अमेरिकाले इरानमा मिसाइल हान्यो, इरानले मध्यपूर्वका अमेरिकी सैन्य अड्डामा
नेपालअखबार, काठमाडौँ । अमेरिका र इरानबीच फेरि हानाहान भएको छ।
अमेरिकाले इरानी सैन्य लक्ष्यमा मिसाइल प्रहार गरेपछि इरानले मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अड्डामा लक्ष्य गरेर हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
स्ट्रेट अफ हर्मुजमा व्यावसायिक जहाजमाथि आक्रमण गरेको आरोप लगाउँदै अमेरिकाले बुधबार बिहान इरानका विभिन्न स्थानमा हवाई हमला गरेको थियो।
त्यसको जवाफमा इरानले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल प्रहार गरेको जनाएको छ।
अमेरिकी समाचार संस्था एपीका अनुसार दुई पक्षले अन्तिम शान्ति सम्झौताका लागि छलफल गर्ने तयारी भइरहँदा फेरि हानाहान हुनुले युद्धविराम धरापमा परेको आकलन गरेको छ।
इरानका दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि सम्पन्न भएपछि हर्मुज जलडमरूमध्य पूर्ण रूपमा खुलाउने र इरानको आणविक कार्यक्रमबारे अन्त...










