Tuesday, August 25

शिक्षा

आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा
प्रशासन, शिक्षा, समाचार

आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा

नेपालअखबार, काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ । परिषद्ले आफूहरुको माग सम्बोधनका लागि दवाव दिने उद्देश्यका साथ बन्दसहितको आन्दोलनको घोषणा गरेको हो ।  परिषद्का महासचिव शान्तिनाथ योगीले शुक्रबार ७७ वटै जिल्ला कार्यसमिति र ७५३ स्थानीय पालिका कार्यसमितिलाई पठाएको सर्कुलरमा बन्दका कार्यक्रम सशक्त रुपमा संचालन गर्न निर्देशन दिइएको छ । परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको विभिन्न सेवा सुविधा सहित पेशागत स्थायित्वको माग  राख्दै आएको छ । यसैक्रममा नेपाल सरकारको आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रमको बुदाँ नम्बर १२७ मा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधाका विषयहरु सम्बोधन गरिने उल्लेख गरिएको थियो । तर  बजेटमा उक्त विषय छुटाइएको भन्दै परिषद् आन्दोलनमा छ । गत जेठ १७...
विषयगत शिक्षक समुह गठन र परिचालन सम्वन्धी अभिमुखी कार्यक्रम
शिक्षा, समाचार, समाज

विषयगत शिक्षक समुह गठन र परिचालन सम्वन्धी अभिमुखी कार्यक्रम

नेपालअखबार, पोखरा ।  विषयगत शिक्षक समुह गठन र परिचालन सम्वन्धी अभिमुखी कार्यक्रम पोखरा सम्पन्न भएको छ । शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा भएको कार्यक्रमको उद्घाटन गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिंखडाले शिक्षा समाज परिवर्तन र विकासको मेरुदण्ड भएको हुँदा महत्वका साथ हेरेको बताउनुभयो । म विद्यार्थीका लागि, विद्यार्थी मेरा लागि भन्ने नाराले सम्रग शिक्षामा सुधार गर्नुपर्ने विषय समेटेको बताउँदै उहाँले शिक्षा क्षेत्रको विकासका लागि आफुले सक्दो पहल गर्ने बताउनुभयो । मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले आगामी शैक्षिक कार्यक्रमहरु अझै प्रभावकारी बनाएर अगाडी बढ्ने बताउनुभयो । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ आचार्यले कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताउनुभयो । शिक्षा निर्देशनालयका उपसचिव मोतिलाल शर्माले स्वागत तथा उदेश्य बारे जानकारी र उपसचिव नारायण पौड...
मर्ज हुन इच्छुक त्रिविका सम्बन्धन प्राप्त क्याम्पसका लागि निवेदन आह्वान
प्रशासन, शिक्षा, समाचार

मर्ज हुन इच्छुक त्रिविका सम्बन्धन प्राप्त क्याम्पसका लागि निवेदन आह्वान

नेपालअखबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकापसमा गाभिन (मर्ज) हुन चाहने सम्बन्धन प्राप्त क्याम्पसहरुलाई असार मसान्तसम्म निवेदन दिन आह्वान गरेको छ । त्रिविले सूचना निकालेर त्रिविबाट सम्बन्धन प्राप्त गरेका दुई वा दुईभन्दा बढी क्याम्पसहरु मर्ज हुन चाहेमा योजना निर्देशनालयमा निवेदन दिन सक्ने जनाएको हो । मर्ज हुन चाहने क्याम्पसहरुले आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराएर निर्देशनालयमा निवेदन दिन सक्नेछन् । निवेदनको साथमा मर्ज हुन इच्छुक क्याम्पसको बेग्लाबेग्लै निवेदन, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्रहरु, नवीकरण पत्रहरु र अक्षयकोषको रसिदसमेत पेस गर्न त्रिविले भनेको छ । त्रिविका कतिपय सम्बन्धन प्राप्त र आंगिक क्याम्पसहरु न्युन विद्यार्थी र सन्चालन खर्चको अभावमा संकटमा छन् । विश्वविद्यालय ...
गर्मी बढेपछि गोरखा र तनहुँमा विद्यालय बन्द
शिक्षा, समाचार, समाज

गर्मी बढेपछि गोरखा र तनहुँमा विद्यालय बन्द

नेपालअखबार । गर्मी अत्यधिक बढेपछि गोरखा र तनहुँमा विद्यालयको पठनपाठन बन्द गरिएको छ। गोरखाको पालुङटार नगरपालिकाले नगरक्षेत्र भित्रका सवै विद्यालयमा पठनपाठन बन्द गरेको छ। गर्मीले विद्यालयमा पठनपाठन गर्न नसकिने भएपछि नगरपालिकाले नगरक्षेत्रका ५३ वटै विद्यालय बन्द गर्ने निर्णय गरेको हो। ती सबै विद्यालय तीन दिन बन्द रहने पालुङटार नगरपालिकाका नगरप्रमुख विवस चिन्तनले जानकारी दिए। ‘गर्मी ह्वात्तै बढेपछि बालबालिकाको स्वास्थ्यमा समेत असर पर्न थालेपछि विद्यालय बन्द गरिएको हो,’ उनले भने। मंगलबारसम्म सम्पूर्ण विद्यालय बन्द रहनेछन्। गर्मी बढ्दै गए थप समयका लागि पठनपाठन बन्द गरिने नगरप्रमुख चिन्तन बताउँछन्। ‘कक्षा कोठाभित्र बस्न सकिने अवस्था छैन,’ उनले भने, ‘यस्तो अवस्थामा विद्यालय बन्द गर्नु उचित ठान्यौं।’ पालुङटार क्षेत्रमा पछिल्लो समय अधिकतम तापक्रम ४० डिग्रीभन्दा बढी पुगेको छ। पालुङटार ...
१३ नं. वडाका संस्थागतविद्यालयले बुझाए छात्रावृत्तिविवरण
शिक्षा, समाचार, समाज

१३ नं. वडाका संस्थागतविद्यालयले बुझाए छात्रावृत्तिविवरण

नेपालअखबार, पोखरा ।  पोखरा महानगरपालिका १३ नं. वडाभित्र सञ्चालितसंस्थागतविद्यालयका सञ्चालकतथाप्रधानाध्यापकसँगविहीबार वडा कार्यालयले छात्रावृत्तिविषयमाअन्तरक्रिया सम्पन्न गरेको छ । संस्थागतविद्यालयले विगतमाविद्यार्थीहरूलाई उपलब्धगराउँदै आएकामिहिनेतीर जेहेन्दार छात्रावृत्तिको विवरण बुझाउँदै भविष्यमापनि निरन्तरतादिने प्रतिवद्धता संस्थागतविद्यालय सञ्चालकतथाप्रधानाध्यापकले गरेका छन् । वडा अध्यक्ष किरण बरालले १३ नम्बर वडाभित्र शिक्षा क्षेत्रमालगानी गरेर योगदानदिई शैक्षिकस्तर माथिउकास्न मद्धत गर्दै छात्रावृत्तिविवरण पारदर्शी गरेकोमासंस्थागतविद्यालय सञ्चालकलाई धन्यवाद ज्ञापन गरेका थिए । बरालले वडाभित्रका विपन्न समुदायकाविद्यार्थीलाई निरन्तर छात्रावृत्रिउपलब्ध गराइदिनपनि अनुरोध गरे । उनलेनिवर्तमान वडा अध्यक्षदर्शन लामालाई मार्गदर्शन, सल्लाह र प्रेरणाका लागि स्मरणगर्दै भौतिकापूर्वाधारसँगै शिक्षा क...
अत्याधिक गर्मी बढेपछि देवघाटका  विद्यालय बन्द
शिक्षा, समाचार, समाज

अत्याधिक गर्मी बढेपछि देवघाटका विद्यालय बन्द

नेपालअखबार, तनहुँ । अत्याधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच दिन बन्द भएका छन् । देवघाट गाउँपालिकाले सोमबारदेखि वडा नं १ र ५ का सबै विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको हो । केही दिनदेखि अत्यधिक गर्मीका कारण विद्यालयमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न कठिनाइ भइरहेको गुनासो आएका कारण उक्त दुई वडाका विद्यालयमा शैक्षिकसत्र २०८० को वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गर्ने निर्णय गरिएको देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले जानकारी दिए । अन्य वडामा भने चिसो ठाउँ भएकाले विद्यालय बन्द गर्नु नपरेको उनले बताए । अत्यधिक गर्मी बढेपछि जिल्लाका विभिन्न पालिकाले विद्यालयमा बिदा दिएका छन् । व्यास नगरपालिका–५ स्थित परासर माध्यमिक विद्यालयले आजदेखि गर्मी बिदा दिएको छ । व्यास नगरपालिकाको जेठ १९ गतेको निर्णयअनुसार गर्मी बढेकाले २६ गतेसम्म बिदा दिइएक...
कक्षा १० को अंग्रेजी, विज्ञान र गणितमा स्तरीकृत परीक्षा प्रणाली
शिक्षा, समाचार

कक्षा १० को अंग्रेजी, विज्ञान र गणितमा स्तरीकृत परीक्षा प्रणाली

नेपालअखबार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अंग्रेजी, विज्ञान र गणित विषयमा स्तरीकृत परीक्षा प्रणाली लागू गरेको छ । बोर्डका अनुसार स्तरीकृत परीक्षा प्रणालीमा विद्यार्थीले सिकेर, बुझेर परीक्षा दिनुपर्ने हुन्छ र वार्षिक परीक्षामा एक पटक सोधिएका प्रश्न कम्तीमा पाँच वर्षसम्म दोहोरिने छैन । बजारमा पाइने गाइड, गेसपेसर जस्ता पुराना प्रश्नपत्रको सँगालोको आधारमा अभ्यास गरी कण्ठ गर्ने प्रवृत्तिलाई अन्त्य गर्न स्तरीकृत परीक्षा प्रणाली लागू गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । उनले भने ‘स्तरीकृत परीक्षा प्रणालीमा देशभर प्रश्नपत्र एउटै स्तरको हुन्छ र एक पटक सोधिएको प्रश्न कम्तीमा पाँच वर्षसम्म दोहोरिँदैन । अर्को सिकाइ र बुझाइका आधारमा उत्तर लेख्नुपर्ने हुन्छ ।’ बोर्डले कक्षा ८, १० र १२ मा स्तरीकृत परीक्षा प्रणाली लागू गर्ने तयारी गरिरहेको छ । त्यसका लागि नेपालभरका...
दिवा खाजाले सामुदायिक विद्यालयमा बढ्यो विद्यार्थीको नियमितता
शिक्षा, समाचार

दिवा खाजाले सामुदायिक विद्यालयमा बढ्यो विद्यार्थीको नियमितता

नेपालअखबार, सिरहा। सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालयमै दिवा खाजा खुवाउनुपर्ने निर्णय गरेसँगै विद्यार्थी नियमित पठनपाठनमा आउन थालेका छन्। केही दिन पहिले नगर कार्यपालिकाको बैठकबाट विद्यालयमै खाजा खुवाउनुपर्ने निर्णय गरिएको थियो। यसअघि खाजावापतको रकम अभिभावकलाई दिने गरिएको थियो। अहिले विद्यालयले साप्ताहिक तालिका बनाएर ‘जङ्कफुड’ प्रतिबन्ध गरी पोषणयुक्त खाजा खुवाउन सुरु गरेको छ। खाजाको सूचीमा फलफूल, मासु, खिर, जाउलो, चिउरा-भुजा, तरकारीलगाय रहेको श्री आधारभूत विद्यालय लहानका प्रधानाध्यापक जितेन्द्र महतोले बताउनुभयो। 'खाजा नियमित खुवाउन थालेपछि विद्यार्थी सङ्ख्या पहिलेको तुलनामा धेरै नै बढेको छ। यसबाट विद्यार्थी खुसी पनि छन्,' महतोले भने, 'विद्यालय सञ्चालन हुने अवधिभर नानी बाबुहरु बस्न थालेका छन्। यसले गर्दा हामीलाई उत्साही बनाएको छ।' विद्यार्थी नियमि...
अत्यधिक बढ्यो गर्मी, धमाधम बन्द हुन थाले विद्यालय
शिक्षा, समाचार, समाज

अत्यधिक बढ्यो गर्मी, धमाधम बन्द हुन थाले विद्यालय

नेपालअखबार, सप्तरी । सप्तरीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । यसको असर सबैभन्दा बढी  विद्यालयमा परेको छ । पठनपाठन गर्न समस्या भएपछि सप्तरीका दुई स्थानिय तहले पाँच दिनका लागि सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या तथा विद्यार्थीको स्वास्थ्यमा गम्भिर असर पर्न सक्ने देखिएको आजदेखि यही जेठ २३ गतेसम्म बिदा दिइएको राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै कञ्चनरूप नगरपालिकाले पनि नगरभित्रका विद्यालयमा पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रेणुका साहले बिहीबार सूचना जारी गर्दै आजदेखि विद्यालय बन्द गरिएको जानकारी दिए । यसैगरी महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजले पनि यही जेठ २१ देखी असार ८ गतेसम्म २० दिनका...
गर्मी बढेपछि एक हप्ताका लागि रौतहटका सबै विद्यालय बन्द
प्रशासन, शिक्षा, समाचार

गर्मी बढेपछि एक हप्ताका लागि रौतहटका सबै विद्यालय बन्द

नेपालअखबार, रौतहट । केही दिनदेखि अत्यधिक गर्मी बढेका कारण रौतहटका सबै सामुदायिक विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । जिल्ला शिक्षा समन्वय इकाई रौतहटले बिहीबार सूचना जारी गर्दै जिल्लाको १८ वटै स्थानीय तहका सबै विद्यालय एक हप्ताका लागि बन्द गर्न सिफारिस गरेको हो । अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकुल असर परिरहेको र कतिपय बालबालिका मुर्छित समेत भइरहेकाले वर्षे बिदाबाट कट्टा हुनेगरी एकहप्ता गर्मी बिदाका लागि अनुरोध गरेको इकाई प्रमुख रामाविनय कुमार सिंहद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।...