Tuesday, July 7

शिक्षा

फागुन १४ मा स्ववियु चुनाव नहुने, २८ गते गर्न प्रस्ताव
राजनीति, शिक्षा, समाचार

फागुन १४ मा स्ववियु चुनाव नहुने, २८ गते गर्न प्रस्ताव

नेपालअखबार, काठमाडाैं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन फागुन १४  गतेमा नहुने भएको छ। १४ को ठाउँमा २८ गते गर्न प्रस्ताव गरिएको छ ।  बुधबार शिक्षाध्यक्ष शिवलाल भुसालको अध्यक्षतामा बसेको त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण परिषदको बैठकले फागुन २८ गते गर्ने प्रस्ताव गरेको थियो। डीनहरूले विद्यार्थीको परीक्षाका कारण १४ गते चुनाव गर्न नसकिने बताएका थिए।   विद्यार्थीहरूको परीक्षा सञ्चालन भइरहेकाले यसअघि गर्दै आएको मितिमा चुनाव गर्न सकिने अवस्था नरहेको शिक्षाध्यक्ष भुसालले बताए । अब विद्यार्थी संगठनहरूसँग बसेर थप छलफल गरेर २८ गतेको मितिबारे टुंगोमा पुगिने भुसालले बताए । परिषदले त्रिविका ९ वटै संस्थान र संकायका डीनसँग चुनावी तयारीका विषयमा छलफल गरेको थियो । २८ गते चुनाव गर्ने मोटामोटी सल्लाह भएको विद्यार्थी संघ–संगठनसँग पनि छलफल गरेर निर्णयमा पुगिने उनको भनाई छ । ...
एउटै शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन
शिक्षा, समाचार, समाज

एउटै शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन

नेपालअखबार,स्याङजा । स्याङजाको वालिङस्थित एक विद्यालयमा एक शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन हुँदै आएको छ । वालिङ नगरपालिका–१४ करादीस्थित सौरीखाल्टा माइस्थान आधारभूत विद्यालयमा एक शिक्षक मात्र कार्यरत छन्। तीन कक्षासम्म मात्र पढाइ हुने उक्त विद्यालयमा तीन शिक्षकको दरबन्दी छ । तर एक वर्षयता अरु शिक्षक नआउँदा आफू एक्लैले विद्यालय धान्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएका धनबहादुर हमालले बताए । “तीन कक्षासम्म पढाइ हुन्छ, शिक्षक दरबन्दी तीन जनाको छ, तर एक वर्षदेखि मैले मात्र पढाउनु परिरहेको छ”, उनले भने, “दरबन्दी काटिएको पनि छैन, अरु शिक्षक हाजिर हुन आएका छैनन् ।” प्रधानाध्यापक आफै रहेका हमाल एक्लैले तीनवटा कक्षा एकसाथ सञ्चालन गर्दै आएका छन् । अघिल्लो वर्ष कात्तिकसम्म दुई शिक्षक रहे पनि एकजना बिरामी भएर अवकाश भएपछि गत मङ्सिरदेखि आफू एक्लैले तीनवटा कक्षाका विद...
तीन शिक्षकले कक्षा छसम्म कसरी पढाउने?
शिक्षा, समाचार

तीन शिक्षकले कक्षा छसम्म कसरी पढाउने?

नेपालअखबार,  बझाङ। विद्यार्थी चौरमा राखिएका डेस्क बेन्चमा पढिरहेका थिए। नजिकै पिपल चौतारा र मन्दिर। अर्को छेउमा शौचालय तथा खानेपानी र बीचमा खुला चौरले नै सिद्धिगणेश आधारभूत विद्यालयको आंशिक परिचय दिइरहेको थियो। लहरै बालकक्षादेखि ५ कक्षामा पढ्ने बालबालिका आफ्नै धुनमा किताब पल्टाइरहेका थिए। शिक्षकले कक्षालाई समय दिएर कसैलाई लेख्न त कसैलाई पढ्न लगाएका थिए। त्यतिकैमा एउटा अनुगमन टोली आइपुग्यो र बाहिर चौरमै बसेर अनौपचारिक रूपमा शिक्षकसँग जानकारी लियो। यता विद्यार्थीलाई भने विद्यालयमा नयाँ मान्छे आएकोमा कुनै चासो थिएन। जब टोली भान्छा कोठा हुँदै कक्षा कोठातिर गयो, त्यसपछि पनि विद्यार्थी त्यही गतिमा थिए। टोलीले विद्यार्थी अनुशासित हुन् या अल्छी हुन् भन्दै कानाखुसी गर्न थाले। कक्षा कोठाबाट फर्केपछि टोलीको निष्कर्ष रह्यो विद्यार्थी अनुशासित छन्। कक्षा कोठाको अनुगमनपछि शिक्षक शिक्षिकासँगक...
त्रिविबाट ६३ हजार विद्यार्थी दीक्षित
शिक्षा, समाचार

त्रिविबाट ६३ हजार विद्यार्थी दीक्षित

नेपालअखबार, काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले दिएको जानकारीअनुसार २०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिई ६० औँ ग्रेस लिष्टमा समावेश भएका उक्त सङ्ख्याका विद्यार्थी आज ललितपुरको पुल्चोक क्याम्पसमा आयोजित दीक्षान्त समारोहमा दीक्षित भएका हुन् । समारोहमा त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायतको सहभागिता रहेको थियो । समारोहमा सेन्टर युनिभर्सिटी अफ पञ्जाब भारतका पूर्वउपकूलपति राघवेन्द्र पी.तिवारी प्रमुख अतिथिका रुपमा उपस्थित रहेका थिए । हाल देशका ७७ मध्ये ७६ जिल्लामा त्रिभुवन विश्वविद्यालयका एक सय १२ वटा आंगिक क्याम्पस रहेका छन् । उपकुलपति...
बागलुङमा २३ वर्षपछि गुरुकुल ब्युँताइँदै
शिक्षा, समाचार, साहित्य \कला

बागलुङमा २३ वर्षपछि गुरुकुल ब्युँताइँदै

नेपालअखबार, बागलुङ। सशस्त्र द्वन्द्वका बेला बन्द भएको परमानन्द संस्कृत गुरुकुल पाठशाला पुनःसञ्चालनको उद्देश्य राखेर यहाँ ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९’ सुरु गरिएको छ । ​काठेखोला गाउँपालिका–५ रामकोटधाममा आयोजित उक्त महोत्सवको बिहीबार गलेश्वर आश्रम देवघाटधामका पीठाधीश महामण्डलेश्वर श्री १००८ स्वामी आत्मानन्द गिरी महाराजले शुभारम्भ गरे । रामकोटधामका संस्थापक दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले २०३१ सालमा स्थापना गरेको उक्त गुरुकुल २०५६ सालमा बन्द भएको थियो । गुरुकुल नचलेपछि यहाँका विद्यार्थीलाई देवघाटधामस्थित गुरुकुल विद्यापीठमा लगिएको थियो । पुनः रामकोटधामबाटै संस्कृत गुरुकुल चलाउने ध्येयले धार्मिक महोत्सव आयोजना गरिएको महोत्सवको प्रमुख सङ्कल्पकर्ता बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अध्यक्ष देवीलाल सुवेदीले बताए । यही मङ्सिर २८ गतेसम्म चल्ने सो महोत्सवमा देशभरबाट सन्त, मह...
पर्वतमा एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका
शिक्षा, समाचार, समाज

पर्वतमा एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका

नेपालअखबार, कुश्मा। वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् । उनीहरुका लागि बनाइएका डेस्क-बेञ्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरु कोही छैनन् । विद्यार्थीको अभावमा विद्यालय नै रित्तिएको छ । पर्वतको मोदी गाउँपालिका चित्रेमा रहेको दुर्गा भवानी प्राथमिक विद्यालय २०४० सालमा स्थापना भएको हो । विगतमा विद्यार्थीको सङ्ख्या बाक्लै भए पनि यस वर्ष शिशु कक्षामा पढ्न एक्ला विद्यार्थी नीरज लम्साल मात्र आउने गरेका छन् । विद्यालयमा विद्यार्थी लम्साल र शिक्षिका ठाकुकुमारी केसी मात्रै छिन्। विद्यालयमा विद्यार्थी आए वा नआए पनि हरेक दिन विद्यालय पुग्नु केसीको दिनचर्या हो । त्यहाँका एक शिक्षिका र कार्यालय सहयोगी गत वर्ष काजमा खटिएपछि शिक्षिका केसी एक्लै भएकी हु...
बझाङमा विद्यालय जाँदा आउँदा दैनिक छ घण्टा बिताउनुपर्छ
शिक्षा, समाचार, समाज, हाइलाइट-समाचार

बझाङमा विद्यालय जाँदा आउँदा दैनिक छ घण्टा बिताउनुपर्छ

नेपालअखबार, बझाङ। दोगडाकेदार गाउँपालिका–१ बैतडीका प्रकाश विष्ट भर्खर किशोरावस्थामा प्रवेश गरे । गोरङ घर भएका उनलाई विद्यालय जान ‘निल्नु न ओकेल्नु’ जस्तै भएको छ । बिहान पढाइ हुने बेलामा साढे ३ बजे नै ‘आलराम’ लगाउनुपर्छ । ४ बजे पोसाक, जुत्ता, टोपी कसेर झोला बोक्दै बाटो लाग्नुपर्छ र बल्ल ७ बजे ‘स्कुल’ पुगिन्छ । उनलाई आधारभूतसम्म पढ्न केही असजिलो थिएन । जब उहाँले ८ कक्षा उत्तीर्ण गर्नुभयो त्यसपछि उनको दौडाइ सुरू भयो । गत वैशाखमा पञ्चदेव महानन्द मावि रिममा भर्ना भएका विष्टले विद्यालय जाँदा आउँदा मात्रै दैनिक छ घण्टाको हाराहारीमा बाटोमै बिताउनुपर्छ । “२४ घण्टामध्ये छ घण्टा स्कुल र छ घण्टा बाटोमै बिताउनुपर्छ”, उनले भने, “रिममा पढ्न गएपछि समय तालिका निकै पेचिलो भयो । सुत्न र घरायसी काम गर्नै समय बाँड्नुपर्छ । पढ्ने समय त त्यस्तै हो ।”गोरङका प्रकाश मात्रै छैन, उनजस्तै धेरै विद्यार्थीको दैनिकी...
कक्षा १२ को ग्रेडवृद्धिको नतिजा सार्वजनिक, ३४ हजारबढी विद्यार्थी नन् ग्रेडमा
शिक्षा, समाचार

कक्षा १२ को ग्रेडवृद्धिको नतिजा सार्वजनिक, ३४ हजारबढी विद्यार्थी नन् ग्रेडमा

नेपालअखबार, काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको नतिजा अनुसार ३४ हजार ६०९ जनाले नन ग्रेड पाएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । गत ३० र ३१ भदौमा सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा एक लाख २६ हजार ६५३ जना सहभागी परीक्षार्थी मध्ये ९२ हजार ४४ जनाले मात्र ग्रेड प्राप्त गर्न सकेका छन् । बाँकी ६ जनाको परीक्षा रद्द भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षार्थीले नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिको वेबसाइट अथवा १६०० मा एसएमएस गरेर हेर्न सक्नेछन् । परीक्षामा सहभागी भई सैद्धान्तिक परीक्षामा कम्तीमा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीहरुले नतिजा प्रकाशन भएको मितिले ७ दिन पश्चात मात्र ट्रान्स्क्रिप्ट, माइग्रेसन, प्राभिजनल र ग्रेडवृद्ध...
प्रतिभा माविमा विज्ञान प्रदर्शनी
शिक्षा, समाचार

प्रतिभा माविमा विज्ञान प्रदर्शनी

नेपालअखबार, पाेखरा ।  यहाँको प्रतिभा माविले विद्यार्थीमा भएको क्षमता प्रस्फुटन गराउन एकदिने विज्ञान प्रदर्शनी आयोजना गरेको छ । कक्षा ८ देखि १२ कक्षासम्मका विद्यार्थीले यो प्रदर्शनीमा भाग लिएका छन् । ११ र १२ कक्षाका भने विज्ञान विषयका विद्यार्थी प्रदर्शनीमा सहभागि थिए । विद्यालयका निर्देशक किरण सापकोटाका अनुसार विद्यार्थीमा रहेको सिर्जनशिलता प्रस्तुत गराउन प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीमा विद्यार्थी आफैले बनाएका विज्ञान सामाग्री प्रस्तुत गरेका थिए । विद्यार्थीले बनाएका विभिन्न उपकरण उक्त प्रदर्शनीमा प्रस्तुत गरेका थिए । विद्यार्थीले आफ्नै खर्चमा ती सामान बनाएका हुन् । ६२ समुहले विज्ञानका ती सामाग्री प्रर्दशनीमा राखेका थिए। सापकोटाका अनुसार दसैं–तिहारको लामो बिदामा गृहकार्य मात्र नदिएर विद्यार्थीलाई सिर्जनशील बनाउनका लागि विज्ञानका विभिन्न शैक्षिक सामाग्री बनाउन प्रोत्साहन गरेको बत...
१५ महिनापछि त्रिविले बल्ल दियो नतिजा
प्रशासन, शिक्षा, समाचार

१५ महिनापछि त्रिविले बल्ल दियो नतिजा

नेपालअखबार,  काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यलय बल्खुले परीक्षा लिएको करिब १५ महिनापछि बीएस्सी प्रथम वर्षको नतिजा प्रकाशित गरेको छ । कार्यालयले २०७७ सालको ब्याचको २०७८ साउनमा लिएको बीएस्सी प्रथम वर्षको परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको हो ।कार्यालयले नतिजामा स्थगित भएका वा अनुपस्थित देखिएका परीक्षार्थीहरुले आफू अध्ययनरत क्याम्पस र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यलयबाट प्रवेशपत्र प्रमाणीकरण गराई कात्तिक १५ गतेपछि कार्यालयको गोप्य शाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।...