फेसबुक लाइभमा शिवसेना नेताको गोली हानेर हत्या
नेपालअखबार, काठमाडौं । भारतको मुम्बईमा शिवसेनाका नेता एवम् पूर्वपार्षद अभिषेक घोषालकरको गोली हानेर हत्या भएको छ ।
फेसबुक भिडियो लाइभमा कुराकानी गरिरहेका बेला उनीमाथि उनकै साथी मोरिसले गोली चलाएका थिए । अभिषेकलाई गोली हानेपछि मोरिसले पनि आफैंलाई गोली हानेर आत्महत्या गरेको भारतीय मिडियाहरुले जनाएका छन् । अभिषेकमाथि गोली लागेको भिडियो सामाजिक सन्जालमा भाइरल छ ।
भारतीय मिडियाहरुका अनुसार अभिषेक र मोरिस साथी–साथी हुन् । उनीहरुबीच केही दिन अघि विवाद भएको थियो । हत्याको कारण आपसी विवाद नै हुनसक्ने अनुमान गरिएको छ ।
सामाजिक सन्जालमा भाइरल भइरहेको एक भिडियोमा अभिषेक र रातो टिसर्ट लगाएका मोरिस एउटा कोठाभित्र सँगै देखिन्छन् । उनीहरु हाँसीखुसी भिडियो च्याट गरिरहेको देखिन्छ । केहीबेरमा अभिषेक उठ्न खोज्दा उनीमाथि गोली चल्छ । अभिषेक कराउँदै लडखडाएको देखिन्छ । तर गोली चलाउने व्यक्ति भने भिडियोम...










