Sunday, July 12

राजनीति

पर्यटन ब्यबसायी पौडेल कास्की क्षेत्र नं. २ ख को उमेदवार सिफारिस
राजनीति, समाचार

पर्यटन ब्यबसायी पौडेल कास्की क्षेत्र नं. २ ख को उमेदवार सिफारिस

नेपालअखबार, पोखरा।  नेकपा (एकीकृत समाजवादी) कास्की जिल्ला कमिटि सदस्य पर्यटन व्यवसायी रबिन्द्र राज पौडेल प्रदेश सभा निर्बाचन २०७९ को लागि कास्की क्षेत्र न २ (ख) बाट उम्मेदवारमा सिफारिस भएका छन् । २०६५ मा सिङ्गापुरबाट होटल म्यानेजमेन्ट सकेर नेपाल आएर पर्यटन ब्यबसाय शुरु गरेका उनी गाउँ पर्यटन प्रबर्धन मञ्च गण्डकी प्रदेश को पुर्ब अध्यक्ष पनि हुन । गण्डकी प्रदेशका होमस्टेमा पुजिगत अनुदान सम्बन्धि मुल्यान्कन समितिमा पर्यटन मन्त्रालय बाट पर्यटन बिज्ञको रुप मा २०७६ / ७७ को लागि नियुक्त भै कुशलता पुर्वक कार्यकाल सफल पारेका थिए । ग्रामीण पर्यटन को बिकासमा योगदान गरेकोमा गन्तव्य नेपाल ग्रुपबाट लिडर शिप अवार्ड २०७३ बाट सम्मानित सफल पर्यटन ब्यबसायी दर्जनौ संघ संस्थामा आबद्ध छन् ।...
नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन समाजवादी संगठन विस्तार तथा सदस्यता वितरण  अभियानमा
राजनीति, समाचार

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन समाजवादी संगठन विस्तार तथा सदस्यता वितरण अभियानमा

नेपालअखबार, काठमाडौं । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन ( समाजवादी ) को संगठन विस्तार ,व्यापक सदस्यता वितरण तथा संगठन सुदृढीकरण अभियान जारी छ । सङ्गठनले सञ्चालन गर्दै आएको दुई महिने संगठन विस्तार , सदस्यता वितरण तथा  संगठन सुदृढीकरण अभियान अन्तर्गत लुम्बिनी प्रदेशको प्रथम सम्मेलन  भदौ २५ गते बुटवलमा सम्पन्न गर्ने भएको छ । भने  भदौ २७ गते  कर्णाली र सुदुर पश्चिम प्रदेश तथा जिल्ला कमिटी गठन कार्यक्रम  वीरेन्द्र नगरमा हुने कार्यक्रम तय गरिएको छ । यस्तै   सुदुर पश्चिम प्रदेश र जिल्ला कमिटी गठन कार्यक्रम भदौ  २९ गते  पार्टीको प्रदेश कार्यालय  धनगढीमा हुने भएको नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन ( समाजवादी ) का केन्द्रीय अध्यक्ष धनबहादुर कार्कीले बताउनु भयो । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन ( समाजवादी ) को सचिवाय द्वारा दिएको जिम्मेवारीलाई सोही अनुसार भूगोल मा पुग्न हुन मा...
डोटीको दिपायलमा अब नियमित जहाँज सञ्चालन हुन्छ : पूर्वमन्त्री आले
राजनीति, समाचार

डोटीको दिपायलमा अब नियमित जहाँज सञ्चालन हुन्छ : पूर्वमन्त्री आले

बिमल विष्ट, डोटी । निर्वतमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले डोटीको दिपायलमा नियमित जहाँज सञ्चालन हुने बताउनु भएको छ । आज सोमबार डोटीको दिपायल विमानस्थलको ट्रमिनल भवनको शिलान्यास गर्नु हुँदै निर्वतमान मन्त्री आलेले दिपायलमा नियमित जहाँज सञ्चालनका लागि आवश्यक पर्ने सबै प्रकृया पुरा गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “जहाँज नआउँदा लामो समयदेखि बन्द अवस्थामा रहेको विमानस्थलमा मैले पर्यटनमन्त्री हुँदा हप्तामा दुई पटक भएपनि जहाँज सञ्चालन गराउन सफल भएको छु, अब नियमित जहाँज सञ्चालन गराउँछु ।” यसैगरी निर्वमान मन्त्री आलेले दिपायल विमानस्थलमा नियमित विमान सञ्चालन भए यहाँका बडिमालिका, खप्तड, बडिकेदार, रामारोसन लगायतका पर्यटकिय तथा धार्मिक क्षेत्रहरुमा पर्यटकको आवागमनमा सहज हुने तथा यहाँका पहाडी जिल्लाहरुको आयस्तरमा बृद्धि विकास हुने समेत बताउनुभयो । उहाँले थप भन्नुभयो,...
अध्यक्ष नेपालले भने दलितमाथि हुने विभेद र अपमानपूर्ण व्यवहारको अन्त्य गर्नु पर्ने
राजनीति, समाचार

अध्यक्ष नेपालले भने दलितमाथि हुने विभेद र अपमानपूर्ण व्यवहारको अन्त्य गर्नु पर्ने

नेपालअखबार, काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दलित समुदायमाथि हुने विभेदको अन्त्य गर्नुपर्ने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दलित समुदायमाथि चर्को विभेद भइरहेको बताए । उनले दलित समुदायमाथि विभेदपूर्ण व्यवहार गरिनु गलत रहेको बताए । उनले दलित समुदायमाथि हुने विभेद र अपमानपूर्ण व्यवहारको अन्त्य गर्नुपर्ने बताए । ‘हाम्रो समाजमा निश्चितरुपमा ३ वटा विभेद सबैभन्दा चर्को छ । एउटा दलितमाथि । मानिसले मानिससँग गरिने जुन अत्यन्तै गलत व्यवहार हो । विभेदपूर्ण व्यवहार हो । त्यसको सिकार भनेको हाम्रो समाजमा दलित समुदाय रहेको छ,’ उनले भने, ‘यसलाई अन्त्य गर्ने अठोट हामीले गर्नैपर्छ । हाम्रो संविधानमा लेखिएको छ । कानूनमा लेखिएको छ । हाम्रो पार्टीको सिद्धान्तमा लेखिएको छ । तर त्यो व्यवहारमा हामी...
लिज ट्रस बन्ने भइन् बेलायतकी नयाँ प्रधानमन्त्री
राजनीति, विश्व, समाचार

लिज ट्रस बन्ने भइन् बेलायतकी नयाँ प्रधानमन्त्री

नेपालअखबार, एजेन्सि। कन्जरभेटिभ्स पार्टीकी नेता लिज ट्रस बेलायतकी नयाँ प्रधानमन्त्री बन्ने भएकी छन्। अहिले विदेश मन्त्री रहेकी ट्रसले कन्जरभेटिभ्स पार्टीको नेतृत्वका लागि भएको चुनावमा जित हात पारेसँगै उनी बेलायतकी नयाँ प्रधानमन्त्री बन्ने भएकी हुन्। बिबिसीका अनुसार सोमबार दिउँसो चुनावी नतिजा सार्वजनिक भएको हो। नतिजामा भारतीय मूलका अर्का प्रतिष्पर्धी ऋषि सुनक पराजित भएका हुन्। ट्रसले ८१ हजार ३२६ मत पाएकी थिइन् भने सुनकले ६० हजार ३९९ मत पाएका थिए। बेलायतको तल्लो संसदमा कन्जरभेटिभ्स पार्टीको एकल बहुमत छ। संसदमा बहुमत भएकाले कन्जरभेटिभ्स पार्टीका नेता नै प्रधानमन्त्री बन्ने छन्। यो जितसँगै ४७ वर्षीया ट्रस प्रधानमन्त्री बन्ने तेस्रो बेलायती महिला बनेकी छन्। यसअघि मार्गेट थ्याचर र थेरेसा मे बेलायतका प्रधानमन्त्री बनेका थिए। आफ्नै क्याबिनेटका मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि नैति...
भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई महारथीको दर्ज्यानी चिह्न प्रदान
राजनीति, समाचार

भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई महारथीको दर्ज्यानी चिह्न प्रदान

नेपालअखबार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छन् । शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले दर्ज्यानी चिह्न प्रदान गरेकी हुन् । नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशको सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ । तत्कालीन भारतीय सेनाध्यक्ष जनरल केएम करिअप्पाले नेपालमा आएर पहिलो पटक मानार्थ महारथीको सम्मान लिएका थिए । यस्तो सम्मान पाउने मनोज पाण्डे भारतका १९ औं सेना प्रमुख हुन् ।...
जसपाका स्थायी कमिटी सदस्य रम्तेल एकीकृत समाजवादीमा समाहित
राजनीति, समाचार

जसपाका स्थायी कमिटी सदस्य रम्तेल एकीकृत समाजवादीमा समाहित

नेपालअखबार, काठमाडौं । जनता समाजवादी पार्टीका स्थायी कमिटी सदस्य रणबहादुर रम्तेल नेकपा ( एकीकृत समाजवादी ) मा समाहित हुनु भएको छ । सोमबार नेकपा एकीकृत समाजवादी ) को केन्द्रीय कार्यालय आलोकनगरमा भएको कार्यक्रममा रम्तेल सहित ५७ जना नेता तथा कार्यकर्ताहरू एकीकृत समाजवादीमा समाहित हुनुभएको हो । कर्णालीको हुम्लाका रम्तेल एमाले माओवादी नयाँशक्ति जसपा हुँदै एकीकृत समाजवादीमा समाहित हुुनु भएको हो । लामो समयदेखि दलित आन्दोलन भ्रष्टाचार अनियमितताको विरुद्धको अभियानमा संलग्न हुनुभएका उहाँलाई पार्टी समाहित कार्यक्रममा नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायतका नेताहरूले टीका र खादा लगाएर स्वागत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नेता रम्तेलले  आफ्नो विवेक र क्षमताले भ्याएसम्म नेपालको कम्युनिष्ट आन्दोलन र वर्ग सङ्घर्षको पक्षमा काम गर्ने प्रतिवद्धता...
पर्यटन व्यवसायी पहारी कास्की ३ बाट प्रतिनिधिसभामा सिफारिस
राजनीति, समाचार

पर्यटन व्यवसायी पहारी कास्की ३ बाट प्रतिनिधिसभामा सिफारिस

पोखरा ।  नेकपा (एकीकृत समाजवादी) का गण्डकी प्रदेश सदस्य, पोखराका अग्रज पर्यटन व्यवसायी नवराज पहारी कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार सिफारिस भएका छन् । गण्डकी प्रदेश पर्यटन विभाग प्रमुख समेत रहेका पहारी हालै सम्पन्न पार्टीको क्षेत्रीय निर्वाचन कमिटीको बैठकबाट सिफारिसमा परेका हुन् । नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशका स्थापनाकालिन सदस्य रहेका पहारी सामाजिक क्षेत्रमा सक्रिय रूपमा लाग्दै आएका छन् । पार्टी राजनीति सँगै उनी विभिन्न व्यावसायिक तथा सामाजिक संघसंस्थामा क्रियाशील रहेका छन् । २०४० साल देखि बिधार्थीकालमा अनेरास्ववियु पाचौं बाट राजनिति शुरू गर्नु भएका पाहारी पन्चायतकालमा पटक पटक जेलनेल परी सार्वजनिक मुदा र राजकाज मुदा खेप्नुभएको थियो  ।...
सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै
राजनीति, समाचार

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको कार्यदल सदस्य एवम् सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । आइतबार बसेको सत्ता घटकका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँटको औपचारिक खाका ल्याउन कार्यदललाई भनेको थियो । दुई दिनभित्रै सिट बाँडफाँटलाई टुंगोमा पुर्याउने गरी खाका ल्याउन भनिए अनुसार कार्यदलको बैठक आज बस्न लागेको एक सदस्यले जानकारी दिए । कार्यदलले सहमति जुटाएर शीर्ष नेताहरुसमक्ष प्रस्ताव लैजाने छ । सोही सिफारिसका आधारमा शीर्ष नेताहरुले अन्तिम निर्णय गर्नेछन् । यही साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन  गरेको थियो । कार्यदललाई कुन दलले कति सिट लिने...
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको हो – अध्यक्ष नेपाल
राजनीति, समाचार

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको हो – अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं ।  नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको दाबी गर्नुभएको छ । आइतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका  नेपालले आफू नेतृत्वको तत्कालीन एमालेले गणतन्त्रमा जाने निर्णय गरेर सो आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनु भएको हो । अध्यक्ष नेपालले समाजवादको मार्ग तय गर्नका लागि जनतामा जागरण ल्याउनुपर्ने भन्दै तत्कालीन अवस्थामा गणतन्त्रको पक्षमा कांग्रेस नरहेको, माओवादी भित्र पनि सांस्कृतिक राजाको कुरा भईरहेका बेला आफू नेतृत्वको तत्कालीन एमालेको केन्द्रीय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गरेर आन्दोलनलाई अघि बढाएको उहाँले बताउनु भयो । अध्यक्ष नेपालले यथार्थवादी धरातलमा टेकेर मात्रै मुलुकमा समा...