Saturday, July 11

राजनीति

मेयरको सय दिन: धरानदेखि दिल्लीसम्म
राजनीति, समाचार

मेयरको सय दिन: धरानदेखि दिल्लीसम्म

पोखरा: पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरको कार्यभार सम्हालेको आज एकसय दिन पुुरा भएको छ । सोही सन्दर्भमा मेयर आचार्यले सयदिनमा गरिएका सय कामको फेहरिस्त सार्वजनिक गरेका छन् । मेयरमा निर्वाचित भएको दिन आचार्यले घोषणा गरेअनुसार पोखरालाई फुुलैफुुलको शहर बनाउन डिभाइडरमा फुल रोप्नेदेखि पोखरा आसपासका अग्ला डाँडाहरुमा लालिगुराँस र समथर भागमा लालुपाते रोपणको सुरुवात भएको बताए । मेयर आचार्यको अनुसार पोखरा महानगरका भित्रका स्थानीयहरुको क्षमता अभिवृद्धि गर्न तालिम देखि महागनरमा विभिन्न शीर्षकहरुमा अनुदान समेत वितरण गरिएको छ । महानगरले स्थानीयले गाउँमा नै स्वरोजगार बनाउन घाँस उत्पादनदेखि व्यावसायिक बाख्रापालन र कृषिमा अनुदान वितरण गरेको छ । आफुु मेयरमा निर्वाचित भएपछि पहिलो पटक पोखराम ‘महानगर मेट्रो सम्मेलन’ समेत सम्पन्न गरेको उनले जनाए । महानगरले वडा १८, ३३, ७, ६ र २५ मा अतिक्रमण...
अध्यक्ष नेपालले भने गठबन्धनमा सबैको चित्त बुझ्ने गरि सिट बांडफांड हुनु पर्ने
राजनीति, समाचार

अध्यक्ष नेपालले भने गठबन्धनमा सबैको चित्त बुझ्ने गरि सिट बांडफांड हुनु पर्ने

नेपालअखबार, पाेखरा । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा धेरै सिट आफूले लिएर अरू दललाई उब्रिएको मात्र दिने प्रवृत्ति देखिएको बताएका छन्। पार्टीको  भ्रातृ संगठन नेपाल आदिवासी जनजाती महासंघ (समाजवादी) ले शुक्रवार पोखरामा आयोजना गरेको  कार्यक्रममा बोल्दै उनले सबै सिट आफूले लिएर उब्रिएको सिट मात्र आफूहरूलाई दिए त्यो मान्य नहुने बताए। यस्तो अहंकारले कांग्रेसलाई नै पनि फाइदा हुंदैन। यो कुरा कांग्रेसी नेताहरुले बुझ्न जरुरी छ, उनको भनाई थियो। सत्ता गठवन्धन यत्तिकै हचुवाको भरमा नबनेको र यसले अराजक, स्वेच्छाचारी एवं प्रतिगमनकारी शक्तिलाई परास्त गरेर संविधानको रक्षा एवं सहि कार्यान्वयन गर्न बनेको  अध्यक्ष नेपालको भनाई थियो।यो गठबन्धन चुनाव सम्म मात्र होइन धेरै लामो समयसम्म टिकाउन सबै पक्ष सचेत हुन जरुरी छ।त्यसका निम्ति चुनावमा सबैको उचित सहभागिता हुने गरि सिट बा...
अब पत्रकारिता र सञ्चारमाध्यमबाट कोही पीडित बन्दैन : सञ्चारमन्त्री कार्की
राजनीति, समाचार

अब पत्रकारिता र सञ्चारमाध्यमबाट कोही पीडित बन्दैन : सञ्चारमन्त्री कार्की

नेपालअखबार, काठमाडाैं । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक पारित भएपछि सञ्चारसँग सम्बन्धित विवाद र गुनासाहरुलाई स्वनियम प्रणालीद्धारा समाधान गर्न सकिने बताएका छन् । साथै उनले विधेयक पास भएर कानुन बनेपछि पत्रकारिता र सञ्चारमाध्यमबाट कोही पीडित हुनुनपर्ने, अवस्था नआउने दावी समेत गरे ।  विधेयकमाथि प्रतिनिधिसभामा शुक्रबार भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।...
एकीकृत समाजवादी सर्लाहीका अधिकांश नेता एमालेमै फर्किए
राजनीति, समाचार

एकीकृत समाजवादी सर्लाहीका अधिकांश नेता एमालेमै फर्किए

नेपालअखबार, जनकपुर। पार्टी फुटको औचित्य पुष्टि गर्न नसकेको तथा माओवादीमा विसर्जन गर्न सुरू गरेको भन्दै नेकपा एकीकृत समाजवादी सर्लाहीका अधिकांश पदाधिकारी नेकपा एमालेमै फर्किएका छन् । शुक्रबार जिल्लाका उपाध्यक्षसहितका पदाधिकारी एमालेमै फर्किएका हुन् । जिल्ला कमिटी उपाध्याक्ष देवेन्द्र राय, सचिव गोविन्द अधिकारी, उपसचिव लिलादेवी कोइराला, केन्द्रीय परिषद सदस्य रूप नारायण सिंह, प्रचार विभाग प्रमुख तथा हरिवन नगर कमिटी अध्यक्ष चूडामणि वाग्ले, ईश्वरपुर नगर कमिटीका अध्यक्ष मेन कुमार गौतम, हरिपुर नगर कमिटी अध्यक्ष चूडामणि धामीसहितका नेताहरु एमालेमै फर्केका हुन् । मलगंवास्थित एमालेको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज कमला देवी महतो, सह–ईन्चार्ज बद्री न्यौपाने, प्रदेश उपाध्यक्ष रेवती पन्त, जिल्ला अध्यक्ष राजनारायण साहसहितकाले उनीहरुलाई अबिर र खा...
राप्रपा, लोसपा र नेपाली काङ्ग्रेस परित्याग गरी जसपा प्रवेश
राजनीति, समाचार

राप्रपा, लोसपा र नेपाली काङ्ग्रेस परित्याग गरी जसपा प्रवेश

नेपालअखबार, । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्यद्वय गीता शाही र कविता प्रधान बैद्य, लोकतान्त्रिक समाजवादी पार्टीकी शारदा थापा मगर र नेपाली काङ्ग्रेसकी जयादेवी देसार डंगोल लगायतका नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टी, नेपाल प्रवेश गरेका छन् । बुधबार पार्टीको बागमती प्रदेश समिति घोषणा कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशीहरुलाई खादा ओढाएर पार्टी प्रवेश गराएको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले बताएका छन् । पार्टीमा उत्पीडित समुदायको नेतृत्व र संघीयता, सुशासन, समृद्धि र समाजवादको २१ औँ सताब्दी सुहाउँदो अग्रगामी विचार र सिद्धान्तबाट प्रेरित भएर पार्टी प्रवेश गरेको नवप्रवेशीहरुले बताए ।  ...
चुनाव जित्ने सम्भावना भएकालाई सिफारिस गर्न माओवादीको सर्कुलर
राजनीति, समाचार

चुनाव जित्ने सम्भावना भएकालाई सिफारिस गर्न माओवादीको सर्कुलर

नेपालअखबार, काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीले आसन्न चुनावको लागि १३ वटै जिल्लाका सबै संघ र प्रदेश निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनोट गरेर पठाउन पालिका, संघ/प्रदेश निर्वाचन क्षेत्र र जिल्लाहरूलाई निर्देशन दिएको छ। बागमती प्रदेश कमिटीको बिस्तारित बैठकले यस्तो निर्देशन दिएको प्रदेशका सचिव इन्द्रबहादुर थिङले जानकारी दिए। बैठकका निर्णय कार्यान्वयन गर्न भन्दै जारी गरेको सर्कुलरमा उम्मेदवार सकेसम्म सर्वसम्मत छनोट गर्न भनिएको छ। नाम सिफारिस गर्दा पहिलो प्राथमिकता पार्टी प्रतिवद्धता, अनुशासन र संगठनात्मक लगाव भएका र चुनाव जित्ने सम्भावना  भएका तर  यसअघि निर्वाचित नभएकाहरुलाई दिनुपर्ने सर्कुलरमा उल्लेख छ। त्यस्तै अत्यन्तै विशिष्ठ स्थिति बाहेक एकपटक समानुपातिकमा संसद भइसकेकाहरुलाई फेरि सिफारिस नगर्न समेत भनिएको छ।...
आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राजनीति, समाचार

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालअखबार, काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय सभाको सन्देश सहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यसैगरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले ‘वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।...
राष्ट्रियसभाका सदस्य खालिद : वैवाहिक अंगीकृतलाई नागरिकता दिने बित्तिकै राष्ट्र नै खतरामा पर्छ भन्ने मानसिकता दुःखद
राजनीति, विचार, समाचार

राष्ट्रियसभाका सदस्य खालिद : वैवाहिक अंगीकृतलाई नागरिकता दिने बित्तिकै राष्ट्र नै खतरामा पर्छ भन्ने मानसिकता दुःखद

नेपालअखबार, काठमाडौं । राष्ट्रियसभाका सदस्य मोहम्मद खालिदले वैवाहिक अंगीकृतलाई नागरिकता दिने बित्तिकै राष्ट्र नै खतरामा पर्छ भन्ने मानसिकता रहेको भन्दै यो दुःखद रहेको बताएका छन् । बिहीबार राष्ट्रियसभामा नागरिकता विधेयकमाथि छलफलमा भाग लिँदै उनले नेपालमा अवसरको अभावको कारण देखाउँदै अहिले भारतीयहरु नेपालीलाई छोरी दिन नै नमान्ने समस्या रहेको बताए। ‘अहिले भारतीयहरु नेपालमा बिहे गर्न खोजेकै छैनन्, समस्या यहाँ छ,’ खालिदले भने, ‘उनीहरुको भनाइ छ– तिमीकहाँ जागिर छैन । खेती छैन। समस्या नै समस्या छ । कुनै अवसर छैन । आफ्नो छोरी दिएर उसको भविष्य किन बिगार्ने ?’ ‘समस्या यहाँ छ कि नेपालीलाई भारतीयहरुले आफ्नो चेलिबेटी दिन मानिरहेको छैन । हामीलाई के लागिरहेको छ भने करौंडौ संख्यामा नेपालमा आएर नेपाल कब्जा गरिहाल्छ । यस्तो अवस्था छैन,’ उनले थपे । धेरै नेपाली भारतमा बसेका छन् कि धेरै भारतीय नेपालमा...
राष्ट्रिय झण्डा र लौरो बोकेर उम्मेदवारी घोषणा
राजनीति, समाचार

राष्ट्रिय झण्डा र लौरो बोकेर उम्मेदवारी घोषणा

नेपालअखबार, काठमाडाैं । सुमन सायमी नेतृत्वको ‘स्वतन्त्र तथा बैकल्पिक शक्तिको लौरो अभियान’ ले राष्ट्रिय झण्डा र लौरोसहित केही प्रतिनिधिमुलक उम्मेद्वारहरुको उम्मेदवारी घोषणा गरेको छ । बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा अधिकांश सहभागीहरु काँधमा राष्ट्रिय झण्डा र लौरो बोकेर सहभागी भएका थिए । कार्यक्रममा लतिलतपुर क्षेत्र नं ३ बाट राजाराम तण्डुकार, काठमाडौ ८ बाट सुमन सायमी, रुपन्देही ५ बाट भिष्मकुमार राना लगायतले मंसिरको निर्वाचनका लागि उम्मेदवारी दिने  घोषणा गरेका छन् ।...
सुर्खेतमा ७५ जना प्रवेश गरे एकीकृत समाजवादीमा
राजनीति, समाचार

सुर्खेतमा ७५ जना प्रवेश गरे एकीकृत समाजवादीमा

नेपालअखबार, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा नेकपा एमाले लगायत विभिन्न पार्टी परित्याग गरि दर्जनौँ बढी नेता तथा कार्यकर्ताहरू एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । एकीकृत समाजवादी सुर्खेतद्वारा बुधबार प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलामा विभिन्न पार्टीका जिम्मेवार  नेताहरूका साथै युवाहरू नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । जिल्ला कमिटी अध्यक्ष मोहन बडुवालको अध्यक्षतामा सम्पन्न भेलामा एमाले नेतृ सिता शर्मा, एमालेका पुराना नेता खेमराज गिरीका साथै विभिन्न पार्टी आबद्ध सुरेश नेपाली, घनश्याम अधिकारी, कुबेर कार्की, सोहन शाही, दिवस मल्ल, श्याम बिष्ट, राजेन्द्र शाही लगायत ७५ जनाले एकीकृत समाजवादी रोजेका हुन् । जिल्ला भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि सम्मानित नेता...