नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन
नेपालअखबार, क्यानबेरा । अस्ट्रेलियाको राजधानी क्यानबेरामा बिहीबार विद्यार्थीहरूले पाउलिन ह्यान्सन नेतृत्वको वन नेसन पार्टीविरुद्ध प्रदर्शन गरेका छन्।
गारेमा प्लेसमा दिउँसो १ बजेदेखि ३ बजेसम्म स्टुडेन्ट्स से नो टु ह्यान्सन नाममा प्रदर्शन आयोजना गरिएको थियो। यसको आयोजना हाई स्कुल एन्टी–क्यापिटलिस्ट्सले गरेको थियो।
सेप्टेम्बर १७ मा आयोजना गरिएको यो प्रदर्शन अगस्ट १३ मा भएको विद्यार्थी आन्दोलनको दोस्रो चरण हो। अगस्टमा सिड्नी, मेलबर्न र ब्रिसबेनसहितका सहरमा उच्च माध्यमिक तथा विश्वविद्यालयका विद्यार्थी कक्षा छाडेर वन नेसन र ह्यान्सनको राजनीतिविरुद्ध सडकमा आएका थिए। त्यस प्रदर्शनमा प्रत्येक प्रमुख सहरमा सयौँ विद्यार्थी सहभागी भएको एबीसीले जनाएको थियो।
यसपटक पनि सिड्नी, मेलबर्न, ब्रिसबेन, एडिलेड, डार्विन र होबार्टलगायतका सहरमा विद्यार्थी प्रदर्शन भएका छन्। एएपीको रिपोर्टअनुसार सिड्नीमा एक...










