Wednesday, October 14

विचार

पार्टीभित्र कुनै मतभेद छैन : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

पार्टीभित्र कुनै मतभेद छैन : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी भित्र कुनै मतभेद नरहेको दाबी गरेका छन् । आइतबार ललितपुरको बालकुमारीमा आयोजित पार्टी केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठकको समापन गर्दै उनले यस्तो जिकिर गरेका हुन् । अध्यक्ष नेपालले पार्टीका नेता मुकुन्द न्यौपानेले पनि पार्टीलाई एकताबद्ध बनाउनका लागि र सुदृढ बनाएर लैजानका लागि सुझाव दिइएको विषयलाई फरक मत भनेर सञ्चार माध्याममा आएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । पार्टीमा मतभेद नरहेको र नेताहरुबीच पनि कुनै खटपट नभएको उनको भनाई थियो । अध्यक्ष नेपालले पार्टीलाई एकताबद्ध बनाएर लैजाने कुरामा ढुक्क हुन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।...
नेपाल सिद्धान्तको रङ खैरोे हुने तथा व्यवहारको रङ हरियो हुन्छ : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

नेपाल सिद्धान्तको रङ खैरोे हुने तथा व्यवहारको रङ हरियो हुन्छ : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको व्यवहारले सिद्धान्तका बारेमा बताउने भएकाले सही व्यवहार गर्नुपर्ने  बताउनु भएको छ । नेकपा (एकीकृत समाजवादी ) को ५ औं  केन्द्रीय कमिटीको बैठकमा  राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले पार्टीले लिएको सिद्धान्त सही छ कि गलत छ त्यो व्यवहारले देखाउने बताउनु भएको हो  । ‘सिद्धान्तको रङ खैरोे हुने तथा व्यवहारको रङ हरियो हुन्छ, हामी समाज बदल्न चाहन्छौँ, हामी संसार बदल्न चाहन्छौँ, हामी कम्युनिष्ट क्रान्तिकारी भएकाले माक्र्सवाद लेलिनवादको मार्गदर्शनमा हिड्छौँ ’, अध्यक्ष नेपालले भन्नुभयो  । सर्वहारा श्रमजीवीको हितको रक्षा गर्ने, समस्याका समाधानका लागि समाजका विभिन्न वर्गहरुको विश्लेषण गर्दै समाज विकासको आफ्नो पार्टीको यात्रा निरन्तर जारी रहने भन्दै अध्यक्ष नेपालले  ‘हामी कम्युनिष्ट पार्टीका नेता, कार्...
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनको मस्यौदा पेस हुने
राजनीति, विचार, समाचार

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनको मस्यौदा पेस हुने

नेपालअखबार, काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठकका लागि राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले माघ २१ र २२ गते हुन लागेको केन्द्रीय कमिटीको बैठकका लागि राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले केन्द्रीय कमिटीको बैठकका लागि राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरेको र प्रतिवेदनलाई पुनः परिमार्जन गरी केन्द्रीय कमिटीमा पेस गर्ने बताए । उनले प्रतिवेदनलाई थप परिष्कृत बनाउन बैठक बसेको बताए । बैठकले राजनीतिक प्रतिवेदनमा देशको समसामयिक स्थिति, सरकार, संसद्का विषयलाई पनि समेटिएको उनले बताए । उनले संगठन निर्माण, संगठन व्यवस्थापन र पुनः गठनका प्रक्रियालाई पनि प्रतिवेदनमा समेटिएको बताए ।...
गृह मन्त्रालय नपाएको झोंकमा रास्वपाले सरकार छोड्छ भने हाम्रो भन्नु केही छैनः मातृका यादव
राजनीति, विचार, समाचार

गृह मन्त्रालय नपाएको झोंकमा रास्वपाले सरकार छोड्छ भने हाम्रो भन्नु केही छैनः मातृका यादव

नेपालअखबार, सत्तारूढ ।  दल नेकपा (माओवादी केन्द्र)ले सत्ता घटक राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाएको झोंकमा सरकार छोड्छ भने आफूहरूको भन्नु केही नरहेको बताएको छ। माओवादी केन्द्रका नेता मातृका यादवले मंगलबार  कुरा गर्दै रास्वपा आफूले गृह मन्त्रालय नै नपाएर सरकार छोड्ने हो भने आफूहरूलाई समर्थनको कमी नहुने बताए। ‘हामीलाई २ वटा पार्टीबाहेक सबैको समर्थन छ। एउटा पार्टीले सरकार छोड्दैमा फरक पर्दैन’, उनले भने,‘अहिलेको परिस्थिति र अवस्थामा रास्वपालाई गृहमन्त्री दिन सकिँदैन। सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म हामीले कुर्नुपर्छ।’ उनले रवि लामिछाने नेतृत्वको रास्वपाले सरकार छोड्दा पनि अहिलेको सरकारलाई कुनै फरक नपर्ने बताए। ‘अहिलेको अवस्थामा गृह मन्त्रालय रास्वपालाई दिन सकिँदैन। हामीलाई समर्थनको कुनै कमी छैन,’ उनले भने। आजै बिहान रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्...
शहीदहरूको सपना साकार पार्न आजको  दिनले सबैमा हौसला प्रदान गर्न सकोस् -अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

शहीदहरूको सपना साकार पार्न आजको दिनले सबैमा हौसला प्रदान गर्न सकोस् -अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शहीदहरूको सपना साकार पार्न आजको दिनले सबैमा हौसला प्रदान गर्न सक्नुपर्ने बताउनु भएको छ । शहीद दिवसको अवसरमा जारी शुभकामना सन्देशमा अध्यक्ष नेपालले शहीदहरूको योगदानको प्रतिफलस्वरूप मुलुकमा अहिलेको राजनीतिक उपलब्धि हासिल भएको बताउनु भएको छ  । सन्देशमा प्राप्त उपलब्धिहरूको रक्षा र विकास गरी सामाजिक न्यायमा आधारित समृद्ध समाजवादी मुलुक निर्माण गर्न सकेमा शहीदहरू प्रति सच्चा सम्मान हुने उल्लेख गर्नु भएको  छ । उहाँले भन्नुभएको छ शहीदहरूको सपना साकार पार्न यस दिनले सबैमा हौसला प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु । शहीद दिवस, २०७९ को अवसरमा देश र जनताको मुक्तिका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान शहीदहरू शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्द सहित सम्पूर्ण ज्ञातअज्ञात शहीदहरू प...
राष्ट्रपति चयन राष्ट्रिय सहमतिमै हुन्छ : नेता कोइराला
राजनीति, विचार, समाचार

राष्ट्रपति चयन राष्ट्रिय सहमतिमै हुन्छ : नेता कोइराला

नेपालअखबार, नवपरासी  । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नयाँ राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै हुने बताएका छन् । आज यहाँ सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले देशको आगामी राष्ट्रपति राष्ट्रिय सहमतिमै चयन हुने दाबी गरेका हुन् । कांग्रेस नेतृत्वको सरकारले स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संविधान कार्यान्वयनलाई मजबुत बनाएको र कांग्रेसको अबको ध्यान राष्ट्रपतिको निर्वाचनमा रहेको उनको भनाइ थियो । नेता कोइरालाले कांग्रेसको प्रस्तावमा अबको राष्ट्रपति राष्ट्रिय सहमतिमा चयन हुने विश्वास व्यक्त गरे । राष्ट्रिय सहमति बनाउन संसद्को ठूलो दल कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएकाले पनि अबको राजनीति राष्ट्रिय सहमतिको बाटोमा गएको उनको भनाइ थियो ।...
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत दिने
राजनीति, विचार, समाचार

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत दिने

नेपालअखबार, दाङ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएको छ । नागरिक उन्मुक्तिको समर्थनमा एमालेका राजेन्द्र रावल २७ पुसमा मुख्यमन्त्री बनेका थिए । उनले एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्छ । तर नागरिक उन्मुक्तिले समर्थन गर्ने सुनिश्चित नभएका कारण अहिलेसम्म विश्वासको मत लिएका छैनन् । उनले शीर्ष तहबाटै सहमति खोजेका छन् । तर नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले भने सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने बताएकी छन् । बुधबार दाङमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भनिन्, ‘सत्ता गठबन्धनमा रहेर हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेका छौं । सुदूरपश्चिममा पनि सरकार बनाएका छौं । तर माग पूरा नभएपछि मुख्यमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौं ।’ यद्यपि छलफलका क्रममा आफूहरुको माग र मुद्दाप्रति प्रधानमन्त्...
वामपन्थी नेता वामदेव गौतम एकीकृत समाजवादी कार्यालयमा
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

वामपन्थी नेता वामदेव गौतम एकीकृत समाजवादी कार्यालयमा

नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल र वामपन्थी नेता वामदेव गौतम बिच भेट वार्ता भएको छ । मंगलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा अध्यक्ष नेपाल र नेता गौतम बिच भेटघाट भएको हो । भेटमा समसामयिक राष्ट्रिय अन्तराष्ट्रिय राजनैतिक परिस्थितिको बारेमा छलफल भएको बताईएको छ । भेटमा नेता वामदेव गौतमले आफ्ना दस्तावेज तथा पुस्तकहरु पार्टी अध्यक्षलाई हस्तान्तरण गर्नु भयो । आजको भेटमा उक्त दस्ताबेजहरु अध्ययन गर्ने र त्यस बिषयमा अर्को भेटमा छलफल गर्ने सहमति भयो । अध्यक्ष  नेपालले गौतमलाई यथासिघ्र पार्टीमा एकतावद्ध भएर अघि बढ्न प्रस्ताव गर्नु भयो । यो प्रस्तावलाई  गौतमले सकारात्मक रुपमा लिनु भयो र छिट्टै निर्णय गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयि । आजको बैठकमा नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष द्वय प्रमेश हमाल र केशवलाल श्रेष्ठ, उपमहासचिव द्वय प्रकाश...
प्रधानमन्त्रीलाई वेदुरामको आग्रह- जनताको नजिक सरकार पुगेको देखाउन पहल गर्नुपर्‍यो
राजनीति, विचार, समाचार

प्रधानमन्त्रीलाई वेदुरामको आग्रह- जनताको नजिक सरकार पुगेको देखाउन पहल गर्नुपर्‍यो

नेपालअखबार, काठमाडौं । राष्ट्रियसभा सदस्य वेदुराम भुसालले संघीयताको आवश्यकता छैन भन्दै भइरहेका प्रचारहरुलाई असत्य सावित गर्न प्रधानमन्त्रीले भूमिका खेल्नुपर्ने बताएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले प्रदेशसभाले काम गर्न नसकेका कारण संघीयताको आवश्यकता छैन भन्ने प्रचार भइरहेकाले त्यस्ता प्रचारहरुलाई असत्य सावित गर्न प्रधानमन्त्रीको पहल आवश्यक रहेको बताए । ‘संघीयताको माध्यमबाट जनताको नजिक सरकारलाई पुर्याउने काम गरेका थियौँ, त्यसलाई पूर्णता दिनका लागि साँचो जनताको नजिक सरकार पुगेको छ भन्ने देखाउनका निम्ति प्रधानमन्त्रीले पहल गर्नुहुनेछ भन्ने अनुरोध गर्दछु’, उनले भने । मंगलबारको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।...
सभामुख कसैको यस म्यान बन्नुहुने छैन, यही शुभेच्छा छ : मेटमणि चौधरी
राजनीति, विचार, समाचार

सभामुख कसैको यस म्यान बन्नुहुने छैन, यही शुभेच्छा छ : मेटमणि चौधरी

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले सभामुख देवराज घिमिरेलाई बधाई दिएका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘…कसैको यस म्यान बन्नुहुने छैन भन्ने शुभेच्छा व्यक्त गर्न चाहन्छु ।’ चौधरीले पार्टीका तर्फबाट उपसभामुखमा कांग्रेसकी मुक्ताकुमारी यादवलाई समर्थन गरे । समर्थकको रुपमा बोल्दै उनले भने, ‘मुक्ताकुमारी यादव उपसभामुखको हकदार हो ।’ प्रतिनिधिसभामा शनिबार उपसभामुखको निर्वाचन हुँदैछ । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर र कांग्रेसकी मुक्ताकुमारी यादव उम्मेदवार छन् । इन्दिरालाई सत्तारुढ दलको समर्थन छ । मुक्ताकुमारीलाई सरकारमा नरहेका दलको समर्थन छ ।...