Tuesday, October 13

विदेश

रश्मोरसंग भगिनी सम्बन्ध जोड्न लण्डन पुगे गोरखाका मेयर
पर्यटन, विदेश, समाचार, हाइलाइट-समाचार

रश्मोरसंग भगिनी सम्बन्ध जोड्न लण्डन पुगे गोरखाका मेयर

गोरखा । रश्मोर बरो काउन्सिलसंग भगिनी सम्बन्ध जोड्न गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त सहितको टोली बेलायत पुगेको छ । भगिनी सम्बन्ध स्थापनाका लागि बिहिबार एक औपचारिक कार्यक्रमका बिच बेलायतको रश्मोर काउन्सिल र गोरखा नगरपालिकाबिच हस्ताक्षर हुने कार्यक्रम छ । सोही कार्यक्रममा सहभागी हुन नगरप्रमुख पन्त सहित प्रमुख प्रशासकिय अधिकृत कृष्णकुमारी श्रेष्ठ र नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष बुधबार बिहान बेलायत पुगेका हुन् । उनिहरुलाई लण्डन स्थित विमानस्थलमा बेलायतका लागि नेपाली दुतावासका कर्मचारी तेजेन्द्र रेग्मी, रश्मोर नेपाली कम्युनिटीका निवर्तमान अध्यक्ष जीव बेल्वासे, रश्मोर काउन्सिलका डेमोक्रेशी स्ट्राटेजी मेनेजमेन्ट विभागका प्रमुख एन्ड्रयु कोल्भर लगायतले स्वागत गरेका थिए । रश्मोरसंगको भगिनी सम्बन्ध स्थापना कार्यक्रममा भ्रमण बर्ष २०२० तथा गोरखा जाऔं अभियानको जानकारी दिने साथै भ्रमण...
गोरखा ५ ठूलोरिपका अर्जुनको कस्मिर भिडन्तमा मृत्यु
प्रदेश ४, विदेश, समाज, हाइलाइट-समाचार

गोरखा ५ ठूलोरिपका अर्जुनको कस्मिर भिडन्तमा मृत्यु

मोहसिन अलि मियाँ गोरखा । कास्मिरको लाइन अफ कन्ट्रोल (एलओसी) मा भारत र पाकिस्तानबीच गोली हानाहान हुदा मृत्यु हुने नेपाली गोरखाका रहेको पुष्टी भएको छ । मृत्यु हुनेमा भारतीय सेनामा कार्यरत गोरखा नगरपालिका ५ ठूलोरिपका २६ वर्षीय अर्जुन थापामगर रहेको बताइएको छ । थापा ५ बर्ष अघि भारतिय सेनामा भर्ती भएका थिए । बुधबार भारितय सेनाले परिवारलाई अर्जुन मृत्युको बारेमा खबर गरेका थिए । सो लगत्तै बुधबार नै परिवार एवं आफन्त उनको शव लिन काकडभित्ता गएको उनका नातेदार सुजित थापा मगरले सिभिलखबरलाई जानकारी दिए । भारतिय सेनाको टोलीले काकडभित्तासम्म उनको शव ल्याइदिने र परिवारको जिम्मा लगाउने खबर आएको थापा मगरले बताए । २ बर्षअघि आमा गुमाएका अर्जुनले ६ महिना अघि मात्रै विहे गरेका थिए । बिहे गरेर उनि पहिलो छुट्टी गएको नातेदार थापा मगरले बताए । उनले गोरखा नगरपालिका ९ लक्ष्मीबजारको द्रब्यशाह बहुमुखी क्याम...
कास्मिरमा भिडन्त : गोरखाका अर्जुन थापामगरकाे ज्यान गयाे
प्रदेश ४, विदेश, हाइलाइट-समाचार

कास्मिरमा भिडन्त : गोरखाका अर्जुन थापामगरकाे ज्यान गयाे

कास्मिरको लाइन अफ कन्ट्रोल (एलओसी)मा भारत र पाकिस्तानबीच गोली हानाहान हुदा एक नेपालीकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा भारतीय सेनामा कार्यरत गोरखाका २५ वर्षीय अर्जुन थापामगर रहेकाे भारतिय सञ्चार माध्यमहरुले जनाएका छन । तर मृतक थापा मगरकाे घर गाेरखाकाे कुन स्थान हाे भन्ने हालसम्म खुलेकाे छैन । बुधबार जम्मु र कास्मिरको राजोउरी जिल्लामा गोलीबारी भएपछि दुई सैनिकको मृत्यु भएको थियो ।...
मृत्युदण्डको फैसला ‘प्रतिशोध’का आधारमा गरियोः मुशर्रफ
विदेश

मृत्युदण्डको फैसला ‘प्रतिशोध’का आधारमा गरियोः मुशर्रफ

पाकिस्तानका पूर्व राष्ट्रपति तथा सैनिक शासक परवेज मुशर्रफले आफूविरुद्ध गरिएको मृत्युदण्डको फैसलालाई ‘प्रतिशोध’का आधारमा गरिएको फैसलाको संज्ञा दिएका छन्। उपचारका लागि भन्दै लामो समयदेखि दुवईमा स्वैच्छीक निर्वासनमा रहेका मुशर्रफका सहयोगीहरुले बुधबार राती अबेर सार्वजनिक गरिदिएको भिडियो सन्देशमा उनले अदालतको फैसला प्रतिशोधको आधारमा गरिएको टिप्पणी गरेका छन्। पाकिस्तानको एउटा विषेश अदालतले गत मङ्गलबार मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला गरेको थियो। पाकिस्तानी इतिहासमा पहिलो पटक पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको फैसला गरिएको हो। भिडियो सन्देशमार्फत् पूर्वराष्ट्रपति मुशर्रफले भनेका छन्, “मेराविरुद्धमा नियोजित रुपमा यस्तो फैसला गर्न लगाइएको छ, यसमा व्यक्तिगत प्रतिशोध देखिन्छ।” उक्त भिडियो अस्पतालको शैयाबाट नै सार्वजजिक गरिएको थियो। उनलाई बोल्न पनि निकै गाह्रो भइरहेको देखिएको थिय...
सीले यसरी ब्युँत्याए माओको हिमालपार रेलमार्ग-सपना
अर्थ, विदेश

सीले यसरी ब्युँत्याए माओको हिमालपार रेलमार्ग-सपना

सन् १९७३ मा माओ त्सेतुङ र राजा वीरेन्द्रबीच भेट हुँदा चीन र नेपाललाई रेलले जोड्ने अवधारणामा पहिलो पटक छलफल भएको थियो। त्यसयता यो विचारले सिमानाको दुवैतर्फका मानिसलाई मोहित तुल्याउँदै आएको छ। त्यसपछिका दशकमा नेपालमा कयौँ घटना भए। वीरेन्द्रको वंशनाश भयो, दशक लामो माओवादी गृहयुद्ध चल्यो, ९ हजारको ज्यान जानेगरी भूकम्प आयो, जसले काठमाडौँका ऐतिहासिक स्मारकहरु ध्वस्त बनायो र अर्थतन्त्र कमजोर बनाउनेगरी भारतले पाँच महिना लामो नाकाबन्दी लगायो। तैपनि चीन–नेपाल रेलमार्ग निर्माणको सपना मरेको छैन। ४५ वर्षपछि आएर थुप्रैले असम्भव भन्दै आएको यो परियोजना निर्माणको ग्रहदशा अन्ततः मिलेजस्तो देखिन्छ। किनभने चीन बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मा लगानीका लागि नयाँ ठाउँको खोजीमा छ भने नेपाल आफ्नो मुलुकमा भारतीय प्रभावलाई कम गर्न प्रतिरोधी शक्तिको खोजीमा छ। अक्टोबरमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका...