Thursday, June 25

विश्व

अमेरिकी संसदमा जन्मजातको आधारमा मात्रै सत्ता सम्हाल्न पाउने कानुन पेस
राजनीति, विश्व, समाचार

अमेरिकी संसदमा जन्मजातको आधारमा मात्रै सत्ता सम्हाल्न पाउने कानुन पेस

नेपालअखबार,वासिङ्टन डीसी । अमेरिकी संसदमा जन्मजात अमेरिकी भएकाले मात्रै सरकारका ठुला पदमा बस्न पाउने प्रस्ताव ल्याइएको छ । प्राकृतिक रूपमा अमेरिकी नागरिकता पाएका व्यक्तिलाई सत्तामा रोक्ने यस कानुनलाई लिएर बहस सुरु भएको छ । रिपब्लिकन सांसद नेन्सी मेसले संवैधानिक संशोधनको प्रस्ताव पेस गरेकी छिन् । यसमा प्राकृतिक रूपमा अमेरिकी नागरिक बनेकाहरूलाई अमेरिकी कांग्रेस तथा सङ्घीय सरकारका उच्च पदमा बस्न रोक लगाउन माग गरिएको छ । दक्षिण क्यारोलिनाबाट निर्वाचित सांसद मेसले बुधबार आफ्नो प्रस्ताव सार्वजनिक गर्दै केही डेमोक्रेट सांसदहरूलाई प्रत्यक्ष रूपमा लक्षित गरेकी थिइन् । उनले विशेष रूपमा इल्हान उमर, प्रमिला जयपाल र श्री थानेदारको नाम उल्लेख गर्दै उनीहरू जन्मँदै अमेरिकी नागरिक नभएको र अहिले अमेरिकी कांग्रेसमा बसेर कानुन बनाइरहेको टिप्पणी गरेकी थिइन् । उनीहरूमाथि मेसले अमेरिकाभन्दा अन्य देशप्रति ब...
मस्क विश्वकै पहिलो ‘ट्रिलियनियर’ बन्ने बाटोमा
Business, कर्पोरेट, विश्व, समाचार

मस्क विश्वकै पहिलो ‘ट्रिलियनियर’ बन्ने बाटोमा

नेपालअखबार,न्युयोर्क । एलन मस्कको स्पेसएक्स कम्पनीले अमेरिकी सेयर बजारमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ। यससँगै अब सर्वसाधारणले पनि सेयर बजारमा यस कम्पनीको सेयर खरिद–बिक्री गर्न पाउने भएका छन्। स्पेसएक्सले रकेट निर्माण गर्नुका साथै स्टारलिंक नामक भूउपग्रह इन्टरनेट सेवा प्रवाह गर्छ र मस्कको विवादित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी एक्सएआई पनि यसैको मातहतमा रहेको छ। अमेरिकी सेयर बजारको इतिहासमै सबैभन्दा ठुलो मानिएको यो आईपीओ आगामी महिनादेखि ‘एसपीसीएक्स’ संकेत चिन्न अन्तर्गत कारोबारमा आउन सक्नेछ। स्पेसएक्समा रहेको आफ्नो स्वामित्वका कारण यो आईपीओले विश्वकै सबैभन्दा धनी व्यक्ति मस्कलाई पहिलो ट्रिलियनियर बनाउन सक्नेछ। स्पेसएक्सले आफ्नो मूल्यांकन १.२५ ट्रिलियन डलर गरेको छ र कम्पनीमा बहुमत स्वामित्व रहेकाले मस्कको हिस्सा मात्रै ६०० अर्ब डलरभन्दा बढीको हुनेछ। ...
इरान युद्धमा अमेरिकाका ४२ वटा एयरक्राफ्ट र ड्रोन ध्वस्त, साढे ४ खर्ब खर्च
विश्व, समाचार

इरान युद्धमा अमेरिकाका ४२ वटा एयरक्राफ्ट र ड्रोन ध्वस्त, साढे ४ खर्ब खर्च

नेपालअखबार,काठमाडौं । इरानविरुद्ध सञ्चालित ‘अपरेसन एपिक फ्युरी’ मा अमेरिकाले ठूलो हवाई क्षति बेहोरेको छ । अमेरिकी कङ्ग्रेसको रिपोर्टअनुसार यस युद्धमा अमेरिकी सेनाका ४२ वटा एयरक्राफ्ट र ड्रोन ध्वस्त वा गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् । अमेरिकी रक्षा मन्त्रालयले यसअघि नै युद्धमा कुल साढे ४ खर्ब खर्च भइसकेको जनाएको छ । कस्तो-कस्तो विमानमा भयो क्षति ? नष्ट भएका विमानहरूमध्ये ६ वटा फाइटर र अट्याक जेट रहेका छन् । जसमा एक एफ-३५, चार एफ-१५ई स्ट्राइक इगल र एक ए-१० थन्डरबोल्ट-२ समावेश छन् । अप्रिलको सुरुवातमै इरानले अमेरिकाको एउटा एफ-१५ई जेट खसालेको थियो । सबैभन्दा बढी क्षति ड्रोनतर्फ भएको छ । कुल २५ वटा ड्रोन ध्वस्त भएका छन्, जसमा २४ वटा एमक्यु-९ रिपर र एउटा एमक्यु-४सी ट्राइटन छन् । यसबाहेक अन्य ११ वटा विमान पनि पूर्ण रूपमा नष्ट वा क्षतिग्रस्त भएका छन् । इरानमा सत्तापलटको योजना न्...
तेल बोकेका चिनियाँ जहाज हर्मुज पार गरेपछि बढ्यो अमेरिका-इरान युद्ध अन्त्य हुने आशा
कर्पोरेट, विश्व, समाचार

तेल बोकेका चिनियाँ जहाज हर्मुज पार गरेपछि बढ्यो अमेरिका-इरान युद्ध अन्त्य हुने आशा

नेपालअखबार,काठमाडौं । तेलले भरिएका दुई वटा चिनियाँ पानीजहाज बुधबार स्ट्रेट अफ हर्मुजबाट निस्किएपछि अमेरिका-इरान युद्ध चाँडै अन्त्य हुन सक्ने आशा पलाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार युद्ध 'धेरै चाँडै' समाप्त हुने बताएका थिए भने उपराष्ट्रपति जेडी भान्सले सम्झौताका लागि इरानसँग भइरहेको वार्तामा प्रगति भइरहेको जनाएका थिए। यस्तो बेलामा इराकी तेल बोकेका दुई चिनियाँ पानीजहाज हर्मुजबाट बाहिरिएपछि युद्ध अन्त्य हुने आशा बढेको रोयटर्सले जनाएको छ। यस्तो सकारात्मक संकेतका कारण कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्यमा ह्वात्तै गिरावट आएको छ। यसअघि ट्रम्पले वार्तालाई अर्को मौका दिनका लागि मंगलबारदेखि इरानमाथि आक्रमण गर्न बनाएको योजना रोकेको बताएका थिए। अमेरिकी अनलाइन एक्सियससँग आइतबार टेलिफोन कुराकानी गर्दै समय घर्किँदै गइरहेको र इरानले सम्झौताका लागि अझ राम्रो प्रस्ताव लिएर नआए ...
इरानबाट साउदीलाई जोगाउन पाकिस्तानले पठायो लडाकु विमानको स्क्वाड्रन र हजारौं सैनिक
विश्व, समाचार

इरानबाट साउदीलाई जोगाउन पाकिस्तानले पठायो लडाकु विमानको स्क्वाड्रन र हजारौं सैनिक

नेपालअखबार,काठमाडौँ । इरानको आक्रमणबाट साउदी अरेबियालाई जोगाउन पाकिस्तानले आठ हजार सैनिक, लडाकु विमानको एक टोली (स्क्वाड्रन) र हवाइ रक्षा प्रणाली पठाएको छ। अमेरिका-इरान युद्ध अन्त्य गर्न मुख्य मध्यस्थकर्ताको भूमिका खेलिरहेका बेला पनि साउदी सँग आपसी रक्षा सम्झौता गरेको पाकिस्तानले सैन्य सहयोगलाई तीव्रता दिएको छ। साउदीमाथि थप आक्रमण भएमा त्यहाँको सेनालाई सहयोग गर्नु एक ठूलो र युद्ध-सक्षम सैन्य बल पठाएको भनेर तीन सुरक्षा अधिकारी र दुई सरकारी स्रोतहरूको हवाला दिंदै समाचार संस्था रोएटर्सले जनाएको छ। पाकिस्तानले अप्रिलको सुरुमा चीनसँग मिलेर संयुक्त रूपमा निर्माण गरिएका मुख्यतया जेएफ-१७ लडाकु विमानहरू सहितको करिब १६ वटा विमानको पूर्ण स्क्वाड्रन साउदीमा तैनाथ गरेको छ। पाकिस्तानले ड्रोनका दुईवटा स्क्वाड्रन पनि पठाएको छ। यस तैनाथीमा करिब आठ हजार सैनिक समावेश छन् र आवश्यक परेमा थप सैनिक पठाउने ...
पुटिन भोलि बेइजिङ जाँदै
विश्व, समाचार

पुटिन भोलि बेइजिङ जाँदै

नेपालअखबार,काठमाडौँ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण भएको एक साता नबित्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि चीन जाँदै छन्। पुटिनले चीन भ्रमणका लागि मंगलबार बेइजिङ जाने तय भएको छ। भ्रमणअघि चीन र रूसबीच रणनीतिक साझेदारीको ३० औं वर्षगाँठ मनाइँदै गर्दा दुई देशबीचको सहकार्य निरन्तर गहिरो र सुदृढ भएको चिनियाँ राष्ट्रपति सी चिनफिङले बताएका छन्। ट्रम्पको भ्रमणको तुरून्तै पछि पुटिनको भ्रमणले विश्व कूटनीतिको केन्द्रविन्दुमा रहेको देखाएको चीनले दाबी गरेको छ। 'यस प्रकारका लगातार भइरहेका भ्रमणहरूले व्यापक ध्यान आकर्षित गरेका छन्। विश्लेषकहरूका अनुसार शीतयुद्धपछिको युगमा कुनै एउटा देशले एकै हप्ताभित्र अमेरिका र रूसका नेताहरूलाई पालैपालो स्वागत गर्नु अत्यन्तै दुर्लभ घटना हो,' चिनियाँ कम्युनिष्ट पार्टीको अंग्रेजी मुखपत्र ग्लोबल टाइम्सले सोमबार उल्लेख गरेको छ। रूससँग चीनको ...
यूएईमा आणविक प्लान्टमा ड्रोन हमला, साउदीले पनि खसाल्यो ३ वटा ड्रोन
विश्व, समाचार

यूएईमा आणविक प्लान्टमा ड्रोन हमला, साउदीले पनि खसाल्यो ३ वटा ड्रोन

नेपालअखबार,काठमाडौँ । इरानसँगको युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास ठप्प भइरहेका बेला संयुक्त अरब इमिरेट्स (यूएई) र साउदी अरेबियामा ड्रोन आक्रमणका घटना सार्वजनिक भएका छन्। यूएईले आफ्नो आणविक ऊर्जा केन्द्रमा ड्रोन प्रहार हुँदा आगलागी भएको जनाएको छ भने साउदी अरबले तीनवटा ड्रोन प्रतिरक्षा प्रणालीले खसालेको बताएको छ। आक्रमण कहाँबाट भएको भन्ने चाहिँ खुलिनसकेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लखेको छ। यूएईका अधिकारीहरूका अनुसार आबुधाबीको अल धफ्रा क्षेत्रको बराकाह आणविक पावर प्लान्टमा हमला भएको हो। पावर प्लान्टको जेनेरेटरमा प्रहार हुँदा आगलागी भएको बताइएको छ। घटनामा मानवीय क्षति नभएको यूएईले जनाएको छ। तर साउदी अरेबियाको कुन ठाउँमा ड्रोन हमला भएको र कहाँ खसालिएको भन्ने विवरण आधिकारिक रूपमा खुलाएको छैन। आइतबार आणविक विद्युत् केन्द्रमा भएको आक्रमणको स्रोतबारे अनुसन्धान भ...
हवाई प्रदर्शन क्रममा आकाशमै ठोक्किए अमेरिकी सेनाको दुई जहाज
विश्व, समाचार

हवाई प्रदर्शन क्रममा आकाशमै ठोक्किए अमेरिकी सेनाको दुई जहाज

नेपालअखबार,काठमाडौँ । अमेरिकाको आइडाहो राज्यमा आयोजित एक एयर शोका क्रममा अमेरिकी नौसेनाका दुई सैन्य विमान आकाशमै ठोक्किएको छ। आइतबार पश्चिमी आइडाहोस्थित माउन्टेन होम एयर फोर्स बेसमा नौसेनाको इलेक्ट्रोनिक अट्याक स्क्वाड्रन–१२९ का दुई वटा ईए–१८जी ग्राउलर विमान हवाई प्रदर्शन गरिरहेका बेला एकआपसमा ठोक्किएका हुन्। विमानमा सवार सबै चार चालकदलका सदस्य सुरक्षित रूपमा बाहिर निस्कन सफल भएको अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेस (एपी)ले जनाएको छ। अमेरिकी प्रशान्त बेडाअन्तर्गत नौसैनिक हवाई फौजकी प्रवक्ता कमान्डर अमेलिया उमायामले दुर्घटनापछि सबै चालकदल सदस्यले प्यारासुटमार्फत सुरक्षित रूपमा विमानबाट बाहिर निस्किएको जानकारी दिइन्। उनीहरूको अवस्था स्थिर रहेको र अन्य कोही घाइते नभएको जनाइएको छ। दुर्घटनापछि एयर फोर्स बेस तत्काल बन्द गरिएको थियो भने बाँकी एयर शो रद्द गरिएको आयोजकहरूले बताएका ...
कंगोमा इबोला फैलिएपछि विश्व स्वास्थ्य संगठनले गर्‍यो अन्तर्राष्ट्रिय संकटकाल घोषणा
विश्व, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

कंगोमा इबोला फैलिएपछि विश्व स्वास्थ्य संगठनले गर्‍यो अन्तर्राष्ट्रिय संकटकाल घोषणा

नेपालअखबार,काठमाडौँ । विश्व स्वास्थ्य संगठनले कंगो र युगान्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। कुनै स्वीकृत खोप वा उपचार नभएको एक दुर्लभ प्रजाति पहिचान गरिएको भन्दै संगठनले सो भाइरस व्यापक रूपमा फैलिरहेको हुन सक्ने चेतावनी दिएको छ। बुन्दिबुग्यो इबोला भाइरसका कारण फैलिएको यो प्रकोपले अन्तर्राष्ट्रिय स्वास्थ्य नियमहरू अन्तर्गत उच्च सतर्कताको तह पार गरेको संगठनले आइतबार जनाएको छ। सीमापार संक्रमण, कारण खुल्न नसकेका सामूहिक मृत्युका घटनाहरू र महामारीको आकारबारे व्याप्त ठूलो अनिश्चितताका कारण यो कदम चालिएको हो। यो घोषणा युगान्डाको राजधानी काम्पाला र कंगोको करिब २ करोड जनसंख्या भएको विशाल राजधानी किन्शासामा इबोलाका संक्रमितहरू पुष्टि भएपछि गरिएको हो। यसले भाइरस सुरुमा पहिचान गरिएको दुर्गम खानी क्षेत्रभन्दा बाहिर फैलिसकेको पुष्टि...
अमेरिका र नाइजेरियाको संयुक्त कारबाहीमा आईएसआईएस वरिष्ठ कमाण्डर मारिए
राजनीति, विश्व, समाचार

अमेरिका र नाइजेरियाको संयुक्त कारबाहीमा आईएसआईएस वरिष्ठ कमाण्डर मारिए

नेपालअखबार,काठमाडौँ ।  अमेरिका र नाइजेरियाली सेनाले संयुक्त सैन्य कारबाहीमा इस्लामिक स्टेट (आईएसआईएस) का वरिष्ठ कमाण्डर अबु–बिलाल अल–मिनुकी मारिएको बताएका छन्। अमेरिकी तथा नाइजेरियाली अधिकारीहरूले यसलाई 'उग्रवादी समूहविरुद्ध महत्वपूर्ण उपलब्धि' बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत मिनुकी विश्वव्यापी आईएसआईएस संरचनाको दोस्रो कमाण्डर रहेको दाबी गर्दै आफ्नो निर्देशनमा नाइजेरियासँग मिलेर सूक्ष्म योजना बनाइएको सैन्य अपरेसन सञ्चालन गरिएको बताएका छन्। ट्रम्पले मिनुकीको मृत्युले आईएसआईएसको विश्वव्यापी सञ्चालन क्षमतामा ठूलो असर परेको दाबी गरेका छन्। नाइजेरियाका राष्ट्रपति बोला अहमद तिनुबाले शनिबार एक्समार्फत उक्त कारबाहीको पुष्टि गर्दै यसले इस्लामिक स्टेटको संरचनामा ठूलो धक्का पुगेको बताएका छन्। प्रारम्भिक मूल्यांकन अनुसार लेक चाड बेसि...