Friday, July 10

राजनीति

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता
राजनीति, समाचार

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

नेपालअखबार, काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन्। नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा पुनर्विचार हुन आवश्यक देखिएकाले उक्त विधेयक फिर्ता गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन्। 
साउदी र मलेसिया दूतावासका समस्याबारे श्रममन्त्रीलाई जानकारी
राजनीति, समाचार

साउदी र मलेसिया दूतावासका समस्याबारे श्रममन्त्रीलाई जानकारी

नेपालअखबार, काठमाडाैं । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले साउदीस्थित नेपाली दूतावासका समस्याबारे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरलाई जानकारी गराएको छ ।  आइतबार मन्त्रालयमा मन्त्री कुँवरलाई भेटेर ८ वटा समस्याबारे जानकारी गराएको हो । कागजात प्रमाणित, कोटा प्रणाली, प्रमाणपत्र, एजेन्सी निलम्बन, भिसा रद्द, साउदी अरबस्थित कम्पनीहरूले गर्ने काम, राहदानी पेश र सुचना प्रणाली लगायतका विषयमा मन्त्री कुँवरलाई जानकारी गराइएको हो । त्यस्तै मञ्चले मलेशियाको समस्याका बारेमा पनि मन्त्री कुँवरलाई ४ बुँदे माग अघि सारेको छ । वैदेशिक रोजगारमा जाने नेपालीको संख्या उल्लेख्य मात्रामा भएपनि उनीहरूले विभिन्न समस्या भोग्नुपरेको भन्दै ति समस्याका लागि पहल गर्न मन्त्री कुँवरलाई आग्रह गरेका हुन् । मञ्चका अध्यक्ष राजेन्द्र भण्डारीले साउदी र मलेसिया दूतावासमा धेरै समस्या रहेको र ...
संघ र प्रदेशसभा निर्वाचनमा सम्पत्ति विवरण बुझाएपछि उम्मेदवारी दर्ता
राजनीति, समाचार

संघ र प्रदेशसभा निर्वाचनमा सम्पत्ति विवरण बुझाएपछि उम्मेदवारी दर्ता

नेपालअखबार,काठमाडौँ । निर्वाचन आयोगले आगामी संघ र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिँदा उम्मेदवारको सम्पत्ति विवरण लिने भएको छ । आइतबार आयोगले मिडियाका सम्पादकहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस्तो बताएका हुन् । उनका अनुसार उम्मेदवारले आवश्यक कागजातका साथमा सम्पत्ति विवरण बुझाउनु पर्ने भएको हो । उन भने, ‘उम्मेदवारी दर्ताकै क्रममा सम्पत्ति विवरण लिने, निर्वाचित भएपछि विवरण सार्वजनिक गर्ने र उम्मेदवारी दिएका व्यक्ति निर्वाचित नभए विवरण सार्वजनिक नगरी नष्ट गर्नेबारे आयोगले सोचेको छ ।’ यसबारे राजनीतिक दलहरूसँग छलफल भइरहेको आयोगको जनाएको छ ।...
सबै मिल्दा मात्र विकास सम्भव: मन्त्री मेटमणि चौधरी
राजनीति, समाचार

सबै मिल्दा मात्र विकास सम्भव: मन्त्री मेटमणि चौधरी

नेपालअखबार, काठमाडौं। सहरी विकास मन्त्री मेटमणि चौधरीले विकास, निर्माण र सम्वृद्धि चाहने हो भने सबै मिल्नुपर्ने धारणा राख्नुभएको छ । शनिबार लमहीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भन्नुभयो, ‘साँचो अर्थमा विकास चाहने हो भने समाजका सबै पक्ष, सबै वर्ग र सबै जनता मिल्न जरुरी छ । कसैले म एक्लै गर्न सक्छु भन्छ भने त्यो मूर्खता मात्र हो ।’ ‘विपि स्मृति भवनलाई बजेट छुट्याएको छु । अब जनमोर्चा समेतलाई छुट्याउँछु । हिन्दु, गुम्बा देखि क्रिश्चियनसम्मलाई बजेट छुट्याइनेछ । सबै जनताले राज्य मेरो हो भन्ने महसुस गर्नुपर्छ ।’ मन्त्री चौधरीले भन्नुभयो । दाङ देउखुरीले अब मुहार फेर्ने धारणा राख्नुभएका सहरी मन्त्री चौधरीले देउखुरीबाट स्वर्गद्धारी जोड्ने केवुलकार, माइक्रो ट्रेन, बबई नदीदेखि मुसोटसम्म सुरुङ मार्ग, राप्ती नदीमा बृहत तटबन्धसहित राप्ती कोरिडोर निर्माण जस्ता महत्वपूर्ण परियोजना सु...
नवनियुक्त पर्यटन मन्त्री शाहीले लिए पद तथा गोपनीयताको शपथ
प्रदेश ६, राजनीति, समाचार

नवनियुक्त पर्यटन मन्त्री शाहीले लिए पद तथा गोपनीयताको शपथ

नेपालअखबार, कर्णाली । कर्णाली सरकारका नवनियुक्त उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले प्रदेश प्रमुख तिलक परियारले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । शाही गत बिहीबार मन्त्रीमा नियुक्त भएका थिए ।  यद्यपी उच्च अदालत सुर्खेतले मन्त्रिपरिषद् गठन गर्दा समावेशी सिद्धान्तलाई ध्यान नपुर्याएको भन्दै पत्र लेखेपछि शपथ रोकिएको थियो । नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका गैर सांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै डोल्पाबाट निर्वाचित सांसद वीरबहादुर शाही मन्त्रीमा नियुक्त भएका हुन् ।  मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानको धारा १५८ को उपधारा (९) बमोजिम नियुक्ती, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन् । यद्यपी मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिमण्डल समावेशी नबनाएर नै नवनियुक्त शाहीले शपथ लिएका हुन्...
ओलीले भने- मसँग उपचार गर्ने पनि पैसा छैन
राजनीति, समाचार

ओलीले भने- मसँग उपचार गर्ने पनि पैसा छैन

नेपालअखबार,  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् । आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै उनले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताए । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सांसद भएकाले अलिअलि पैसा त आउने तर त्यसले आफ्नो उपचार गर्न नपुग्ने बताए । आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति राज्यको भइसकेको बताउँदै उनले भने, ‘तपाईंहरुले उपचार गर्दिनुभयो भने हुन्छ । मैले मेरो घरजग्गा बेच्न पनि पाउँदिनँ । किनभने दान गरिसकेको छु ।’...
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
राजनीति, समाचार

नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने

नेपालअखबार, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने कि नगर्ने भन्‍ने निर्णय लिने समय अब मंगलबारसम्म मात्रै बाँकी रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले १५ साउनमा प्रमाणीकरण गरेर पठाएको सो विधेयकलाई संवैधानिक मान्यता दिन राष्ट्रपतिबाट प्रमाणीकरण गर्ने कि नगर्ने भन्ने निर्णय गर्ने समय मंगलवारको समयसीमा बाँकी रहेको हो । कुनै पनि विधेयक पुनर्विचार गर्नुपर्छ भन्‍ने लागेमा राष्ट्रपतिले विधेयक आएको १५ दिनभित्र संसदमा नै पठाउन सक्ने संवैधानिक प्रावधानका कारण मंगलबारसम्मको समयसीमा राष्ट्रपति भण्डारीलाई छ । संविधानको धारा ११३ (३) मा, ‘प्रमाणीकरणका लागि पेश भएको अर्थ विधेयकबाहेक अन्य विधेयकमा पुनर्विचार हुन आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा त्यस्तो विधेयक पेश भएको १५ दिनभित्र निजले सन्देशसहित उत्पति भएको विधेयक सदनमा फिर्ता पठाउने छ’ भन्ने कार...
मन्त्री यादव र राईद्वारा संयुक्त रुपमा तिलावे नदीको मोटर पुल उद्घाटन
राजनीति, समाचार

मन्त्री यादव र राईद्वारा संयुक्त रुपमा तिलावे नदीको मोटर पुल उद्घाटन

विमल विष्ट,  काठमाडाैं । वन तथा वातावरणमन्त्री प्रदीव यादव तथा भौतिक यातायात तथा पूर्वाधारमन्त्री मोहम्मद इश्तियाक राईले आज शनिवार पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं १७ र १९ जोड्ने १०३ दशमलव ८० मिटर लम्बाई रहेको तिलावे नदीको मोटर चल्ने पुल संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । पर्सा जिल्लाको ग्रामीण भेगलाई सदरमुकाम वीरगञ्जसँग जोड्ने एक मात्र सडकका रुपमा रहेको यस तिलावे नदीमा  ७ करोड ७१ लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको हो । पुल निर्माणको ठेक्का सम्झौता भएको सात वर्षपछि निर्माण सम्पन्न भएको हो । पुल ठेकेदार पप्पु–लुम्बिनी जेभीले निर्माण गरेको सडक डिभिजन कार्यालयले जनाएको छ । पुल उद्घाटन कार्यक्रममा बोल्नुहुँदै वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालयले अनुमति नदिएर रोकिएका विकासका कामहरुको तत्काल सुरुवात हुने बताउनु भएको छ । मन्त्री यादवले नागरिकको आवश्यकतामा रहेका...
कांग्रेसमा उम्मेदवार मनोनयनको पत्र पठाउने जिम्मा देउवालाई
राजनीति, समाचार

कांग्रेसमा उम्मेदवार मनोनयनको पत्र पठाउने जिम्मा देउवालाई

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुवै तहका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको मनोनयनको पत्र पठाउने जिम्मा सभापति देउवालाई दिएको हो । बैठकले आवश्यक प्रक्रिया पुर्‍याएर पार्टीका सम्बन्धित निकायबाट नाम प्रस्ताव गर्न निर्देशन गर्ने र औपचारिक पत्र पठाउने जिम्मा सभापति देउवालाई दिने निर्णय गरेको हो । उम्मेदवारको नाम प्रस्ताव गर्ने समय भने बैठकले तोकेको छैन् । उपयुक्त समयमा पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिइने कांग्रेसले बताएको छ । निर्वाचनमा भाग लिन पार्टी दर्ता गर्ने प्रक्रियाको जिम्मा बैठकले कार्यालयका मुख्य सचिव कृष्ण पौडेललाई दिएको छ ।...
एमाले आफ्नै खुट्टामा अल्झेर लड्यौं : सुवास नेम्वाङ
राजनीति, विचार, समाचार

एमाले आफ्नै खुट्टामा अल्झेर लड्यौं : सुवास नेम्वाङ

२८ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गएको स्थानीय चुनावमा अन्तर्घातकै कारण ६० सिट बढी गुमाएको बताएका छन् । एमालेले २०६ स्थानीय तह मात्रै जित्ने अवस्था बन्नुमा अन्तर्घात पनि कारण रहेको उनले बताए । ‘हामीविरुद्ध अरु दलहरु एक छन् भने हामी एकजुट हुनुपर्ने होइन ?’ बानेश्वरमा आयोजित खोटाङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा नेम्वाङले भने, ‘२५०/३०० पार्टीको सदस्य छ, भोट भने २४ आउँछ । हामी आफ्नै खुट्टामा अल्झेको होइन ?’ नेम्वाङले आगामी चुनावमा त्यस्तो गल्ती हुन नहुने बताए ।तर पपुलर मतमा भने एमाले प्रमुख शक्ति बनेको उनले बताए । उपाध्यक्ष नेम्वाङले नेपाली कांग्रेस भने गठबन्धनबिना एमालेसँग आँखा जुधाएर हेर्न नसक्ने अवस्थामा रहेको टिप्पणी गरे ।पञ्चायत अन्त्यपछि कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको भनाइ सम्झदै नेम्वाङले भने, ‘खुलामञ्चमा किसुनजीले भनेको सम्झछु, मलाई नै एक हजार सिट...