Wednesday, July 8

राजनीति

अध्यक्ष नेपालले एमालेको ओरालो यात्रा संघीय निर्वाचनमा कायमै रहने दावी
राजनीति, समाचार

अध्यक्ष नेपालले एमालेको ओरालो यात्रा संघीय निर्वाचनमा कायमै रहने दावी

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेको ओरालो यात्रा संघीय निर्वाचनमा पनि कायमै रहने बताएका छन् । अखिल नेपाल महिला सघ  (समाजवादी)को  केन्द्रीय समितिको  तेस्रो  पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै नेपालले आफूलाई कमजोर ठानेको र बेवास्ता गरेको परिणाम एमालेले भोगिरहेको बताए । अहिले पनि एमाले पराजित हुनुको दोष आफूलाई दिने गरिएको भन्दै अध्यक्ष नेपालले नेतृत्व नसुध्रिए एमालेको पतन निश्चित रहेको बताए । गठबन्धनको आवश्यकता कायमै रहेको भन्दै नेपालले कम्तिमा संघीय निर्वाचनसम्म सहकार्य कायमै रहने बताए ।...
धनगढी विमानस्थलको स्तरोन्नति सुरु : पर्यटनमन्त्री आले
राजनीति, समाचार

धनगढी विमानस्थलको स्तरोन्नति सुरु : पर्यटनमन्त्री आले

नेपालअखबार, धनगढी । कैलालीको धनगढी विमानस्थलको स्तरोन्नति कार्य सुरु भएको छ। शनिवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विमानस्थल स्तरोन्नतिको कार्य शिलान्यास गरेका छन्। उनले धनगढी विमानस्थल परिसरमा आयोजित कार्यक्रमका बीच स्तरोन्नतिको निर्माण कार्यको शुभारम्भ गरेका हुन्।  उक्त स्तरोन्नति अन्तरगत टर्मीनल भवन सुधार, ब्यागेज हेन्डलिङ्ग सिस्टम, वाटर फाउन्टेन, क्यानटिन र गेट निर्माण हुने मन्त्रालयले जनाएको छ। ती संरचना निर्माणका लागि आन्तरिक स्रोतबाट १ अर्ब बजेट छुट्याएको बताइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले धनगढी विमानस्थल विस्तारका लागि यसअघि एक अर्ब बजेट विनियोजन गरेको थियो। क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्नका लागि जग्गा अधिग्रहणको काम अगाडि बढाउन उक्त बजेट विनियोजन गरिएको हो। सोहीअनुसार आवश्यक पर्ने २ सय ५८ विघा जग्गा अधिग्रहण तथा संरचना निर्माणको प्...
आज राष्ट्रिय सभाको बैठक बस्दै
राजनीति, समाचार

आज राष्ट्रिय सभाको बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । संघीयको माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज आइतबार बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची संघीय संसद सचिवालयको छ । बजेट  प्रतिनिधि सभाबाट पारित भइसकेको छ । राष्ट्रिय सभामा छलफलकै क्रममा छ ।...
आफूलाई धारेहात नगर्न एमालेका १० नेतालाई माधव नेपालको आग्रह
राजनीति, विचार, समाचार

आफूलाई धारेहात नगर्न एमालेका १० नेतालाई माधव नेपालको आग्रह

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई छोडेर एमालेमै बसेका १० नेतालाई आफूलाई धारे हात नगर्न आग्रह गरेका छन् । शनिवार काठमाडौंमा पार्टीको चौथो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले उनीहरुको पछिल्लो अभिव्यक्ति सुन्न लायक नभएको टिप्पणी गरे । शुक्रबार माधव नेपाललाई लक्षित गर्दै एमाले नेता योगेश भट्टराईले आत्मबोध र पश्चाताप कहिले गर्ने भन्दै कटाक्ष गरेका थिए । अध्यक्ष नेपालले शनिवार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा भट्टराईको प्रश्नको जवाफ दिएका हुन् । नेता नेपालले उनीहरु दासको रुपमा एमालेमा बसेर धारे हात लगाउन उचित नहुने बताए । उनले भने–‘कथित १० भाइका कुराहरु सुनिरहेको छु, उनीहरु जथाभावी बोल्ने लेख्ने गरिरहेका छन् । उनीहरुको दिमागबाट अझै नसा हटेको छैन । त्यो पार्टीमा दासको रुपमा बस्ने कुनै मूल्य मान्यता छैन । हामीले संविधानको रक्ष...
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै
राजनीति, समाचार

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । काठमाडौंको बबरमहलस्थित कार्की पार्टी ब्यांकेटमा बिहान ११ बजे बैठक बोलाइएको छ । केन्द्रीय कमिटी बैठकको तयारी लगायतका विषयमा समाजवादीको पोलिट व्यूरो बैठक शुक्रबार बसेको थियो । तर, बैठक एजेण्डाभन्दा केन्द्रित हुने सकेन । स्थानीय तह निर्वाचनको समीक्षासमेतका एजेण्डा भए पनि  पार्टीबाट सरकारकामा नेतृत्व गरेका मन्त्री हेरफेर गर्ने विषयले अन्य एजेन्डा ओझेलमा परेकाे थियाे । हालका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने निर्णयका कारण अहिले समाजवादीमा समस्या उत्पन्न भएको छ । मन्त्री र केही सांसदहरू फेरबदलको विपक्षमा उभिएपछि समाजवादीमा समस्या आएको हो ।आज बस्ने बैठकमा पनि स्थानीय तह निर्वाचनको समीक्षा, पार्टीको संगठन विस्तारलगायतका एजेण्डा रहेका छन् ।...
अध्यक्ष नेपाल :  एमालेबाट निर्वाचित क्षेत्रमा हामी दाबी गर्छौं
राजनीति, समाचार

अध्यक्ष नेपाल : एमालेबाट निर्वाचित क्षेत्रमा हामी दाबी गर्छौं

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालिन एमालेबाट निर्वाचित क्षेत्रलाई दाबी गर्ने बताएका छन् । पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै उनले एमालेबाट निर्वाचित भएको क्षेत्रबाटै एकीकृत समाजवादीले गठबन्धनमा दाबी गर्ने बताए ।‘ आगामी प्रदेश र संघको चुनाव आउँदै छ । अब यहीँ पाँच दलीय गठबन्धन नै जाने छ’ नेपालका भनाइ उदृत गर्दै बैठकमा सहभागी दिनेश राईले भने, ‘अब सीट बाँडफाँड गर्दा तत्कालिन एमालेबाट निर्वाचित भएका क्षेत्रमा एकीकृत समाजवादीका सांसद छन् त्यहाँ हाम्रो दाबी रहन्छ ।’ स्थानीय तहको चुनावमा समेत यसअघि निर्वाचित पार्टीका आधारमा बाँडफाँड गरिएकाले प्रदेश र संघमा समेत त्यस्तै हुने नेपालले बताए । अरु स्थानीय तहको चुनावी मतभारका आधारमा भागवण्डा हुन सक्ने बताए । आगामी प्रदेश र संघको चुनावबाट एकीकृत समाजवादीले राम्रो नतिजा ल्याएपछि निर्णायक शक्ति ह...
कम्युनिष्ट पार्टी विदेशीसँग झुक्दैनः माधव नेपाल
राजनीति, विचार, समाचार

कम्युनिष्ट पार्टी विदेशीसँग झुक्दैनः माधव नेपाल

नेपालअखबार,  काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरू कहिल्यै विदेशीसामु लम्पसार नपर्ने बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कुनै पनि कम्युनिष्ट पार्टी विदेशीसामु झुक्न नसक्ने बताएका हुन्। उनले कम्युनिष्ट पार्टी कहिल्यै विदेशीको इसारामा चल्न नसक्ने पनि बताए। अध्यक्ष नेपालले कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनले देशभक्तिलाई महत्त्व दिने उल्लेख गर्दै राष्ट्र, राष्ट्रियताको रक्षा, राष्ट्रको मर्यादामा रहने कुरालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने गरेको बताए। उनले भने, ‘हाम्रो दिमागमा तीन वटा कुरा सदैव रहनुपर्छ। आफ्नो देश, राष्ट्र, राष्ट्रप्रतिको समर्पण भाव, देशभक्तिको भावना यसबाट हामी विचलित हुन सक्दैनौं। कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनले...
एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै
राजनीति, समाचार

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । सत्तारुढ नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज शुक्रबार बस्दैछ ।  एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक तीनकुनेस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ । केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा पोलिटब्युरो बस्न लागेको हो । शनिबार केन्द्रीय कमिटी बैठक बस्नेछ भने  १३ र १४ असारमा केन्द्रीय परिषदको बैठक डाकिएको छ । आजको बैठकमा हालका मन्त्रीहरुले पार्टी समक्ष राखेको सर्तका विषयमा पनि छलफल हुने बताइएको छ। पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले नयाँ मन्त्री थप्दा महिलासहित समावेशी र समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने सर्त अघि सारेका थिए ।...
नेपाली बृहत् शब्दकोषको मोबाइल एपले नेपाली भाषा प्रयोगकर्तालाई सहज भएको छः मन्त्री आले
राजनीति, समाचार

नेपाली बृहत् शब्दकोषको मोबाइल एपले नेपाली भाषा प्रयोगकर्तालाई सहज भएको छः मन्त्री आले

नेपालअखबार, काठमाडाैं  । ‘नेपाली बृहत् शब्दकोषको मोबाइल एपले नेपाली भाषा प्रयोगकर्तालाई सहज’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाली बृहत् शब्दकोष’को मोबाइल एप निर्माण भएपछि विश्वभरका नेपाली भाषा प्रयोगकर्तालाई सहज र सजिलो भएको बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानकोे ६४औं वार्षिकोत्सव समारोहमा आज उहाँले ‘नेपाली बृहत् शब्दकोष’ को मोबाइल एप निर्माण तथा ‘तस्वीरमा नेपाल’जस्तो कृति प्रकाशन भएपछि स्वदेशी र विदेशी सबै नागरिकलाई नेपाल देखाउन र नेपाल चिनाउन सजिलो भएको बताउनुभयो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्राज्ञिक सपना र तत्कालीन राजा महेन्द्रको भाषा, साहित्य र कलाप्रतिको सद्भावका कारण विसं २०१४ मा स्थापना भएको नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो ६४ वर्षको यात्रामा थुप्रै साहित्य विकासका काम गर्न सहफल भएको भन्दै मन्त्री आलेले प्रशंसासमेत गर्नुभयो । प्राज्ञिक ...
बास्तविक किसानले नपाउने भएपछि अनुदान हटायौं, प्रोत्साहन गर्ने नीति लिएका छौं : अर्थमन्त्री
राजनीति, समाचार

बास्तविक किसानले नपाउने भएपछि अनुदान हटायौं, प्रोत्साहन गर्ने नीति लिएका छौं : अर्थमन्त्री

नेपालअखबार, काठमाडौं  । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकले आर्थिक बर्ष ०७९–८० को बजेटबाट किसानलाई अनुदान दिने कार्यक्रम हटाएर प्रोत्साहन गर्ने नीति लिइएको जानकारी दिनुभएको छ । विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुसहितको प्रतिनिधिमण्डलसँग भएको एक छलफलमा मन्त्री शर्माले साना किसानलाई प्रोत्साहन गर्न सके उत्पादन वृद्धि हुन सक्ने देखेर यस्तो नीति लिइएको प्रष्ट पार्नु भएको थियो । ‘गरिब किसाानले लिने थोरै ऋण पनि पुग्न सकेको छैन । साना किसानले ऋण लिएको छ भने इमान्दारितापूर्वक फिर्ता गरेको उदाहरण पनि छन्’ उहाँले भन्नुभयो, ‘तर, अनुदान भने बास्तविक र साना किसानसम्म पुगेन । त्यसपछि हामीले प्रोत्साहन गर्ने नीति लिएका हौं ।’ उहाँले आर्थिक बर्ष ०७९–८० को बजेटबाट कृषिलाई पहिलो प्राथमिकता राखिएको जानकारी गराउँदै दातृ निकायको समेत साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । किसानको उत्पादन बजारसम्...