Friday, July 10

राजनीति

हर्क साम्पाङले सार्वजनिक गरे १०० दिनमा गरेका कामको विवरण
राजनीति, समाचार

हर्क साम्पाङले सार्वजनिक गरे १०० दिनमा गरेका कामको विवरण

नेपालअखबार, काठमाडौं । सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । उनले आज बिहान फेसबुकमार्फत् १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन् । उनले नेपालमा श्रम सँस्कृतिको क्रान्ति सुरु गरेको, ४ ठाउँबाट खानेपानीको मुहान थपेको, ६ लाख बिरुवा रोपेको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेको लगायतका काम गरेको उल्लेख गरेका छन् । १०० दिनमा गरेका काम भनेर उनले सार्वजनिक गरेको विवरण यस्तो छ– १. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें २. ४ ठाउँबाट खानेपानीको मूहान थपें ३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ ४. ६ लाख विरुवा रोपें ५. सरसफाइमा देखिने सुधार ल्याएँ ६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ ७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें ८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
राजनीति, समाचार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बिहीबार अपरान्ह ४ बजे बस्ने भएको छ। आज बिहान ८ बजेका लागि तय भएको बैठक सरेको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बैठक सारिएको हो। प्रचण्ड आज बिहान पार्टी केन्द्रीय कार्यालयमा रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी थिए। १० बजे सत्ता गठबन्धनको बैठकमा समेत सहभागी हुनुपर्ने भएपछि बैठक धकेलिएको हो। स्थायी कमिटी बैठकमा पदाधिकारी घोषणा गर्ने तयारी रहेको छ।...
निजीको विरोध गर्नुभन्दा सरकारी विद्यालय सुधारमा केन्द्रीत होऔँ : अर्थमन्त्री बराल
प्रदेश ४, राजनीति, समाचार

निजीको विरोध गर्नुभन्दा सरकारी विद्यालय सुधारमा केन्द्रीत होऔँ : अर्थमन्त्री बराल

नेपालअखबार, पाेखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले सरकारी नुन पानी खानेहरुले सरकारी बिद्यालयमा आफ्ना छोरा छोरी पढाएमा शिक्षामा सुधार हुने बताउनु भएको छ । पोखरा महानगरपालिका वडा नं १६ लामाचौर स्थित इन्द्रराज्यलक्ष्मी माविको ६९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस एवं बृहत शैक्षिक प्रर्दशनीको बुधबार उद्घाटन गर्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो । उहाँले निजी विद्यालयहरुको बिरोध गर्नु भन्दा सरकारी विद्यालयमा सुधार गर्न तर्फ सबैको ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनु भयो । सीपयुक्त शिक्षा आजको आवश्यकता भएको बताउदै मन्त्री बरालले श्रोतसाधनलाई ठिक ढंगले प्रयोग गरी उद्यमशिल तथा स्वरोजगार हुुपर्नेमा जोड दिनुभयो । माओबादी केन्द्रका केन्द्रीय सदस्य समेत रहनु भएका मन्त्री बरालले संघ सरकारले प्रदेशहरुलाई दिनुपर्ने अधिकार नदिएको कारण पछिल्लो समयमा संघीयता माथ...
आज राष्ट्रपतिले फर्काएको नागरिकता विधेयक जस्ताको तस्तै  पारित हुने
राजनीति, समाचार

आज राष्ट्रपतिले फर्काएको नागरिकता विधेयक जस्ताको तस्तै पारित हुने

नेपालअखबार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘पुनर्विचार गर्न’ भन्दै १५ बुँदे सन्देश सहित प्रतिनिधिसभामा फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित गरिने भएको छ । सत्तापक्षले विधेयक जस्ताको तस्तै पारित गरेर राष्ट्रपति काँहा पठाउने तयारी गरेको छ । प्रतिनिधीसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने कार्यसूची छ । प्रतिनिधीसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा खाँणले ‘सम्माननीय राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ माथि पुनर्विचार गरियोस्’ भनी पहिलो प्रस्ताव राख्नेछन् । प्रस्तावमा सांसदहरूले धारणा राखेपछि गृहमन्त्रीले नै उक्त विधेयक पारित गरियोस् भन्ने अर्को प्रस्ताव राख्नुहुनेछ । सभामुख अग्निप्रसाद सापकोटाले गत साउन १५ गते प्रमाणित गरी प्र...
मन्त्री कुँवर र आइसिटियू बिच भेटवार्ता ,श्रमीकका समस्या र सामाजिक सुरक्षाकाका सवालमा छलफल
राजनीति, समाचार

मन्त्री कुँवर र आइसिटियू बिच भेटवार्ता ,श्रमीकका समस्या र सामाजिक सुरक्षाकाका सवालमा छलफल

नेपालअखबार, काठमाडौ । श्रम मन्त्री  शेरबहादुर कुवर र एकीकृत ट्रेड युनियन महासंघ  नेपाल आइसिटियू बिच भेटवार्ता भएको छ । बुधबार नेकपा ( एकीकृत समाजवादी ) को पार्टी कार्यालय आलोकनगरमा भएको भेटमा श्रमिकहरूको समस्या र समाधान, यातायात क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गर्ने सम्बन्ध  र मजदुर विरोधी ऐन कानुन संशोधन लगायत विषयमा गम्भीरतापूर्वक छलफल भएको एकीकृत ट्रेड युनियन महासंघ नेपाल राष्ट्रिय कमिटी सदस्य  रवि केसीले बताउनु भयो ।...
नेकपा  एकिकृत समाजवादीले तोक्यो मापदण्ड
राजनीति, समाचार, हाइलाइट-समाचार

नेकपा एकिकृत समाजवादीले तोक्यो मापदण्ड

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले मंसिरमा हुने निर्वाचनका लागि पार्टीबाट प्रदेश तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन सात मापदण्ड तय गरेको छ । बुधबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले सातवटा मापदण्डभित्र पर्नेमात्रै पार्टीको उम्मेदवार बन्न सक्ने निर्णय गरेको महासचिव डा. बेदुराम भुसालले  जानकारी दिए । उनका अनुसार समावेशी समानुपातिकका सिद्धान्तलाई आत्मसात गर्दै सातवटा मापदण्डभित्र रहेर जिल्ला र प्रदेश निर्वाचन कमिटीलाई उम्मेदवार पठाउन बैठकले निर्देशन दिएको छ । भदौ २० भित्र जिल्ला र प्रदेशबाट आएका (नाम) सिफारिसमा केन्द्रले छलफल गरेर टुंग्याउने भएको छ । यस्ता छन् मापदण्ड: १.पार्टीको कार्यदिशा,नीति र कार्यक्रमप्रति प्रतिवद्ध भएको, २.पार्टी निर्माणमा योगदान गरेको र विद्रोहमा सक्रिय भूमिका खेलेको, ३.पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ रहेको, ४.आर्थिक...
उम्मेदवारको मापदण्ड तोक्न एकीकृत समाजवादीले बोलायो बैठक
राजनीति, समाचार

उम्मेदवारको मापदण्ड तोक्न एकीकृत समाजवादीले बोलायो बैठक

नेकपा (एकीकृत समाजवादी) पार्टीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्नेहरूका लागि न्युनतम मापदण्ड तय गर्ने भएको छ । उम्मेदवारको मापदण्ड तय गर्न बुधबार पार्टी केन्द्रीय सचिवालयको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी मुख्यालय आलोक नगरमा बस्नेगरी बोलाएको उपमहासचिव डा विजय पौडेलले जानकारी दिए । सो पार्टीका नेताहरुका अनुसार सचिवालय बैठकले मापदण्ड तय गरेर निर्वाचन क्षेत्र कमिटीलाई तोकिएको मापदण्डभित्र रहेर उम्मेदवार सिफारिस गर्न सर्कुलर जारी गरिनेछ । नेकपा समाजवादी सत्तारुढ दलमा तेस्रो ठूलो दल छ । पाँच दलीय गठबन्धनमा रहेका दलहरूलाई १६५ मध्ये कुन दलले कति सिट पाउने भन्ने टुंगो लागि सकेको छैन ।...
प्रदेशसभा निर्वाचन ‘बहिष्कार’ गर्दै रवि लामिछानेले अघि सारे नयाँ प्रस्ताव
राजनीति, समाचार

प्रदेशसभा निर्वाचन ‘बहिष्कार’ गर्दै रवि लामिछानेले अघि सारे नयाँ प्रस्ताव

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ मा हुने प्रदेशसभा सदस्य निर्वाचन ‘बहिस्कार’को नीति लिएको छ । हालै बसेको सो पार्टीको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै सभापति रवि लामिछानेले प्रदेशसभा निर्वाचनमा भाग नलिने घोषणा गरेका हुन् । केन्द्रीय समितिको महत्वपूर्ण निर्णयअनुसार हाम्रो पार्टी प्रदेश तहको निर्वाचनमा सहभागी नहुने भएको छ’, लामिछानेले बुधबार भने, ‘निर्वाचनमा हाम्रो उम्मेदवारी संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहनेछ ।’ जनताको सुझावअनुसार आफूहरु अहिलेकै संरचनामा प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णयमा पुगेको लामिछानेको भनाइ छ। ‘यतिबेला हामीले देशका सातै प्रदेशमा पुगेर भेला सम्पन्न गरेको अवस्थामा छौँ । पार्टी घोषणापछि देश दौडाहा गरेर वडासम्म आफूलाई विस्तार गर्न सफल भयौँ । यो क्रममा हामीलाई हजारौँबाट सुझाव प्राप्त भएको छ । अधिकांश सुझावमा प्रदेश ...
मुस्लिम समुदायलाई मन्त्री मेटमणि चौधरीले भने– भर्‍याङ मात्र बन्ने हैन नेतृत्व दावी गर्नुस्
राजनीति, समाचार

मुस्लिम समुदायलाई मन्त्री मेटमणि चौधरीले भने– भर्‍याङ मात्र बन्ने हैन नेतृत्व दावी गर्नुस्

नेपालअखबार, काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले मुस्लिम समुदायलाई भर्‍याङ मात्र नबन्न आग्रह गरेका छन् । जामिया सिराजुल उलूम अलसाल्फिया विद्यालयले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘नेपाल राष्ट्र बनेदेखि नै मुस्लिम समुदाय नेपाल प्रवेश गरेको इतिहास छ । प्रवेश मात्र होइन राष्ट्र बनाउन योगदान रहेको छ । तर सधैँ किन भर्‍याङ मात्र बन्ने ?’ सिमान्तकृत समुदायले अब नेतृत्व दावी गर्नुपर्ने बेला आएको बताउँदै सहरी विकास मन्त्रीले थपे, ‘उम्मेदवारी दिनुहोस् । नेतृत्व दावी गर्नुहोस् ।’ कार्यक्रममा जामिया सिराजुल उलूम अलसाल्फियाका प्रवक्ता मौलाना मशहूद खाँले मौलानाहरु र प्राथमिक देखि माध्यामिक तहका विद्यालयहरुलाई दिँदै आएको सरकारी रकम निकै कम भएकाले मदरसा सञ्चालन गर्न अत्यन्त मुस्किल परेको बताए । उनले होस्टेल, पर्खाल र भवन मर्मतका लागि ध्यानाकर्षण गराएका...
माओवादीको स्थायी समिति बैठक बस्दै
राजनीति, समाचार

माओवादीको स्थायी समिति बैठक बस्दै

नेपालअखबार, काठमाडौं । आसन्न निर्वाचनको तयारीबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । आजको बैठकमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानले राखेका सर्त र चुनावी रणनीतिबारे छलफल हुने छ । ‘बाबुराम र वामदेवको निर्वाचन क्षेत्र, उनीहरुलाई दिने सिटको संख्या लगायतबारे आजको बैठकमा छलफल हुन्छ,’ माओवादी केन्द्रको स्थायी समितिका एक जना सदस्यले भने । वामदेव गौतम प्युठानबाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । उनले प्रदेशमा २ र प्रतिनिधि सभामा १ सिट दाबी गरेका छन् । बाबुराम भट्टराई गोरखाबाट चुनाव लड्ने तयारीमा छन् ।मंगलवारको स्थायी कमिटी बैठकले भट्टराई र गौतमलाई माओवा...