भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार नाघ्यो
नेपाल अखबार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको कारण १४ हजार ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३१२ जनाको मृत्यु भएको छ ।
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि चार लाख ४० हजार नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार लाख ४० हजार २१५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका १४ हजार ९९३ नयाँ संक्रमित थपिएका हुन् ।
भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा एक लाख ३५ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने ६ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । दोस्रो स्थानमा रहेको दिल्लीमा ६२ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने दुई हजार २३३ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा पनि ६२ हजारभन...
