Wednesday, July 8

राजनीति

पोखरामा आर्थिक क्रियाकलाप बढाउन जरुरी : मुख्यमन्त्री पोखरेल
प्रदेश ४, राजनीति, समाचार

पोखरामा आर्थिक क्रियाकलाप बढाउन जरुरी : मुख्यमन्त्री पोखरेल

नेपालअखबार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा र गण्डकी प्रदेश हरेक सूचकांकमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसावमा पछि रहेको भन्दै ३ तहका सरकारको समन्वयमा यस्ता गतिविधि बढाउनुपर्ने बताएका छन् । पोखरा महानगरपालिकको ११ औं सभा उद्घाटनपछि बुधबार मुख्यमन्त्री पोखरेलले भने, ‘यसमा हाम्रा नीति नियम कमजोर हुन् या कहाँनेर कमजोरी छ त्यो पत्ता लगाएर आर्थिक गतिविधि बढाउनुपर्ने छ । पोखरा त अब प्रदेशको मात्र होइन मुलुककै आर्थिक केन्द्र बन्नुपर्छ । पर्यटनमार्फत् त्यो सम्भावना पनि छ ।’ पोखराले बर्सेनि १२ देख १५ लाख व्यक्तिलाई कुनै न कुनै हिसावले सेवा दिनुपर्ने अवस्था रहेको औंल्याउँदै मुख्यमन्त्री पोखरेलले अबको ग्रेटर पोखराले समग्र प्रदेशलाई समेट्नुपर्ने बताए । उनले भने, ‘पोखरा भनेको यो कास्कीभित्रको सहरी क्षेत्रमात्र होइन पूर्वमा मादी र आँधिको बीच भन्दा पनि पनि प...
नागरिकता विधेयक संसदमा अघि बढाउने गठबन्धनको निर्णय
राजनीति, समाचार, हाइलाइट-समाचार

नागरिकता विधेयक संसदमा अघि बढाउने गठबन्धनको निर्णय

नेपालअखबार, काठमाडाैं । सत्तारूढ गठबन्धनले नागरिकता विधेयक संसदबाट अघि बढाउने निर्णय गरेको छ। बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्ता गठबन्धनका दलको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त विधेयक अघि बढाउन प्रस्ताव गरेका थिए। बुवा र आमा नेपाली नागरिक भए पनि उनीहरूका सन्तान नागरिकताविहीन हुनुपरेको  अवस्था अन्त्य गर्न विधेयक अघि बढाउने निर्णय भएको हो। बैठकमा सहभागी नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रक्रियाहरू पूरा गरेर विधेयक संसदमा अघि बढाउने निर्णय भएको जानकारी दिए। आजको बैठकमा शान्ति प्रक्रियाका बाँकी प्रक्रियामा पनि चाँडै टुंग्याउने निर्णय भएको छ। कानुन मन्त्री गोविन्द बन्दीले शान्ति प्रक्रिया टुंग्याउने विषयमा अहिलेसम्म भएका विषयको प्रतिवेदन पेस गरेका थिए। बैठकमा अहिले बढिरहेको महंगीबारे पनि छलफल ...
पोखराको नीति तथा कार्यक्रम : ६ महिनाभित्र ३ हजारलाई रोजगारी
राजनीति, समाचार

पोखराको नीति तथा कार्यक्रम : ६ महिनाभित्र ३ हजारलाई रोजगारी

नेपालअखबार,  पोखरा । तत्कालीन पोखरा नगरपालिका हुँदाबाट सधैं पोखराका बिजुली तार भूमिगत गर्ने चर्चा भइरहन्छ । प्रत्येक वर्ष नीति तथा कार्यक्रममै समेटिँदै आएको यो योजना ०७४ सालमा पोखराको मेयरमा मानबहादुर जिसी निर्वाचित भएर आइसकेपछि पनि दोहोर्‍याएका थिए । आफू निर्वाचित भएको करिब २ वर्षपछि ०७६ मंसिर २७ गते पोखरा सिद्धार्थचोकस्थित एउटा पोलमा गुजुल्टिएको तार काट्दै मेयर जिसीले भनेका थिए, ‘अब एक महिनाभित्र पोखराका मुख्यमुख्य ठाउँमा गुजुल्टो परेका तार हटेर छ्याङ्गै हुन्छ ।’ तर, मेयर जिसीको कार्यकाल सकिँदासम्म अव्यवस्थित तारलाई भूमिगत बनाउने योजना पार लागेन नै मुख्य चोकका पोलहरुमा थप तार गुजुल्टिए । योजना र तयारीबिनै तार काटेपछि सेवाप्रदायक संस्थासमेत रुष्ट बने । अन्तिममा तत्कालिन मेयर जिसीले भनेका थिए, ‘सोचेजस्तो सजिलो हुँदैन रहेछ । केही समय लाग्ने रहेछ ।’ अघिल्लो पटक विवादित र असफल बनेको ...
प्रधानमन्त्रीलाई  विप्लव समूहका बन्दीको सूची बुझाइयो
राजनीति, समाचार

प्रधानमन्त्रीलाई विप्लव समूहका बन्दीको सूची बुझाइयो

नेपालअखबार, काठमाडाैं । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला र प्रवक्ता हेमन्तप्रकाश ओलीले प्रधानमन्त्रीलाई बन्दी रिहा गर्न लिष्ट बुझाएका छन् । गत आइतबार धर्मेन्द्र र हेमन्तले प्रधानमन्त्री निवास बालुवाटारै पुगेर २२ जना बन्दीलाई तत्काल रिहा गर्न आग्रह गरेका छन् प्रतिबन्धको अवधिमा बन्दी बनाएका देशैभरका २२ जनाको नाम बुझाएको प्रवक्ता ओलीले बताए । अरु त्यतिकै मात्रामा मुद्दा समेत लगाएको छ ।...
आज फेरि सत्ता गठबन्धनको बैठक  बस्दै
राजनीति, समाचार

आज फेरि सत्ता गठबन्धनको बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । सत्ता गठबन्धनको बैठक बुधबार बस्दै छ । दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । नेपाली काँग्रेसका एक नेताका अनुसार मन्त्री हेरफेरका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठकमा सरकारमा सहभागी काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी हुने छन् । बैठकमा राष्ट्रिय जनमोर्चालाई बैठकमा बोलाइएको छैन । बजेट पारित भएपछि सत्ता गठबन्धन मन्त्री हेरफेरको तयारीमा जुटेको हो । एकीकृत समाजवादीले  जेठ २२ मै आफ्नो सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिसकेको थियो । साथै उनले नयाँ मन्त्रीका रुपमा नेताहरुको नाम समेत टुङ्ग्याइसकेको छ । यसले काँग्रेस, माओवादी र जसपामा पनि मन्त्री हेरफेरको दवाव बढेपछि शीर्ष नेताबीच आज छलफल हुन लागेको बुझिएको छ ।...
आज राष्ट्रिय सभाको बैठक बस्दै
राजनीति, समाचार

आज राष्ट्रिय सभाको बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा विनियोजन विधेयक २०७९ का विभिन्न शीर्षकमध्ये शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र, खानेपानी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ । बैठकमा भगवती न्यौपानेले विनियोजन विधेयक २०७९ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने खर्च कटौतीको प्रस्ताव र सोनाम गोल्जेन शेर्पाले विनियोजन विधेयक २०७९ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । मंगलवारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एम...
एकीकृत समाजवादीले बोलायो पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक
राजनीति, समाचार, हाइलाइट-समाचार

एकीकृत समाजवादीले बोलायो पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीले पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ। असार १० र ११ गते काठमाडौं पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बस्ने भएको हो। वैशाख ३० मा भएको स्थानीय निर्वाचनको समीक्षा उक्त बैठकमा हुनेछ। साथै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन देशभर सञ्चालन गर्ने कार्यक्रम, कार्ययोजना आवश्यक रणनीतिबारे बैठकमा छलफल गरिने केन्द्रीय प्रचार विभाग सदस्य कृतु भण्डारीको भनाइ छ। केन्द्रीय नेताहरूले सम्बन्धित क्षेत्र, प्रदेशमा सङ्गठनको अवस्था, सङ्गठन विस्तारको कार्ययोजनाबारे पनि बैठकमा प्रतिवेदन पेश गर्ने तयारी छ। आगामी चुनावसम्म गठबन्धनलाई कायम राखेर तालमेल गर्ने र पार्टीले आफ्नै शक्तिका आधारमा एक्लै निर्वाचनमा सहभागी हुने विषयमा छलफल गरिनेलगायत एजेन्डा छन्। केन्द्रीय कमिटीका लागि केही थप एजेन्डा भने पोलिटब्यूरो ...
आज पनि प्रतिनिधिसभा बैठक बस्दै
राजनीति, समाचार

आज पनि प्रतिनिधिसभा बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज मंगलबार पनि बस्दैछ। बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ । आजको बैठकमा विभिन्न विधेयकमाथि छलफलका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ । संघीय संसद सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाणले 'सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ  (नियमन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर पनि प्रस्ताव प्रस्तुत गरिनेछ । आजको बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले विरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।...
एसपीपीमा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पत्र लेख्ने
राजनीति, समाचार, हाइलाइट-समाचार

एसपीपीमा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पत्र लेख्ने

नेपालअखबार, काठमाडौं । सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने भनी अमेरिकालाई जानकारी गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई जानकारी गराउने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए । नेपाली सेनाले सन् २०१५ र सन् २०१७ मा अमेरिकी दूतावासमा पत्र लेखी एसपीपीमा सहभागी गराउन अनुरोध गरेको थियो । नेपाली सेनाको अनुरोध सन् २०१९ मा स्वीकार भएको काठमाडौंस्थित अमेरिकी दूतावासले उल्लेख गरेको थियो । तर उक्त कार्यक्रम अमेरिकाको सैन्य रणानीति अन्तर्गतको भएको हुनाले नेपाल सहभागी हुन नहुने आवाज उठेपछि सरकारले नेपाल सहभागी नहुने सार्वजनिक प्रतिवद्धता जनाएको थियो ।...
महिला मन्त्रालयका लागि बजेट अपर्याप्त छ
राजनीति, समाचार

महिला मन्त्रालयका लागि बजेट अपर्याप्त छ

नेपालअखबार, काठमाडाैं  । सांसदहरुले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनसङ्ख्याको ठूलो हिस्सालाई सम्बोधन गर्नुपर्ने भए पनि सरकारले आगामी आवका लागि मन्त्रालयको छुट्ट्याइएको बजेट पर्याप्त नभएको बताएका छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा बोल्दै उनीहरुले सरकारका नीति तथा कार्यक्रम राम्रो भए पनि त्यो कार्यान्वयनका लागि बजेट अपर्याप्त भएको बताएका हुन् । सांसद् सुरेशकुमार आले मगरले महिला, बालबालिका मन्त्रालयले ८० प्रतिशत जनसङ्ख्या ओगट्ने भए पनि बजेट कम हुनुले त्यो वर्गमा असर पुग्ने बताए । युवा वर्ग र खेलकुद देशको नाम राख्ने विषय भए पनि यसमा सरकारले कम महत्व दिएको उनको भनाइ छ । सांसद नन्दा चपाइँले बजेटले धेरै क्षेत्रका महिलाका विषय समेटिनु सकारात्मक भए पनि महिला मन्त्रालयले अध्ययन र अनुसन्धानलाई अघि बढाउनुपर्ने बताइन् । महिला हिंसाका घटना धेरै भइरहेकाले न्यूनीकरणका लागि सात...