Friday, June 19

विचार

नेपाली कांग्रेसका कार्यवाहक सभापति खड्काले भने प्रतिनिधिसभा असंवैधानिक तबरले विघटन
राजनीति, विचार, समाचार

नेपाली कांग्रेसका कार्यवाहक सभापति खड्काले भने प्रतिनिधिसभा असंवैधानिक तबरले विघटन

नेपालअखबार,काठमाडौं। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन भएको बताएका छन्। भ्रातृ संगठन नेपाल तरूण दलको ७३औँ स्थापना दिवसका अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित समारोहमा उनले जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारबाट असंवैधानिक रुपमा प्रतिनिधिसधा विघटन भएको बताएका हुन्। ‘प्रतिनिधिसभा असंवैधानिक तबरले विघटन भयो,’ खड्काले भने, ‘यस सेरोफेरोमा हामी तरुण दलको स्थापना दिवस मनाउँदैछौँ।’ उनले जेनजी आन्दोलनका कारण मुलुक अप्ठ्यारोमा परेका बेला आगजनीबाट क्षतिग्रस्त शीतलनिवासको आँगनमा बसेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको रक्षा गरेको पनि बताए। ‘संविधान जोगाउन धेरै ठूलो अप्ठ्यारो भयो। राष्ट्रपति रामचन्द्र पौडेलले जलेको शीतलनिवासको आँगनमा बसेर जीवनको लामो अनुभव र जनतालाई केन्द्रमा राखेर संविधानको रक्षा गर्ने का...
नेकपा एमालेका अध्यक्ष ओलीले राजीनामा नदिने
राजनीति, विचार, समाचार

नेकपा एमालेका अध्यक्ष ओलीले राजीनामा नदिने

नेपालअखबार,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो काँधमा जिम्मेवारी भएको भन्दै त्यो पूरा नगरी राजीनामा नदिने प्रष्ट पारेका छन् । बुधबारदेखि जारी केन्द्रीय समिति बैठकको समापनमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । आफ्नो राजीनामाबारे महाधिवेशनमा छलफल गर्ने पनि उनले बताएका छन् । ‘केही साथीले राजीनामा माग्नुभाछ । मसँग माग्नु भाको होइन, माइकमा सोधेको थिए,’ ओलीले भने, ‘५५ वर्षदेखि एउटा सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ । मेरो काँधमा जिम्मेवारी छ । त्यो पूरा नगरी छाड्दिनँ ।’ उनले राजीनामाबारे महाधिवेशन प्रतिनिधिले फैसला गर्ने पनि बताए ।‘मेरो राजीनामा महाधिवेशनमा छलफल गरौंला । प्रतिनिधिहरूसँग फैसला मागौंला । पार्टीलाई तिक्तताका साथ अघि नबढाऔं । मित्रताका साथ जाऔं ।’...
ओली नेतृत्वमा नरहे एमालेसँग पनि पार्टी एकता हुन सक्छ: प्रचण्ड
राजनीति, विचार, समाचार

ओली नेतृत्वमा नरहे एमालेसँग पनि पार्टी एकता हुन सक्छ: प्रचण्ड

नेपालअखबार, काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेसँग पनि पार्टी एकता हुन सक्ने बताएका छन्। धादिङको बेनिघाट रोराङमा बुधबार कार्यकर्तासँग कुराकानी गर्दै प्रचण्डले आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताए। ‘अबको माओवादीको लाइन भनेको चुनाव हो। साथै, तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्छ,’ उनले भने। एमालेसँग एकताको सम्भावना रहेको पनि उनले बताए। 'केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ,' उनले भने।...
संसद् पुनर्स्थापना नभई अबको निकास ताजा जनादेश : प्रभु साह
राजनीति, विचार, समाचार

संसद् पुनर्स्थापना नभई अबको निकास ताजा जनादेश : प्रभु साह

नेपालअखबार, काठमाडौं ।   आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अबको निकास संसद् पुनर्स्थापना नभई ताजा जनादेश भएको बताएका छन् । बुधबार पत्रकार सम्मेलनमार्फत वर्तमान विषम परिस्थितिको बारेमा आजपाको धारणा सार्वजनिक गर्दै उनले संसद् पुनर्स्थापना नभई ताजा जनादेशका लागि निर्वाचनमा जानुपर्ने बताएका हुन् । उनले देश अब चुनावमा गइसकेको बताउँदै चुनाव भाँड्न दायाँबायाँ गर्ने अधिकार कसैलाई पनि नरहेको बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको अनैतिकताले अहिलेको दुर्दशा भएको उनको आरोप छ । एमालेलाई संसद् पुनर्स्थापनाको पक्षमा टाउको नउठाउन उनले आग्रह गरे । संसद् पुनर्स्थापनाको कुरा जनताले उही बेलामा खारेज गरिदिइसकेको बताउँदै आजपा अध्यक्ष साहले फेरि गिजोल्ने काम आफूहरुलाई स्वीकार्य नभएको बताए । ‘अब देश चुनावमा जानुपर्छ । सरकारले चुनावमा भयरह...
निर्वाचनका लागि भयरहित वातावरण बनिसकेको छैन :कांग्रेसका सभापति देउवा
राजनीति, विचार, समाचार

निर्वाचनका लागि भयरहित वातावरण बनिसकेको छैन :कांग्रेसका सभापति देउवा

नेपालअखबार, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २१ फागुनका लागि घोषित निर्वाचनका लागि भयरहित वातावरण नबनेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले मुलुकमा शान्ति सुरक्षाको ग्यारेन्टी नभएको बताएका हुन्।‘सरकारले २१ फागुनका लागि निर्वाचनको मिति घोषणा गरेको छ। तर, स्वतन्त्र र निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन,’ देउवाले भने, ‘निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सके मात्र निर्वाचनमा सबै सहभागी हुने अवस्था बन्छ। यसतर्फ सरकारको ध्यान जाओस्।’...
शशांकले भने देउवालाई तत्काल कार्यवाहक सभापति तोक्नुस्
राजनीति, विचार, समाचार

शशांकले भने देउवालाई तत्काल कार्यवाहक सभापति तोक्नुस्

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले केन्द्रीय कार्य समिति तत्काल विघटन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । शनिवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सभापति देउवालाई कार्यबाहक सभापतिको जिम्मेवारी तोक्न पनि सुझाव दिए । नेता कोइरालाले आगामी मंसिरमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने भएकाले देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी अरुलाई दिएर महाधिवेशनको मिति तय गर्ने वातावरण बनाउनुपर्ने बताए । मंसिरसम्ममा पार्टीको नियमित महाधिवेशनको मिति तय हुने विश्वास समेत व्यक्त गरे । ‘विशेष महाधिवेशन होइन कि नियमित महाधिवेशन गर्नुपर्छ । मैले शेरबहादुरजीलाई भने– यो मेरो व्यक्तिगत विचार हो । मैले उहाँलाई के भने भने तपाई विघटन गर्नुस्,’ उनले भने, ‘एक जनालाई कार्यवाहक सभापति दिनुस् । उनले गठन गर्दछन् । र उनले मित...
आन्दोलनको खरानी समातेर “देश निर्माणको संकल्प जनताको अन्तिम विश्वास”
राजनीति, विचार, समाचार

आन्दोलनको खरानी समातेर “देश निर्माणको संकल्प जनताको अन्तिम विश्वास”

नेपालअखबार,काठमाडौं । यस्तो सुन्दरता र सम्पदाले भरिपूर्ण देश जहाँ हिमालको पवित्र पानी बेचेर विश्वका जनताको प्याश मेटाउँदै देशको भकारी वैदेशिक मुद्राले भरिन सक्थ्यो। ऋषिमुनिहरूको साधना र योग विश्वभर फैलिँदा नेपाल ज्ञान र आत्मज्ञानको राजधानी बन्न सक्थ्यो। जहाँ डाक्टर, इन्जिनियर, पाइलट जस्ता प्रतिभा,श्रम र सीप बेचेर होइन, सिर्जना बेचेर देशलाई धनी बनाउन सक्थे। जहाँ बाढीले बगाएर गएको काठ,बालुवा र ढुङ्गा मात्र नियन्त्रण गरेर निर्यात गर्न सके पनि देशलाई स्वर्णभण्डारमा रूपान्तरण गर्न सकिन्थ्यो।जहाँ दूध–दही, फलफूल र जडीबुटी संसारका रोगीलाई जीवनदायिनी अमृत दिन सक्थे। जहाँ हिमाल, पहाड र तराईको पर्यटन विश्वकै भण्डार खोल्ने खानी बन्न सक्थे। तर अफसोस! यति सम्पदाको स्वामी भएर पनि हामी भिखारी झैँ बनिरहेका छौँ।नेतृत्वको असक्षमता, भ्रष्टाचारको जाल र स्वार्थको अन्धकारले देशलाई समृद्ध बन्न दिएन। ह...
समुन्नत राष्ट्र निर्माणमा सघाउन आग्रह : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

समुन्नत राष्ट्र निर्माणमा सघाउन आग्रह : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विविधताले भरिपूर्ण नेपाली समाजमा सबै जाति तथा समुदायका संस्कृतिको संरक्षणबाट एकापसमा सहयोग, सद्भाव र सामाजिक एकता अभिवृद्धि हुने बताएका छन् । बडा दसैँका अवसरमा आज जारी गरिएको शुभकामना सन्देशमा उनले स्वदेश तथा तथा विदेशमा रहेका सम्पूर्ण नेपाली शुभकामना व्यक्त गर्दै समुन्नत नेपाल निर्माणका निम्ति सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिए । साथै अध्यक्ष नेपालले जनचाहनाअनुरूप स्थापित लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको रक्षा गर्दै तोकिएको मितिमा निर्वाध निर्वाचन गराउने वातावरण तयार गर्न समाजका सबै  पक्षसँग आग्रह गरेका छन् ।...
नजी आन्दोलनपछि भएको हिंसात्मक गतिविधि नेपालको इतिहासमा अकल्पनीय र दु:खद घटना :सभापति देउवा
राजनीति, विचार, समाचार

नजी आन्दोलनपछि भएको हिंसात्मक गतिविधि नेपालको इतिहासमा अकल्पनीय र दु:खद घटना :सभापति देउवा

नेपालअखबार,काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनपछि भएको हिंसात्मक गतिविधि नेपालको इतिहासमा अकल्पनीय र दु:खद घटना भएको बताएका छन्। सोमबार दसैंको शुभकामना दिँदै उनले भदौ २४ गतेको घटना अकल्पनीय र दु:खद भएको बताएका हुन्। ‘भदौ २४ गतेको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न आपराधिक समूहद्वारा राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालयहरू लगायत अन्य सरकारी कार्यालय, व्यवसायिक प्रतिष्ठान, राजनीतिक दलका नेताहरूको निजी घर डेरा र सर्वसाधारण व्यक्तिका निजी सम्पत्तिसँगै नेपालको उन्नति र प्रगतिसँग जोडिएका सबै निजी तथा सार्वजनिक संरचनाहरूको तोडफोड, आगजनी र लुटपाटवाट खर्बौंको क्षति भएको छ। नेपालको इतिहासमा यो अत्यन्त अल्कपनीय र दुखद घटनाको रूपमा रहेको छ,’ उनले लेखेका छन्। उनले भदौ २३ र २४ गते जेनजी पुस्ताले आह्वान गरेको आन्दो...
विशेष महाधिवेशनले पार्टीलाई झन् कमजोर बनाउँछ : प्रवक्ता महत
राजनीति, विचार, समाचार

विशेष महाधिवेशनले पार्टीलाई झन् कमजोर बनाउँछ : प्रवक्ता महत

नेपालअखबार,काठमाडौँ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले विशेष महाधिवेशनले पार्टीलाई झन् कमजोर बनाउने भएकाले तत्कालै उक्त अभियानलाई रोक्नुपर्ने बताएका छन्। उनले पार्टीभित्र बढ्दो असन्तुष्टि र गुटगत गतिविधि भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै अब बस्ने केन्द्रीय कार्यसमिति बैठकले यस्ता समस्याहरूको निदान खोज्ने बताए। काठमाडौँ उपत्यकाभित्रका केन्द्रीय सदस्यहरूको भेला बोलाएका उनले सभापति शेरबहादुर देउवाले स्वास्थ्य लाभ गरेपछि अब यथासक्य चाँडो केन्द्रीय समिति बैठक बोलाउने तयारी रहेको बताए। उनले यसअघि नेपाल विद्यार्थी संघका पूर्व पदाधिकारी, कांग्रेस निकट बुद्धिजीवी र विभिन्न तहका नेताहरुसँग पनि छलफल गरेका थिए। महामन्त्री गगनकुमार थापा र अर्को महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएपछि सभापति देउवा पक्षका नेताहरू प्रतिरक्षामा खटिएका छन्। भेलामा महतले...