Saturday, May 2

राजनीति

उत्साहका साथ धान दिवस मनाउन र कृषिमा क्रान्ति ल्याउन प्रधानमन्त्रीको अपिल
Uncategorized, राजनीति, समाचार

उत्साहका साथ धान दिवस मनाउन र कृषिमा क्रान्ति ल्याउन प्रधानमन्त्रीको अपिल

नेपाल अखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहका साथ राष्ट्रिय धान दिवस मनाउन सबै नेपालीहरुलाई आह्वान गरेका छन् । कृषि क्षेत्रको विकास र वृद्धि नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार हो भन्दै ओलीले उत्साहका साथ धान दिवस मनाउन आह्वान गरेका हुन् । राष्ट्रिय धान दिवसको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रुपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि गरेर नै कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने बताए । उनले कृषि क्षेत्रमा क्रान्ति ल्याउन कृषिको आधुनिकीकरण, व्यवसायीकरण र मेसिनीकरण आवश्यक रहेको बताए । उनले भने, ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम महत्वपूर्ण र कृषिको आधुनकीकरणसम्बन्धी बहुआयामिक कार्यक्रम हो ।...
आफूलाई प्रधानमन्त्रीबाट हटाउन ओली आफै कस्सिएर लाग्नुभएको छः लोहनी
राजनीति, विचार, समाचार

आफूलाई प्रधानमन्त्रीबाट हटाउन ओली आफै कस्सिएर लाग्नुभएको छः लोहनी

नेपाल अखबार, काठमाडाैं। राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री पदबाट आफूलाई हटाउन प्रम केपी शर्मा ओली आफै प्रधानमन्त्री ओलीले कस्सिएर लागेको बताएका छन् । आइतबार नेपालको नयाँ नक्सा जारी गरेबापत आफूलाई हटाउन स्वदेशी तथा विदेशी मिलेर लागेको बताएका थिए । यसबारे जवाफ दिँदै लोहनीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विदेशी र स्वदेशी मिलेर नेपालको नयाँ नक्सा जारी गरे बापत तपाईंलाई हटाउने प्रयास हुँदैछ भन्ने तपाईंको आरोप पढियो । तपाईंको विश्लेषण गलत छ किनभने तपाईंलाई हटाउन तपाईं आफै कसिएर लाग्नुभएको छ, एकपटक शान्त भएर आफूले आफूलाई हेर्नुस् थाहा पाउनुहुनेछ ।’ ‘ठीक कुरामा जनता र दलहरुले तपाईंलाई सधैँ साथ दिएका छन् । तपाईंले भद्र–भलादमी प्रतिपक्ष पाउनुभएको छ । नयाँ नक्साको बारेमा तपाईंको पार्टी र अन्य सबै पार्टी तथा आम नेपाली जनताले तपाईंलाई साथ दिएका छन् । विचार गर्नुस्, कुनै विदेशी को मुख ...
आफ्नो भूमि समेटेर नक्सा जारी गर्दा प्रधानमन्त्रीबाट हटाउन खोजियो : ओली
राजनीति, समाचार

आफ्नो भूमि समेटेर नक्सा जारी गर्दा प्रधानमन्त्रीबाट हटाउन खोजियो : ओली

नेपाल अखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो भूमि समेटेर नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको भन्दै नेपाली राष्ट्रियता त्यति कमजोर नरहेको बताएका छन् । उनले लिम्पियाधुरासहितको नयाँ नक्सा  जारी भएपछि भारतले भारतीय मिडियामार्फत आफ्नो नेतृत्वको सरकार ढाल्न भूमिका खेलेको भन्दै तर त्यो प्रयास सफल हुन नदिने बताए । उनले नेपालले अरुको जमिन हस्तक्षेप नगरेकाले त्यो जमिन फिर्ता गरेरै छाड्ने पनि बताए । उनले नेपालको नक्सा छापेर संविधान संशोधन गरेवापत प्रधानमन्त्री हटाउने सपना नदेख्न भारतलाई चेतावनी दिँदै  यतिवेला आफू हटे भोलिदेखि नेपालको पक्षमा कोही बोल्न नसक्ने भएकाले नेपालको राष्ट्रियतालाई त्यति कमजोर नठान्न आग्रह गरे । यसअघि चीनसँग पारवहन सम्झौता गर्दा मेरो सरकार ढलेको थियो तर अहिले हाम्रो बहुमत छ, आफ्नो भूमिमा दाबी गरेर नक्सा छाप्ने, यस्तो अपराध गर्ने केपी ...
दुई दिन पर सर्‍यो नेकपा बैठक
राजनीति, समाचार

दुई दिन पर सर्‍यो नेकपा बैठक

नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठक आगामी असार १६ गतेसम्मका लागि स्थगित भएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले आजको बैठक भारतसँगको सीमा विवादको विषयमा केन्द्रीत भएको भन्दै अर्को बैठक असार १६ गते बस्ने गरी स्थगित भएको जानकारी दिए । उनका अनुसार भोलि मदन स्मृति दिवस र सोमबार १५ असार अर्थात दही चिउरा खाने दिन परेकाले दुई दिन बैठक नराखेर १६ गतेका लागि सारिएको जानकारी दिए । उनका अनुसार आजको बैठकमा स्थायी समिति सदस्यहरु देवेन्द्र पौडेल, रघुजी पन्त, सु्रेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरीराजमणि पोखरेल, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, धनश्याम भुसाल, बामदेव गौतम, इश्वर पोखरेलसहित २१ जनाले धारणा राखेका छन् । बैठकमा बोल्ने स्थायी समिति सदस्यहरु वार्ताको माध्यमबाट भारतसँगको सीम...
नेकपा बैठकमा आज पनि बसेनन् ओली
राजनीति, समाचार

नेकपा बैठकमा आज पनि बसेनन् ओली

नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तेस्रो दिनको स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको तेस्रो दिनको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली एकैछिन सहभागी भएर हिँडेका छन् । ‘एकै छिन आउनुभयो, मुख देखाएर हिँड्नुभयो हामी त छक्क पर्यौ’ एक स्थायी समिति सदस्यले बताए । दोस्रो दिनको बैठकमा ओली नआएको भन्दै नेताहरुले चर्को आलाचना गर्नुका साथै बैठकस्थल नै सार्न माग गरेका थिए । शुक्रबारबाट एजेण्डागत रुपमा छलफल थालिएको नेकपा बैठकमा सीमा समस्याबारे १८ सदस्यहरुले धारणा राखेका थिए । बाँकी सदस्यहरुले आज सोेही विषयमा धारणा राख्नेछन् । प्रत्येक सदस्यलाई बोल्न १० मिनेटको समय तोकिएको छ । यसअघि पहिलो दिन बुधबारको बैठकले सातवटा एजेण्डामा छलफल गर्न कार्यसूची तय भएको थियो । पहिलो दिनको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल...
महासचिवमार्फत ओलीले पठाए बैठकमा उपस्थित हुन नसक्ने सन्देश
राजनीति, समाचार

महासचिवमार्फत ओलीले पठाए बैठकमा उपस्थित हुन नसक्ने सन्देश

नेपाल अखबार, काठमाडौं । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबारको स्थायी समिति बैठकमा उपस्थित नरहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । बैठकपछि पत्रकारमाझ प्रस्तुत भएका प्रवक्ता श्रेष्ठले महासचिव विष्णु पौडेलमार्फत ओलीले बैठकमा सहभागी हुन नसक्ने सन्देश पठाएको जानकारी दिए । औलीले अरु नै काममा व्यस्त हुनुपर्ने भएकाले बैठकमा उपस्थिति हुन नसक्ने सन्देश महासचिवमार्फत  पठाएको श्रेष्ठको भनाइ छ । समय मिले आउछु भन्ने सन्देश समेत पठाएको भएपनि ओली बैठक अवधिभर नआएको प्रवक्ता श्रेष्ठको भनाइ छ । आजको बैठकमा भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा छलफल केन्द्रीत रहेको थियो ।  सो सो विषयमा स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, मात्रिका यादव, देव गुरुङ, गोकर्ण विष्ट, पम्फा भुसाल, बेदुराम भुसाल, रघुबीर महासेठ, भीम रावल, अष्ठलक्ष्मी शाक्यलगायत १८ जनाले धारणा राखेका ...
नेकपा बैठकमा ओली अनुपस्थित
राजनीति, समाचार

नेकपा बैठकमा ओली अनुपस्थित

नेपाल अखबार, काठमाडौं । नेकपा स्थायी कमिटी बैठक सञ्चालनको जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिएर प्रधानमन्त्री तथा पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओली बालुवाटारमै अन्य काममा व्यस्त भएका छन् । बैठकको दोस्रो दिन आजबाट नेताहरूले बैठकका एजेण्डामा केन्द्रित रहेर धारणा राख्ने क्रम सुरु भएको छ। सरकार र पार्टीमा कामको समीक्षासहित अधिकांश एजेण्डा प्रधानमन्त्री ओलीसँग सम्बन्धित छन् । तर ओली भने सदस्यहरूका धारणा सुन्ने बैठकमा अनुपस्थित भएका हुन् । बैठकको पहिलो दिन नै प्रधानमन्त्रीले आफ्ना धारणा राखेर सदस्यहरूलाई कार्यसूचीमा केन्द्रित भई कुरा राख्न भनिसकेको र उनीहरूले राखेका धारणा प्रधानमन्त्रीसम्म आइपुग्ने भएकाले अन्य काममा व्यस्त भएको ओली निकट स्रोतले जनाएको छ । बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमै बसिरहेको छ। दुई अध्यक्षबीचको सल्लाहअनुसार नै बैठकको अध्यक्षता प्रचण्डले गर्न...
राष्ट्रपतिद्वारा तीन वटा विधेयक प्रमाणीकरण
राजनीति

राष्ट्रपतिद्वारा तीन वटा विधेयक प्रमाणीकरण

नेपाल अखबार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार तीन वटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका तीन वटा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति भण्डारीले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, खेलकुद विकाससम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक एवं रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।...
अदालतको अवहेलना मुद्धामा सर्वोच्चले प्रधानमन्त्रीलाई बोलायो
राजनीति, समाचार

अदालतको अवहेलना मुद्धामा सर्वोच्चले प्रधानमन्त्रीलाई बोलायो

नेपाल अखबार, काठमाडौं । सर्वोच्च अदालतले कोरोना महामारीका समयमा अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयनका बारेमा जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आदेश दिएको छ । मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कोरोना महामारीका समयमा अदालतले दिएका विभिन्न ७ वटा अन्तरिम आदेशको पालना कसरी भइरहेको छ, ती आदेश पालना नगर्न कुनै निर्णय, निर्देशन दियएको हो वा होइन भन्ने विषयमा आफैं वा कानूनी प्रतिनिधिमार्फत जवाफ दिन प्रधानमन्त्रीलाई आदेश दिएको हो । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले सरकारले कोरोना महामारीका समयमा अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्धा दायर गरेका थिए । त्यसमा सुनुवाई गर्दै सर्वोच्चले भनेको छ ‘उपरोक्त आदेशमा उल्लिखित विभिन्न ७ (सात) वटा अन्तरिम आदेशको पालना कसरी गरिएको छ, ती आदेश पालना नगर्न कुनै आदेश, निर्णय, निर्देश...
नयाँ नक्सा अनुमोदन गरेकोमा दलहरुलाई राष्ट्रपतिको बधाई
राजनीति, समाचार

नयाँ नक्सा अनुमोदन गरेकोमा दलहरुलाई राष्ट्रपतिको बधाई

नेपाल अखबार, काठमाडौं । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नक्सा सर्वसम्मत अनुमोदन गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई बधाई दिएकी छन् । राष्ट्रिपति भण्डारीले बुधबार अपराह्न संसदमा रहेका प्रमुख दलका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुलाई शीतल निवासमा बोलाएर छलफल गरेकी थिइन् । नयाँ नक्सा पास गर्न दलहरुबीच राष्ट्रिय सहमति बनेकोमा उनले बधाई दिएकी छन् ।साथै कोरोना भाइरस (कोभिड–१९) को महामारीविरुद्ध पनि एक भएर लड्ने विश्वास व्यक्त गरेको भेटमा सहभागी एक नेताले जानकारी दिएका छन् ।...