी सभामा सम्बोधन गर्न पुग्ने भएका हुन् । अध्यक्ष ओलीले कात्तिक १८ गते सुदुरपश्चिमको दार्चुलामा हुने सभाबाट सम्बोधनको सुरुवात गर्ने र मङसिर १ मा प्रदेश १ पुगेर सक्ने तयारी भएको एमाले नेताहरुको भनाइ छ । ‘अध्यक्षले कात्तिक १८ गते दार्चुलाको चुनावी सभालाई सम्बोधन गरेर चुनावी अभियानको शसक्त सुरुवात गर्नूहुनेछ’, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘मङसिर १ गते प्रदेश १ को सम...
‘अधिकार सहितको समृद्धिका लागि उम्मेदवारी’—विद्या भट्टराई
राजनीति, समाचार

‘अधिकार सहितको समृद्धिका लागि उम्मेदवारी’—विद्या भट्टराई

नेपालअखबार, पोखरा । नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले अधिकार सहितको समृद्धिका लागि आप्mनो उम्मेदवारी भएको बताएकी छन् । अखिल नेपाल महिला संघ क्षेत्र नं. २ निर्वाचन परिचालन कमिटीद्धारा मंगलवार पोखरामा आयोजित महिला भेलामा बोल्दै उनले सभ्य र समृद्ध समाज निर्माण पहिलो प्राथमिकता भएको बताईन् । अनेमसंघको अगुवाईमा मुलुकमा महिला अधिकार स्थापित भएको बताउँदै थप अधिकार प्राप्तिका लागि आगामी मंसीर ४ गते हुने निर्वाचनमा नेकपा एमालेलाई विजय गराउँनु पर्नेमा उनको जोड छ । उनले मुलुकमा दिनप्रतिदिन बढ्दै गएको साइवर अपराध रोक्नका लागि आप्mनो तर्पmबाट सक्दो भूभिका निर्वाह गर्ने बताईन् । डेंगु संक्रमणलाई जित्न सफल उम्मेदवार भट्टाईले घर व्यस्थित तवरले सञ्चालन गर्ने महिलाहरु अवसर पाएमा मुलुक चलाउन पनि सक्षम रहेको चर्चा गर्दै ...
जागरूक नागरिक समाजले कार्तिकको १९ गते उमेदवारहरूको परिचय कार्यक्रम गर्ने
राजनीति, समाचार

जागरूक नागरिक समाजले कार्तिकको १९ गते उमेदवारहरूको परिचय कार्यक्रम गर्ने

सुमन जिसी, पाेखरा  ।  पोखरा महानगरपालिका वडा नं २६ मा स्थापना भएको जागरूप नागरिक समाज संस्थाले कार्तिकको १९ गते उमेदवारहरूको परिचय कार्यक्रम गर्ने पत्रकार समेलन गरि जानकारी गरेको छ । देशमा मंसिर ४ को चुनावको माहोलले तातिरहेको अवस्थामा जागरूक नागरिक समाजले प्रतिनिधी सभा र प्रदेश सभामा क्षेत्र नं. १ कास्कीका सम्पूर्ण आकांक्षी उमेदवारहरूको परिचय तथा प्रतिवद्धता घोषणा पत्रको बारेमा नागरिकलाई जानकारी गराउने उदेश्यले कार्तिकको १९ गते बुढिबजारमा कार्यक्रम गर्न लागेको जानकारी दिइएको छ । सुसासन, विकास र समृद्धिको लागि नागरिक सञ्जाल भन्ने नाराका साथ स्थापना भएको जागरूक नागरिक समाजले समाजको लागि विभिन्न किसिमका सामाजिक कार्यक्रम गर्दै आएको संस्थाल, आम नागरिक सामु उमेदवारहरुलाई उपस्थित गराउने र प्रतिवद्धता समेत गराईने जानकारी दिईएको छ । संस्थाका अध्यक्ष रामहरि ढुङ्गनाको सभापतित्वमा सम्पन्न भए...