इरानको अडान : न युद्धबाट पछि हट्छौं न वार्ताबाट; धम्कीसामु झुक्दैनौं
नेपालअखबार,काठमाडौं । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आफ्नो देशको सबैभन्दा ठूलो प्राथमिकता राष्ट्रिय सुरक्षा र नागरिकको शान्ति रहेको बताएका छन्।
सामाजिक सञ्जालमा जारी एक विज्ञप्तिमा उनले इरानले आफ्नो अधिकारको दृढतापूर्वक रक्षा गर्ने र कुनै पनि धम्कीसामु पछि नहट्ने स्पष्ट पारेका छन्।
राष्ट्रपति पेजेस्कियानले देशको शक्ति रक्षामा मात्र नभई वार्तामा पनि रहेको बताए। उनका अनुसार इरानले न त आफ्नो रक्षाको तयारी छाडेको छ न त वार्ताको बाटो बन्द गरेको छ।
यसअघि इरानले चेतावनी दिँदै इजरायलले आफ्नो कारबाही जारी राख्यो वा दक्षिणी लेबनानमा फेरि हमला गर्यो भने उसलाई पहिलेभन्दा अझ कडा जवाफ दिइनेछ।
रिपोर्टहरूका अनुसार ट्रम्पले नेतन्याहुलाई इरानमाथि जवाफी हमला नगर्न भनेका थिए। अमेरिकी र इजरायली अडानमा मतभेद रहेको चर्चा चुलिएको छ। यद्यपि, ट्रम्पले इरानसँग हुने कुनै पनि सम्झौता नेतन्याहुले मान...









