ने.का. गण्डकी प्रदेशको कार्यसम्पादनको वैठकमा विविध निर्णय
नेपालअखबार , पोखरा। नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यसम्पादनको वैठक आज विविध निर्णय सहित सम्पन्न भएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यालयमा भएको उक्त वैठकमा आसन्न मंसीर ४ गते हुन गइरहेको निर्वाचन लक्षित रणनीतिका साथै अन्य योजना सहित वैठकमा छलफल भएको थियो ।
उक्त वैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरु निर्वाचनमा सहभागी गठबन्धन दलका उमेद्वारहरुलाई विजयी गराउनको लागि प्रदेश कार्य समितिले सम्बन्धित जिल्ला, क्षेत्र र प्रदेश कार्य समितिलाई प्रभावकारी रुपमा परिचालन गर्न गण्डकी प्रदेशका तर्फबाट तयार गरेको घोषणा पत्र “गण्डकी प्रदेशको संकल्प” लाई ११ वटै जिल्लामा पठाउने निर्णय गरिएको प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु) ले जानकारी गराए ।
गण्डकी प्रदेश भित्रका जिल्लाहरुमा प्रदेशको तर्फबाट आवश्यक समन्वय र परिचालन गर्न प्रदेश सभापति लगायतले जिल्ला–जिल्लामा भ्रमण गर्ने र न...









