Saturday, July 11

राजनीति

नेपाली कांग्रेस कास्कीद्वारा विभिन्न समिति तथा उपसमिति गठन
राजनीति, समाचार

नेपाली कांग्रेस कास्कीद्वारा विभिन्न समिति तथा उपसमिति गठन

नेपालअखबार, पोखरा । आसन्न मंसिर ४ गते हुन लागेको निर्वाचनलाई लाक्षित गरि नेपाली कांग्रेस कास्कीद्वारा आज आफ्नै कार्यालय चिप्लेढुंगामा विभिन्न समिति तथा उपसमिति गठन गरेको छ । नेपाली कांग्रेस तथा गठबन्धनबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारहरुलाई विजयी गराउनको लागि नेपाली कांग्रेस कास्कीका उपसभापति रामबावु भण्डारीको अध्यक्षतामा समिति तथा उपसमिति गठन भएको हो । जिल्ला निर्वाचन परिचालन समितिमा युवराज कुँबरको संयोजकत्वमा धनमाया गुरुङ सहसंयोजक, शंकर ढुंगाना सचिव, विश्व शंकर पालिखे र देवी गुरुङ सदस्य रहेका छन् । त्यसैगरी सचिवालय व्यवस्थापन उपसमितिमा संयोजक देवेन्द्र भाट, सहसंयोजकमा विष्णु कार्की, सचिवमा सुदिपमोहन भट्टराई, सदस्यहरुमा ऋषिराम सुवेदी र मानेन्द्र कुमाल, अनुगमन तथा सहजीकरण उपसमितिमा संयोजक युवक लामिछाने, सहसंयोजक कमला विन्दु बराल, सचिवमा अर्पण कोइराला, सदस्यहरुमा ज...
अध्यक्ष नेपाल : सत्ता गठबन्धनलाई अप्राकृतिक भन्ने विपक्षी गठबन्धनलाई सशक्त रूपमा काउन्टर जवाफ दिन कार्यकर्तालाई निर्देशन
राजनीति, समाचार

अध्यक्ष नेपाल : सत्ता गठबन्धनलाई अप्राकृतिक भन्ने विपक्षी गठबन्धनलाई सशक्त रूपमा काउन्टर जवाफ दिन कार्यकर्तालाई निर्देशन

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनलाई अप्राकृतिक भन्ने विपक्षी गठबन्धनलाई सशक्त रूपमा काउन्टर जवाफ दिन कार्यकर्तालाई निर्देशन दिएका छन्। ललितपुर ३ मा मंगलबार भएको संयुक्त सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। ‘गठबन्धनबारे प्रश्न उठ्ला, यो गठबन्धन प्राकृतिक हो कि अप्राकृतिक भनिएला। यस्तो भन्नेलाई काउन्टर प्रश्न तेर्स्याउनुपर्छ। यदी सत्तागठबन्धन अप्राकृतिक भन्छन् भने विपक्षी गठबन्धन अप्राकृतिक र अपवित्र दुवै हो,’ उनले भने। नेकपा एमालेको नेतृत्वमा विपक्षी गठबन्धन छ। उनले सत्ता गठबन्धन संविधान र लोकतन्त्र जोगाउनका निम्ति बनेको बताए। ‘अहिलेको गठबन्धनले संविधान र लोकतन्त्र जोगायो। संविधान कुल्चिने र मुलकलाई अस्थिरतामा लैजाने तत्कालीन प्रधानमन्त्रीका कदमविरुद्ध गठबन्धन बनेको हो। सत्ता गठबन्धन प्राकृतिक र पवित्र छ भ...
नेकपाको महासचिवमा फेरि विप्लव चयन
राजनीति, समाचार

नेकपाको महासचिवमा फेरि विप्लव चयन

नेपालअखबार, काठमाडाैं । नेकपाको महासचिवमा फेरि नेत्र विक्रम चन्द विप्लव चयन भएका छन् । कपिलवस्तुमा भएको नेकपाको नवौँ महाधिवेशनबाट विप्लवलाई महासचिवमा चयन गरिएको सो पार्टी निकट पत्रकार प्रकाश डुम्रेले जानकारी दिए । यस्तै महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र १३२ सदस्यीय केन्द्रीय प्रतिनिधि समितिमा निर्वाचित गरिएको छ । असोज २५ गतेदेखि चलेको महाधिवेशन विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव  पनि सर्वसम्मत पारित भएको छ । विप्लवले राजनीतिक प्रतिवेदन, विधान, नीति तथा कार्यक्रम र जातीय मुक्तिसम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए । प्रतिनिधिहरूले राखेको चासो, जिज्ञासा र प्रश्नहरूको जवाफ दिँदै विप्लवले पुँजीवादी विश्व असफल भएकोले समाजवादी क्रान्ति हुने कुरामा विश्वस्त रहन कार्यकर्तालाई अपिल गरे । मंगलबार सम्पन्न महाधिवेशनले दलाल संसदीय व...
गठबन्धनका उम्मेदवार विजयी उन्मुख : शर्मा
राजनीति, समाचार

गठबन्धनका उम्मेदवार विजयी उन्मुख : शर्मा

नेपालअखबार, पाेरखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले कास्कीका सवै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी उन्मुख भईसकेको बताएका छन् । मंगलबार कास्की क्षेत्र नं १ को सम्पर्क कार्यालय उद्घाटन गर्दै नेता शर्माले देशलाई धनी र समृद्ध बनाउने अभियानमा रहेका गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन मतदातासँग अनुरोध समेत गरे । नेता शर्माले व्यक्तिसंग भएको साधन, श्रोत र उर्जालाई उपयोग गरेर शिक्षा, स्वास्थ्य र रोजगारी प्रदान गर्नु पहिलो प्राथमिकता गठबन्धनका उम्मेदवारले बोकेको समेत उल्लेख गरे । प्रजातन्त्र, संविधान र समानतालाई दीगो बनाउन लागि परेको गठबन्धनका उम्मेदवारलाई मत हाल्न सवै मतदाता नागरिकलाई आग्रह गरे । नेता शर्माले आ–आफ्ना समानुपातिकका उम्मेदवारहरुलाई भोट दिन आह्वान गरे । लेखनाथ स्थित बुढीवजारमा रहेको सम्पर्क कार्यलय उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन...
आगामी निर्वाचन अतिवादी  ओली प्रवृत्तिका विरुद्ध हो – मन्त्री सोडारी
राजनीति, समाचार

आगामी निर्वाचन अतिवादी ओली प्रवृत्तिका विरुद्ध हो – मन्त्री सोडारी

नेपालअखबार, चौमाला । प्रदेश सरकार गठन भएपछिको पाँच वर्षमा कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा सबैभन्दा बढी विकासे कार्यक्रम आएको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा प्रदेश सभा उम्मेदवार दीर्घबहादुर सोडारीले बताउनु भएको छ । गौरीगंगा नगरपालिका- ३, कुचैनीमा भएको चुनावी भेलामा बोल्दै मन्त्री सोडारीले समानुपातिक ढंगबाट निर्वाचन क्षेत्रमा करोडौँका बहु वर्षिय योजनाहरु सुचारु भइरहेको बताउनु भएको हो् । आफ्नो निर्वाचन क्षेत्रमा के कति योजनाहरु आएका छन्, ती बारे यहीँका जनतालाई छर्लङ्गै भएको बताउँदै उहाँले भन्नुभयो ,‘कति योजनाहरु निर्माण सम्पन्न भइसकेका छन् भने कति योजनाहरु ठेक्का प्रकृयामै छन् । ’ चौमालाको पुरानो बजार जोड्न पक्की पुलदेखि ग्रामीण सडक कालोपत्रे जस्ता तमाम विकासे योजना निरन्तर अगाडि बढिरहेको उहाँले बताउनु भयो  । उहाँले भन्नुभयो ,‘मैले अघिल्लो निर्वाचनमा चुरे क्...
संविधानको रक्षाका लागि मतदान गर्नुहोस् – सत्ता गठबन्धन
राजनीति, समाचार

संविधानको रक्षाका लागि मतदान गर्नुहोस् – सत्ता गठबन्धन

नेपालअखबार, काठमाडौं । सत्ता गठबन्धन दलहरुले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि संयुक्त अपिल जारी गर्दै भोट मागेको छ । गठबन्धन दल कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले संयुक्त हस्ताक्षर गरेर भोट मागेका हुन् । लोसपा र राष्ट्रिय जनमोर्चाले भने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छैनन् । गठबन्धन दलहरुले लोकतन्त्र, संविधान र विधिको शासन मार्फत् सुशासन र समृद्धिको राष्ट्रिय अभिलाषा परिपूर्ति गर्नका लागि गठबन्धनको आवश्यकता भएको दाबीसहित गठबन्धनलाई अत्यधिक बहुमतका साथ विजयी गराउन आह्वान गरेका छन् । अपिलमा भनिएको छ, ‘गठबन्धन दलहरूले लिएको उद्देश्य र लक्ष्यप्रति आम नेपाली जनताको समर्थन र सहयोग रहँदै आएको कुरा यहाँ महत्वका साथ स्मरण गर्नु आवश्यकता छ । राष्ट्र, राष्ट्रियता र लोक...
बलेवा विमानस्थल राजनीति गर्ने थलो बन्दै
राजनीति, समाचार

बलेवा विमानस्थल राजनीति गर्ने थलो बन्दै

नेपालअखबार, बलेवा । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मध्य भागमा पर्छ, बागलुङको बलेवा । विसं २०४८ पहिले पैदल मार्गबाहेक बागलुङ र आसपासका जिल्लालाई पोखरा, काठमाडौँ र भैरहवासँग जोड्थ्यो बलेवाले । यहाँ रहेको बलेवा विमानस्थल देशभर बागलुङवासीलाई जोड्ने माध्यम थियो । विसं २०४८ मा पोखरा–बागलुङ राजमार्ग सञ्चालनमा आएपछि बलेवाले जहाज देख्न पाएनन् । एकतीस वर्षयता यहाँ रहेको विमानस्थल राजनीति गर्ने थलो बन्दै आएको छ । कहिले गौचरण बनेको चर्चा त कहिले प्रयोगविहीन विमानस्थललाई अन्य कुनै काममा ल्याउनुपर्ने चर्चाहरू भइरहे । तर विमानस्थल न त उपयोग भएको छ न प्रयोग । विमानस्थलको झन्डै सात सय मिटर लामो धावनमार्ग पछिल्लो समय कालोपत्र गरिएको छ । चौबिस मिटर चौडा, तारबारले घेरिएको, टर्मिनल भवन मर्मत गरेर रङरोगनसमेत भएको विमानस्थल हवाईजहाजको पर्खाइमा छ । यो विमानस्थलको धावनमार्ग रु आठ करोड बढी खर्चेर बने...
कात्तिक ४ गतेसम्म स्वतन्त्र उम्मेदवारी निष्क्रिय गर्न कांग्रेसको निर्देशन
राजनीति, समाचार

कात्तिक ४ गतेसम्म स्वतन्त्र उम्मेदवारी निष्क्रिय गर्न कांग्रेसको निर्देशन

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र बागी उम्मेदवारलाई कात्तिक ४ गतेसम्म उम्मेदवारी निष्क्रिय पार्न निर्देशन  दिएको छ । कांग्रेसले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलहरुबीच सहमति भई बनेका कांग्रेसका आधिकारिक उम्मेदवार एवम् गठबन्धन दलबीच सहमति भई बनेका गठबन्धन दलका आधिकारिक उमेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारलाई यस्तो निर्देशन दिएको हो । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘'२०७९ कात्तिक ४ गतेभित्र सार्वजनिकरुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकउपरको कारबाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्‍याई फुकुवा गर्ने ब्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ ।’ ...
चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ अधिवेशन : तेस्रो कार्यकालको तयारीमा सी जिनपिङ
राजनीति, विश्व, समाचार

चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ अधिवेशन : तेस्रो कार्यकालको तयारीमा सी जिनपिङ

नेपालअखबार, एजेन्सि। चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको २०औँ अधिवेशनले सन् १९७० को दशकमा माओत्सेतुङपछिका शक्तिशाली चिनियाँ नेता सी जिनपिङलाई तेस्रो पाँचवर्षे कार्यकाल दिने अनुमान  गरिएको छ । ६९ वर्षीय सी तेस्रो कार्यकालका लागि निर्वाचित भएमा चीनमा उनको  पकड अझ बलियो हुनेछ । सन् २०१८ मा चीनमा राष्ट्रपतिका लागि दुई कार्यकालको सीमा खारेज गरिएको थियो । हाल सी जिनपिङले तीनवटा उच्च पद सम्हालिरहेका छन् । महासचिवका रूपमा उनी चीनको कम्युनिस्ट पार्टीको प्रमुख हुन् भने राष्ट्रपतिको रूपमा उनी राष्ट्रप्रमुख हुन् । त्यसैगरी चीनको केन्द्रीय सैन्य आयोगको अध्यक्षको रूपमा उनले देशको सशस्त्र फौजको नेतृत्व गर्छन् । उनलाई चीनको सर्वोच्च नेता पनि भनिन्छ । सी अधिवेशनमा पार्टी महासचिव तथा केन्द्रीय सैन्य आयोगको अध्यक्ष र अर्को वर्ष हुने वार्षिक राष्ट्रिय जनकंग्रेसको बैठकमा अध्यक्ष हुने सम्भावना रहेको बिबिसी...
देउवा र प्रचण्डलाई देखाउँदै माधव नेपालले भने : वर्तमान र भविष्यका प्रधानमन्त्री
राजनीति, समाचार

देउवा र प्रचण्डलाई देखाउँदै माधव नेपालले भने : वर्तमान र भविष्यका प्रधानमन्त्री

नेपालअखबार, काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई नै आम मतदाताले विजयी गराउनुपर्ने बताएका छन्। सत्तारुढ गठबन्धनकै भविष्य रहेकाले आम मतदाताले सोही गठबन्धनलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने उनको भनाइ थियो । आइतबार काठमाडौंमा आयोजित ‘सत्तारुढ गठबन्धनका काठमाडौं क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभा’ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले धरापमा परिसकेको संविधान र लोकतन्त्रलाई रक्षा गरेर सत्तारुढ गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाएकाले पनि जनताले गठबन्धनमा आवद्ध दलका उम्मेदवारहरुलाई जिताउनुपर्ने तर्क समेत गरे । उनले भोलिको भविष्य पनि सत्तारुढ गठबन्धनको नै भएकाले त्यसका नेताहरुले आफूहरुको समस्या समाधान गर्न सक्छन भ...