ट्रम्पले फेरे रक्षा मन्त्रालयको नाम, राखे ‘युद्ध मन्त्रालय’
नेपालअखबार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा मन्त्रालयको नाम फेर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा पत्रकार सम्मेलन गरेर राष्ट्रपति ट्रम्पले रक्षा मन्त्रालयको नाम परिवर्तन गरी ‘युद्ध मन्त्रालय’ राख्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।
कार्यकारी आदेशमा हस्ताक्षरसँगै रक्षा मन्त्रालयको दोस्रो नाम युद्ध मन्त्रालय रहने र रक्षामन्त्री पिट हेगसेथ अब युद्धमन्त्री रहने भएका छन्।
कार्यकारी आदेश तत्काल कार्यान्वयन गरिने ह्वाइट हाउसले जनाएको छ। सोअनुसार रक्षामन्त्री, रक्षा मन्त्रालय र मातहतका अधिकारीलाई आधिकारिक पत्राचार, सार्वजनिक सञ्चार, औपचारिक सन्दर्भ र कार्यकारी शाखा भित्र गैर-वैधानिक कागजातहरूमा ‘युद्ध मन्त्री’, ‘युद्ध मन्त्रालय’, र ‘युद्ध उपमन्त्री’ जस्ता ओहोदा प्रयोग गर्न अधिकार दिन्छ।
पेन्टागनका अधिकारीहरूले रक्षामन्त्री हेगस...










