Wednesday, October 14

विचार

अपराधी खोज्ने  प्रेस विज्ञप्तिबाट परम्परा सुरू भयो: सांसद खतिवडा
राजनीति, विचार, समाचार

अपराधी खोज्ने प्रेस विज्ञप्तिबाट परम्परा सुरू भयो: सांसद खतिवडा

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी अपराधी खोज्ने परम्परा सुरू भएको भन्दै प्रश्न गरेका छन्। शनिबार जारी प्रतिनिधि सभाको बैठकमा बोल्दै खतिवडाले गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी अपराधी खोज्ने परम्पराको सुरूवात गरेको बताएका छन्। उनले गृह मन्‍त्री रवि लामिछानेप्रति लक्षित गर्दै प्रश्‍न गरेका हुन्। ‘भर्खरै गृह मन्त्रालयबाट एउटा सूचना जारी भएको पत्र आयो। नेपालको इतिहासमा अपराधीलाई खोज्दै जाँदा प्रेस विज्ञप्ति निकालेर खोज्दै जाने परम्पराको सुरूआत भएको छ,’ उनले भने, ‘यो गृह मन्त्रालयमा पदवहाल गर्नुभएका धेरै मन्त्री यो संसदमा हुनुहुन्छ। गृह मन्त्रालय, परराष्ट्र, रक्षा मन्त्रालय जस्तो संवेदनशील मन्त्रालयमा कतिपय विषयमा प्रेस विज्ञप्तिबाट अपराधी खोज्ने परिपाटीको विकास हुने को भने मुलुक कहाँ जाने हो? बढो चिन्ताको विषय ब...
नेपालमा कम्युनिस्टहरूको एउटै केन्द्र आवश्यक छ: प्रधानमन्त्री
राजनीति, विचार, समाचार

नेपालमा कम्युनिस्टहरूको एउटै केन्द्र आवश्यक छ: प्रधानमन्त्री

नेपालअखबार, काठमाडौं । मन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार दिउँसो सिंहदरबारमा नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘‘संविधानमा समाजवादोन्मुख नेपालको व्यवस्था सामान्य अर्थमा लेखिएको होइन। नेपाली विशेषताको समाजवादी बाटोका बारेमा अहिले पनि बहस छलफल चलिरहेको छ। नेपालमा रहेका सबै कम्युनिस्ट पार्टीहरूबीच अहिले यसवपषयमा छलफल सुरू भएको छ। तपाईहरूको रचनात्मक भूमिका रहने अपेक्षा छ।’ भेटमा नेकपा (बहुमत) का नेताहरूले प्रधानमन्त्रीसमक्ष राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरेका थिए । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ध्यानाकर्षण गराएकोमा बास्तोला नेतृत्वको टोलीलाई धन्यवाद दिँदै स...
गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु दलहरुले आफैँमाथि विश्वास नगर्नु हो : सांसद नेम्वाङ
राजनीति, विचार, समाचार

गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु दलहरुले आफैँमाथि विश्वास नगर्नु हो : सांसद नेम्वाङ

नेपालअखबार, काठमाडौं । नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु भनेको राजनीतिक दलहरुले आफैँमाथि विश्वास नगर्नु रहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रपतिका लागि राजनीतिक दलहरुले सक्षम व्यक्ति अघि सार्न सक्नुपर्ने बताए । नेकपा एमालेबाट राष्ट्रपति बन्ने भएसँगै नेम्वाङको नाम चर्चामा रहेको छ । उनले संविधानले कल्पना गरेको सक्षम व्यक्तिले संविधानअनुसार काम गर्नसक्ने बताए । उनले राष्ट्रपति बन्नका लागि अब कुनै कुलमा जन्मिनु आवश्यक नरहेको पनि बताए । उनले प्रतिनिधि सभामा आज निर्वाचित सभामुख देवराज घिमिरेले सबैको विश्वास जितेर काम गर्ने बताए । सांसद नेम्वाङले सभामुखले सबैसँग सहकार्य गरेर सबैको विश्वास लिएर अघि बढ्नुपर्ने बताए ।...
राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन संशोधन गर्नुपर्छ: प्रमुख सचेतक लेखक
राजनीति, विचार, समाचार

राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन संशोधन गर्नुपर्छ: प्रमुख सचेतक लेखक

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, कानुनको संशोधन गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले संविधानको व्यवस्था र राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुन, ऐनको व्यवस्थाका बीचमा केही विरोधाभाषहरू रहेकाले त्यसलाई समाधान गरेर अघि बढ्न सबै सहमत हुनुपर्ने बताए। उनले संविधानले राष्ट्रपतिको निर्वाचन भएकै दिनदेखि कार्यकाल प्रारम्भ हुने भनेको तर ऐनले कार्यकाल समाप्त हुनुभन्दा १ महिना पहिला निर्वाचन गर्नुपर्छ भनेकाले ऐनलाई संशोधन नगरीकन जाँदा प्रत्येक कार्यकालमा १/१ महिना घटेर जाने बताए। उनले संविधान र ऐनको भावनमा एकरूपता ल्याउन आफूहरू लाग्ने पनि बताए। उनले भने, ‘राष्ट्रपतिको निर्वाचनका लागि हाम्रो संविधानको व्यवस्था र राष्ट्रप...
नेपाली विशेषताको समाजवादको वारे विचार-विमर्श
राजनीति, विचार, समाचार

नेपाली विशेषताको समाजवादको वारे विचार-विमर्श

नेपाली विशेषताको समाजवादको वारे विचार-विमर्श  : खनाल पार्टीका केन्द्रीय विभागका कमरेडहरू तथा हाम्रा वर्गीय संगठनका अध्यक्ष र महासचिव कमरेडहरू ! कमरेडहरू म सर्वप्रथम तपाईँहरूलाई हाम्रो पार्टीको केन्द्रीय कमिटीले बनाएको दस्तावेज मस्यौदा समितिको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु । - आज हामीले तपाईँहरूलाई विशेष उद्देश्यका साथ बोलाएका छौ । तपाईँहरूलाई थाहै छ हाम्रो पार्टी स्थापना भएको अहिले १ वर्ष र ५ महिना हुँदैछ । - हामीले सुरु मै आवश्यक दस्तावेजहरू बनाएर कम्तीमा पनि ती दस्तावेजहरूलाई राष्ट्रिय सम्मेलनबाट पारित गरेर अघि बढ्न पाएको भए पार्टी अहिले व्यवस्थित र विस्तृत हुने कुरालाई कसैले रोक्न सक्ने थिएन । तर हामी त्यता लाग्न सकेनौ । हाम्रा सामु एकपछि अर्को दायित्व र चुनौतीहरू थपिँदै गए। कहिले वार्ता र सहमतिको सबाल आयो, कहिले एम.सि.सि. को चुनौती आयो, कहिले स्थानीय निर्वाचनको चुनौती आयो...
एकीकृत समाजवादीको  मूल नीति बनाउन सम्मानित नेता खनालको संयोजकत्वमा समिति गठन
राजनीति, विचार, समाचार

एकीकृत समाजवादीको मूल नीति बनाउन सम्मानित नेता खनालको संयोजकत्वमा समिति गठन

नेपालअखबार,काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा पार्टीको मूल नीति र कार्यक्रम निर्माण मस्यौदा समिति गठन गरेको छ । उक्त मस्यौँदा पार्टी कमिटीहरुबाट अनुमोदन भएपछि कार्यान्वयनमा लगिने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । खनाल नेतृत्वको मस्यौदा समितिको सदस्यमा केशव लाल श्रेष्ठ,बेदुराम भुसाल, जगन्नाथ खतिवडा, गङ्गालाल तुलाधर, प्रकाश ज्वाला, विजय पौडेल, राजेन्द्र राई, रामकुमारी झाक्री, सावित्रा भुसाल र गणेश विक रहनु भएको छ । बुधबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीका विभिन्न विभागका प्रमुख,उपप्रमुख, सचिव जनसंगठनका इन्चार्जसहितको बैठकले खनालको संयोजकत्वमा समिति गठन गरेको हो । खनाल नेतृत्वको समितिले पार्टीको सिद्धान्त,आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक मुल नीति र पार्टी निर्...
लोसपा र जसपाद्वारा सर्वदलीय बैठक बहिष्कार
राजनीति, विचार, समाचार

लोसपा र जसपाद्वारा सर्वदलीय बैठक बहिष्कार

नेपालअखबार, काठमाडौं । जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सर्वदलीय बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख चयनका बारेमा छलफल गर्न मंगलबार बालुवाटारमा बोलाएको बैठकलाई जसपा र लोसपाले बहिष्कार गरेका हुन् । लोसपाका नेता शरतसिंह भण्डारीले अध्यक्ष नजानुको कारण आफूलाई थाहा नभएको बताए । यस्तै जसपाका नेता पूर्ण बस्नेतले पार्टीको संसदीय दलको बैठक भएकाले सर्वदलीय बैठकमा नगएको बताए । सरकारमा सहभागी नगराएका कारण दुबै दल असन्तुष्ट छन् । जनमत पार्टीबाट भने मन्त्री अब्दुल खान बैठकमा सहभागी भएका छन् ।...
सर्वदलीय बैठकमा ओली र लेखकबीच चर्काचर्की
राजनीति, विचार, समाचार

सर्वदलीय बैठकमा ओली र लेखकबीच चर्काचर्की

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा एमाले र नेपाली कांग्रेसबीच चर्काचर्की परेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकमा सहभागी एक नेताका अनुसार एमाले अध्यक्ष केपी ओली र कांग्रेसका मुख्य सचेतक रमेश लेखकबीच विवाद भएको हो । अध्यक्ष ओलीले कांग्रेसमाथि सत्तारुढ गठबन्धनभित्र खेल्न खोजेको आरोप लगाएपछि लेखकले उनको प्रतिवाद गरेका थिए । ओलीको भनाई उद्धृत गर्दै ती नेताले भने, ‘सत्ता गठबन्धनमा तलदेखि माथिसम्म कसरी जाने भन्ने हाम्रो सहमति भइसकेको छ । तर सबैतिर विश्वासको मत दिइरहनु भएको छ । सत्ताको लागि नखेल्नुहोस् । तपाईँहरू त प्रतिपक्ष पनि बन्न सक्नुभएन ।’ जवाफमा लेखकले आफूहरू प्रतिपक्ष नै रहेको स्पष्ट पारेका थिए । ‘राष्ट्रपतिलाई बुझाएको पत्रमा हाम्रो हस्ताक्षर छैन । त्यसैले हामी प्रतिपक्ष नै हौँ । हामीले खेलिरहेका छैनौ...
वर्तमान गठबन्धन सरकारले पुरा मधेसलाई अपहेलना गरेको मन्त्री खानको दाबी
राजनीति, विचार, समाचार

वर्तमान गठबन्धन सरकारले पुरा मधेसलाई अपहेलना गरेको मन्त्री खानको दाबी

नेपाल अखबार , काठमाडौं  । वर्तमान गठबन्धन सरकारले  पुरा मधेस प्रदेशलाई अपहेलना गरेको  सघिय मन्त्री अब्दुल खानको दाबी गरे ।  आफ्नो पार्टीलाई गरेको  प्रतिबद्र्ता कार्यन्वान नगरेको मन्त्री खानले बताए । समग्र मधेस प्रदेशलाई नै अपहेलाना गर्ने गरि वर्तमान सरकारको गतिविधि देखिएको मन्त्री खानले बताए । जनमत पार्टीसग गरेको प्रतिबद्धतालाई सरकारले बेवास्ता गरी अघि बढेको आरोप लगाए । हामीलाई मन्त्रालयकाे बाडफाड सम्मान जनक भएन हेपियाे जस्ताे भयाे  । यस किसिमका सरकारको  गतिविधिले मधेसी प्रदेशलाई नै आघात पुगेको उनले बताए ।...
भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो छ : माधव नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो छ : माधव नेपाल

नेपालअखबार, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो रहेको बताएका छन् । पूर्वसचिव रामकुमार आचार्यद्वारा लिखित ‘नेपालमा भ्रष्टाचार  कारण र निवारण’ पुस्तकको विमोचन कार्यक्रममा उनले राज्यका सबै अङ्गमा उचित समन्वय नहुँदा यो बढिरहेको बताए । “प्रत्येक क्षेत्रमा भएका भ्रष्टाचार विरुद्धको सङ्कल्प भएको व्यक्तिको खाँचो छ”, उनले भने, “यसको नियन्त्रण गर्न भावना र सङ्कल्प हुनुपर्यो, भ्रष्टाचारमुक्त परिवेश बनाउन सक्नुपर्छ ।” एउटा नेता र प्रधानमन्त्रीले चाहेर मात्रै यो नियन्त्रण सम्भव नभएको जिकिर गर्दै उनले राजनीति र प्रशासनिक निकायको माथिदेखि तलसम्म यसलाई नियन्त्रण गर्ने दृढता हुनुपर्ने बताए । भ्रष्टाचार नियन्त्रण गर्ने विषयलाई भाषण मात्र बनाउन नहुनेमा जोड दिँदै उनले स्पष्ट प्रतिबद्धता भए यसको नियन्त्रण सम्भव रह...