गाजा सहरमा इजरायली स्थल आक्रमण, प्यालेस्टिनीहरूको पलायन जारी
नेपालअखबार, गाजा । इजरायलले गाजा सहरलाई कब्जा गर्ने उद्देश्यले ठुलो स्थल आक्रमण सुरु गरेपछि हजारौँ प्यालेस्टिनीहरू सहर छोड्न बाध्य भएका छन्।
इजरायली सेनाले गाजा सहरको 'हमासको अन्तिम गढ’ मानिने क्षेत्रमा ३ हजार हमास लडाकुलाई परास्त गर्ने र आफ्ना बन्धकहरूलाई मुक्त गर्ने लक्ष्य राखेको बताएको छ।
रातभरको भारी बमबारीका बिच हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले तीनवटा अलग–अलग आक्रमणमा बाल अस्पताललाई निशाना बनाइएको बताएको छ।
मन्त्रालयका अनुसार यी आक्रमणका कारण अस्पतालका आधा बिरामी र उनीहरूका परिवार भाग्न बाध्य भएका छन्।
इजरायली सेनाले भने यस रिपोर्टको अनुसन्धान गरिरहेको जनाएको छ। यसअघि, इजरायली सेनाले दुई दिनमा गाजा सहरमा १५० भन्दा बढी ’आतङ्कवादी लक्ष्यहरू’ मा आक्रमण गरेको घोषणा गरेको थियो।
कतारद्वारा कडा निन्दा
इजरायलको यस कारबाहीको कतारले कडा निन्दा गरेको छ। कतारको विदेश मन्त...










