Monday, May 4

राजनीति

प्रस्तावित ३ राजदूतको नाम अनुमोदन
राजनीति, समाचार

प्रस्तावित ३ राजदूतको नाम अनुमोदन

नेपाल अखबार, काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि प्रस्तावित नेपाली राजदूतत्रयको नाम अनुमोदन गरेको छ । समितिको आजको बैठकले उनीहरुको योग्यता, क्षमता, अनुभव कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि राजदूतका लागि योग्य ठहर्याई सर्वसम्मतिले नाम अनुमोदन  गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । सरकारले परराष्ट्र मन्त्रालयका सहसचिवत्रय गेहेन्द्र राजभण्डारी (बेल्जियम र युरोपेली सङ्घ), तापस अधिकारी (पाकिस्तान) र रामकाजी खड्का (जर्मनी) लाई राजदूतमा सिफारिश गरी संसदीय सुनुवाइका लागि  समितिमा पठाएको थियो यसअघि समितिले उक्त पदमा उनीहरुलाई  नियुक्त गर्न उपयुक्त  छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र सूचना वा उजूरी दिन सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशन गरेकामा एकबाहेक अन्य उम्मेदवारप्रति लक्ष्य गरी उजूरी नआएको सभापति...
नेकपा विवाद समाधानका लागि सहमतिको ठोस कार्ययोजना बन्दै
राजनीति, समाचार, हाइलाइट-समाचार

नेकपा विवाद समाधानका लागि सहमतिको ठोस कार्ययोजना बन्दै

नेपाल अखबार, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवाद समाधान कार्यदलले दिएको सुुझावका आधारमा कार्यान्वयनको कार्ययोजनासहितको प्रस्ताव तयार गर्नुभएको छ । अध्यक्षद्वयले बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गर्नुभएको छलफलमा स्थायी कमिटीको बैठक यही भदौ २६ गते बस्ने बैठकका लागि पेश गर्ने सहमतिको ठोस प्रस्ताव तयार गर्नुभएको नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुुभयो । छलफलमा महासचिव विष्णु पौडेलको पनि सहभागिता थियो । उक्त सहमतिको प्रस्ताव स्थायी कमिटीका सदस्यलाई पठाउने प्रक्रिया पनि शुरु भएको छ । गत साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक अध्यक्षद्वयले २६ गते बिहान ११ बजेका लागि तोक्नुुभएको छ । पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन ...
कोभिड–१९ बारे माधव नेपालसहित २० सांसदको यस्ता छन् माग २५ बुँदे ध्यानाकर्षणपत्र
राजनीति, विचार, समाचार, स्वास्थ्य

कोभिड–१९ बारे माधव नेपालसहित २० सांसदको यस्ता छन् माग २५ बुँदे ध्यानाकर्षणपत्र

नेपाल अखबार ,काठमाडौं । विभिन्न दलका सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) रोकथाममा सरकारले गरेका कामको अनुगमन र भैपरी आउने अवस्थाको विश्लेषण गर्न छुट्टै स्वास्थ्य संसदीय समिति गठन गर्न माग गरेका छन् । त्यसका लागि उनीहरुले कोभिड–१९ रोकथाम तथा नियन्त्रण समिति तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई २५ बुँदे ध्यानाकर्षण पत्र नै बुझाएका छन् । संसदमा विद्यमान रहेका विभिन्न संसदीय समितिहरुमा कोभिडबारे छलफल भएर निर्देशन दिएपनि त्यसको प्रभावकारी कार्यन्वयन हुन नसकेकाले छट्टै समिति गठन गर्न माग गर्दै मंगलबार २५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको काँग्रेसका सांसद भीमसेनदास प्रधानले  जानकारी दिए । उनले संसदीय समितिहरु भएपनि कोभिडलाई कुनैपनि समिति वा मन्त्रालयले फोकस नगरेकाले छुट्टै समिति आवश्यक भएको दावी गरे । उनले उद्योग, शिक्षा, स्वास्थ्यलगायत कोभिडका कारण प्रभाव परेका क्षेत्रहरु हेर्ने समितिहरु भएपनि ति समित...
नेकपा स्थायी कमिटी बैठक २६ गते बस्ने
राजनीति, समाचार, हाइलाइट-समाचार

नेकपा स्थायी कमिटी बैठक २६ गते बस्ने

नेपाल अखबार, काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने भएको छ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार विहान बालुवाटारमा भएको छलफलमा बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । छलफलमा पार्टी महासचिव विष्णु पौडेलसमेत उपस्थित थिए । स्थायी कमिटीको पूर्वनिर्धारित बैठक १३ साउनमा स्थगित भएको थियो ।...
विवादमा फसे ट्रम्प, युद्धमा मारिएका अमेरिकी सैनिकलाई भने– हरुवा
राजनीति, विश्व, समाचार

विवादमा फसे ट्रम्प, युद्धमा मारिएका अमेरिकी सैनिकलाई भने– हरुवा

नेपाल अखबार, एजेन्सि। अमेरिकी राष्ट्रपति पदको चुनाव नजिकिएको बेला डोनाल्ड ट्रम्प गम्भीर विवादमा फसेका छन् । युद्धमा मारिएका अमेरिकी सैनिकलाई ‘हरुवा’ र ‘बुद्धु’ भनेपछि अमेरिकी राष्ट्रपति ट्रम्प विवादमा परेका हुन् । ट्रम्पको यो अभिव्यक्ति सम्बन्धी समाचार सबैभन्दा पहिले ‘द एटलान्टिस’ पत्रिकाले छापेको थियो । त्यसपछि एसोसिएटेड प्रेस (एपी) र फक्स न्युजले पनि सो समाचार छापेका थिए । समाचार सार्वजनिक भएपछि अमेरिकी सेनाका पूर्व सैनिकहरुले ट्रम्पको आलोचना गरेका छन् । प्रगतिशील समूह वोटवेट्सले एक भिडियो पोस्ट गरेको छ, जसमा युद्धमा आफन्त गुमाएका परिवारहरुको प्रतिक्रिया छ । एक जनाले ट्रम्पलाई भनेका छन्, ‘तपाईंलाई के थाहा बलिदान के हुन्छ भन्ने कुरा ?’ यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्प र उनका सहयोगीहरुले त्यस्तो अभिव्यक्ति नदिएको भनेर खण्डन गर्दै आएका छन् । तर विश्लेषकहरुले यो विवादका कारण ट्रम्पलाई राष्ट्...
कसरी बच्यो पुटिनका कट्टर विरोधीको ज्यान ?
राजनीति, विश्व, समाचार

कसरी बच्यो पुटिनका कट्टर विरोधीको ज्यान ?

नेपाल अखबार, एजेन्सि। रुसका विपक्षी नेता एक्लेक्सी नवेलनीलाई अहिले जर्मनीको एक अस्पतालमा भर्ना गरिएको छ । अहिले उनी कोमामा छन् र उनका डाक्टरले उनलाई ‘नोविचोक नर्भ एजेन्ट’ नामक विष दिइएको बताएका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका मुख्य आलोचकको रुपमा रहेको ४४ वर्षीय नवेलनीको स्वास्थ्य अवस्था गत महिना साइबेरियाबाट मस्को आउँदा बिग्रिएको थियो । स्वास्थ्यमा समस्या देखिएसँगै विमानको बाटो परिवर्तन गरेर रुसको ओम्स्क सहरमा आपतकालीन अवतरण गराइएको गियो । त्यसपछि उनलाई उपचारका लागि जर्मनी लगिएको थियो । अहिले त्यहाँ उनको उपचार भइरहेको छ । वास्तवमा त्यो दिन के भएको थियो त ? यस विषयमा बीबीसीले उक्त विमानमा रहेका चालक दलका सदस्य र मेडिकल टोलीसँग अन्तर्वार्ता गरेर दुई घण्टामा कसरी नाटकीय रुपमा अवस्था परिवर्तन भयो भन्ने कुराको जानकारी लिने प्रयास गरेको छ । त्यस दिन बिहान के भयो ? घटना अगष्ट २० को हो । ...
प्रधानमन्त्री ओलीलाई तोकियो अर्थ र सञ्चार मन्त्रालयको जिम्मा
राजनीति, समाचार, हाइलाइट-समाचार

प्रधानमन्त्री ओलीलाई तोकियो अर्थ र सञ्चार मन्त्रालयको जिम्मा

नेपाल अखबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्थ र सञ्चार तथा सूचना प्रविधि मनत्रालयको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्रीकै सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोकेकी हुन् । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका युवराज खतिवडाले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले सम्हाल्नेगरी जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी  खतिवडाले सम्हाल्दै आएको मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकिएको जनाएको छ । संवैधानिक व्यवस्थाका कारण खतिवडाले पदबाट आज राजीनामा दिएका थिए । संसद सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री रहन नसक्ने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभा सदस्यको २ वर्षको कार्यकाल २०७६ फागुन २० गते सकिएपछि ६ महिना उनी संवैधानिक व्यवस्था अनुसार मन्त्री पदमा आसीन...
मन्त्रिपरिषद् बैठक बस्दै, वामदेवलाई राष्ट्रियसभा सदस्य नियुक्त गर्न सिफारिस गर्ने
राजनीति, समाचार, हाइलाइट-समाचार

मन्त्रिपरिषद् बैठक बस्दै, वामदेवलाई राष्ट्रियसभा सदस्य नियुक्त गर्न सिफारिस गर्ने

नेपाल अखबार, काठमाडौं । मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा बस्ने बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ । बिहीबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीले  गौतमलाई  सिफारिस  गर्ने जानकारी गराएका थिए । यससँगै अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडा विदा हुनेछन् । उनको यो अन्तिम मन्त्रिपरिषद् बैठक हुनेछ ।...
बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय
राजनीति, समाचार, हाइलाइट-समाचार

बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय

नेपाल अखबार, काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने भएका छन् । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पार्टी निर्णयअनुरूप राष्ट्रिय सभाको सदस्यमा सिफारिस गर्ने बैठकलाई जानकारी गराएका छन् । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्रीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा गौतमलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बैठकलाई जानकारी गराएको बताए । यसअघि अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रियसभामा लैजाने कि गौतमलाई भन्नेमा पार्टीभित्र अन्योलता देखिएको थियो । प्रधानमन्त्री ओली खतिवडालाई नै निरन्तरता दिने पक्षमा रहेपनि अर्का अध्यक्ष प्रचण्डलगायतले गौतमलाई निरन्तरता दिनुपर्ने बताएका थिए । गौतमले पनि अहिले प्रतिनिधिसभा सदस्य बन्न अनुकल अवस्था नरहेकाले आफू राष्ट्रियसभामा जान तयार रहेको बताएका थिए । गत फागुन १४ गतेको ...
नेकपा सचिवालय बैठक दिउसो बस्ने
राजनीति, समाचार

नेकपा सचिवालय बैठक दिउसो बस्ने

नेपाल अखबार, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनबारे छलफल गर्न बिहीबार दिउँसो सो पार्टीको सचिवालय बैठक बस्दैछ । यसअघि यही भदौ १३ गतेका लागि निर्धारित सचिवालयको बैठक बिहीबार बिहान ११ बजेका लागि राखिएकामा दिउँसो ३ बजेका लागि तय गरिएको नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । बिहीबारको बैठकका राष्ट्रियसभामा रिक्त मनोनित कोटामा सदस्य सिफारिशबारे पनि छलफल हुने जनाइएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच गत साउन ३० मा भएको छलफलबाट महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले यही भदौ ६ गते अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा प्रधानमन्त्री ओलीले सरकारको काममा केन्द्रित भई बाँकी कार्यकाल पूरा गर्ने र अध्यक्ष प्र...