अमेरिका र इरानबिच पुनः तनाव बढ्दा कच्चा तेलको मूल्य बढ्यो
नेपालअखबार,काठमाडौँ । अमेरिका र इरानबिच भएको आक्रमण र प्रत्याक्रमणका कारण तेल बजारमा फेरि अस्थिरता देखिएको छ। पश्चिम एसियामा बढेको तनावले दुई देशबिच भएको अन्तरिम शान्ति सम्झौताको कमजोरीलाई उजागर गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको हो।
यो तनावका कारण स्ट्रेट अफ होर्मुज भएर हुने इन्धन ढुवानी पुनः सुस्त भएको छ। सोमबारको कारोबारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ५८ सेन्ट अर्थात् ०.८ प्रतिशतले बढेर ७२.५७ डलर पुगेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्युटीआई) क्रुडको मूल्य प्रतिब्यारेल ८८ सेन्ट अर्थात् १.३ प्रतिशतले बढेर ७०.११ डलर पुगेको छ।
आईएनजीका विश्लेषकहरूका अनुसार तेल बजारमा अझै पनि धेरै जोखिमहरू कायमै छन्। गत फेब्रुअरीको अन्त्यमा इरानमाथि सुरु भएको अमेरिका–इजरायल युद्धपछि गत हप्ता सो क्षेत्रबाट तेल ढुवानी उच्च विन्दुमा पुगेको थियो, जसका कारण ब्रेन्ट क...







