Monday, August 24

शिक्षा

एसइईमा कम नम्बर दिएकाे भन्दै विद्यार्थीले शिक्षकलाई कुटे
शिक्षा, समाचार, समाज

एसइईमा कम नम्बर दिएकाे भन्दै विद्यार्थीले शिक्षकलाई कुटे

नेपाल अखबार, सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाको एक सामुदायिक विद्यालयका शिक्षकलाई सोही विद्यालयमा अध्ययनरत केही विद्यार्थीले कुटपिट गरेको छन्। एसइईमा कम नम्बर दिएको निहुँमा आइतबार दिउँसो सुनकोसी ७ मझुवास्थित गणेश माविका प्रधानाध्यापक र एक शिक्षकमाथि कुटपिट भएको हो। विद्यार्थीले विद्यालयमै गएर शिक्षकमाथि निर्घात कुटपिट गरेका प्रहरीले जनाएको छ। प्रद्यानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी विषय पढाउने शिक्षक चित्रबहादुर भण्डारीमाथि विद्यार्थीले कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रञ्जु सिग्देलले जानकारी दिइन्। कुटपिटमा संलग्न विद्यार्थी फरार छन्। ‘कुटपिटमा संलग्न विद्यार्थीको खोजी भइरहेको छ,’ एसपी सिग्देलले  भनिन्, ‘कुटपिटबाट दुई शिक्षक घाइते हुनु भएको छ। उहाँहरुले आइतबार साँझ जिल्ला प्रहरी कार्यालयमा आएर उजुरी दर्ता गराउनु भएको छ। हामीले उहाँहरुको घाउ जाँच गरेर घटना...
दशैँ पछाडि मात्र त्रिविको वार्षिक परीक्षा
शिक्षा, समाचार

दशैँ पछाडि मात्र त्रिविको वार्षिक परीक्षा

नेपाल अखबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि मात्र हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ । यसअघि बन्दाबन्दी (लकडाउन) खुलेसँगै सवारी साधन सञ्चालन भएपछि पनिकाले भदौ १६ गतेबाट सेमेष्टर र असोजको पहिलो हप्ताबाट वार्षिक परीक्षा गर्ने तयारी रहेको थियो । “अहिलेको स्थितिमा दशैँ अगाडि कुनै पनि परीक्षा गर्न सहज छैन”, उनले भने, “अब वार्षिक अन्तर्गतका सबै परीक्षा दशैँपछि नै हुन्छन् ।” उनका अनुसार मङ्सिर १५ वा २० गतेदेखि परीक्षा गर्ने र चैतसम्म सकाउने तयारी छ । चैतसम्म सबै बाँकी रहेका प...
अनेरास्ववियूको माग शैक्षिकसत्र खेर जान नदेऊ
राजनीति, शिक्षा, समाचार

अनेरास्ववियूको माग शैक्षिकसत्र खेर जान नदेऊ

नेपाल अखबार,  काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले एसईई ग्रेडिङ मापदण्ड स्थगित गर्नुपर्ने लगायतका २१ सूत्रीय मागसहितको ज्ञापनपत्र आज शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई बुझाएको छ । इमेलमार्फत् बुझाइएको ज्ञापनपत्रमा विद्यालय शिक्षासँग सम्वन्धित ११ वटा र विश्वविद्यालय शिक्षासँग सम्वन्धित १० वटा माग प्रस्तुत गरिएको छ । कोरोना संकट र निषेधाज्ञाका कारणले शिक्षामन्त्री पोखरेलसँगको टेलिफोन संवादपछि इमेलबाट ज्ञापनपत्र पठाइएको र उक्त ज्ञापनपत्र मन्त्री पोखरेलले ग्रहण गरिसकेको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बताए । ज्ञापनपत्रमा अनेरास्ववियूले शैक्षिकसत्र कुनै हालतमा खेर जान नदिन, वैकल्पिक माध्यमबाट परीक्षा लिन र सिकाइ सहजीकरण निर्देशिका ०७७ को समीक्षा तथा अनुगमन गरी त्यसलाई शैक्षिक सत्रकै अंग बनाउन माग गरेको छ । त्यसैगरी कक्षा ११ मा भर्ना हुनका लागि यस वर्ष तय गरिएको एसईई ग्रेडिङ मापद...
अनमी र सीएमए पढाउने १३७ सीटीईभीटीका कलेजको सम्बन्धन खारेज
प्रशासन, शिक्षा, समाचार

अनमी र सीएमए पढाउने १३७ सीटीईभीटीका कलेजको सम्बन्धन खारेज

नेपाल अखबार, काठमाडाैं।  राष्ट्रिय चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) सँग सम्बन्धन लिएर सञ्चालित स्वास्थ्य विषयका प्राविधिक एसएलसी सरहका कार्यक्रम खारेज गर्ने निर्णय गरेको छ। आयोगको साउन ३० गते बसेको बैठकले चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४२ अनुसार प्रमाणपत्र तहभन्दा मुनिका सबै कार्यक्रम खारेज गरेको हो । यो निर्णय यसै शैक्षिक सत्रदेखि लागू हुनेछ । आयोगका उपाअध्यक्ष श्रीकृष्ण गिरीले ऐनकै व्यवस्थाअनुसार सीटीईभीटीले चलाउँदै आएको प्रमाणपत्र तहमुनिका स्वास्थ्य विषयका कार्यक्रममा यस वर्षदेखि भर्ना लिन नपाउने निर्णय गरिएको जानकारी दिए । उनले भने, ‘चिकित्सा शिक्षा ऐन अनुसार नै हाम्रो छलफलले निर्णय गरेको हो ।’ योसँगै अनमी, सीएमए, ल्याब असिस्टेन्टलगायतका २३८ विषय पढाउने १३७ वटा कलेजको सम्बन्धन खारेज भएको छ। त्यसैगरी त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्दै आए...
स्थगित त्रिविको परीक्षा असोजभित्रै भर्चुअल विधिबाट लिने तयारी
शिक्षा, समाचार

स्थगित त्रिविको परीक्षा असोजभित्रै भर्चुअल विधिबाट लिने तयारी

नेपाल अखबार, काठमाडाैं। त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका नै बन्द हुने भएपछि त्यसलाई सहज बनाउने उद्देश्यले जुनसुकै विकल्पबाट पनि परीक्षा लिने तयारीमा विश्वविद्यालय पुगेको हो । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्राडा डिल्लीराज शर्माले स्थगित परीक्षा लिने विषयमा आफूहरू अन्तिम निर्णयमा पुगेको जानकारी दिए। खासगरी स्नातकोत्तर तहका सेमेस्टरमा केही विषय परीक्षा दिएका र केही बाँकी रहेका विद्यार्थीको हकमा निकास निकाल्ने निर्णय विश्वविद्यालयका पदाधिकारी तथा डिनहरूको बैठकले गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा समाचार छ ।...
विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोजबाट गर्ने प्रस्ताव
शिक्षा, समाचार

विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोजबाट गर्ने प्रस्ताव

नेपाल अखबार, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोज १ बाट गर्ने प्रस्ताव गरेको छ । सिसिएमसीको आइतबार बसेको बैठकले तत्काल विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नहुने प्रस्ताव गरेको हो । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन भदौ १ गतेबाट खुल्ला गर्ने निर्णय गरेको थियो । नोवेल कोरोना भाइरस संक्रमित र मृतकको संख्या बढ्दै गएपछि भदौ भरी परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न नमिल्ने प्रस्ताव गरेको हो ।...
त्रिविको ईतिहासमै पहिलो पटक शिक्षकवाटै क्याम्पको मुल गेटमा ताला
शिक्षा, समाचार

त्रिविको ईतिहासमै पहिलो पटक शिक्षकवाटै क्याम्पको मुल गेटमा ताला

नेपाल अखबार, पाेखरा। त्रिभुवन विश्वविद्यालयको ईतिहासमै पहिलोपटक आशिंक शिक्षकहरुले समान कामको समान ज्यालाको माग गर्दै पृथ्वी नारायण क्याम्पसको मुल गेटमा अनिश्चीत कालिन तालावन्दी गरेका छन् । विगत १४ वर्ष देखि समान कामको समान ज्याला माग्दै आएका आशिंक शिक्षकहरुले चरण वद्ध आन्दोलन गरेपनि त्रिभुवन विश्वविद्यालय र क्याम्पस प्रशासन गैह्र जिम्मेवार वनेको भन्दै आन्दोलन स्वरुप अनिश्चित कालका लागि ताला लगाएको हो । दैनिक दुई सय भन्दा कम शुल्कमा नियमित पठनपाठन गराई रहेका आशिंक शिक्षकहरुले गत वर्षको माघ २० गते क्याम्पस प्रशासन, आशिंक शिक्षक र त्रि वि प्रतिनिधीका विचमा भएको सहमती कार्यन्वयन नभएको भन्दै पुन आन्दोलन गरेका हुन् । क्याम्पको नया क्याम्पस प्रमुखको पदमा प्राध्यापक डाक्टर सरोज कोईराला आए पछि आशिंकका मागलाई यहि श्रावणको २२ गते सम्म समाधान गर्न २ वुदे लिखित प्रतिवद्धता जनाएका थिए । प्रतिवद्धता अनुस...
बच्चाहरुबाट कोरोनाभाइरसको संक्रमण झनै छिटो सर्न सक्ने
शिक्षा, समाचार, स्वास्थ्य

बच्चाहरुबाट कोरोनाभाइरसको संक्रमण झनै छिटो सर्न सक्ने

नेपाल अखबार, एजेन्सि। यतिखेर शैक्षिक वर्ष खेर जान नदिने नामममा स्कुलहरु खोलिनुपर्छ भन्नेबारेमा आवाजहरु उठ्न थालेका छन् । सरकारको एउटा तप्काको सोच पनि त्यहीअनुसार देखिन्छ । कुराहरु सुन्दा र पढ्दा आम जनताको प्रतिक्रिया हेरेर सक्यो भने सरकारको तयारी भदौदेखि नै भर्ना प्रक्रियाको थालनी गरेर यथासक्य स्कुलहरु खोल्नुपर्छ भन्ने पक्षमा देखिन्छ । विश्व महाशक्ति अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष जोडबल पनि कोरोनाभाइरसको महामारीका बीच स्कुलहरु सञ्चालन हुनुपर्छ भन्ने देखिन्छ । यो कुरालाई उनकै टीमका स्वास्थयविद्हरुले पनि घातक हुने भनेर बारम्बार चेतावनी दिँदै आएका छन् । यसबीच अध्ययनहरुले देखाएको छ, सार्स–कोभ–२ नाम दिइएको कोरोनाभाइरसको संक्रमण वयस्कहरुमा भन्दा पनि युवा बच्चाहरुमा बढी घातकताका साथ सर्ने गरेको छ । यो अवस्थामा स्कुलहरु हतारिएर खोल्नु अत्यन्तै जोखिमपूर्ण हुने देखिन्छ । अमेरिका र इटाली...
विद्यालय पुनःसञ्चालनको अधिकार स्थानीय तह र व्यवस्थापन समितिलाई दिन सुझाव
शिक्षा, समाचार

विद्यालय पुनःसञ्चालनको अधिकार स्थानीय तह र व्यवस्थापन समितिलाई दिन सुझाव

नेपाल अखबा। काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेका विद्यालय पुनः सञ्चालनका लागि सम्बन्धित स्थानीय तह र विद्यालयलाई अधिकार दिने गरी सङ्घीय सरकारले कार्यविधि ल्याउनुपर्ने विज्ञ र सरोकार भएका पक्षले सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालनका लागि चाँडै कार्यविधि ल्याउने तयारी गरेका बेला सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल र शिक्षा पत्रकार समाजले आज आयोजना गरेको भर्चुअल संवादमा सबै पक्षसँग छलफल नभएको स्थितिमा हतारमा कार्यविधि जारी नगर्न सुझाव दिइएको हो । स्वास्थ्य सुरक्षा जोखिम कायमै रहेकाले विद्यालय तत्काल खोल्दा सङ्क्रमणको खतरा हुने भएकाले सुरक्षाको सुनिश्चिततापछि मात्रै विद्यालय खोल्न वा कम जोखिम भएका ठाउँमा मात्रै विद्यालय सञ्चालनका लागि उनीहरुको सुझाव छ । सरकारले आगामी भदौ १ देखि चालू शैक्षिक सत्रका लागि भर्नाका कार्यक्रम सञ्चालन गर...
कक्षा ११ को वार्षिक परीक्षा माघ अगाडि नै
प्रशासन, शिक्षा, समाचार

कक्षा ११ को वार्षिक परीक्षा माघ अगाडि नै

नेपाल अखबार, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–११) महामारीका कारण स्थगित कक्षा ११ को परीक्षा आउँदो माघ महिना भन्दा अगाडि लिइसक्नुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी कार्यविधिमा ढिलोमा २०७८ सालको वैशाख/जेठमा सञ्चालन हुने कक्षा १२ को परीक्षाको आवेदन फर्म भर्नुपूर्व नै कक्षा ११ को परीक्षा लिइसक्नुपर्ने व्यवस्था गरिएको छ । बोर्डले सञ्चालन गर्ने कक्षा १२ को परीक्षा फर्म आगामी माघमा भर्नुपर्छ, त्यो भन्दा पहिला नै विद्यालयहरूले कक्षा ११ को परीक्षा लिइसक्नुपर्छ’ बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले भने । आंशिक तथा ग्रेड वृद्धि परीक्षार्थीले भने २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुनुपूर्व नै परीक्षा दिइसक्नुपर्ने अर्यालले जानकारी दिए । अर्यालका अनुसार यो परीक्षाको संपरीक्षण बोर्डले नै गर्नेछ । गत असार १९ गते बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद् बैठकले यसअघि...