Monday, May 25

शिक्षा

  प्रगतिका बालपत्रकारद्वारा आफ्नो विद्यालयको विद्यार्थीहरूका तस्बिर सार्वजनिक
शिक्षा, समाचार, समाज

  प्रगतिका बालपत्रकारद्वारा आफ्नो विद्यालयको विद्यार्थीहरूका तस्बिर सार्वजनिक

नेपालअखबार, काठमाडौँ ।  प्रगति शिक्षा सदन माध्यमिक विद्यालय बालपत्रकारद्वारा आफ्नो विद्यालयको विद्यार्थीहरूका तस्बिर सार्वजनिक गरेका छन् ।  प्रगति शिक्षा सदन माध्यमिक विद्यालयको मिडिया क्लबमा विभिन्न कक्षामा अध्ययन गर्ने  विद्यार्थीहरू रहेका छन् ।   बाल पत्रकार श्रीराम शर्मा सुभाष खड्का र श्रेष्ठले आफ्नो विद्यालयबाट लिएको तस्बिर हाे । उहाँहरू कक्षा ६ मा अध्ययन गर्छन् । उहाँहरुले बालपत्रकार द्वारा बालपत्रकारिताद्वारा आफ्नो विद्यालयका गतिविधिलाई सार्वजनिक गर्दै मिडियामा पुर्याउने काम गर्छन्।  ...
विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक शिक्षक पक्राउ
शिक्षा, समाचार, समाज

विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक शिक्षक पक्राउ

नेपालअखबार, पोखरा । होमवर्क नगरेको र अक्षर नराम्रो भएको भन्दै विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३२ मा रहेको युनिभर्स इंग्लिस बोर्डिङ स्कुका शिक्षक सुदिप अधिकारी छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पक्राउ गरेको छ । उनले कक्षा ५ मा अध्ययनरत ९ वर्षीय एक विद्यार्थीलाई होमवर्क नगरेको र अक्षर नराम्रो भएको भन्दै कुटपिट गरेको आरोप लागेको छ । कास्कीको रुपा गाउँपालिका–६ घर भएका शिक्षक अधिकारीविरुद्ध बालबालिका सम्बन्धी ऐन अन्गर्तगको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।...
गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे
शिक्षा, समाचार, समाज

गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे

नेपालअखबार, कैलाली ।  कैलालीमा अत्यधिक गर्मी बढेपछि पठनपाठन प्रभावित भएको छ । दिउँसो विद्यालयमा पढाइ गर्न विद्यार्थीलाई कठिनाइ भएको छ । कैलालीको  तापक्रम ४० डिग्री सेल्यिसयभन्दा माथि पुगेपछि पठनपाठन प्रभावित बनेको हो । वीरेन्द्र विद्या मन्दिरमा कक्षा ९ मा अध्ययनरत जगत तिरुवा मध्याह्नतिर गर्मीका कारण गाह्रो हुने गरेको बताउँछन् । “गर्मीले पढ्नै सकिँदैन,’ उनले भने, ‘दिउँसो १२ बजेपछि कक्षाकोठामा तातो बाफ निस्कन्छ । बेन्चमा बस्नै गाह्रो हुन्छ । डेक्स र बेन्च पनि तातेका हुन्छन् ।दिउँसोको समयमा पटकपटक बिजुली जाँदा विद्यार्थीलाई अझ बढी समस्या हुने गरेको छ । टीकापुरकै अर्को विद्यालयमा कक्षा ३ मा अध्ययनरत रिजिना विक दिउँसोको समयमा एकदमै गाह्रो हुने, छटपटी हुने र निद्रा लाग्ने गरेको बताउँछिन् । ‘गर्मी बढेका बेला छटपटी हुन्छ, पानी पनि तातो हुन्छ,’ उनले भनिन्, ‘पढ्न मन लाग्दैन, कमजोर महसुस हुन्छ ।...
विश्वविख्यात अन्वेषकद्वारा नेकको शिक्षक विद्यार्थी माझ प्रस्तुति
शिक्षा, समाचार, समाज

विश्वविख्यात अन्वेषकद्वारा नेकको शिक्षक विद्यार्थी माझ प्रस्तुति

नेपालअखबार,काठमाडाैं । विश्वविख्यात अन्वेषक डा. वाङ होउ माङले वाल्यकालमा हुने मानिसको कौतुहलतालाई मलजल गरेमा जो पनि अन्वेषक हुन सक्ने बताउनु भएकाे छ । विभिन्न अन्तरर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसक्नुभएका डा. माङले नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी तथा शिक्षकहरूसँग अन्तरकृया गर्दै उक्त कुरा बताउनु भएकाे हाे । स्वतन्त्र अन्वेषणबाट प्राप्त ज्ञानमा सबैको समान तथा निःशुल्क पहुँच हुनुपर्ने कुरामा जोड दिँदै डा. माङले भूराजनिती र विकसीत भनिएका देशहरूको संकिर्ण व्यापारिक सोचले गर्दा त्यस प्रकारका अन्वेषण तथा शोधकार्यबाट प्राप्त ज्ञानमा सिमित व्यक्तिहरूको मात्र पहुँच भएको पनि जिकीर गर्नुभयाे । कार्यक्रममा उपस्थित तीस जना विद्यार्थीहरूलाई लक्षित गर्दै डा. वाङ होउ माङले अन्वेषण गरी नयाँ कुराहरू पत्ता लगाउँदाको सुखद् क्षणहरूको चर्चा गर्दै विद्यार्थीहरूलाई पनि अन्वेषणमा लाग्न प्रोत्साहन दिनुभय...
दुई विद्यार्थीलाई पढाउन तीन शिक्षक
शिक्षा, समाचार, समाज

दुई विद्यार्थीलाई पढाउन तीन शिक्षक

नेपालअखबार,सिमकोट (हुम्ला) । हुम्लाको उत्तरी भेगको नाम्खा गाउँपालिका–५ यारीगाउँस्थित अरनिको प्राथमिक विद्यालयमा दुई विद्यार्थी र तीन शिक्षक छन् । विद्यालयका प्रधानाध्यापक हरिनारायण चौधरीले प्राथमिक तहको विद्यालयमा बालविकासमा दुईजना विद्यार्थीले अध्ययन गर्दै आएका बताउँदै आफूसहित तीनजना शिक्षकले पठनपाठन गर्ने गरेको जानकारी दिए । उनका अनुसार तीन जनामध्ये दुई प्रावि तहको दरबन्दीका र एक बालविकास सहजकर्ता छन् । कक्षा ५ सम्म पठनपाठन हुने उक्त प्राविमा कक्षा १ देखि ५ मा अध्ययन गर्ने विद्यार्थी अहिलेसम्म भर्ना नभएका प्रअ चौधरीले बताए । बालविकासको पढाइ सकिएलगत्तै अभिभावकले ती विद्यार्थीलाई अन्यत्रै पठाउने गरेकाले अन्य कक्षामा विद्यार्थी भर्ना नभएका उनको भनाइ छ । गत वर्षसम्म सातजना विद्यार्थीले विद्यालयमा अध्ययन गरेका भन्दै प्रअ चौधरीले बालविकासमा अध्ययनरत विद्यार्थी पनि नियमित नआउने भएकाले ...
निजीमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
शिक्षा, समाचार, समाज

निजीमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण

नेपालअखबार , काठमाडौँ । भाषा पाठशालाका रूपमा फर्पिङमा एक सय चार वर्षअघि स्थापना भएको फर्पिङ माध्यमिक विद्यालयमा विद्यार्थी भरिभराउ छन्। विद्यार्थी नभएका अन्यत्रका सरकारी विद्यालयको तुलनामा यहाँ ठीक उल्टो छ। शिक्षाको महत्व बुझेका र आर्थिक रूपले सम्पन्न अभिभावकले समेत आफ्ना छोराछोरी यही विद्यालयमा पढाएका छन्। प्रायः सबै शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीकाहरुको बालबालिका यही विद्यालयमा पढछन्। विद्यालयले गुणस्तरीय शिक्षाका लागि दस वर्षदेखि  गरेको निरन्तर मेहेनतको प्रतिफल हो यो। विसं २०७५ यता विद्यालयले राम्रो नतिजा ल्याएको छ। पठनपाठन नियमित गर्ने नभई कमजोर विद्यार्थीका लागि वर्षैभरि अतिरिक्त कक्षा चलाइएको छ। साना कक्षाहरुमा दुईजना शिक्षक खटाएर विशेष कक्षा सञ्चालन गरिएको छ। त्यतिमात्र नभई अधिकांश सामुदायिक विद्यालयमा देखिने सरसफाइ र अव्यवस्थाको समस्या यस विद्यालयमा छैन। अभिभावकक...
दुई सय चौध विद्यार्थीलाई गल्याङ नगरपालिकाको छात्रवृत्ति
शिक्षा, समाचार, समाज

दुई सय चौध विद्यार्थीलाई गल्याङ नगरपालिकाको छात्रवृत्ति

नेपालअखबार, वालिङ । गल्याङ नगरपालिकाले आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनबाट कोही बञ्चित हुनुनपररोस् भन्ने उद्देश्यले  छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ । नगरक्षेत्रका क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई मासिक शुल्क तथा कक्षा ११ र १२ मा अध्ययनरत अतिगरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइएको शिक्षा शाखा प्रमुख हिमलाल भण्डारीले बताए । गल्याङ नगरपालिकाभित्रका गल्याङ बहुमुखी क्याम्पस र मालुङ्गा बहुमुखी क्याम्पसमा अध्ययनरत अतिविपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीलाई मासिक शुल्कवापत एक वर्षको जनही रु १० हजार आठ सय प्रदान गरेको उनले बताए । यसैगरी कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिस्वरुप जनही रु तीन हजार छ सय उपलब्ध गराइएको छ । “नगरभित्रका क्याम्पसमा अध्ययनरत लक्षित समूहका विद्यार्थीमध्ये १० प्रतिशत तथा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीमध...
आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्न काठमाडौँ महानगरले गरायो सचेत
प्रशासन, शिक्षा, समाचार

आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्न काठमाडौँ महानगरले गरायो सचेत

नेपालअखबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा सञ्चालित शिक्षण संस्थाहरू र अस्पताल तथा सोमा आबद्ध शिक्षक, प्रशिक्षक तथा कर्मचारीहरूमा स्वास्थ्य सेवा नियमित गर्न र कानुन बमोजिम कार्य मात्र गर्न सचेत गराएको छ । महानगरले आज एम सूचना जारी गर्दै  शिक्षण संस्थाहरूमा आबद्ध अस्पतालहरूमा स्वास्थ्य सेवा प्राप्त गर्न जाँदा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू एवं कर्मचारीहरू उपलब्ध नहुने गरेको, सो समयमा अन्यत्र काम गर्ने गरेको, शल्यक्रिया, सिटी स्क्यान, एमआरआई स्क्यान जस्ता सेवाहरूका लागि महिनौँसम्म कुर्नुपर्ने भनी सर्वसाधारणहरूको गुनासाहरू आएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ४१ र राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम ३७ (क) मा चिकित्सा शिक्षा प्रदान गर्ने संस्थाका शिक्षक, प्रशिक्षक तथा कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहितामा ...
टोफल आईबीटी अंक अस्ट्रेलियाली भिसाका लागि मान्य हुने
विदेश, शिक्षा, समाचार, समाज

टोफल आईबीटी अंक अस्ट्रेलियाली भिसाका लागि मान्य हुने

नेपालअखबारकाठमाडौं । अब सबै अस्ट्रेलियाली भिसाका लागि टोफल आईबीटी अंक पनि मान्य हुने भएको छ । ईटीएसले बुधबार एक विज्ञप्ति जारी गर्दै ५ मे, २०२४ देखि टोफल आईबीटी अंक सबै प्रकारका अस्ट्रेलियाली भिसाका लागि मान्य हुने जानकारी दिएको छ । ईबीएसले विश्वव्यापी रूपमा टोफल परीक्षा सञ्चालन गर्दै आएको छ । योसँगै अस्ट्रेलियामा अध्ययन र काम गर्नुका साथै बसाइँ सर्न चाहनेहरूलाई थप सहज हुनेछ । टोफल आईबीटीलाई अष्ट्रेलियाका शतप्रतिशत विश्वविद्यालयहरूले स्वीकार गरेकाले अब टोफल आईबीटी अंकको आधारमा अष्ट्रेलियाली भिसाको लागि आवेदन दिन सक्ने जनाएको छ । ईटीएस भारत र दक्षिण एशियाका कन्ट्री म्यानेजर सचिन जैनका अनुसार अष्ट्रेलियाको गृह मामिला विभाग (डीएचए) ले समीक्षा गरेसँगै अस्ट्रेलिया जान अंग्रेजी भाषा परीक्षणको लागि टोफल आईबीटी अंकलाई मान्यता दिने भएको हो । ‘टोफल आईबीटी परीक्षणको मान्यतासँगै, ईटीएसले अ...
त्रिवि पत्रकारिता विभागको प्रमुखमा पोखरेल
शिक्षा, समाचार

त्रिवि पत्रकारिता विभागको प्रमुखमा पोखरेल

नेपालअखबार, काठमाडौँ ।। त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा प्रा. प्रवलराज पोखरेल नियुक्त भएका छन्। यसअघिका प्रमुख प्रा. चिरञ्जीवी खनालले दिएको राजीनामा स्वीकृत गरी विश्वविद्यालयको उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले पोखरेललाई यही वैशाख २३ गतेदेखि लागू हुने गरी तीन महिनाका लागि विभागीय प्रमुखमा नियुक्त गरेका हुन्। १६ वर्षअघि पनि सोही विभागको प्रमुख रहेका पोखरेल लामो समयदेखि पत्रकारिता अध्यापनमा छन्। विभागीय प्रमुखमा नियुक्त भएपछि प्रतिक्रिया दिँदै प्राध्यापक पोखरेलले राज्यको चौथो अङ्ग मानिने पत्रकारिता क्षेत्रको प्रवर्द्धन, प्राज्ञिक उन्नयन र अध्ययन अनुसन्धानका साथै प्राविधिक तथा मानवीय स्रोत, साधनमा राज्यको लगानी वृद्धि हुनुपर्नेमा जोड दिए।...