प्रगतिशील लोकतान्त्रिक पार्टीले अध्यक्ष परिषद् बनाउने
नेपालअखबार,काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले ‘अध्यक्ष परिषद्’ गठन गर्ने भएको छ । ‘अध्यक्ष परिषद्’मा दलित, महिला, आदिवासी जनजाति, मधेशी, पिछडिएको क्षेत्र लगायत सबै क्लष्टरबाट प्रतिनिधित्व हुने गरी अध्यक्ष परिषद गठन गर्ने तयारी गरिएको हो । यही अध्यक्ष परिषदले पार्टीमा कार्यकारी भूमिका खेल्ने नेताहरुले बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारबीच एकतापछि बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी आइतबार घोषणा हुँदैछ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे पार्टी एकता घोषणा कार्यक्रम हुने नेता सुदन किराँतीले जानकारी दिए।
कात्तिक १९ गते १० वटा वाम घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा भएपछि जनार्दन शर्माले तत्कालीन माओवादी केन्द्र परित्याग गरी प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका थिए।
पछि सन्तोष परियारले प...










