एकै दिन एक लाख ३९ हजारमा कोरोना संक्रमण (विश्वको पछिल्लो अपडेटसहित)
नेपाल अखबार, एजेन्सिस। गएको २४ घण्टामा विश्वभर एक लाख ३९ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
वल्डओमिटरका अनुसार गएको २४ घण्टामा एक लाख ३९ हजार पाँच सय १६ जनामा संक्रमण पुष्टि भएको छ। यस बीचमा संक्रमणबाट चार हजार पाँच सय ८९ जनाले ज्यान गुमाएका छन्।
गएको २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा साढे २६ हजार भन्दा धेरै, ब्राजिलमा २४ हजार भन्दा धेरै, भारतमा ११ हजार भन्दा धेरै, रुसमा झण्डै नौ हजार, पेरुमा झण्डै ६ हजार, चिलीमा साढे ६ हजार भन्दा धेरै, पाकिस्तानमा ६ हजार भन्दा धेरै, मेक्सिकोमा साढे चार हजार भन्दा धेरै, साउदी अरेबियामा झण्डै चार हजार, इरानमा दुई हजार भन्दा धेरैमा संक्रमण देखिएको छ।
विश्वभर संक्रमितको संख्या ७७ लाख २४ हजार ६ सय १५ पुगेको छ। संक्रमणको कारण अहिलेसम्म विश्वभर चार लाख २७ हजार ६ सय ७५ जनाले ज्यान गुमाइसकेका छन्। यो शनिबार बिहान पौने ६ बजेसम्मको तथ्यांक हो।
श...
