अनेरास्ववियूको माग शैक्षिकसत्र खेर जान नदेऊ
नेपाल अखबार, काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले एसईई ग्रेडिङ मापदण्ड स्थगित गर्नुपर्ने लगायतका २१ सूत्रीय मागसहितको ज्ञापनपत्र आज शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई बुझाएको छ ।
इमेलमार्फत् बुझाइएको ज्ञापनपत्रमा विद्यालय शिक्षासँग सम्वन्धित ११ वटा र विश्वविद्यालय शिक्षासँग सम्वन्धित १० वटा माग प्रस्तुत गरिएको छ ।
कोरोना संकट र निषेधाज्ञाका कारणले शिक्षामन्त्री पोखरेलसँगको टेलिफोन संवादपछि इमेलबाट ज्ञापनपत्र पठाइएको र उक्त ज्ञापनपत्र मन्त्री पोखरेलले ग्रहण गरिसकेको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बताए ।
ज्ञापनपत्रमा अनेरास्ववियूले शैक्षिकसत्र कुनै हालतमा खेर जान नदिन, वैकल्पिक माध्यमबाट परीक्षा लिन र सिकाइ सहजीकरण निर्देशिका ०७७ को समीक्षा तथा अनुगमन गरी त्यसलाई शैक्षिक सत्रकै अंग बनाउन माग गरेको छ ।
त्यसैगरी कक्षा ११ मा भर्ना हुनका लागि यस वर्ष तय गरिएको एसईई ग्रेडिङ मापद...
