Monday, August 10

राजनीति

९ बुँदे सहमति कार्यान्वयन र सरुवा निर्देशिका खारेज गर्न शिक्षक महासंघको माग
राजनीति, समाचार

९ बुँदे सहमति कार्यान्वयन र सरुवा निर्देशिका खारेज गर्न शिक्षक महासंघको माग

नेपालअखबार,काठमाडौं । नेपाल शिक्षक महासंघले अघिल्लो सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयन गर्न र सरुवा निर्देशिका खारेज गर्न माग गरेको छ । शिक्षामन्त्री महावीर पुनलाई महासंघको टोलीले भेटेर ती माग राखेको हो । ‘सरुवा निर्देशिकाको खारेजी, गत बैशाखमा भएको ९ बुँदे सहमति कार्यान्वयनका लागि पत्राचार, स्थानीय भत्ताको उपलब्धता लगायतका विषयमा अविलम्ब निकास निकाल्न शिक्षा मन्त्रीलाई भनियो,’ महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने । गत चैत–वैशाखमा शिक्षकहरुले काठमाडौंमा आन्दोलन गरेपछि  सरकारसँग ९ बुँदे सहमति भएको थियो । सहमतिमा असार महिनाभित्रै शिक्षा ऐन जारी गर्ने लगायतका बुँदाहरु छन् । तर ती सहमति कार्यान्वयन नभएको शिक्षकहरुको गुनासो छ ।साथै २०८१ जेठमा जारी भएको सरुवा निर्देशिका व्यवहारिक नभएको भन्दै शिक्षकहरूले खारेजीको माग राखेका छन् ।...
एमालेले दल दर्ता गरेपछि सरकारका प्रवक्ताले भने– दलहरू चुनावमा होमिए
राजनीति, समाचार

एमालेले दल दर्ता गरेपछि सरकारका प्रवक्ताले भने– दलहरू चुनावमा होमिए

नेपालअखबार,काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललेले निर्वाचनको वातावरण बनिसकेको बताएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । खरेललाई पत्रकारले सर्वोच्च अदालतमा दलहरू समेत प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर जान थालेको, जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार अझै नियन्त्रणमा आउन नसकेको अवस्थामा कसरी चुनाव हुन्छ भनेर सोधका थिए । जवाफमा खरेलले चुनाव हुँदैन कि भनेर शंका गरिरहेका राजनीतिक दलहरू समेत निर्वाचन प्रयोजनका लागि दल दर्ता प्रक्रियामा आइसकेको बताए । ‘निर्वाचन आयोगले आफ्नो काम धमाधम अगाडि बढाएको छ । महत्त्वपूर्ण प्राय सबै राजनीतिक दलहरूले निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिसकेका छन्,’ खरेलले भनेका छन्, ‘तपाईंले कुरा उठाउनु भएको राजनीतिक दलले पनि निर्वाचन आयोगमा आज मात्रै दल दर्ता ...
दोधारकाबिच दल दर्ता गर्ने राप्रपा नेपालको निर्णय
राजनीति, समाचार

दोधारकाबिच दल दर्ता गर्ने राप्रपा नेपालको निर्णय

नेपालअखबार, काठमाडौँ । राप्रपा नेपालले दोधाराबिच आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ । त्यसका लागि चुनाव अगावै न्यूनतम सुधारका निम्ति पार्टीले निरन्तर दबाब दिने जनाएको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा मंगलबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विभिन्न प्रस्ताव समेत पारित गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । ‘सुधारको आशा र विश्वास गर्दै निर्वाचनमा सहभागिताका निम्ति निर्वाचन आयोगको आह्वान अनुसार चुनावमा भाग लिने प्रयोजनका लागि राप्रपा नेपाललाई आयोगमा दर्ता गर्ने निर्णय यो बैठकले गरेको छ’, जारी विज्ञप्तिमा भनिएको छ ।...
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
राजनीति, समाचार

ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा

नेपालअखबार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । यसअघि बसेको पार्टीको सचिवालय बैठकमा पनि उनले आफू अध्यक्ष बन्ने जानकारी गराएका थिए । मंगलबार भने उनले विज्ञप्तिमार्फत उम्मेदवारी घोषणा गरेका हुन् । पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरका नेता कार्यकर्ताको आग्रह र सुझावलाई स्वीकारेर आफूले उम्मेदवारी घोषणा गरेको उनले बताएका छन् । साथै, उनले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणका लागि सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा लिएको पनि बताएका छन् । मंसिर अन्तिम साता तय भएको एघारौं महाधिवेशनबाट पनि अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछोड्ने तयारी गरिरहेका छन् । तेस्रोपटक अध्यक्ष हुनलाई ओलीले पार्टीको विधान नै संशोधन गरेका थिए । तर जेनजी आ...
प्रचण्डको दाबी- जेनजी युवाले नेकपालाई अभिभावक ठानेका छन्
राजनीति, समाचार

प्रचण्डको दाबी- जेनजी युवाले नेकपालाई अभिभावक ठानेका छन्

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी पुस्ताले आफ्नो दललाई अभिभावकको रूपमा लिएको दाबी गरेका छन् । प्रचण्डले जेनजी आन्दोलनको सुरुमै आफूहरूले समर्थन गरेका कारण जेनजी युवाहरूले नेकपालाई अभिभावक ठान्न थालेको दाबी गरे । मंगलबार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघमा आवद्ध रहेकाहरूलाई नेकपा प्रवेश गराउँदै प्रचण्डले पार्टी एकता प्रक्रियामा पनि सबभन्दा बढी युवालाई सम्बोधन गर्न खोजिएको जिकिर गरे । ‘युवाका ती सही आवाजहरूलाई बलपूर्वक दमन गर्ने कोसिस नगरियोस् भनेर सबभन्दा पहिले सरकारलाई खबरदारी पनि गर्यौं, त्यहि पहलका कारण र विस्तारै युवा पुस्तालाई हामीले गर्दै गरेको संवाद र सहकार्यको कारण अब जेनजी पुस्ताका युवाहरूले पनि आफ्नो असली अभिभावक नेपाली कम्युनिस्ट पार्टी हो भन्ने बुझ्दै गएका छन्,’ उनले भने । जेनजी आन्दोलनपछिको अवस्था सामना गर्...
अब पुरानो पार्टीको धङधङीबाट मुक्त होऔँ : माधव नेपाल
राजनीति, समाचार

अब पुरानो पार्टीको धङधङीबाट मुक्त होऔँ : माधव नेपाल

नेपालअखबार,काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुन कार्यकर्तालाई निर्देशन दिएका छन् । अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको कार्यक्रममा उहाँले १४ वटा घटकलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टीको गठन गरेकोले अब सबै नयाँ भएको बताएका हुन् । उनले पेरिसडाँडा मेरो, आलोकनगर तपाईँहरूको भन्ने मानसिकताबाट मुक्त हुन पनि आग्रह गरे । यो सङ्गठन मेरो, अर्को सङ्गठन अरूको भन्ने भ्रममुक्त भएर अब सबै जनसङ्गठनहरूलाई एकताबद्ध गर्नुपर्नेमा उनले जोड दिए । उनले इतिहासको चर्चा गर्दाखेरि पनि २०५२ सालदेखिको मात्रै नभएर २००६ सालदेखिको चर्चा गर्न पूर्वमाओवादी कार्यकर्ताहरूलाई आग्रह गरे । २०२८ सालदेखि झापा विद्रोहको चर्चा गर्नुपर्ने उनको भनाई छ । उनले पार्टीमा योगदान भएका सबै नेताहरूको बारेमा चर्चा गर्न पनि कार्यकर्तालाई निर्देशन दिए । ...
महाधिवेशन प्रतिनिधि उम्मेदवार शुल्क आफूखुसी तोकेपछि एमाले संगठन विभागको पाँच बुँदे निर्देशन
राजनीति, समाचार

महाधिवेशन प्रतिनिधि उम्मेदवार शुल्क आफूखुसी तोकेपछि एमाले संगठन विभागको पाँच बुँदे निर्देशन

नेपालअखबार,काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ। नुवाकोट लगायत जिल्लाले आफूखुसी महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार शुल्क तोक्न थालेपछि संगठन विभागले निर्देशन नै जारी गरेको हो। नुवाकोटले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिन चाहनेका लागि १० हजार शुल्क तोकेको थियो। केन्द्रीय संगठन विभागले अब बढीमा एक हजार रुवैयाँसम्म शुल्क निर्धारण गर्न भनेको छ। सोमबार राति बसेको भर्चुअल बैठकले निर्वाचन प्रक्रियामा प्रवेशगर्नुपूर्व केन्द्रीय कमिटीको परिपत्र अनुसार आआफ्नो निर्वाचन क्षेत्रको अन्तिम मतदाता–सूचि अनिवार्यरुपमा प्रकाशन गर्ने भनेको छ। त्यस्तै कायम भएको अन्तिम मतदाता–सूचिको संख्या केन्द्रीय संगठन विभागलाई तत्काल जानकारी गराउन पनि भनेको छ। निर्वाचन प्रक्रियामै गएर प्रतिनिधि छनौट गर्न र मंसिर १२ गते साँझसम्म सहमति बनाउन हदैसम्म प्रयास गर्न भनेको ...
प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६४ दल दर्ता
राजनीति, समाचार

प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६४ दल दर्ता

नेपालअखबार,काठमाडौं । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६४ दल दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार सोमबार साँझसम्म ६४ वटा दलले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोग पुगेर दल दर्ता गरेका हुन् । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि यही मंसिर १ गतेबाट सुरु भएको हो । यही १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दर्ताको समय छ । ६४ वटा दलमा नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरू छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका वाम दल र समूह मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले समेत निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिसकेका छन् । नेकपा एमाले सहितका कतिपय दलको भने बाँकी नै छ । निर्वाचन आयोगका अनुसार सोमबारसम्म दर्ता दलको संख्या १३५ पुगेको छ । यी मध्ये निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका पार्टीले आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्यका निर्वाचनमा भाग लिन...
प्रमुख स्वकीय सचिवलाई नियुक्तिहरुमा अनावश्यक जोडियो : प्रधानमन्त्रीको सचिवालय
राजनीति, समाचार

प्रमुख स्वकीय सचिवलाई नियुक्तिहरुमा अनावश्यक जोडियो : प्रधानमन्त्रीको सचिवालय

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई नियुक्त गरेको विषयमा मुख खोलेको छ । प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रुपमा जोडिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको जिकिर गरेको छ । चौतर्फी आचोचनापछि प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘प्रधानमन्त्रीको निवासमा रही नजिकबाट सहयोग गर्नुपर्ने र चौबीसै घण्टा पनि सँगै रहेर खट्नुपर्ने भएकाले सुरक्षाका कारणबाट समेत विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्न सक्ने व्यक्तिको कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न उठाई अन्यथा व्याख्या नगर्न अनुरोध छ ।’ ‘यसबाहेक अन्य नियुक्तिहरुमा प्रमुख स्वकीय सचिवलाई लाञ...
जनेजी मभुमेन्टले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा
राजनीति, समाचार

जनेजी मभुमेन्टले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा

नेपालअखबार,काठमाडौँ । जनेजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गैरजिम्मेवार निर्णयहरू गर्न थालेको तथा सरकार पूर्ण रूपमा भ्रष्टाचार, पक्षपात र कुशासनमा गढिएको भन्दै बहिस्कार गर्न माग गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै जेनजी मुभमेन्ट नेपालले उर्जामन्त्री कुलमान घिसिङले ४३ करोड नोक्सानी गरेको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मालाई गैरकानुनी कर छुट दिएको तथा महान्यायाधिवक्ता सविता बराल भण्डारीले किशोरीहरूको डिम्ब विक्री गरेको तथा प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिवले आफन्तलाई नियुक्ति दिएको र गृहमन्त्री ओमप्रकाश अर्यालले काकालाई डीआइजी बनाउन सशस्त्र प्रहरीमा दरबन्दी थपेर संगठित दुराचारमा लागेको आरोप लगाएको छ । जेनजी मुभमेन्टले विद्रोहका आदर्श, सुशासनका लागि प्राण अर्पण गरेका सहिद घाइतेहरूसहित नेपाली जनताप्रति गम्भीर अपमानमा लाग्दा सरकारले नैतिकता र जन...