नेपाली नागरिकता रद्दिको टोकरीमा फ्याँक्ने कुरा होइनः महासचिव पोखरेल
नेपालअखबार, काठमाडौं ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले गलत व्यवस्था सहितको नागरिकता विधेयक पारीत गरेर सरकारले सही काम नगरेको बताउनुभएको छ । नेपाली नागरिकता रद्दीको टोकरीमा फ्याँक्ने बस्तु होइन भन्दै उहाँले विवाह गरेर आएकै दिन नेपाली नागरिकता दिने कुरा गलत भएको बताउनुभयो ।
नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा बोल्दै महासचिव पोखरेलले भारतीय नागरिकसँग विवाह गरेर जाँदा नेपाली चेलीले भारतको नागरिकता प्राप्त गर्न सात बर्ष पर्खिनु पर्ने तर नेपाल आउने भारतीय महिलले त्यहि दिन नागरिकता प्राप्त गर्ने कुरा गलत भएको बताउनुभयो । यो असमानता भएको पनि उहाँको भनाई थियो ।
अर्को सन्दर्भमा बोल्दै महासचिव पोखरेलले प्रधानमन्त्री पदका लागि दिल्ली धाउन थाल्नेहरुले राष्ट्रिय स्वाभिमान गिराएको पनि धारणा राख्नुभयो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हालै...










