Saturday, July 11

राजनीति

नागरिकता विधेयकलाई राष्ट्रियसभाले विधायन समितिमा पठायो
राजनीति, समाचार

नागरिकता विधेयकलाई राष्ट्रियसभाले विधायन समितिमा पठायो

नेपमलअखबार, काठमाडौं । राष्ट्रपतिबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकलाई राष्ट्रियसभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । आइतबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ । सदनमै छलफल गर्नुपर्ने बताउँदै आएको सरकार र सत्तारुढ गठबन्धन पछाडि हटेपछि यो विधेयक विधायन व्यवस्थापन समितिमा पुगेको हो । यो विधेयकमाथि अब राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल हुनेछ । विषयगत समितिले अब विधेयक पारित गरेर समितिको प्रतिवेदन सहित पुनः सभामा पेश गर्नेछ । समितिको प्रतिवेदन प्रस्तुत भएपछि त्यसको प्रतिवेदन सदस्यलाई वितरण गरिनेछ । अध्यक्षले अन्यथा आदेश दिएमा बाहेक समितिको प्रतिवेदन वितरण भएको चौबीस घण्टापछिको कुनै ब...
एमालेबाट विद्रोह नगरेको भए नेपालको राजनीति ठुलो सुरुङभित्र गइसक्थ्यो : माधव नेपाल
राजनीति, विचार, समाचार

एमालेबाट विद्रोह नगरेको भए नेपालको राजनीति ठुलो सुरुङभित्र गइसक्थ्यो : माधव नेपाल

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुहरुले एमालेबाट विद्रोह नगरेको भए नेपालको राजनीति ठुलो सुरुङभित्र मात्रै नभएर प्रतिगामी दिशामा गइसक्ने बताएका छन् । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको पहिलो विस्तारित बैठकलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले जनताका अधिकारको रक्षा र कम्युनिस्ट आन्दोलन बचाउन एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पुनर्गठन गरिएको बताए । ‘हामीले एमालेबाट विद्रोह नगरेको भए अहिले नेपालको राजनीति एउटा ठुलो सुरुङभित्र मात्रै होइन प्रतिगामी दिशामा गइसक्ने थियो’, अध्यक्ष नेपालले भने, ‘प्रतिगामी बाटोमा गइसक्ने थियो । जनताका सबै अधिकारहरू हनन् भइसक्ने थिए । कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीले ठुलो कलंकको टिका लगाउनुपर्ने स्थिति भइसक्ने थियो ।’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनको रक्षा...
पानी झरीबिच बालापुरमा गुनासो सुन्न पुगे सहरी मन्त्री
राजनीति, समाचार

पानी झरीबिच बालापुरमा गुनासो सुन्न पुगे सहरी मन्त्री

नेपालअखबार,  दाङ । झरी पर्न सुरु गरेको थियो । सहरी मन्त्री आउने कार्यक्रम वर्षातकै कारण रद्द हुने त होइन भन्ने चिन्तामा थिए स्थानीयहरु । पानी झन्झन् दर्किन थालेको थियो । वर्षाैँदेखिका समस्या मन्त्रीसामु राख्ने तरखरमा रहेका स्थानीय बासीहरु तब खुसी भए जब झरीका बिच पनि मन्त्री टुप्लुक्क झुल्किए । ‘मन्त्रीज्यू आउनुहुन्न कि भन्ने लाग्या थियो ।’ स्थानीय महिलाहरु अनुहारमा मुस्कान भर्दै खासखुस गर्दै थिए । फूलमालाले स्वागत गरे स्थानीयले । त्यसपछि खिमा मगरले झरीकै बिच कार्यक्रम सन्चालन गर्न थालिन् । स्थानीयका समस्या राख्न सुन्दर चौधरी अगाडि उभिए । ‘आजसम्म हाम्रो गाउँमा कुनै मन्त्री आएका थिएनन् । तर सहरी मन्त्री आउनुभयो । धेरै खुसी लाग्यो । ५० औँ वर्षदेखि हाम्रोमा चक्लाबन्दीको समस्या छ । यो नै हाम्रो मुख्य समस्या हो । लालपुर्जा छैन । काम गर्न ऋण पाइएको छैन । १२० बिघा खेतियोग्य जमिन छ तर सिंचाइको स...
हर्क साम्पाङको रुख रोप्ने अभियानमा सहभागी हुँदै प्रचण्ड
राजनीति, समाचार

हर्क साम्पाङको रुख रोप्ने अभियानमा सहभागी हुँदै प्रचण्ड

नेपालअखबार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरानका मेयर हर्क साम्पाङले चलाएको वृक्षारोपण अभियानमा सहभागी हुने भएका छन् । शुक्रबार जनवादी गायक जेबी टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड धरान पुगेका हुन् ।  धरानका मेयर साम्पाङले हरेक शनिबार वृक्षारोपण कार्यक्रम राख्दै आएका छन् । ‘यसपटक अध्यक्ष प्रचण्ड धरान आइपुग्नुभएकोले आजै शुक्रबार सर्दु जलाधार क्षेत्रमा हुन लागेको वृक्षाराेपण कार्यक्रममा उहाँ सहभागी हुँदैहुनुहुन्छ,’ धरानका उपमेयर आइन्द्रविक्रम बेघाले भने, ‘वृक्षारोपणको कार्यक्रम सकेर अध्यक्ष जेबी टुहुरे स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ ।’ एक साताअघि काठमाडौं आएका बेला मेयर साम्पाङले प्रचण्डलाई सर्दुखोलामा श्रमदान गर्न आउन निम्तो दिएका थिए । ‘आज प्रचण्ड सङ्ग भेट भयो मैले वहाँलाई सर्दु खोलामा श्रमदान गर्न आउने ...
भुजेलको नेतृत्वमा मालेपाटनका २१ जना युवाहरु एकीकृत समाजवादी पार्टीमा प्रवेश
राजनीति, समाचार, हाइलाइट-समाचार

भुजेलको नेतृत्वमा मालेपाटनका २१ जना युवाहरु एकीकृत समाजवादी पार्टीमा प्रवेश

नेपालअखबार, पोखरा । एकीकृत समाजवादी पार्टी पुनर्गठन भएको एक बर्ष पुरा भएको छ ।  पार्टी स्थापना सगैं केन्द्र र देशै भरि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । यसै शिलशिलामा पोखरा महानगरपालिकामा पुनर्गठन दिवसको अवसर पारेर कार्यकर्ता भेटघाट एवं चियापान कार्यक्रम आयोजना गरिएको गण्डकी प्रदेश कमिटि सदस्य युवा नेता बिबेक भुजेलले जानकारी दिएका छन् । कार्यक्रममा स्थायी कमिटि सदस्य तुलवहादुर गुरुङले पार्टी पुनर्गठन भएको एक बर्ष शुभकामना ब्यक्त गरे । उनले निरन्तर कम्युनिष्ट आदर्शमा आधारित समाजवादी अभियानमा अगाडी बढिरहेको जनाए । पोखरा महानगरपालिका मेयर एवं पार्टी जिल्ला अध्यक्ष धनराज आर्चायले एक बर्षको अबधिमा पार्टीले जनताको चाहाना अनुसार मन जितेर काम गरेको बताएका छन् । यसै बिच कार्यक्रममा गण्डकी प्रदेश कमिटि सदस्य युवा नेता बिबेक भुजेलको पहलमा पोखरा महानगरपालिका वडा नम्वर ५ बाट २१ जना...
नेपाली कांग्रेसले आजदेखि चुनावी अभियान सुरू गर्दै
राजनीति, समाचार

नेपाली कांग्रेसले आजदेखि चुनावी अभियान सुरू गर्दै

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसले आजदेखि चुनावी अभियान सुरू गर्दैछ। कांग्रेसले यो अभियानलाई 'जनताको साथमा नेपाली कांग्रेस' नाम दिएको छ। आजदेखि भदौ २४ गतेसम्म यो अभियान सञ्चालन हुने कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ। कांग्रेसले ७७ जिल्लामै केन्द्रीय सदस्य प्रतिनिधि पठाएर अभियान सञ्चालन गर्न लागेको हो। कांग्रेसले सातै प्रदेश कार्यसमितिबाट पनि यस अभियानका लागि जिल्ला-जिल्ला प्रतिनिधि पठाएको छ। यो अभियान सकिएपछि घरदैलोलगायत अभियान गर्ने कांग्रेसको तयारी छ। कांग्रेसले सत्ता गठबन्धनसँग मिलेर आगामी मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा जाने निर्णय गरेको थियो।...
संगठन निर्माण र गठनलाई चलायमान बनाउन कार्यकर्तालाई अध्यक्ष नेपालको निर्देशन
राजनीति, समाचार

संगठन निर्माण र गठनलाई चलायमान बनाउन कार्यकर्तालाई अध्यक्ष नेपालको निर्देशन

नेपालअखबार, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको संगठन निर्माण गर्न र  गठनलाई चलायमान बनाउन कार्यकर्तालाई निर्देशन दिनुभएको छ । बिहीबार पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले  गत स्थानीय तहको निर्वाचनमा आएको नतिजा प्रति गौरवबोध गर्नुपर्ने भन्दै २७ प्रतिशत उम्मेदवार उठाउँदा ९ लाख  बढी भोट पाएको भन्दै  सबै ठाउँमा उम्मेदवार उठाएको भए २० लाख भोट पाउने दाबी गर्नुभयो । आगामी निर्वाचनमा समानुपातिक मतले पार्टीको हैसियत देखाउने भएकाले पार्टीको चुनाव चिन्ह प्रचार प्रसारमा लाग्न सबै पालिकामा पार्टीको संगठन निर्माण गर्न र  गठनलाई चलायमान बनाउन कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक अधिकारीहरूसँग भेट गर्नुले शंका जन्माएको बताउनु भएको छ । राष्ट्रपति विद्य...
सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै
राजनीति, समाचार

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने कार्यदलका एक जना सदस्य हिमलाल पुरीले जानकारी दिए । कार्यदल संयोजक कृष्ण प्रसाद सिटौला भने कोरोना संक्रमित भएकाले अनुपस्थित रहने छन् । आसन्न मंसिर ४ मा निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गर्ने निर्णय सत्ता गठबन्धनका दलहरुले गरे पनि सिट बाँडफाँट टुंगो लगाउन सकेका छैनन् । सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदललाई साउन महिनाभित्र सिट बाँडफाँटको प्रस्ताव ल्याउन भनिए पनि कार्यदलले निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्न सकेन । त्यसपछि भदौ पहिलो साताभित्रै काम सक्ने भनिए पनि त्यो समय पनि गुज्रिसकेकाले नेताहरु दबाबमा छन् ।...
थाइल्याण्डका प्रधानमन्त्री निलम्बित
राजनीति, विश्व, समाचार

थाइल्याण्डका प्रधानमन्त्री निलम्बित

नेपालअखबार, एजेन्सि। थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ ओ चान निलम्बित भएका छन् । थाइल्यान्डको उच्च अदालतले उनलाई बुधबार निलम्बन गरेको हो ।   विपक्षी पार्टीले उनीविरुद्धमा सोमबार दिएको मुद्धाका आधारमा अदालतले बुधबार चानलाई निलम्बन गरेको हो । उनको कार्यकाललाई लिएर विपक्षीले उजुरी गरेका थिए । उनीविरुद्ध परेको मुद्दाको सुनुवान गर्न ९ जनाको इजलास गठन गरिएको थियो । इजलासका पाँच जनाले प्रधानमन्त्रीलाई निलम्बन गर्नुपर्ने राय राखेका थिए । चान सन् २०१४ मा सैन्य कुपछि  प्रधानमन्त्री भएका थिए । उनले निरंकुशता लादेको विपक्षीले आरोप लगाएका छन् । विपक्षीहरुले उनको कार्यकाल सन् २०१४ देखि गणना गर्नुपर्ने र  सत्तारुढ दलले सन् २०१९ मा भएको आमनिर्वाचनपछि मात्रै गणना गरिनुपर्ने विवादबीच यो विषय अदालतसम्म पुगेको थियो ।...
नेकपा (एकीकृत समाजवादी) ले  पार्टी पुनर्गठन दिवस माउदै
राजनीति, समाचार

नेकपा (एकीकृत समाजवादी) ले पार्टी पुनर्गठन दिवस माउदै

नेपालअखबार,  काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । एकीकृत समाजवादीले निर्वाचन आयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो । गत वर्ष नेकपा (एमाले) बाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते सो पार्टीले दर्ता प्रमाणपत्र पाएको थियो । बुधवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बिहीवार (भोलि) दिउँसो १ बजे बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा पुनर्गठन दिवस मनाउन लागिएको जानकारी दिए । उनले आफूहरुको पार्टी पुनर्गठन पश्चात पहिलो परिणाम प्रतिगमनकारी एमालेको झुण्डलाई सत्ताबाट झारेको र लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा उभ्याएर संविधान जोगाएको बताए । उनले पार्टीले हालसम्म ५ लाख सदस्यता वि...