Monday, August 10

राजनीति

सञ्चारमन्त्री खरेल भन्छन् : निर्वाचनको वातावरण बनिसक्यो
राजनीति, समाचार

सञ्चारमन्त्री खरेल भन्छन् : निर्वाचनको वातावरण बनिसक्यो

नेपालअखबार,काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको बताएका छन् । दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चारमन्त्री खरेलसँग नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले शुक्रबार आयोजनो साक्षात्कार कार्यक्रममा मन्त्री खरेलले निर्धारित मितिमै निर्वाचन हुने विश्वास व्यक्त गरेका हुन् । ‘फागुन २१ मा निर्वाचन गर्छौं, निर्वाचनका लागि वातावरण बनिसकेको छ’, सञ्चारमन्त्री खरेलले भने, ‘भयरहित निर्वाचनका लागि सुरक्षाको वातावरण पनि बनिसकेको छ । नेपाल प्रहरीमा नयाँ नेतृत्व आएको छ । कुनै पनि राजनीतिक दलले निर्वाचनमा भाग लिन्नौँ भनेका छैनन् । केही दलले निर्वाचनका लागि सुरक्षाको वातावरण बनाउनुपर्छ भनेर चासो देखाएका छन् ।’ सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री खरेलले निर्वाचनका लागि सरकार र राजनीतिक दलले वातावरण बनाउनुपर्नेमा जोड दिए । ...
एमाले सङ्कटबाट भाग्ने होइन, सामना गर्ने पार्टी हो : महासचिव पोखरेल
राजनीति, समाचार

एमाले सङ्कटबाट भाग्ने होइन, सामना गर्ने पार्टी हो : महासचिव पोखरेल

नेपालअखबार,बाँके । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले सङ्कटबाट भाग्ने होइन त्यसको सामना गर्ने पार्टी भएको बताएका छन्। पार्टीले आयोजना गरेको 'प्रतिगामी षड्यन्त्रका विरुद्ध जनपरिचालन कार्यक्रम' अन्तर्गत नेपालगञ्जको जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले वर्तमान देशको सङ्कटको निकास एमालेको अगुवाइमा मात्र सम्भव रहेको बताएका हुन्। भदौ २३ र २४ गतेको तोडफोड र विध्वंस नेपाल राज्यलाई कमजोर पार्नका लागि रचिएको षड्यन्त्र भएको उनको भनाइ छ। सिंहदरबार, सर्वोच्च अदालत जस्ता निकायमा आगो लगाएर राज्यमाथि गम्भीर अपराध गरिएको उनको भनाइ छ। यसमा को को संलग्न थिए भन्ने कुरा खुल्दै जाने पोखरेलले बताए। यस विध्वंसमा काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहको संलग्नताप्रति लक्षित गर्दै पोखरेलले भने, ‘देशैभरीका धेरै स्थानीय तह र वडा कार्यालयहरू जलाइए। तोडफोड गरिए। तर काठमाडौँ महानगरमा केही गरिएन। वडाहरूम...
निर्वाचनका लागि सहयोग गर्ने चीनको प्रतिबद्धता
राजनीति, समाचार

निर्वाचनका लागि सहयोग गर्ने चीनको प्रतिबद्धता

नेपालअखबार,काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न चीनबाट नेपाल सरकारलाई हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी निर्वाचनका अतिरिक्त जारी द्विपक्षीय सहयोगका परियोजनामा पनि प्रगति भएकामा सन्तुष्टि व्यक्त गर्ने चिनियाँ राजदूतले ‘बेल्ट एन्ड रोड’ परियोजनामा पनि उल्लेख्य प्रगति भएको बताए । शुक्रबार साँझ मूलधारका प्रमुख सञ्चारमाध्यमका प्रमुख तथा सम्पादकहरूसँग भएको छलफलमा उनले ‘नेपालमा व्यापार, लगानी, औद्योगिक ‘पार्क’ निर्माणलगायत सबैतिर प्रगति भएको छ, केही आयोजनामा केही विलम्ब हुनु अस्वभाविक होइन’, भने । ‘बिआरआई परियोजनामा प्रगति भएको छ । ती सबै प्रशासनिक प्रक्रियामा छन्, तिनको सफल कार्यान्वयनका निम्ति स्थायी सरकार अपरिहार्य छ । आगामी चुनावपछि बन्ने सरकारबाट ती परियोजना द्रुतगतिमा कार्यान्वयन हुनसक्छन्’, राजदूत छनले भने, ‘हामी अन...
प्रचण्डको एकतामा नजाने भन्दै माओवादीको सिङ्गो मुसिकोटनगर कमिटी नै शर्माको अभियानमा
राजनीति, समाचार

प्रचण्डको एकतामा नजाने भन्दै माओवादीको सिङ्गो मुसिकोटनगर कमिटी नै शर्माको अभियानमा

नेपालअखबार,सुर्खेत । नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमको मुसिकोट नगर कमिटीले प्रचण्डको ‘नाटकीय एकता प्रक्रिया’ मा नजाने घोषणा गर्दै जनार्दन शर्माको ‘प्रगतिशील राष्ट्रिय अभियान’ मा जोडिने निर्णय गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै माओवादी नगर कमिटीका अध्यक्ष दलबहादुर खड्काले शर्माको अभियानमा जोडिएर विकृति, अनियमितता र भ्रष्टाचारविरुद्ध आवाज बुलन्द गर्ने बताएका छन् । उक्त नगर कमिटीले पार्टीभित्र रहेका विभिन्न काण्डहरूको छानबिन, नेताहरूको सम्पत्ति शुद्धीकरण, आन्तरिक पार्टी रूपान्तरण, सुशासन प्रवर्द्धन, युवा सहभागिता र नियमित महाधिवेशनजस्ता अत्यावश्यक वर्तमान मनोविज्ञानमा आधारित विषयहरूलाई प्रचण्डले बेवास्ता गरी ‘डम्पिङ साइट’ मा थन्क्याएको आरोप लगाएको छ । खड्काले भनेका छन्, ‘कतिपय पार्टी र नेताहरूसँग वृहत् वाम एकताको नाममा रचिएको नाटकलाई हामी स्वीकार गर्न तयार छैनौँ ।’ ...
कार्यवाहक सभापति खड्काले नेता-कार्यकर्तालाई भने- धैर्यता राखिदिन विशेष अनुरोध
राजनीति, समाचार

कार्यवाहक सभापति खड्काले नेता-कार्यकर्तालाई भने- धैर्यता राखिदिन विशेष अनुरोध

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका नेता-कार्यकर्ताहरूलाई धैर्यता राखिदिन अनुरोध गरेका छन् । महाधिवेशनको विषयमा पार्टी निर्णयमा पुग्न ढिलाइ भइरहेका बेला शनिबार फेसबुकमार्फत् उनले नेता-कार्यकर्ताहरूलाई धैर्यता राखिदिन अनुरोध गरेका हुन् । हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचापलाई सामना गर्न सक्ने गरी निर्णय गर्न केही समय लागेको खड्काको भनाइ छ । ‘इतिहासमै देश र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिला भए पनि हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा पार्टीलाई एकताबद्ध राखे र प्रतिकूल समयको पदचापलाई सामना गर्न सक्ने गरी निर्णय गर्न केही समय लागेको छ’, उनले लेखेका छन्, ‘साथीहरू सबैले एकताबद्ध भएर यो महत्वपूर्ण मर्मलाई बुझिदिइ धैर्यता राखिदिन हाम्रो विशेष अनुरोध ...
प्रचण्ड–माधवहरुको एकता अराजनीतिक हो, आफ्नै भारले बर्बाद हुनेछ : घनश्याम भुसाल
राजनीति, विचार, समाचार

प्रचण्ड–माधवहरुको एकता अराजनीतिक हो, आफ्नै भारले बर्बाद हुनेछ : घनश्याम भुसाल

नेपालअखबार,काठमाडौँ । यतिबेला कम्युनिष्ट पार्टीका नेताहरु एकता र टुटफुटको अभियानमा व्यस्त छन् । कोही नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध भएका छन् त कोही नेकपा एमालेमा सामाहित भएका छन् । कोही भने नेकपा(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले गरेको निर्णय लतारेर आफ्नै अभियान सञ्चालनमा लागेका छन् । माओवादीबाट जनार्दन शर्मा, समाजवादीबाट घनश्याम भुसाल लगायतका नेताहरु आफ्नै अभियानमा लागेका छन् । पुराना राजनीतिक दल र नेतृत्वसँग एकता गर्ने पक्षमा उनीहरु देखिँदैनन् । यसै मध्येका एक नेता हुन् भुसाल । भुसाल पार्टीले गरेको निर्णय बहिष्कार गर्दै आफ्नै अभियान चलाउन थालेका छन् । उनकाअनुसार जेनजी पुस्ताको आन्दोलनका मागहरु पूरा गर्नुको विकल्प छैन । तर पुरानो राजनीतिक दलको नेतृत्व अझै आलटाल र धोका दिने पक्षमा छ । यसै सन्दर्भमा रहेर न्युज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश यस्तो छ ।...
ट्रम्पले भने-प्यानोरामा एडिटमा बीबीसीविरूद्ध मुद्दा हाल्छु
राजनीति, विश्व, समाचार

ट्रम्पले भने-प्यानोरामा एडिटमा बीबीसीविरूद्ध मुद्दा हाल्छु

नेपालअखबार,काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीले प्यानोरामा एडिट मामिलामा माफी मागेपछि पनि कानुनी प्रक्रियामा जाने भएका छन् । शुक्रबार बेलुका पत्रकारहरूसँगको कुराकानीमा उनले अर्को साता बीबीसीविरूद्ध एक अर्बदेखि पाँच अर्ब डलरसम्मको मुद्दा दायर गरिने बताएका छन् । यस विषयमा हप्तान्तमा बेलायतका प्रधानमन्त्री कियर स्टार्मरसँग कुरा गर्ने ट्रम्पको तयारी छ । शुक्रबार बीबीसीले बयान जारी गर्दै ६ जनवरी २०२१ को भाषण सम्पादन (एडिट) बाट ट्रम्पले हिंस्रक कारबाहीका लागि अपिल गरेको गलत धारणा बनेको प्रतिक्रिया दिएका थियो । बीबीसीले माफी माग्दै संस्थाले कुनै पनि वित्तीय मुआब्जा नदिने पनि प्रष्टीकरण दिएका थियो । यसै साताको सुरूवातमा ट्रम्पका वकिलहरूले बीबीसीलेमाफी मागेर मुआब्जा नदिए एक अर्ब डलर बराबरको क्षतिपूर्तिका लागि मुद्दा दायर गर्ने चेतावनी दिएका थिए । त्यसपछि गत साता ...
मिथ्या सूचना नियमन गर्न गृहमन्त्रीको चासो
राजनीति, समाचार

मिथ्या सूचना नियमन गर्न गृहमन्त्रीको चासो

नेपालअखबार,काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रमपूर्ण र मिथ्या सूचनाको नियमन गर्न सम्बन्धित मन्त्रालय, दूरसञ्चारका निकाय, प्रेस काउन्सिल नेपाल र नेपाल प्रहरीको साइबर व्यूरोका पदाधिकारीहरूसँग संयुक्त छलफल गरेका छन्। गृह मन्त्रालयमा शुक्रबार भएको सर्वपक्षीय बैठकमा गृहमन्त्री अर्यालले सूचनाको हक र प्रेस स्वतन्त्रतामा कुनै असर नपर्ने गरी सूचनाको अनाधिकृत प्रयोग रोक्नु पर्ने धारणा राखेका थिए। यसका लागि सबै निकायले प्रभावकारी ढंगबाट काम गर्नुपर्ने उनको भनाइ थियो। बैठकमा गृहसचिव रामेश्वर दंगाल, सञ्चार तथा सूचना प्रविधि सचिव राधिका अर्याल, नेपाल दूरसञ्चार प्राधिकरणका प्रमुख भुपेन्द्र भण्डारी, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसाल नेपाल प्रहरी अन्तर्गतको साईवर व्यूरोका प्रहारी नायव महानिरीक्षक नवीन्द अर्यालका साथै नेपाल टेलिकमका प्रतिनिधि ल...
नेपाली कम्युनिस्ट पार्टीले आयोगबाट लियो दल दर्ताको प्रमाणपत्र
राजनीति, समाचार

नेपाली कम्युनिस्ट पार्टीले आयोगबाट लियो दल दर्ताको प्रमाणपत्र

नेपालअखबार, काठमाडौँ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका वाम समूह मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । शुक्रबार दलका नेताहरू निर्वाचन आयोग पुगेर दर्ताको प्रमाणपत्र लिएका हुन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता र प्रमाणपत्र लिनुपर्ने समय सीमा कात्तिक ३० गते भित्र रहेको छ । गत कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका पार्टीबिच एकता घोषणा गर्दै नयाँ पार्टी गठन गरिएको थियो । उक्त पार्टीको संयोजक पुष्पकमल दाहाल प्रचण्ड छन् भने सहसंयोजक माधवकुमार नेपाल रहेका छन् ।...
ईश्वरको सन्देश केपीलाई अध्यक्षमा निर्विरोध हुन दिँदैनौँ
राजनीति, समाचार

ईश्वरको सन्देश केपीलाई अध्यक्षमा निर्विरोध हुन दिँदैनौँ

नेपालअखबार,काठमाडौँ । पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन मिति नजिकिएसँगै नेकपा एमालेमा भावी नेतृत्वबारे पार्टीभित्र तीव्र बहस सुरु भएको छ । ठिक एक महिनापछि अर्थात मङ्सिर २७ गतेदेखि सुरु हुने एमाले महाधिवेशनमार्फत पुन अध्यक्ष पदमा तेहाेर्‍याउने तयारी गरेका केपी शर्मा ओलीविरुद्ध विपक्षी खेमाले प्यानलनै बनाएर प्रतिस्पर्धा गर्ने तयारी गरेको छ । गत शुक्रबार विद्धान वर्गसँगको अन्तरसंवाद कार्यक्रममा अध्यक्ष ओलीले आगामी महाधिवेशन र त्यसले गर्ने केही प्रक्रियागत कामको रूपरेखाबारे अभिव्यक्ति दिएका थिए । ओलीको उक्त अभिव्यक्तिपछि एमाले महाधिवेशन र भावी नेतृत्वका बारेमा चर्चा हुनुका साथै ओली प्रवृत्तिको चर्को विरोध भइरहेको छ ओलीले महाधिवेशन हलमा नीति र नेतृत्वका बारेमा कुनै छलफल नहुने भनेर एकतर्फी घोषणा गरेका थिए ‘यसपल्ट महाधिवेशनमा मेरो उद्घाटन मन्तव्य जति आउँछ त्यति नै हो। मैले एकतर्...