काठमाडौं । नेपाल सरकारले बेलायतसँगको श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । जेठ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै बिहीवार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो जानकारी दिएका हुन् ।
नेपाल रेडक्रस सोसाइटीका साधारण सदस्यहरु मध्येबाट प्रा. सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा तीन महिनाको लागि तदर्थ समिति गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।
यसैगरी तारागाउँ विकास समितिको अध्यक्षमा सुरेश साह जोशी र सदस्यसचिवमा महेन्द्रकुमार थापालाई नियुक्त गर्ने निर्णय पनि भएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।
यसैगरी राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवालीलाई मनोनयन गर्ने र सार्वजनिक खरिद पुनरावलोकन समितिका अध्यक्ष भीमकुमार ओझाले दिएको राजीनामा स्वीकृत गर्दै सो पदमा मोहनकृष्ण सापकोट...
२०७७ आश्विन २६, सोमबार १७:४६२०७७ आश्विन २६, सोमबार १७:४६No Comments
९० प्रतिशतभन्दा बढी मत पाउँदै ताजिकिस्तानको राष्ट्रपतिमा इमोमाली पुनः निर्वाचित
नेपालअखबार, एजेन्सि। ताजिकिस्तानका प्रभावशाली नेता इमोमाली राख्मोन ताजिकिस्तानको राष्ट्रपतीय निर्वाचनमा अत्यधिक मतसहित विजयी भएका छन्।
निर्वाचन आयोगका अनुसार नेता इमोमालीले ९० प्रतिशतभन्दा बढी मत प्राप्त गरे।
विपक्षीहरुको खासै उपस्थिति नरहेको ताजिकिस्तानमा ६८ वर्षीय इमोमाली ताजिकिस्तान स्वतन्त्र भएयता सबैभन्दा बढी अवधि शासनमा रहनेछन्। तत्कालीन सोभियत संघबाट अलग्गिएको ताजिकिस्तानले स्वतन्त्रता प्राप्त गरेलगत्तै नुरसुल्तान नजरबायेभ सबैभन्दा लामो अवधि राष्ट्रपति बनेका थिए।
केन्द्रीय निर्वाचन आयोगका अनुसार चुनावमा ८५ प्रतिशतभन्दा बढी मतदान भएको थियो।
छिमेकी मुलुकहरु किर्गिस्तान र पूर्व सोभियत गणतन्त्र बेलारुसमा हालै सम्पन्न निर्वाचनमा व्यापक धाँधली भएको भन्दै विरोध जारी छ। तर ताजिकिस्तानमा त्यस्तै परिस्थिति उत्पन्न हुने तत्काल सम्भावना देखिएको छैन।
तर राख्मोन र उनको सरकारले कोरोनाभाइरसका कारण ...
२०७७ आश्विन २४, शनिबार १४:४५२०७७ आश्विन २४, शनिबार १४:४५No Comments
ट्रम्पले सहभागी नहुने भनेपछि अमेरिकाको राष्ट्रपतीय बहस औपचारिक रुपमै रद्ध
नेपाल अखबार, एजेन्सि।अमेरिकी राष्ट्रपति पदकालागि प्रतिश्पर्धामा रहेका दुई उम्मेदवारबीचको दोस्रो बहस औपचारिक रुपमै रद्ध गरिएको छ।
राष्ट्रपति पदका उम्मेदवार समेत रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो बहसमा सहभागी नहुने घोषणा गरेपछि राष्ट्रपतीय बहस आयोगले औपचारिक रुपमै बहस रद्ध गरेको हो।
राष्ट्रपति पदका अर्का उम्मेदवार जो बाइडेनले भने आफू बहसका लागि तयार नै रहेको बताउँदै आएका छन्। राष्ट्रपतीय बहस आयोगले यही अक्टोबर १५ तारिखका दिन गर्नेगरी दोस्रो बहसको तयारी गरिरहेको थियो।
राष्ट्रपति ट्रम्पलाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएकाले दोस्रो बहस भर्चुअल रुपमा गर्ने तयारी भइरहेको थियो।
Century masala
यसअघि पहिलो बहस भौतिक रुपमै सहभागी भएर भएको थियो। सो बहसमा राष्ट्रपति ट्रम्पको प्रस्तुित फितलो भएको चर्चा चलिरहेका बेला उनले दोस्रो बहसमा सहभागी नहुने घोषणा गरेका थिए।
उनले आफू राष्ट्रप...
२०७७ आश्विन २४, शनिबार १४:३८२०७७ आश्विन २४, शनिबार १४:३८No Comments
ओली–प्रचण्डबीच बालुवाटारमा छलफल
नेपाल अखबार, काठमाडाैं। प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता जारी छ।
शनिबार दिउँसो साव १ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भइरहेको हो।
त्यसअघि प्रधानमनत्री ओलीले आमरण अनशनरत डाक्टर गोविन्द केसीका मागका विषयमा छलफल गर्न आएका शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहित सरकारी वार्ता टोलीका सदस्यसँग छलफल गरेका थिए।
सोही छलफलका क्रममा अध्यक्ष प्रचण्ड पनि बालुवाटार पुगेका थिए। प्रचण्ड केहीबेर उक्त छलफलमा समेत बसेको स्रोतले जानकारी दियो।
डा. केसीको मागका विषयमा सरकारी वार्ता टोली र डाक्टर केसीका प्रतिनिधिबीच शुक्रबार राति अबेरसम्म वार्ता भए पनि सहमति हुन सकेको थिएन। शनिबार बिहान ११ बजे शिक्षामन्त्री पोखरेल सरकारी वार्ता टोलीलाई लिएर बालुवाटार पुगेको...
२०७७ आश्विन २३, शुक्रबार १६:१७२०७७ आश्विन २३, शुक्रबार १६:१७No Comments
जग्गाको कित्ताकाट फुकुवा गरेपछि संसदीय समितिले प्रश्न उठायो
नेपाल अखबार, काठमाडाैं। भू-उपयोग ऐन बनेको लामो समयसम्म पनि नियमावली नबनाई जग्गाको कित्ताकाट फुकुवा गरिएपछि संसदीय समितिले प्रश्न उठाएको छ ।
ऐन बनेको दुई वर्षवितिसक्दा समेत नियमावली नबनाई कित्ताकाट फुकुवा गर्ने निर्णय संविधान र ऐन विपरित भएको भन्दै संसदीय समितिले प्रश्न उठाएको हो । नियमावली नबनाई प्रशासनिक आदेशको भरमा निर्देशिका चलाउने काम प्रत्योजित विधायनको सिद्धान्त विपरीत भएको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिका सभापति रामनारायण विडारीले बताउनुभयो ।
संविधान र भू-उपयोग ऐन विपरीतको काम भएको भन्दै भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल र मन्त्रालयका सचिवलाई छलफलका लागि बोलाउने निर्णय पनि समितिले गरेको उहाँले बताउनुभयो ।
सम्बन्धित मालपोतका हाकिमहरुको तजबिजमा कित्ताकाट खुलाइएको आरोप समेत उहाँले लगाउनुभयो । मन्त्रालयले कित्ताकाट फुकुवा गर्ने प्रशासनिक ढाँच...
२०७७ आश्विन २०, मंगलवार १६:२९२०७७ आश्विन २०, मंगलवार १६:२९No Comments
प्रदेश ५ को नाम लुम्बिनी र राजधानी देउखुरी राख्ने प्रस्ताव दुई तिहाइले पारित
नेपाल अखबार। प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामको विषय टुंगो लागेको छ। विशेषगरी प्रदेश नम्बर ५ को राजधानी बुटवल कि दाङ भन्नेमा तीव्र विवाद रहँदै आएकोमा मंगलबारको भोटिङबाट प्रदेशको स्थायी राजधानी दाङको देउखुरी हुने टुंगो लागेको छ भने प्रदेशको नाम पनि लुम्बिनी भएको छ ।
प्रदेशसभाको मंगलबारको बैठकमा भएको भोटिङबाट दुई तिहाइ बहुमतका साथ दाङको देउखुरीलाई राजधानी बनाउने प्रस्ताव पारित भयो ।
भोटिङमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको सभामुख पूर्ण बहादुर घर्तीले बताए । उनका अनुसार प्रदेशसभामा ८७ सदस्य रहेकामा आजको राजधानीको छिनोफानो गर्ने भोटिङमा ८२ सांसद उपस्थित रहे । भोटिङमा देउखुरीको पक्षमा बहुमत आएसँगै उनले स्थायी राजधानीको प्रस्ताव पारित भएको घोषणा गरे । हाल प्रदेशको अस्थायी राजधानी रुपन्देहीको बुटवलमा रहेको थियो ।
सत्तारुढ नेकपाले सरकारले पेश गरेको प्रस्तावका पक्षमा मतदान गर्न ह्व...
२०७७ आश्विन २०, मंगलवार १६:२९२०७७ आश्विन २०, मंगलवार १६:२९No Comments
प्रदेश ५ को नाम लुम्बिनी र राजधानी देउखुरी राख्ने प्रस्ताव दुई तिहाइले पारित
नेपाल अखबार। प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामको विषय टुंगो लागेको छ। विशेषगरी प्रदेश नम्बर ५ को राजधानी बुटवल कि दाङ भन्नेमा तीव्र विवाद रहँदै आएकोमा मंगलबारको भोटिङबाट प्रदेशको स्थायी राजधानी दाङको देउखुरी हुने टुंगो लागेको छ भने प्रदेशको नाम पनि लुम्बिनी भएको छ ।
प्रदेशसभाको मंगलबारको बैठकमा भएको भोटिङबाट दुई तिहाइ बहुमतका साथ दाङको देउखुरीलाई राजधानी बनाउने प्रस्ताव पारित भयो ।
भोटिङमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको सभामुख पूर्ण बहादुर घर्तीले बताए । उनका अनुसार प्रदेशसभामा ८७ सदस्य रहेकामा आजको राजधानीको छिनोफानो गर्ने भोटिङमा ८२ सांसद उपस्थित रहे । भोटिङमा देउखुरीको पक्षमा बहुमत आएसँगै उनले स्थायी राजधानीको प्रस्ताव पारित भएको घोषणा गरे । हाल प्रदेशको अस्थायी राजधानी रुपन्देहीको बुटवलमा रहेको थियो ।
सत्तारुढ नेकपाले सरकारले पेश गरेको प्रस्तावका पक्षमा मतदान गर्न ह्व...
२०७७ आश्विन १९, सोमबार १६:२१२०७७ आश्विन १९, सोमबार १६:२१No Comments
कोरोना नियन्त्रणमा सरकारी उदासिनताले सीमा नाघ्यो- कांग्रेस
नेपाल अखबार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले कोरोना संक्रमणको रोकथाममा सरकारी उदासिनताले पराकाष्ठा नाघेको आरोप लगाएको छ । काँग्रेस सहमहामन्त्री एवं कोभिड—१९ अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै संक्रमितहरुको सम्पर्कमा आएकाको ट्रेसिङ गरी परिक्षण र आइसोलेसनको व्यवस्था गर्न नसकेको बताए ।
‘विशेषत काठमाडौं उपत्यकामा जसको आइसोलेसनमा बस्नको लागि समुचित व्यवस्था छैन, जो डेरामा बस्छन् या घरै भएपनि मापदण्ड अनुरुप बस्ने व्यवस्था छैन, उनीहरुको विचल्ली भएको छ र यी संक्रमितहरुबाट थप संक्रमण फैलने परिस्थिति बनेको छ,’ महतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘कतिपय संक्रमितहरु जो डेरामा बस्छन् या बाहिरबाट आएर परीक्षण गर्दा पोजेटिभ देखिएका छन्, सरकारी निकायहरुसँग फोन गरी आइसोलेसनमा बस्न माग गरेका छन्, उनीहरुलाई समेत केही दिनपछि सम्पर्क गर्नु भनेर पन्छाएको स्...
२०७७ आश्विन १९, सोमबार १६:१०२०७७ आश्विन १९, सोमबार १६:१०No Comments
नेकपाको सचिवालय बैठक भोलि
नेपाल अखबार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच भेट भएको छ ।
अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । दुई अध्यक्ष बीच भएको भेटपछि नेकपाले सचिवालय बैठक बोलाइएको छ ।आइतबार स्थगित भएको सचिवालय बैठक भोलि (मंगलबार) दिउँसो चार बजे बोलाइएको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले जानकारी दिए ।
उनका अनुसार दुई अध्यक्षबीच बैठकको एजेण्डाबारे समेत सामान्य छलफल भएको छ । पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गरिएपछि नेकपामा असन्तुष्टि देखिएको छ ।
सोमबारको बैठकमा एकता प्रक्रियाका बाँकी काम, मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल हुने भएको छ ।
नेकपाले सचिवालय बैठक शनिबार नै बोलाइएको भए पनि तयारी नपुगेको भन्दै आइतबारका लागि सारिएको थियो । तर, शनिबार दिउँसो प्रधानमन्त्रीका सचिवालय सदस...
२०७७ आश्विन १९, सोमबार १६:०८२०७७ आश्विन १९, सोमबार १६:०८No Comments
प्रदेशसभा बैठकमा बबाल, काँग्रेस सांसदद्वारा कुर्सी तोडफोड
नेपाल अखबार, काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकमा तनाव भएको छ । प्रदेशसभा बैठकमा काँग्रेस सांसदहरुले होहल्ला गर्दै संसद अवरुद्ध गरेका छन् भने सो क्रममा कुर्सी तोडफोड समेत भएको छ ।
राजधानी दाङ बनाउने प्रस्ताव सरकारले प्रदेशसभामा पेश गरेपछि तनाव बढेको छ । सोही क्रममा प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबारको पहिलो बैठक पनि अवरुद्ध गरेको थियो ।
पहिलो बैठक अवरुद्ध भएपछि बोलाइएको दोस्रो बैठकमा थप तनाव उत्पन्न भएको हो । बैठकमा कांग्रेस सांसदहरूले नाराबाजीसहित कुर्सी भाँचेका हुन् ।
काँग्रेसको नाराबाजी र तोडफोडका बीच पनि सभामुखले बैठक अघि बढाएका छन् । सभामुखले आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केशीलाई बोल्न दिएका छन् । अहिले बोल्ने र विरोध गर्ने क्रम जारी छ ।
कांग्रेसले सोमबार बिहान सरकारले ल्याएको प्रस्ताव केही दिनलाई रोकेर सबै पक्षसँग छलफलपछि मात्रै अघि बढाउन आग्रह गरेको थियो...

