Monday, August 10

राजनीति

ट्रम्पले छलफल नै नगरी शान्ति योजना बनाए, जेलेन्स्कीले भने- इमानदारीपूर्वक सहभागी हुन्छु
राजनीति, विश्व, समाचार

ट्रम्पले छलफल नै नगरी शान्ति योजना बनाए, जेलेन्स्कीले भने- इमानदारीपूर्वक सहभागी हुन्छु

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनामा 'रचनात्मक, इमानदारीपूर्वक र कार्यात्मक रूपमा' संलग्न हुने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। ट्रम्प सरकारले युक्रेनसँग सल्लाह नगरी रूससँग मात्रै परामर्श गरेर २८ बुँदे शान्ति योजना बनाएको छ। सो योजना बारे छलफल गर्न युक्रेन पुगेका अमेरिकी सेना सचिव डेनियल ड्रिस्कोलसँग बिहिबार भेटेपछि जेलेन्स्कीको सो टिप्पणी गरेका हुन्।अमेरिकी र युक्रेनी टोलीहरूले युद्ध समाप्त गर्ने योजनाका बुँदाहरूमा काम सुरू गर्ने जेलेन्स्कीले बताए। पश्चिमा मिडियाका अनुसार २८ बुँदे योजनामा मुख्यतः लामो समयदेखि रूसले राख्दै आएका मागहरू छन्। युक्रेनले आफ्नो भूभाग रूसलाई सुम्पने, आफ्ना सेनाको आकार सीमित गर्ने र युद्धविराम पछि पश्चिमी शान्ति सेनाको लागि कुनै पनि भूमिका नहुने कुराहरू त्यसमा समावेश छन्। युद्ध अन्त्यका लागि...
यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
राजनीति, समाचार

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

नेपालअखबार, काठमाडौं । सरकारले लुम्बिनी विकास कोष, लुम्बिनी विकास परिषद्को सदस्य सचिवमा गोरखाका दीपक श्रेष्ठलाई नियुक्ति गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो। बैठकपछि सरकारका निर्णयहरू सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बंगलादेशको ढाकामा मंसिर १० र ११ गते हुने नेपाल–बंगलादेश ऊर्जा क्षेत्रमा सहकार्य गर्न गठित संयुक्त कार्यसमूह तथा संयुक्त सञ्चालक समितिको सातौं बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको बताए। उनका अनुसार सरकारले नयाँ सम्झौताअनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि सात लाख थान विद्युतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसँग भेरिएसन आदेशबाट खरिद गर्न राहदानी विभागलाई स्वीकृति दिने निर्णय गर...
निर्वाचन आयोगमा ३७ दल दर्ता
राजनीति, समाचार

निर्वाचन आयोगमा ३७ दल दर्ता

नेपालअखबार, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ३७ वटा दल दर्ता भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३७ वटा दल दर्ता भएको जनाएको हो । निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने पार्टीहरूमा देश विकास पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, देश भक्त समाज, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), आम जनता पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, बहुजन शक्ति पार्टी, नेपाल सद्भावना पार्टी, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल लगायत रहेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरू भने प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा जान बाँकी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगमा हालसम्म दर्ता भएका दलको संख्या भने १२६ रहेको जानकारी दिए । १२६ ...
नयाँ १० दल निर्वाचन आयोगमा दर्ता, २८ वटा प्रक्रियामा
राजनीति, समाचार

नयाँ १० दल निर्वाचन आयोगमा दर्ता, २८ वटा प्रक्रियामा

नेपालअखबार,काठमाडौँ । निर्वाचन आयोगमा शुक्रबारसम्म १० वटा नयाँ दल दर्ता भएका छन् । श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल, राष्ट्रिय परिवर्तन पार्टी, राष्ट्रिय जनमत पार्टी, कम्युनिस्ट पार्टी नेपाल, राष्ट्र निर्माण दल, राष्ट्रिय उर्जाशील पार्टी, पिपल्स फर्स्ट पार्टी र उज्यालो नेपाल पार्टी आयोगमा दर्ता भएका हुन् । यस्तै अन्य २८ दल दर्ताका लागि प्रस्ताव गरी आएका र ती दल प्रक्रियामा रहेको आयोगले जनाएको छ ।...
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
राजनीति, समाचार

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।बैठकमा अध्यागमन ऐन, २०४९ र सो अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको सम्बन्धमा सरोकारवाला निकाय एवं विज्ञहरूसँग छलफल हुनेछ ।...
सरकार दिशाहीन रहेको भन्दै जेन-जीका २३ समूहद्वारा प्रधानमन्त्रीलाई फिर्ता बोलाउन माग
राजनीति, समाचार

सरकार दिशाहीन रहेको भन्दै जेन-जीका २३ समूहद्वारा प्रधानमन्त्रीलाई फिर्ता बोलाउन माग

नेपालअखबार,काठमाडौँ  । जेन-जीका विभिन्न २३ समूहले प्रधानमन्त्री सुशीला कार्कीलाई फिर्ता बोलाउन भन्दै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष माग गरेका छन् । राष्ट्रपति कार्यालयमा बिहीबार ज्ञापनपत्र बुझाएर जेन-जीका २३ समूहले प्रधानमन्त्रीबाट कार्कीलाई हटाउनुपर्ने माग गरेका हुन् । प्रधानमन्त्रीका रूपमा कार्कीले भदौ २३ र २४ को विद्रोहको म्यान्डेटअनुसार काम गर्न नसकेको आरोप ज्ञापनपत्रमा लगाइएको छ । विभिन्न पाँचवटा माग रहेकोमा ती पूरा गराउन नसकेको ज्ञापनपत्रमा भनिएको छ । मुलुकमा भएका ठूला भ्रष्टाचारका प्रकरणमा संलग्नलाई कारबाही, प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीको लागि संविधान संशोधन, यस विद्रोहमा भएको नरसंहारमा सलग्नमाथि कारबाही, जेन-जी विद्रोहका घाइतेहरूको उपचार तथा जेन-जी विद्रोहका सहिद परिवारलाई उचित क्षतिपूर्ति र भरणपोषणको माग रहेकोमा कुनै पनि पूरा गराउन नसकेको ती समूहको दाबी छ । 'व...
सभामुखको सर्वोच्चलाई जबाफ- संसद विघटन र निर्वाचनको मिति घोषणा दुवै असंवैधानिक
राजनीति, समाचार

सभामुखको सर्वोच्चलाई जबाफ- संसद विघटन र निर्वाचनको मिति घोषणा दुवै असंवैधानिक

नेपालअखबार,काठमाडौँ ।  सभामुख देवराज घिमिरेले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटन र निर्वाचनको मिति घोषणा दुवै असंवैधानिक भएको जिकिर गरेका छन्। प्रतिनिधि सभा विघटन र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठनका विरूद्ध परेको रिटमा जबाफ दिँदै घिमिरेले प्रधानमन्त्री सुशीला कार्कीलाई संवैधानिक व्यवस्था विपरीत संविधानको पालक र संरक्षकबाट प्रधानमन्त्री नियुक्ति भएको उल्लेख गरेका छन्। नेपालको संविधानको पालक र संरक्षक राष्ट्रपति हुन्। ‘प्रष्ट संवैधानिक व्यवस्था विपरीत संविधानको पालक र संरक्षकबाट नै संविधानवाद, कानुनी शासन, र प्रचलित पद्धति विपरीत वर्तमान प्रधानमन्त्री नियुक्त भएको देखिन्छ,’ घिमिरेले पठाएको जबाफमा भनिएको छ, ‘असंवैधानिक प्रधानमन्त्रीको पहिलो निर्णयस्वरूप गरिएको संसद विघटनको सिफारिस र त्यसको आधारमा गरिएको निर्वाचनको ...
प्रचण्डले सिमरा घटनाबारे भने– लोकतन्त्रमा मतभिन्नता स्वाभाविक हो, हिंसामा रूपान्तरण नगरौं
राजनीति, समाचार

प्रचण्डले सिमरा घटनाबारे भने– लोकतन्त्रमा मतभिन्नता स्वाभाविक हो, हिंसामा रूपान्तरण नगरौं

नेपालअखबार,काठमाडौँ ।  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा बुधबारदेखि जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। स्थितिलाई थप हिंसात्मक तथा नियन्त्रणबाहिर जान नदिन सबै पक्षलाई उच्च संयमता अपनाउन आग्रह गरेका छन्। ‘लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक हुन्छ तर त्यसलाई हिंसा वा उत्तेजनामा रुपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति होइन। त्यसैले राजनीतिक तथा वाक–स्वतन्त्रताको सम्मान गर्दै  राजनीतिक दल र दलका नेताहरूलाई निर्वाधरूपमा हिड्डुल गर्ने, सभा–सम्मेलन गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँदछु,’ उनले भनेका छन्। घोषित निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कुनै पनि घटनाले नकारात्मक प्रभाव नपारोस् भन्ने विषयमा समेत सचेत र जिम्मेवार बन्न सबै पक्षसँग आग्रह गरेका छन्। ‘साथै, स्थानीय पार्टी समि...
मंसिरभित्र राष्ट्रिय सभा बैठक आह्वान गर्नुपर्नेछ : अध्यक्ष दाहाल
राजनीति, समाचार

मंसिरभित्र राष्ट्रिय सभा बैठक आह्वान गर्नुपर्नेछ : अध्यक्ष दाहाल

नेपालअखबार,काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मंसिर महिनाभित्र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुपर्ने बताएका छन् । बिहीबार निर्माणाधिन संसद् भवनको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले मंसिर महिनाभित्र राष्ट्रिय सभाको अधिवेशन बोलाउनुपर्ने उनले भनाइ छ । आगामी अधिवेशन नयाँ संसद् भवनबाट सञ्चालन गर्न नसकिने स्पष्ट भएको पनि उनले बताए । ‘यो ठाउँबाट त अहिलेको अधिवेशन सम्भव छैन । यो मंसिरभरमा राष्ट्रिय सभाको बैठक बोलाउनुपर्छ भन्ने लागेको हो । त्यो भएकाले कृषि समितिको हलमा काम शुरु गर्नेगरी तयारी थालेका छौं,’ उनले भने । नयाँ संसद् भवनको काम रफ्तारमा अघि बढेको र चाँडै सम्पन्न गराउन सबैले ताकेता गर्न जरुरी रहेको उनको भनाइ थियो । आगामी प्रतिनिधि सभाको बैठकका लागि झनै समस्या हुने उल्लेख गर्दै अध्यक्ष दाहालले राष्ट्रिय सभाको अबको अधिवेशन कृषि समितिको हलबाट...
भट्टराईले मधेशबारे गम्भीर भएर विचार गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह
राजनीति, विचार, समाचार

भट्टराईले मधेशबारे गम्भीर भएर विचार गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह

नेपालअखबार, काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले मधेशबारे गम्भीर भएर विचार गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । बुधबार बाराको सिमरामा जेनजी युवासँग एमाले कार्यकर्ताहरुको झडप भएको, मधेश प्रदेश प्रमुख बर्खास्तमा परेको, मधेशकै सभामुख पदमुक्त भएको र मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालतमा मुद्दा परेको लगायतका घटनाको सन्दर्भमा भट्टराईले गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन् । मधेशमा पार्टीको छवि सुधार्नुपर्ने र नयाँ जिम्मेवारीका साथ जानुपर्ने आवश्यकता समेत उनले औंल्याएका छन् । ‘पार्टीको जनआधार विस्तार गर्न, आन्तरिक एकतालाई सुदृढ गर्न, पार्टीको सामाजिक छवीलाई सुधार गर्न मधेशमा नयाँ जिम्मेवारीका साथ जानु पर्दछ,’ भट्टराईले विहीबार बिहान फेसबुकमा लेखेका छन्, ‘यस विषयमा गम्भीर भएर विचार गर्न पार्टी अध्यक्ष कमरेडलाई निवेदन गर्दछु ।’ मधेश प्रदेशको संसदीय फाँटमा एमालेलाई ठूलो धक्...