Friday, July 10

राजनीति

माधव नेपाल चुनाव  रौतहटबाट लड्ने
राजनीति, समाचार, हाइलाइट-समाचार

माधव नेपाल चुनाव रौतहटबाट लड्ने

नेपाल अखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आउँदो प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् । लामो समय रौतहट र काठमाडौंबाट चुनाव लड्दै आएका नेपालले एउटा निर्वाचन क्षेत्रमा मात्र उम्मेदवार हुन पाउने भएपछि २०७४ मा काठमाडौं–२ रोजेका थिए । तर अहिले एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाएका नेपालका लागि काठमाडौं–२ भन्दा रौतहट सुरक्षित मानिएको छ । नेपाल स्वयंको गृह जिल्लाबाटै चुनाव लड्ने चाहना पनि रहेको उनको निजी सचिवालयले जनाएको छ । चुनाव लड्ने तयारीका साथ नेपालले रौतहटमा आउजाउ पनि बढाएका छन् । १६ साउनमा मात्र उनले गौर सभाहल र रामजानकी मण्डप लगायतका योजनाको शिलान्यास गरेका थिए । भदौमा पनि उनी जाने तयारी छ । एकीकृत समाजवादीका रौतहट अध्यक्ष कमल राय यादवले पनि नेता नेपाल रौतहट आउने संकेत गरे । उनले भने, ‘हामीले उहाँलाई रौतहट १ मा आ...
औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको अनुगमन गर्न पुगे स्वास्थ्य मन्त्री खापुङ
राजनीति, समाचार

औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको अनुगमन गर्न पुगे स्वास्थ्य मन्त्री खापुङ

नेपालअखबार, काठमाडौँ ।  स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङले मंगलबार औषधि व्यवस्था विभागको निरीक्षण गरेका छन् । सोही क्रममा उनले विभाग परिसरमै रहेको राष्ट्रिय औषधि प्रयोगशालाको समेत निरीक्षण गरेका छन् । निरीक्षण गर्न मन्त्री खापुङसंगै स्वास्थ्य सचिव देवकुमारी गुरागाईँ पनि पुगेकी थिईन् । विभागका महानिर्देशक भरत भट्टराईले मन्त्री, सचिव र मन्त्रालयबाट गएको टोलीलाई विभागको काम कारवाही बारे बताउँदै स्थलगत अवलोकन गराएका थिए । विभागले सिमित स्रोत साधनका बीच काम गरिरहेको जानकारी गराउँदै समस्याहरु समेत प्रस्तुत गरेका थिए । उनले मूल्य समायोजन, भौतिक पूर्वाधार र जनशक्ति अभाव जस्ता समस्याको निराकरण गर्न मन्त्रालयको सहयोग आवश्यक रहेको बताएका थिए । उनले विभागको परिचत्यामक प्रस्तुति समेत राखेका थिए । यस्तै राष्ट्रिय औषधि प्रयोगशाला प्रमुख पान बहादुर क्षेत्रीले पनि आफ्नो कार्यालयबाट भए गरेका...
हर्क साम्पाङले भेटे प्रचण्ड
राजनीति, समाचार

हर्क साम्पाङले भेटे प्रचण्ड

नेपालअखबार, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघावर्ता गरेका छन् । धरानका उपमेयरसमेत रहेका माओवादी केन्द्रका नेता अइन्द्रबिक्रम बेघासँगै मेयर साम्पाङ पनि प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।बेघा नेकपा माओवादीबाट उपमेयरमा निर्वाचित भएका हुन् । मेयर साङपाङले केही दिनअघि प्रचण्डलाई धरानको श्रम अभियानमा सरिक हुन निमन्त्रणा गरेका थिए ।...
सहकारी संस्थाहरुलाई थप जिम्मेवार बनाउनु सवैको साझा दायित्व हो ः मन्त्री श्रेष्ठ
राजनीति, समाचार

सहकारी संस्थाहरुलाई थप जिम्मेवार बनाउनु सवैको साझा दायित्व हो ः मन्त्री श्रेष्ठ

नेपालअखबार, काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरु आफ्ना सदस्यहरुप्रति जिम्मेवार बन्नु पर्नेमा जोड दिनु भएको छ । बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठनको रुपमा रहेको नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडको ३५ औं स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले मुलुकको आर्थिक विकास तथा विस्तार, राष्ट्रिय पूजी निर्माण, वचत परिचालन र लगानीको लागि सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । मन्त्री श्रेष्ठले पछिल्लो समयमा सहकारीको संलग्नता उत्पादन, उत्पादकत्व र स्वरोजगारीको क्षेत्रमा नभई वचत तथा ऋण कारोवारमा बढी केन्द्रित हुँदै गईरहेको, केही सहकारीमा सहकारीका सिद्धान्त, मूल्य तथा मान्यता अनुसरणको कमजोर अवस्था र वितीय सुशासनको कमजोर हुदा सहकारीप्रति आमनागरिकको विश्वास र भरोसा घट्दै गइरहेको देखिएको प...
नागरिकता विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि पठाउने गठबन्धनको निर्णय
राजनीति, समाचार

नागरिकता विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि पठाउने गठबन्धनको निर्णय

नेपालअखबार, काठमाडाैं । सत्तारुढ गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरणका लागि जस्ताको तस्तै फेरि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेता सम्मिलित बैठकले संसदबाट आवश्यक प्रक्रिया पूरा गरी विधेयकलाई फेरि राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको हो । सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि दिएको जानकारी अनुसार संसदले राष्ट्रपतिबाट फिर्ता भएको विधेयक पुनर्विचार गरी फेरि प्रमाणीकरणका लागि पठाउने निर्णय भएको हो । राष्ट्रपतिले उक्त विधेयक पुनर्विचारका लागि फिर्ता पठाइसकेको अवस्थामा संवैधानिक प्रक्रियाअनुसार संसदमा छलफल गरी यथास्थितिकै विधेयकलाई प्रमाणीकरणका लागि फेरि पठाउने तयारीमा गठबन्धन जुटेको हो । संविधानले राष्ट्रपतिलाई एक पटकका लागि त्यसर...
मन्त्री चौधरीद्वारा सारी सामुदायिक भवनको उद्धाटन
राजनीति, समाचार

मन्त्री चौधरीद्वारा सारी सामुदायिक भवनको उद्धाटन

नेपालअखबार, प्युठान । संघिय शहरी बिकास मन्त्री मेटमणी चौधरीले प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नंवर ५ सारीमा निर्माण भएको सारी सामुदायिक भवनको उद्धाटन गर्नुभएको छ। सघन शहरी तथा भवन निर्माण आयोजना दाङको कुल ४ करोड २६ लाख रुपियाँ सहयोगमा निर्माण भएको सामुदायिक भवनको शहरी बिकास मन्त्री चौधरीले मंगलवार उद्धाटन गर्नुभएको हो। नयाँ निर्माण गरिएको भवनमा ५ वटा कोठा छन। सो अवसरमा मन्त्री चौधरीले नयां शहर बनाउने लक्षय सहित आफू अगाडि बढिरहेको उल्लेख गर्दै प्युठान जिल्लालाई सम्बृद्धी बनाउन चाहिने भौतिक पुर्वाधार निर्माणमा पहल गर्ने बताउनुभयो। प्रसस्त पर्यटकिय संभावना बोकेको धार्मिकस्थल स्वर्गद्वारी प्युठानमा रहेको भन्दै संघ प्रदेश र स्थानिय सरकार मिलेर पर्यटन तथा संस्कृतीको बिकास गर्नुपर्ने बताउनुभयो। सवै तह मिलेर बिकास गर्दा सबैको स्वामित्व हुने मन्त्री चौधरीको धारणा छ।...
दश भाईलाई छानिछानि हराउने बालकोटको योजना
राजनीति, समाचार, समाज

दश भाईलाई छानिछानि हराउने बालकोटको योजना

नेपाल अखबार, काठमाडौं । नेकपा एमालेले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको तयारी थालेको छ ।ओली कोटरीका खास नेतालाई सुरक्षित निर्वाचन क्षेत्रमा लगेर जिताउने र पूर्व माधव समुहबाट आएका ‘१० भाई’लाई छानिछानि हराउने योजना बालकोटमा बनेको छ । त्यसका लागि प्रत्यक्षतर्फ ‘जिताउनै पर्ने’ सूचीमा ५० जना र समानुपातिकबाट ‘ल्याउनै पर्ने’मा ३० जनाको नाम समावेश गरिएको एमाले स्रोतले बताएको छ ।‘१० भाई’ र तिनका समर्थक सांसदमध्ये बढीमा ३ जनाले टिकट पाउँदै छन् । स्रोतका अनुसार १० भाइमध्ये युुवराज ज्ञवाली अहिलेसम्म कुनै निर्वाचन क्षेत्रमा स्थापित छैनन् । अष्टलक्ष्मी शाक्यलाई ‘उमेर पुगेको’ भनेर टिकट नदिने योजना ओलीले बताएका छन् । शाक्यको क्षेत्रबाट महासचिव शंकर पोखरेलकी पत्नी सुजिता शाक्य वा अञ्जान शाक्यलाई उठाइँदैछ ।उता लालबाबु पण्डितले चुनाव लड्ने मोरङको निर्वाचन क्षेत्र तालमेलमा राप्रपालाई दिएर रेखा थापालाई उठाउ...
बाबुराम पेरिसडाँडामा, प्रचण्डसँग सिट बाँडफाँटबारे छलफल
राजनीति, समाचार

बाबुराम पेरिसडाँडामा, प्रचण्डसँग सिट बाँडफाँटबारे छलफल

नेपाल अखबार, काठमाडौं । माओवादी केन्द्रको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आगामी चुनावमा नेपाल समाजवादी पार्टीले लिने सिटबारे छलफल भइरहेको एक नेताले जानकारी दिए ।मंगलबार विहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले भट्टराईको पार्टीलाई आफ्नो पार्टीको चुनाव चिह्न गोलाकारभित्रको हसिया हथौडा प्रयोग गर्न स्वीकृति दिने निणर्य गरेको थियो ।उक्त निणर्यबारे जानकारी गराउन माओवादी केन्द्रबाट शिव खकुरेल र नेसपाबाट खगेन्द्र देवकोटा मंगलबार दिउँसो निर्वाचन अयाोग प्रस्थान गरेका छन् ।...
सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रतिनिधिसभाबाट पारित
अर्थ, राजनीति, समाचार

सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रतिनिधिसभाबाट पारित

नेपाल अखबार, काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले निर्णयार्थ पेश गर्नु भएको सो विधेयक बहुमतले पारित भएको हो । यस अघि श्रावण २९ गते आईतबार गणपूरक संख्या नपुगेकाले प्रतिनिधिसभाबाट सो विधेयक अगाडि बढन सकेको थिएन ।सार्वजनिक वित्त व्यवस्थापन गर्न र वित्तिय तथा मौद्रिक नीतिबीच सामञ्जस्यता कायम गर्दै आन्तरिक तथा बाह्य ऋणको व्यवस्थापन गर्न ऋण तथा जमानतसम्बन्धी कानुनी व्यवस्थालाई संशोधन र एकीकरण गरी समयानुकूल बनाउन सो विधेयक ल्याइएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले सो विधेयक प्रमाणित हुने वित्तिकै लागू हुने जानकारी समेत दिनु भयो । अव यो विधेयक राष्ट्रियसभामा जानेछ । र, त्यहाँबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कानुनको रुपमा लागू हुनेछ ।...
आगामी निर्वाचन इलामको  क्षेत्र १ बाटै चुनाव लड्ने तयारीमा – सम्मानित नेता  खनाल
राजनीति, समाचार

आगामी निर्वाचन इलामको क्षेत्र १ बाटै चुनाव लड्ने तयारीमा – सम्मानित नेता खनाल

नेपालअखबार, इलाम । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाटै उम्मेदवारी दिने बताउनु भएको छ । गृहजिल्ला इलाममा सोमबार  पत्रकारहरूसँग कुराकानी गर्दै नेता  खनालले भन्नुभयो, ‘मैले चुनाव लड्नुपर्दा अर्को निर्वाचन क्षेत्र खोज्दिनँ, मैले निर्वाचन लड्ने क्षेत्र भनेको इलामको १ नै हो। यही क्षेत्रमा म आउँछु।’ खनालले जनताले चाहे आफू चुप लागेर नबस्ने बताउनु भयो । ‘राजनीतिमा सक्रिय भएको करिब ६० वर्ष भयो, जनताले अझै मेरो सक्रियता चाहन्छन् भने किन चुप लागेर बस्ने’ उहाँले भन्नुभयो  । खनाल २०४८ सालयता निरन्तर रूपमा इलामबाट चुनाव लडिरहनु भएको छ ।  ‘केन्द्रमा  गठबन्धन कायम राख्ने निर्णय भएको छ, त्यसैअनुसार सिंगो देशको चुनावी अभियान अगाडि बढ्छ,’ खनालले भन्नुभयो , ‘स्थानीय तह निर्वाचनमा जुन गठबन्धनको अनुभव भय...