Wednesday, September 2

विश्व

आजदेखि गजामा युद्धविराम कार्यान्वयन
राजनीति, विश्व, समाचार

आजदेखि गजामा युद्धविराम कार्यान्वयन

नेपालअखबार,काठमाडौँ ।। इसराइल हमासबीचको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन हुँदैछ। एक सातादेखिको प्रयासपछि शुक्रबार इसराइलले हमासमा युद्धविराम गर्न सहमति गरी मन्त्रिपरिषदबाट अनुमोदन गरेको थियो। समाचार संस्था रोयटर्सका अनुसार आइतबार मध्याह्न हमासले तीन बन्धक छाड्ने छ। बन्धकमुक्त हुने तीनै जना इसराइली महिलाहरू रहने पनि रोयटर्सले जनाएको छ। हमासले तीन बन्धक छाड्दा इसराइली जेलमा रहेका ९० जना कैदी रिहा हुनेछन्। सम्झौतामा एक महिला बन्धक हमासले छाडेबापत इसराइलले ३० कैदी रिहा गर्ने भनिएको छ। हमासले बन्धकमुक्त गरेकाहरूलाई रेड क्रसले इसराइल पुर्‍याउनेछ। सम्झौता कार्यान्वयन गर्नुअघि इसराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले सम्झौता अनुसार  बन्धकहरू नछाडिए वा सम्झौता कार्यान्वयन तलमाथि भए गजामा पुनः आक्रमण गर्ने र त्यसका लागि अमेरिकाले पनि सहमति दिएको बताएका छन्। हमासले ४२ दिनमा ...
ट्रम्पलाई ‘युद्ध’ को जोखिम नमोल्न इरानी राष्ट्रपतिको चेतावनी
राजनीति, विश्व, समाचार

ट्रम्पलाई ‘युद्ध’ को जोखिम नमोल्न इरानी राष्ट्रपतिको चेतावनी

नेपालअखबार,वासिङ्टन । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले इरानले ‘आणविक हतियार’ नचाहेको बताउँदै अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई इरानसँग ‘युद्ध’को जोखिम नमोल्न चेतावनी दिएका छन् । ट्रम्प ह्वाइट हाउस फर्किनुभन्दा एक हप्ता अघि एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा पेजेस्कियानले भने, ‘मलाई आशा छ कि ट्रम्पले यस क्षेत्र र विश्वमा शान्ति कायम गर्नुहुनेछ।’ वासिङ्टनले तेहरानसँग करिब ४५ वर्षदेखि औपचारिक कूटनीतिक सम्बन्ध कायम गरेको छैन र ट्रम्पले हालै आफ्नो चुनावी अभियानका क्रममा अमेरिकी सहयोगी इजरायलले इरानी आणविक केन्द्रहरूमा आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए । इरानको आणविक स्थलमा अमेरिकासमर्थित इजरायली सैन्य आक्रमणको सम्भावनाबारे पेजेस्कियानले भने, ‘हामी कुनै पनि कदमको जवाफ दिनेछौं । ‘हामी युद्ध चाहँदैनौँ अनि युद्धसँग डराउँदैनौँ पनि’।’ इरानका विदेशमन्त्री अब्बास अराघ...
दक्षिण कोरियाका राष्ट्रपति पक्राउ
राजनीति, विश्व, समाचार

दक्षिण कोरियाका राष्ट्रपति पक्राउ

नेपालअखबार, काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । दक्षिण कोरियामा राष्ट्रपति नै पक्राउ परेको यो पहिलोपटक हो । भ्रष्टाचार अनुसन्धान कार्यालय र प्रहरीले संयुक्त रुपमा मार्शल ल (सैनिक कानुन) प्रकरणमा उनीमाथि अनुसन्धान गरिरहेका छन् । यसअघि पनि उनलाई पक्राउ गर्ने प्रयास भए पनि राष्ट्रपति सुरक्षा दलले त्यसलाई असफल पारेको थियो । तर अहिले दोस्रो पटकको प्रयासमा अधिक बल प्रयोग गरी उनलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ । गत ३ डिसेम्बरमा राष्ट्रपति योलले मार्शल ल घोषणा गरेका थिए । उत्तर कोरियाका कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम जरुरी भएको उनको तर्क थियो । तर आफ्नै पार्टीका नेता र विपक्षी दललगायतको विरोधमा उनले आफ्नो निर्णय ६ घण्टामै फिर्ता लिएका थिए । यो घटनापछि १४ डिसेम्बरको दिन उनीविरुद्ध संसदबाट   महाअभियाेग प्रस्ताव पास  भएको थियो । त्यसयता उनी ...
अमेरिका र बेलायतद्वारा रुसी तेल कम्पनीमाथि कडा प्रतिबन्ध
अर्थ, विश्व, समाचार

अमेरिका र बेलायतद्वारा रुसी तेल कम्पनीमाथि कडा प्रतिबन्ध

नेपालअखबार,वासिङ्टन डिसी । अमेरिकाको बाइडेन प्रशासनले रुसमाथि अहिलेसम्मकै सबैभन्दा कडा प्रतिबन्ध लगाएको छ । यी प्रतिबन्धहरू रुसको ऊर्जा राजस्वलाई नोक्सान पुर्‍याउन लगाइएको हो, जसले युक्रेनमा यसको युद्धलाई सहयोग गरिरहेको छ। यसमार्फत व्यापारी र अधिकारीदेखि बीमा कम्पनी र सयौँ तेल ट्याङ्करसम्मका दुई सयभन्दा बढी संस्था र व्यक्तिमाथि प्रतिबन्ध लगाइएको छ । युक्रेनमा रुसले आक्रमण गरेपछि अमेरिकासँगै बेलायतले ऊर्जा कम्पनी गाजप्रोम नेफ्ट र सर्गुटनेफ्तेगजमाथि पहिलो पटक प्रत्यक्ष प्रतिबन्ध लगाइएको हो । बेलायतका विदेश सचिव डेभिड लेमीले भने, ‘रुसी तेल कम्पनीहरूसँग लड्दा रुसको युद्धको कोष खाली हुनेछ र पुटिनबाट खोसिएको हरेक रुबल (रुसी मुद्रा) ले युक्रेनका जनताको जीवन बचाउन मद्दत गर्नेछ।’ अमेरिकी अर्थ मन्त्रालयले शुक्रबार घोषणा गरेका केही प्रतिबन्धलाई कानुन बनाइने बताइएको छ। यदि आगामी ट्रम्प प्रशास...
बितिन् विश्वकै वृद्ध व्यक्ति
विश्व, समाचार, समाज

बितिन् विश्वकै वृद्ध व्यक्ति

नेपालअखबार । विश्वकै सबैभन्दा वृद्ध व्यक्ति जापानकी महिला टोमिको इटोकाको निधन भएको छ। ११६ वर्षको उमेरमा शनिबार उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। जापानको ह्युगो प्रान्तको आशिया सहरको एक नर्सिङ  होममा निधन भएको आशियाका मेयरले विज्ञप्ती जारी गरेर जानकारी दिएका छन्। गत वर्षको सेप्टेम्बरमा उनलाई विश्वकै वृद्ध व्यक्ति भनेर गिनिज वर्ल्ड रेकर्डले घोषणा गरेको थियो। त्यतिबेला संसारकै वृद्ध व्यक्ति स्पेनकी मारिया ब्रानयास मोरेराको अगस्ट २०२४ मा ११७ वर्षको उमेरमा निधन भएपछि इटोका सबैभन्दा वृद्ध घोषित भएकी थिइन्। सन् १९०८ मा जन्मिएर २० वर्षको उमेरमा विवाह गरेकी इटोकाको २ छोरा र दुई छोरी थिए। सन् १९७९ मा उनको श्रीमानको निधन भएको थियो। अहिले उनका एक छोरा, एक छोरी जिवितै रहेको र पाँच जना नातानातिनाहरू रहेको बिबिसीले उल्लेख गरेको छ।...
ट्रम्पलाई दोस्रो कार्यकाल अघि प्रधानन्यायाधीशको गम्भीर चेतावनी
राजनीति, विश्व, समाचार

ट्रम्पलाई दोस्रो कार्यकाल अघि प्रधानन्यायाधीशको गम्भीर चेतावनी

नेपालअखबार,काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले डोनाल्ड ट्रम्पको ह्वाइट हाउसको दोस्रो कार्यकालअघि गम्भीर चेतावनी दिएका छन्। संघीय न्यायपालिकाको गत मंगलबार सार्वजनिक वार्षिक प्रतिवेदनमा प्रधानन्यायाधीशले संयुक्त राज्य अमेरिकाले ‘न्यायिक स्वतन्त्रता’ कायम राख्नुपर्छ भन्दै संघीय न्याय प्रणालीमाथिको खतराबारे उल्लेख गरेका छन्। ‘न्यायिक कार्यको प्रकृतिमा सबैलाई खुसी बनाउने कुरा हुँदैन। अधिकांश मुद्दाहरूमा विजेता र पराजित हुन्छन्,’ रोबर्ट्सले १५ पृष्ठ लामो प्रतिवेदन लेखेका छन् । ‘विधायिकी अधिकार वा अन्य महत्वपूर्ण विषयहरूमा हरेक प्रशासनले कहिलेकाहीँ अदालत प्रणालीसँग पराजय भोगेको हुन्छ’ उनले भनेका छन्,  ‘तर, विगत केही दशकहरूदेखि, अदालतको निर्णय, लोकप्रिय होस् वा नहोस्, पालना गरिएको छ, र राष्ट्रले सन् १९५० र १९६० का दशकहरूमा देखिएका गतिरोधहरूबाट बच्न सफल भएको ...
अमेरिकामा नयाँ वर्ष मनाइरहेको भिडमा ट्रक कुदाएर १५ जनाको हत्या
विश्व, समाचार

अमेरिकामा नयाँ वर्ष मनाइरहेको भिडमा ट्रक कुदाएर १५ जनाको हत्या

नेपालअखबार,काठमाडौं।अमेरिकामा नयाँ वर्ष मनाइरहेको भिडमा ट्रक कुदाएर १५ जनाको हत्या भएको छ। अमेरिकाको लुइसियाना प्रान्तस्थित न्यू ओर्लिन्सको बार्बन स्ट्रिटमा नयाँ वर्ष मनाइरहेको भिडमा एक संदिग्धले ट्रक कुदाएर १५ जनाको हत्या गरेका हुन्। फ्रेन्च क्वार्टर पनि भनिने उक्त स्थानमा नयाँ वर्ष मनाउन सयौं मानिसहरू जम्मा भएका थिए। स्थानीय समयअनुसार बिहान ३:१५ बजे एक संदिग्धले भिडमा ट्रक कुदाएपछि गाडीभित्रैबाट गोलीसमेत चलाएका थिए। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार १५ जनाको मृत्यु र कम्तिमा ३५ जना घाइते भएका छन्। घाइते हुनेमा दुई प्रहरी पनि छन्। भिडमा ट्रक कुदाउँदै गोली चलाएपछि त्यहाँ उपस्थित प्रहरीले जबाफी गोली चलाएको थियो। प्रहरीको गोली लागेर संदिग्धको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। संदिग्ध ४२ वर्षीय शमशुद दिन जब्बर रहेको खुलेको छ। समाचार संस्था रोयटर्सले उनी अमेरिकी स...
अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन
राजनीति, विश्व, समाचार

अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

नेपालअखबार , काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ । उनको २९ डिसेम्बरको दिन अमेरिकाको जर्जियामा १०० वर्षको उमेरमा निधन भएको हो । उनका छोराले कार्टरको निधन भएको पुष्टि गरेका छन् । १ अक्टुबर १९२४ मा जन्मिएका उनी १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । आर फोर्डलाई हराएर उनी अमेरिकाको ३९ औं राष्ट्रपति बनेका थिए । मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक क्याम्प डेभिड सम्झौता गर्न मध्यस्थता गरेकाले उनले सन् २००२ मा नोबेल शान्ति पुरस्कार पनि पाएका थिए । उनले पदमा रहँदा वा नरहँदा पनि कार्टर सेन्टरको नामबाट शान्ति, मानवअधिकार, चुनाव पर्यवेक्षण लगायतका सेवामुलक क्षेत्रमा काम गर्दै आएका थिए । उनी अमेरिकाको इतिहासमा सबैभन्दा लामो समयसम्म जीवित रहेका राष्ट्रपति थिए ।...
अमेरिकामा घरबारविहीनको सङ्ख्या कीर्तिमानी उचाइमा
विश्व, समाचार, समाज

अमेरिकामा घरबारविहीनको सङ्ख्या कीर्तिमानी उचाइमा

नेपालअखबार ,वासिङ्टन डीसी । अमेरिकामा घरबार नहुनेको सङ्ख्या २०२४ मा यस अघि कहिले नदेखिएको स्तरमा उक्लिएको छ । घर जग्गाको भाउ आकासिएको, प्राकृतिक विपद् र ठुला सहरहरूमा आप्रवासीको सङ्ख्यामा भएको वृद्धिका कारण समीक्षा अवधिमा घर नहुने जनसङ्ख्या कीर्तिमानी स्तरमा उक्लिएको बताइएको छ । सहरी विकास मन्त्रालयले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार यस वर्ष आश्रयस्थल, अस्थायी घर वा आश्रय नै नभएका मानिसको सङ्ख्या ७ लाख ७० हजार पुगेको छ । गत वर्षको तुलनामा यो १२ प्रतिशत धेरै हो । यो जनसङ्ख्या सन् २००७ मा संघीय सरकारले यस्तो खालको तथ्याङ्क राख्न थाले यताकै धेरै भएको बताइएको छ । अस्थायी रूपमा परिवारका सदस्य वा साथीभाइसँग बसिरहेका मानिसहरू यसमा समावेश नगरिएकोले यो सङ्ख्या घट्न सक्ने बताइएको छ । यो तथ्याङ्क एक वर्ष पुरानो भएको र सर्वेक्षण गर्दा खेरिको तुलनामा अहिले अमेरिकी सीमामा घर भाडा र अवस्था दुवै ...
दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु, २ जनाको उद्धार
विश्व, समाचार

दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु, २ जनाको उद्धार

नेपालअखबार ,काठमाडौं । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । विमानमा सवार १८१ जनामध्ये महिलाको जीवितै उद्धार गरिएको थियो । उनीहरु एक जना चालक दलका सदस्य र एक जना यात्रु हुन् । दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए । उनीहरुको उपचार मोकपो अस्पतालमा भइरहेको छ । उनीहरुबाहेक अरु कोही पनि जीवित फेला नपरेको अधिकारीहरुलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले जनाएको छ । थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना थिए । उनीहरुमध्ये दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका थिए । विमान दुर्घटनाको कारण खुलिसकेको छैन । तर विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको...