Wednesday, July 29

शिक्षा

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति (पूर्णपाठ)
प्रशासन, शिक्षा, समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति (पूर्णपाठ)

लेखनाथ सिकारू, काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीच विभिन्न ७ बुँदे सहमति भएको छ। शुक्रबार गृहमन्त्रालयमा भएको वार्तापछि शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने समझदारी समेत बनेको छ । आज शिक्षा मन्त्रालयमा शिक्षा सचिव सुरेश अधिकारीसँग नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरको टोलीले वार्ता गरेको थियो । उक्त वार्तामा सात बुँदे सहमतिपत्र तयार गरिएको छ । यस्तो छ शिक्षकहरुसँग सरकराले राखेको प्रस्तावको मस्यौदाको पूर्णपाठ १. नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने । २. “विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मा भएका देहायका व्यवस्थाहरुमा संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडी बढाउन सहजीकरण गर्ने (क) शिक्षकको समायोजन, तहगत प्रणाली ...
९६२ जनालाई विद्या भूषणबाट विभूषित गरिने (सूचीसहित)
प्रशासन, शिक्षा, समाचार

९६२ जनालाई विद्या भूषणबाट विभूषित गरिने (सूचीसहित)

नेपालअखबार, काठमाडौँ। सरकारले राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा ९६२ जनालाई विभिन्न विभूषण प्रदान गरिने भएको छ। आज राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभूषण पाउनेहरूको नामावली सार्वजनिक गरेको हो। त्यसरी पाउनेमा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिहरू रहेका छन्। आजको कार्यक्रममा उनीहरूको नाम मात्र घोषणा गरिनेछ। पछि उपयुक्त समयमा प्रदान गरिने मन्त्रालयले जनाएको छ। बजेट अभावका कारण मन्त्रालयले विभूषण घोषणाकै बेला प्रदान गर्न नसकिने जनाएको हो।...
विद्यालय शिक्षा विधेयक संसद्‍मा दर्ता
प्रशासन, शिक्षा, समाचार

विद्यालय शिक्षा विधेयक संसद्‍मा दर्ता

नेपालअखबार,  काठमाडौँ । विद्यालय शिक्षा ऐन २०८० को विधेयक संसदमा दर्ता भएको छ। मन्त्रिपरिषदबाट पारित भएसँगै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयक संसद् सचिवालयमा दर्ता गराएको हो। मन्त्रालयका प्रवक्ता दीपक शर्माले विधेयक संसद्मा दर्ता भएको बताए ।  संसद्मा दर्ता भएसँगै सांसद्हरूले विधेयकमाथि छलफल गरेर अगाडि बढ्नेछन्। दर्ता भएको विधेयक अब बस्ने संसद् बैठकमा छलफलका लागि पेश गरिनेछ। ससंद्ले सिधै पास गरेर अघि बढ्ने वा संसदीय समितिमा पठाउने भन्ने विषयमा निर्णय गर्नेछ। प्रवक्ता शर्माले सिमितमा पठाएर छलफलमार्फत निर्णय हुन सक्ने बताए ।...
मासिक तीनदेखि आठ हजार कमाउँछन् विद्यार्थी
शिक्षा, समाचार, समाज

मासिक तीनदेखि आठ हजार कमाउँछन् विद्यार्थी

नेपालअखबार, चितवन । जिल्लाको इच्छाकामना गाउँपालिका घर भई माडीमा रहेको जनकल्याण माविमा कक्षा १० मा अध्ययन गर्दै गरेका इन्द्रबहादुर चेपाङ अहिले विद्यालयमा व्यस्त रहने गरेका छन् । माडी नगरपालिका–६ कल्याणपुरमा रहेको यस विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू भएसँगै यहाँ अध्ययन गर्ने विद्यार्थी घरमाबाहेक विद्यालयमा समेत कृषि कार्यमा व्यस्त रहन थालेका छन् । चेपाङ विसं २०७२ को भूकम्पपछि माडी नगरपालिकामा आएर बुबाआमासँग बसोबास गर्दै आएका छन् । अध्ययनका लागि असहज बन्दै गएको त्यो दिन सम्झदै चेपाङ भन्छन्, “पहिले घरबाट खर्चको जोहो मिलाउन कठिन थियो । अहिले त विद्यालयको कार्यक्रममा सहभागी भएर आफैँ कमाउने र पढ्ने गरेको छु ।” विकास केन्द्रले सञ्चालन गरेको यस कार्यक्रममा सहभागी भएसँगै कापी कलम किन्ने, खाजा खर्चदेखि अन्य व्यक्तिगत खर्चका लागि परिवारसँग हारगुहार गर्नु नपरेको उनको भनाइ छ । उनले भने, “पढा...
लक्ष्मी आवासिय मा.वि.मा रेडक्रस सर्कल गठन
शिक्षा, समाचार, समाज

लक्ष्मी आवासिय मा.वि.मा रेडक्रस सर्कल गठन

नेपालअखबार, पोखरा। पोखरा ०८ न्युरोडमा विद्यालयका प्राचार्य डा.विश्व युधिर पौडेलज्यूको अध्यक्षतामा युवा रेडक्रस सर्कल गठन भएको छ। नेपाल रेडक्रस सोसाईटी कास्कीका सदस्य तथा युवा रेडक्रस सर्कल कास्कीका संयोजक रेशमराज शर्माज्यूको प्रमुख अतिथ्यतामा नेपाल युवा रेडक्रस सर्कलको गठन आइतबार सम्पन्न भएको छ। विद्यालयका कक्षा ६ देखी कक्षा १० सम्मका विधार्थीको सहभागीता रहेको थियो,सहभागि विधार्थीहरुको बिचबाट कक्षा ९ बाट छात्रा स्वस्तिका चौधारीको अध्यक्षतामा १३ सदस्यि समितिको गठन भएको छ । १३ जनाको सम्कितिमा अध्यक्ष स्वस्तिका चौधारी,उपाध्यक्ष अनुस्का सुवेदी, सचिव सृष्टि आचार्य, कोषध्यक्ष सम्राट परियार, सहकोषाध्यक्ष रिजन क्षत्री सदस्यहरुमा प्रकृति ठकुरी, सुजिता धोवी, आर्सन अधिकारी, शाहिल बानिया, र अदित्य गौतम चयन भएका छन् । शिक्षक नायकमा किरण परियार र सहशिक्षक नायकमा रिता श्रेष्ठ चयन गरि संरक्षकको रुपमा ...
हिसान कास्कीको वक्तृत्वकलामा दुवै विधामा प्रतिभा मावि प्रथम
शिक्षा, समाचार, समाज

हिसान कास्कीको वक्तृत्वकलामा दुवै विधामा प्रतिभा मावि प्रथम

नेपालअखबार, पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान), कास्कीले आफ्नो वार्षिक कार्यतालिका अनुसार पहिलो कार्यक्रम वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । नेपाली र अंग्रेजी विधामा गरिएको प्रतियोगितामा दुवैतर्फ पोखराको नदिपुरमा रहेको प्रतिभा माविले प्रथम स्थान प्राप्त गर्न सफल भएको छ । हिसान कास्की अन्तर्गतका दर्जनौ विद्यालयका विद्यार्थी सहभागी भएको उक्त प्रतियोगितामा नेपाल विधातर्फ प्रतिभाकी दिपाली भट्टराई सर्वोत्कृष्ट भएकी हुन् । यस्तै, अंग्रेजी विधातर्फ प्रतिभाकै महिमा विश्वकर्माले सबैलाई पछि पारिन् । नेपाली विषयमा ‘वैदेशिक रोजगारः चुनौती र अवसर’ शीर्षकमा विद्यार्थीले प्रतिश्पर्धा गरेका थिए। यसमा लेखनाथ मोमोरियलकी दिना बिक द्वितीय, सिर्जना माविकी सोनिया केसी तृतीय र हिलप्वाईन्ट माविकी क्रिस्टिना ढुंगानाले सान्त्वना स्थान प्राप्त गरिन् । अंग्रेजी भाषामा ‘सोसल...
दरबार हाइस्कुलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु
प्रविधि, शिक्षा, समाचार, हाइलाइट-समाचार

दरबार हाइस्कुलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु

नेपालअखबार,काठमाडाैं। ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) मा शुक्रबारदेखि ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु भएको छ । कामपाले गत वैशाख १२ गतेदेखि सुरु गरेको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमअन्तर्गत कक्षा सञ्चालन गरिएको हो। कामपा सहरी योजना आयोगका सहायक विज्ञ शैलेन्द्र झाका अनुसार, कोडिङ सिकाइअन्तर्गत कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूलाई ‘ब्लक’मा आधारित कोडिङ सिकाइएको छ । त्यस्तै कक्षा ७ र ८ मा विद्यार्थीलाई ‘पाइथन प्रोग्रामिङ’ सिकाइएको छ । विद्यार्थीको उमेर समूह र सिक्न सक्ने क्षमताका आधारमा कार्यक्रम छनोट गरिएको हो । यस कार्यक्रमबाट सामुदायिक विद्यालयबाट प्राविधिक अन्वेषण र विकासमा सघाउन पुग्नेछ । विद्यालयमा रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) का कक्षाहरू पनि चलिरहेका छन् । महानगरपालिकाका १४ विद्यालयमा कोडिङ क्लब गठन भइसकेका छन् । उनीहरूका काम विश्वका एक सय ६० भन्दा धेरै देशमा ...
९० वर्षको उमेरमा कक्षा १ मा भर्ना
शिक्षा, समाचार, समाज, हाइलाइट-समाचार

९० वर्षको उमेरमा कक्षा १ मा भर्ना

नेपालअखबार, तुलसीपुर । पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर-१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन र अहिले उनी दैनिक विद्यालय जान्छन् । कुनै समय घर-व्यवहारमा व्यस्त हुने डाँगी हिजोआज विद्यालयका बालबालिकासँग बित्छ । उनले पनातिसमेत देखिसकेका छन्, तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग उनी कक्षा १ मा पढ्न थालेका छन् । चालु शैक्षिकसत्रदेखि उनले कक्षा १ को पढाइ सुरु गरेका छन् । सोही वडाको वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा उनी पढ्न थालेका छन् । उनी पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर पुग्छन् । सानोमा पढ्न पाइनँ, गाउँमा पनि आफूसँग गफगाफ गर्ने साथी पनि भेटिएनन्’, उनले भने, ‘बुढेसकालमा भए पनि केही कुरा सिकौँ भनेर स्कुल पढ्न आएको हुँ ।’ घरमा पनि उनी नातिहरूसँग बस्दै आएका छन् । उनकी श्रीमतीको २...
पहिरोले विद्यालयको भवन पुरेपछि…
शिक्षा, समाचार, समाज

पहिरोले विद्यालयको भवन पुरेपछि…

नेपालअखबार, पर्वत। लगातारको वर्षाका कारण पहिरोले पर्वतमा विद्यालय पुरिएपछि पठनपाठनमा समस्या भएको छ। फलेवास नगरपालिका–२ थापाठानास्थित थापाठाना माध्यमिक विद्यालयको दुईवटा भवन पहिरोले पुरिएका हुन्। विद्यालय रहेको स्थानभन्दा करिब ५० मिटरमाथि रहेको सडकबाट खसेको पहिरोले भवन  पुरिएका हुन्। तीन कोठा पुरिए पनि आठवटा कोठामा जोखिमपूर्ण रुपमा पठनपाठन गराउने गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद शर्माले जानकारी दिए। पहिलो पटक गत असार १६ गते पहिरोले भवनमा क्षति गरेको थियो। सोही स्थानमा यही साउन २२ गतेपछि गएको पहिरोले थप क्षति गरेको छ। पहिरोले विद्यालयको आँगनसमेत पुरिँदै गएको छ। ‘आठ कोठामा विद्यार्थी राख्न सकिने अवस्था छैन,’ उनले भने। जोखिमकैबीच  आधारभूत तहदेखि कक्षा आठसम्मको पठनपाठन भइरहेको छ। हाल विद्यालयमा दुई सय ४० विद्यार्थी अध्ययनरत छन्। ‘जुनकुनै बेलामा पनि पहिरोले थप क्षति गर...
सार्वजनिक भयो कक्षा १२ को परीक्षाफल
प्रशासन, शिक्षा, समाचार

सार्वजनिक भयो कक्षा १२ को परीक्षाफल

नेपालअखबार, काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ। गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म चलेको परीक्षाको नतिजा मंगलबार प्रकाशित भएको हो। यस वर्ष ४ लाख ४८ हजार ८ सय ३७ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए। ५१ जनाको परीक्षा रद्द भएको थियो। परीक्षा सकिएको ८० दिनमा परीक्षाफल प्रकाशित भएको बोर्डले जनाएको छ। ३५ प्रतिशतभन्दा कम अंक ल्याउने विद्यार्थीलाई नन ग्रेडमा राखिएको बोर्डले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। नन ग्रेड आएका विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिनुपर्ने हुन्छ। गत वर्षभन्दा ३ प्रतिशतले नतिजा सुधार भएको बोर्डले जनाएको छ। ५१ प्रतिशतभन्दा बढी विद्यार्थी पास भएको बोर्डको भनाइ छ। यसरी हेर्न सकिन्छ परीक्षाफल: कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको...