टोलमै पुगेर विद्यार्थी पढाउँदै सामुदायिक विद्यालय
नेपाल अखबार, तनहुँ । तनहुँका विभिन्न ठाउँका सामुदायिक विद्यालयले टोल–टोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन् । कोभिड–१९ का कारण विद्यालय बन्द रहेको अवस्थामा सिकाई सहजीकरण गर्न विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन थालेका हुन् ।
शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेशी माध्यमिक विद्यालयले टोल–टोलमा पुगेर विद्यार्थी पढाउन सिकाई केन्द्र स्थापना गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका अनुसार विद्यार्थीमा पठनपाठनप्रति उत्प्रेरणा जगाउन निर्देशन दिएसँगै विद्यालयले वडाभित्रका विभिन्न टोलमा सिकाई केन्द्र स्थापना गरेको हो ।
वडा शिक्षा समितिका संयोजक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, सम्पूर्ण टोल विकास संस्थाका अध्यक्ष र शिक्षकहरुको असोज ४ गते बसेको संयुक्त बैठकले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई विद्यार्थी संख्याको आधारमा पायक पर्ने ठा...
