Monday, July 6

शिक्षा

कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक
प्रशासन, शिक्षा, समाचार

कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक

नेपालअखबार, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२)ले वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार एक हजार ४५३ परीक्षा केन्द्र रहने छन्। परीक्षा नियन्त्रण कार्यालयले कतिपय विषयको नमुना प्रश्नपत्रमा विद्यार्थी तथा शिक्षकहरुको सुझाव अनुसार परिमार्जन गर्दै लगिरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। अथवा राखेर वैकल्पिक प्रश्न नराखिएको केही विषयहरुमा पनि राखिनुपर्ने सुझाव आएकोले त्यसरी परिमार्जन गरिएको उनले बताए । उनले भने, ‘हामीले नमुना प्रश्नपत्र सार्वजनिक गरिरहेका छौं। त्यसमा हामीले अर (अथवा) भनेर राखिएको थिएन । तर धेरै विद्यार्थी तथा शिक्षकले त्यो सुविधा राख्नुपर्ने भनेकाले फेरि त्यसरी राखेका छौं।’ नयाँ पुरानो गरेर करिब तीन सय प्रश्नपत्रहरु तयार भइरहेको परीक्षा नियन्...
त्रिविले सार्‍यो वैशाख १० गतेको परीक्षा
प्रशासन, शिक्षा, समाचार

त्रिविले सार्‍यो वैशाख १० गतेको परीक्षा

नेपालअखबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते निर्धारित स्नातक तह प्रथम वर्षका वार्षिक परीक्षाहरु एक साता पछि सारेको छ । वैशाख १० गते उपनिर्वाचन हुन लागेको भन्दै त्रिविले सो दिनका परीक्षा वैशाख १६ गतेलाई सारेको हो । वैशाख १० गते तनहुँ १, चितवन २ र बारा २ निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । यही दिन बिहान ७ बजे व्यवस्थापन संकायको फाइनान्स र दिउँसो १२ बजे मानविकी संकायको अंग्रेजी, नेपाली, हिन्दी, नेपाल भाषा, मैथिली र संस्कृतको परीक्षा त्रिविले तोकेको थियो । अब यी परीक्षाहरु वैशाख १० गते सन्चालन नगरी वैशाख १६ गते सन्चालन हुने परीक्षा नियन्त्रण कार्यालय बल्खुले जारी गरेको सूचनामा उल्लेख छ । सारिएका परीक्षाहरु यसअघि तोकिएकै समय र सेन्टरमा सन्चालन हुने सूचनामा उल्लेख छ । हेर्नुहोस् परीक्षा नियन्त्रण कार्यालयको सूचना–...
जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना
राजनीति, शिक्षा, समाचार, समाज

जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना

नेपालअखबार, तनहुँ । आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन् । गाउँ कार्यपालिकाको बैठकबाट नयाँ शैक्षिकसत्रबाट जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय भएपछि जनप्रतिनिधिले सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गराउन थालेका हुन् । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले दुई छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरिसकेका छन् । छोरा अनुराग चुमानलाई आँबुखैरेनी गाउँपालिका–२ स्थित अन्नपूर्ण प्राथमिक विद्यालयमा कक्षा २ मा र छोरी अक्षरा चुमानलाई आँबुखैरेनी –३ स्थित रामशाह माध्यमिक विद्यालयमा कक्षा ७ मा भर्ना गराएको अध्यक्ष चुमानले जानकारी दिए । अध्यक्ष चुमानका छोराछोरी यसअघि आँबुखैरेनी गाउँपालिका–३ स्थित मस्यङ्दी बालज्योति बोर्डिङ स्कुलमा अध्ययन गर्दथे । सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियानअन्तर्गत जनप्रतिनिधिका छोराछोरीलाई...
बाढीले विस्थापित भएको विद्यालय २३ वर्षपछि पुनःस्थापना
शिक्षा, समाचार, समाज

बाढीले विस्थापित भएको विद्यालय २३ वर्षपछि पुनःस्थापना

नेपालअखबार , त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका-२ सीतापुरमा बाढीका कारण विस्थापित भएको विद्यालय दुई दशकपछि पुनःस्थापना भएको छ । सीतापुरमा रहेको जनतासिद्ध निम्न माध्यमिक विद्यालय विसं २०५७ मा नारायणी नदीमा आएको बाढीका कारण विस्थापित भएको थियो । उक्त विद्यालय मध्यविन्दु नगरपालिकाको पहलमा २३ वर्षपछि पुनःस्थापना गरिएको छ । नारायणीमा आएको बाढीले बस्ती कटान र डुबान गरेपछि बस्तीसँगै विद्यालय पनि विस्थापित बन्न पुगेको थियो । विद्यालय विस्थापित भएको २३ वर्षपछि सोही स्थानमा नयाँ वर्षको अवसर पारेर मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले विद्यालयको उद्घाटन गरे । विसं २०२६ मा स्थापना भएको जनतासिद्ध निमावि विसं २०५७ को बाढीका कारण सीतापुरबाट विस्थापित भएपछि लुसलहरिको तत्कालीन अमर प्रावि भएको स्थानबाट सञ्चालन भएको थियो । एउटै परिसरबाट दुईवटा विद्...
एउटै परीक्षा केन्द्रबाट एसईईका ५२ नक्कली परीक्षार्थी पक्राउ
शिक्षा, समाचार

एउटै परीक्षा केन्द्रबाट एसईईका ५२ नक्कली परीक्षार्थी पक्राउ

नेपालअखबार,मोरङ । मोरङको ग्रामथानमा एउटै परीक्षा केन्द्रबाट एसईईका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। विहीबार बिहान जिल्लाको  ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिदै गरेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी  रन्जन कुमार दाहालले जानकारी दिए। ‘नक्कली परीक्षार्थी भेटिएपछि अहिले घटनाको अनुसन्धान भइरहेको छ,’ डिएसपी दाहालले भने,‘घटनास्थलमा प्रहरी र शिक्षा विकास समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमको टोली पुगेको छ।’ नक्कली परीक्षार्थी खुल्लातर्फका परीक्षा दिने रहेको परीक्षा केन्द्रअध्यक्ष तथा सरस्वती नमुना माविका प्रधानध्यापक अशोक  लुईटेलले बताए। सरस्वती नमुनामा ८ वटा विद्यालयको सेन्टर रहेको छ। ‘प्रवेशपत्रको  फोटोमा शंका लागेपछि परीक्षार्थीको जन्म मिति सोधेको थिए। भन...
जनप्रतिनिधि र शिक्षक-कर्मचारीका छोराछारी सरकारी स्कुलमा पढाउन पालिकाको सूचना
शिक्षा, समाचार

जनप्रतिनिधि र शिक्षक-कर्मचारीका छोराछारी सरकारी स्कुलमा पढाउन पालिकाको सूचना

नेपालअखबार, विराटनगर । जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई कक्षा ८ सम्म सरकारी विद्यालयमा पढाउन पाँचथरको मिक्लाजुङ गाउँपालिकाले सूचना जारी गरेको छ । मिक्लाजुङ गाउँपालिकाको शिक्षा ऐन, २०७९ को दफा (२२) मा विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुका छोराछोरीहरुलाई अनिवार्य रुपमा आधारभूत तह (कक्षा ८) सम्म सामुदायिक विद्यालयमा पठनपाठन गराउनु पर्ने व्यवस्था गरेको पालिकाले २०८० को शैक्षिक सत्रबाट अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउन सूचना जारी गरेको हो । सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि पालिकाले गाउँपालिकाभित्रका सबै निर्वाचित जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा शिक्षिका, विद्यालयका कर्मचारी, सरकारी कार्यालयमा कार्यरत कर्मचारीले आफ्ना छोराछोरीहरु अनिवार्यरुपमा आधारभूत तहसम्म सामुदायिक विद्यालयमा पठनपाठन गराउनु पर्ने पालिकाले जनाएकाे छ । ...
सहरका शैक्षिक संस्थाभन्दा कम छैन बागलुङको शान्ति मावि
शिक्षा, समाचार, समाज

सहरका शैक्षिक संस्थाभन्दा कम छैन बागलुङको शान्ति मावि

नेपालअखबार,बागलुङ । बागलुङको सबैभन्दा दूरको गाउँ खुङ्खानी। तमानखोला गाउँपालिका–५ मा पर्ने खुङ्खानी गाउँमा पालिका केन्द्र बोङ्गादोभान हुँदै विभिन्न खोलानाला, जङ्घार र भिरपहारा छिचोल्दै पुग्नुपर्छ। भौगोलिक रूपमा निकै विकटमा रहेको खुङ्खानीगाउँ छेउमै चिटिक्क रङरोगन गरेर सिंगारिएका केही भवन देखिन्छन्। भवन वरिपरि घेराबार लगाएर सुरक्षित गरिएको यो शान्ति माध्यमिक विद्यालय हो। दुर्गम गाउँमा यत्ति चिटिक्क परेको विद्यालय ठूला सहरका शैक्षिक संस्थाभन्दा कम छैन। आधा दशक अगाडिसम्म जीर्ण भवन, खानेपानी र शौचालयको अभावमा गुज्रिएको यस विद्यालयले अहिले मुहार फेरेको छ। भौतिक संरचनामा मात्रै होइन, शैक्षिक गुणस्तरमा पनि विद्यालयले फड्को मारेको छ। केही वर्ष पहिलेसम्म विद्यार्थी धुलोमै बसेर पढ्ने गर्थे। पर्याप्त डेक्स– बेन्च थिएनन्। खानेपानी र शौचालयको अवस्था पनि उस्तै थियो। जब स्थानीय सरकार आयो, तब शान्ति म...
मनाङबाट ५२ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने
शिक्षा, समाचार

मनाङबाट ५२ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने

नेपाल अखबार, मनाङ । शैक्षिकसत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मनाङबाट ५२ विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंका अनुसार मनाङबाट देशकै सबैभन्दा कम विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।  मनाङमा छात्रा ३१ र छात्र २३ परीक्षामा सहभागी हुने उनले बताए । “यहाँबाट परीक्षामा कम नै परीक्षार्थी हुन्छन्, मनाङ विकट जिल्ला र यहाँबाट विभिन्न विपद्का कारण विद्यार्थी घटेपछि अझ कम भए”, चपाईंले भने । जिल्लाका तीन विद्यालयमा परीक्षा केन्द्र तोकिएको उनले बताए । उनका अनुसार चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय, थोंचेस्थित प्रकाशज्योति माध्यमिक विद्यालय र मनाङ ङिस्याङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । खुलातर्फबाट छ छात्रले यस शैक्षिकसत्रमा परीक्षा दिन फाराम भरेका उनले बताए । लोकप्रियबाट ६ खुलासहित गरी १७ छात्रा र सात छात...
स्नातक चौथो वर्षको परीक्षा केन्द्र सार्ने निर्णय सच्याउन विद्यार्थी नेताहरुको माग
राजनीति, शिक्षा, समाचार

स्नातक चौथो वर्षको परीक्षा केन्द्र सार्ने निर्णय सच्याउन विद्यार्थी नेताहरुको माग

नेपालअखबार, काठमाडौं । यही चैत १२ गतेदेखि हुने स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र सार्ने त्रिभुवन विश्वविद्यालयको निर्णयको विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । विद्यार्थीहरु अध्ययनरत क्याम्पसभन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय सच्याउन उनीहरुले माग गरेका छन् । नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आज संयुक्त विज्ञप्ति जारी गर्दै विद्यार्थीहरुलाई दुःख दिने मनसायका साथ परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र सार्ने निर्णय गरेको आरोप लगाएका छन् । यो निर्णयबाट विद्यार्थीहरुमा मनोवैज्ञानिक असर पर्ने उनीहरुको ठहर छ ।विज्ञप्तिमा लेखिएको छ, ‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विद्यार्थीहरु सहभागी भएको अवस्थामा विद्यार्थीलाई अनावश्यक तनाव र दुःख दिने मनसायका साथ विद्यार्थीले अध्ययनरत...
सुदूरपश्चिमको आंगिकमा भोलि, केन्द्रीय क्याम्पसमा चैत २१ मा स्ववियु चुनाव
राजनीति, शिक्षा, समाचार

सुदूरपश्चिमको आंगिकमा भोलि, केन्द्रीय क्याम्पसमा चैत २१ मा स्ववियु चुनाव

नेपालअखबार,महेन्द्रनगर । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा यही चैत २१ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुने भएको छ। यसअघि चैत ८ गते निर्वाचन तोकिए पनि विद्यार्थी सङ्गठनले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको थियो। सोमबार विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच आगामी चैत २१ गते निर्वाचन गर्ने सहमति भएको निर्वाचन अधिकृत तोरण भट्टले बताए। ‘निर्वाचनका लागि दर्ता भएका सबै विद्यार्थी सङ्गठनबीच भएको छलफलमा २१ गते निर्वाचन गर्ने सहमति भएको छ। विद्यार्थी भर्ना हुने समय दिएर निर्वाचन गर्ने सहमति भएको छ,’ उनले भने। उनकाअनुुसार चैत ११ सम्म भर्ना भएका विद्यार्थीले मताधिकार प्रयोग गर्ने पाउनेछन्। सुदूरपश्चिम विश्वविद्यालयले चैत ८ मा तोकेको निर्वाचनमा अन्य पाँचवटा आङ्गिक क्याम्पसमा अझै विवादका कारण निर्वा...