Friday, July 10

राजनीति

पोखरा वडा कमिटि दुइको अध्यक्षमा जग्गु श्रेष्ठ चयन
राजनीति, समाचार

पोखरा वडा कमिटि दुइको अध्यक्षमा जग्गु श्रेष्ठ चयन

नेपालअखबार, पाेखरा । नेकपा एस पोखरा वडा नम्बार दुईको भेला सम्पन्न भएको छ । प्रमुख अतिथि पार्टीका स्थायी कमिटि सदस्य चुणामणी जंगलीको आतिथ्यता सम्पन्न छ । प्रमुख अतिथि जंगलीले भने अब युवाहरुको सक्रियताले नै संगठन अघि बढ्दै छ साथै पार्टीमा युवाहरुले नै नेतृत्व लिन पर्ने बताए । मंसिर चार गतेको निवार्चनमा पार्टीको तर्फबाट युवाहरुले नै निर्वाचनमा भाग लिन पर्ने बताए । भेलाले पोखरा वडा नम्बार दुई कमिटिको अध्यक्ष .जग्गु श्रेष्ठ चयन भएका छन् । श्रेष्ठको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटिको पुनर्गठन गरिएको छ । उक्त भेलाको अध्यक्षता शोभाखर दाहालले गरेको थिए । कार्यक्रममा स्वागत मन्तव्य खगेन्द्र पराजुलीले गरेका थिए । प्रदेश कमिटि सदस्य युवा नेता विवेक भुजेलको विशेष पहलमा वडा कमेटिको भेला सम्पन्न भएको छ । कार्यक्रम संचालन भुजेल गरेका थिए । युवा नेता विवेक भुजेलको आफ्नो नेतृत्वमा हाल सम्म १२० जनाला...
प्रदेश मन्त्रिपरिषद् समावेशी नहुँदा नवनियुक्त मन्त्रीको शपथ रोकियो
प्रदेश ६, राजनीति, समाचार

प्रदेश मन्त्रिपरिषद् समावेशी नहुँदा नवनियुक्त मन्त्रीको शपथ रोकियो

नेपालअखबार,कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीको शपथ रोकिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीबार नेपालको संविधानको  धारा १६८ ९९० बमोजिम नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य शाहीलाई मन्त्री पदमा नियुक्त गरेका थिए । प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानीले अदालतको पत्रले तत्काल शपथ कार्यक्रम रोकिएको जानकारी दिए । “पहिला अदालतको पत्र आइपुग्यो, मुख्यमन्त्रीले मन्त्री नियुक्त गरेको पत्र बिहीबार साँझ प्राप्त भयो,” उनले भने, “उच्च अदालतको निर्देशनात्मक आदेशका कारण तत्काललाई शपथ रोकिएको छ ।” गैरसांसद छिरिङ डम्डुल लामा (कार्चेन) को कार्यकाल स्वतः सकिएपछि रिक्त मन्त्रालयको जिम्मेवारीमा माओवादी केन्द्रले डोल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य शाहीलाई सिफारिस गरेको थियो । कार्चेन नियुक्तिविरुद्ध २०७८ माघ अन्तिम साता...
लिखित जवाफका साथ पर्यटनमन्त्री सर्वाेच्च अदालतमा
राजनीति, समाचार

लिखित जवाफका साथ पर्यटनमन्त्री सर्वाेच्च अदालतमा

नेपालअखबार, काठमाडाैं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ आफैँ सर्वोच्च अदालतमा उपस्थित भएर लिखित जवाफ पेस गरेका छन्। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको मुद्दामा उनी आफैँ अदालत उपस्थित भएर जवाफ पेस गरेका हुन्। सर्वोच्च अदालतले अधिकारीलाई पदबाट नहटाउन अन्तरिम जारी गरेको थियो तर सरकारले बर्खास्त गरेपछि अधिकारीले पर्यटनमन्त्री श्रेष्ठविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए। लिखित जवाफमा मन्त्री श्रेष्ठले अधिकारीले आचरणअनुसारको कार्य नगरेको र कानुनले तोकेको जिम्मेवारी पूरा नगरेका कारण सरकारले स्पष्टीकरण सोधेको तर सुनुवाइको मौका दिएकाले रिट निवेदन र अवहेलना मुद्दा दुवै खारेज हुनुपर्ने माग गरिएको छ। अधिकारीलाई निवर्तमान पर्यटनमन्त्री प्रेम आलेले नियुक्त गरेका थिए। उनीलाई गत जेठ २६ मा स्पष्टीकरण सोधिएको थियो। स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नद...
नेकपा ( एकीकृत  समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना  पोजेटिभ
राजनीति, समाचार, स्वास्थ्य

नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना पोजेटिभ

नेपाल अखबार, काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना पोजेटिभ देखिएको छ । पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई स्वास्थ्यमा सामान्य समस्या देखिएपछि जाँच गराउँदा उहाँलाई कोरोना पोजेटिभ देखिएको हो ।जटिल स्वास्थ्य समस्या नदेखिएकोले उहाँ अहिले होम आइसोलेसन मै आराम गरिराख्नु भएको उहाँको सचिवालयले जानकारी गराएको छ । अध्यक्ष नेपालले केही दिनका लागि भेटघाट तथा निर्धारित कार्याक्रमहरु स्थगित गरेकाछन् ।...
सिट बाँडफाँट छिट्टै टुंगो लाग्छ : मन्त्री गहतराज
राजनीति, समाचार

सिट बाँडफाँट छिट्टै टुंगो लाग्छ : मन्त्री गहतराज

नेपालअखबार, बारा । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले  अगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनमा दलहरुबीच सिटको बाँडफाँट केही दिनभित्र टुंगो लाग्ने बताएका छन् । बिहीबार बाराको सिमरा विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा बोल्दै  मन्त्री गहतराजले कुन दलले कति सिट प्राप्त गर्ने भन्ने कुरा दलहरुबीचको भद्र सहमतीमा छिट्टै टुंगो लाग्ने बताएका हुन् । ‘अगामी निर्वाचनमा गठबन्धनलाई बचाएर जानुपर्छ,हाम्रो अगाडी अहिलेको व्यवस्थालाई कसरी सुदृढ गर्ने, विकास गर्ने, जनताको बलिदानबाट प्राप्त व्यवस्थामा खलबल नपरोस् भन्न गठबन्धनमा रहेका दलहरुबीचमा एउटा साझा समझदारी हुनुपर्दछ’  मन्त्री गहतराजले भने ‘सबैले सम्मान जनक ढंगले सिटको बाँडफाँट हुनुपर्छ । त्यसका लागि काँग्रेसले पनि मलाई बढी सिट चाहियो भनेर दाबी गर्न मिल्दैन, अन्य  पार्टीले पनि गर्न हुँदैन् ।’ अगामी मंसिर ४ गते हुने निर्वाचनमा क...
संसदमा अर्थमन्त्रीको जवाफ:प्रगतिशील सिद्धान्तका आधारमा कर समायोजन
प्रदेश ४, राजनीति, समाचार

संसदमा अर्थमन्त्रीको जवाफ:प्रगतिशील सिद्धान्तका आधारमा कर समायोजन

नेपालअखबार, पाेखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रगतिशील कर सिद्धान्तको आधारमा कर समायोजन गरिएको बताउनु भएको छ । गण्डकी प्रदेश सभाको सुन्य र विशेष समयमा सांसदहरुले उठाउनुभएको प्रश्नको विहिबार सदनबाट जबाफ दिदै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो । उहाँले भन्नु भयो “कर सिद्धान्तको आधारमा थोरै हुने सँग कम र धेरै हुने सँग सो भन्दा बढि कर लिने गरी समायोजन गरिएको बिषयलाई अहिले कार्यान्वयनमा आएको दुई महिना पछि अनावश्यक रुपमा आलोचना गरिएको छ । ” सरकारको राजश्व संकलन प्रति वितृष्णा जगाउन खोज्नु सहि हुन्छ भन्दै मन्त्री बरालले सदनमा प्रति प्रश्न गर्नु भयो । यस्ता गतिविधिले संघीय गणतन्त्रात्मक व्यवस्था विरोधीहरुलाई सहयोग पु¥याउने उल्लेख गर्दै मन्त्री बरालले यस बिषयमा गंभिरतापुर्वक चिन्तन मनन गरिदिनुहुन अनुरोध समेत गर्नु भयो । आर्थिक ऐन करिब दुई महिना देखि का...
मानव वन्यजन्तु द्धन्द्ध नियन्त्रण र व्यवस्थापनका कार्यक्रम चाडो अघिसार्न निर्देशन
राजनीति, समाचार

मानव वन्यजन्तु द्धन्द्ध नियन्त्रण र व्यवस्थापनका कार्यक्रम चाडो अघिसार्न निर्देशन

विमल विष्ट,  काठमाडौँ।  वन तथा वातावरणमन्त्री प्रदीप यावदले पछिल्लो समय मानव वन्यजन्तुबीच द्धन्द्ध बढ्दै गएकाले यस्को नियन्त्रण तथा दीगो व्यवस्थापनका कार्यक्रमहरु लागु गर्न निर्देशन दिनु भएको छ । आज मन्त्रालयमा आयोजना गरिएको मन्त्रालय स्तरीय विकास, समस्या समितिको बैठकमा मन्त्री यादवले मानव वन्यजन्तुबीच द्धन्द्ध कम गराउने खालका कार्यक्रम तथा योजनाहरु तत्काल लागु गर्न मातहतका निकाय तथा विभागहरुलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “वन्यजन्तुका वासस्थानमा सुधार ल्याउने तथा उनीहरुको दीगो व्यवस्थापनका कार्यक्रम लागु गर्नुस, मानव वन्यजन्तुबीचको द्धन्द्ध कम गराउने योजना चाडो लागु गरौँ ।” सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले वन मन्त्रालयका कर्मचारी, मातहतका निकाय, विभागहरुका कार्यक्रमले अहिले नेपालमा बाघको सङ्ख्यामा बृद्धि हुनुका साथै नेपालको वन क्षेत्र पनि जोगिएको भन्दै उहाँहरु प्रति...
सहरी विकास मन्त्री चौधरीले भने जनताको काम गर्दा हत्कडी लाउन परे पनि तयार
राजनीति, समाचार

सहरी विकास मन्त्री चौधरीले भने जनताको काम गर्दा हत्कडी लाउन परे पनि तयार

नेपालअखबार, काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीति गर्नेहरु जनताको काम गर्दा हत्कडी लाउन परे पनि तयार हुनुपर्ने धारणा राख्नुभएको छ । मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति समक्ष आ. व. २०७८÷७९ को वार्षिक प्रस्तुतिकरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भन्नुभयो, ‘कर्मचारीहरु कसरी हुन्छ जनताका काम पन्छाउन पाए हुन्थ्यो भनेर सोच्नुहुन्छ । तर हामी राजनीति गर्नेहरु जनताको पक्षमा काम गर्दा हत्कडी लाउन समेत तयार हुनुपर्छ ।’ जनताको काममा ढिलाइ गर्नै नहुने बताउनुभएका मन्त्री चौधरीले अहिले पनि हामी दशकौँ पूरानो ३५ दिने सूचना निकाल्ने, लो बिडमा ठेक्का दिने, त्यसपछि सेटिङ र कमिसनमा जाने, डिपिआर सक्न महिनौँ लगाउँने, काम समयमा सुरु नगर्ने, पैसा लिइहाल्ने, म्याद थप्ने, खर्च बढाउने जस्ता काममा लागेकाले यसरी मलुक नबन्ने बताउनुभयो । ‘३५ दिने सूचना अवधिलाई ७ देखि १० दिनमा झारौँ । कम्त...
यसपालि क्षेत्र नम्बर २ बाबुरामलाई छोड्न सकिन्न – गोरखा कांग्रेस
राजनीति, समाचार

यसपालि क्षेत्र नम्बर २ बाबुरामलाई छोड्न सकिन्न – गोरखा कांग्रेस

नेपाल अखबार, गोर्खा । नेपाली कांग्रेस गोरखाले यसपालि क्षेत्र नम्बर २ अरू पार्टीलाई छाड्न नसकिने प्रष्टाएको छ।गोरखा पुगेर केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले यसपालि गोरखा क्षेत्र नम्बर २ अरूलाई छाड्न नसकिने बताए।पाँच वर्षअघि २०७४ मा गोरखा २ मा तत्कालीन नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईलाई कांग्रेसले समर्थन गरेको थियो।यसपालि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी गठबन्धन गर्ने र गोरखामा एक-एक क्षेत्र बाँड्ने तयारी गरिएको पाण्डे बताउँछन्।नेपाल समाजवादी पार्टी गठन गरेका बाबुराम भट्टराई पनि गोरखा २ बाट चुनाव लड्ने तयारीमा छन्। उनले आफू सत्ता गठबन्धनमै रहेकोबारे केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा बताएका थिए।प्रधानमन्त्री देउवानिकट नेता पाण्डे भने यसपालि गोरखा २ अरूलाई नछाड्न पार्टीभित्रैबाट माग र दवाव आइरहेको बताउँछन्।उनले गोरखाका प्रतिनिधि सभा र प्रदेश सभा क्षे...
एकीकृत समाजवादीले बनायो घोषणापत्र तयारी समिति
राजनीति, समाचार

एकीकृत समाजवादीले बनायो घोषणापत्र तयारी समिति

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले ४ मंसिरमा हुने संघ र प्रदेशको चुनावका लागि घोषणा पत्र तयार पार्न र उम्मेदवार छनोटको मापदण्ड बनाउन नेताहरुलाई जिम्मेवारी तोकेको छ। बुधबार पार्टी कार्यालय आलोकनगरमाा बसेको सचिवालयको बैठकले घोषणापत्र तयार गर्न नेताहरु प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेललाई जिम्मेवारी दिएको महासचिव बेदुराम भूसालले जानकारी दिए । त्यस्तै बैठकले उम्मेदवार छनोटको मापदण्ड र विधिबारे प्रस्ताव तयार पार्ने जिम्मेवारी महासचिव बेदूराम भुसाललाई दिएको छ । निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी उपमहसचिव गंगालाल तुलाधरले पाएका छन् । त्यस्तै निर्वाचन सम्बन्धी निर्देशिका तयार गर्ने जिम्मा पार्टीको कानून विभागलाई दिइएको महासचिव भूसालले जानकारी दिए ।...