प्रचण्ड-बामदेव वार्ता: एउटै चुनाव चिन्ह र घोषणा पत्रमा चुनाव लड्न तयार
नेपालअखबार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका अधयक्ष बामदेब गौतमबीच भेटबार्ता भएको छ । आइतबार बहिान पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीको टोली सँग भेट गरेका माओवादी अध्यक्ष प्रचण्डले गौतम सँग भेटबार्ता गरेका हुन् । भट्टराई र यादव नेतृत्वको नेसपा तथा गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले आगामी मंसिर ४ को प्रतिनिधीसभा तथा प्रदेश सभा निर्वाचन नेकपा माओवादी केन्द्रको चुनाव चिह्नमा लड्ने तयारी गरीरहेको अवस्थामा माओवादी केन्द्र अध्यक्ष प्रचण्८ सँग भे६ गरेका हुन् ।
डा. बाबुरामसँग एउटै चिह्न, एउटै घोषणापत्रमा चुनाव लड्ने गरी दुई पार्टीका बीचमा सहमति जुटिसकेको भए पनि यसलार्य औपचारीकता दिन भने बाँकी रहेको नेताहरुले बताएका छन् ।
निर्वाचन अगाडी नै समाजवादी केन्द्र बनाउने रणनीतिमा रहे...










