पोखरा महानगरको बहुप्राविधिक शिक्षालयमा यसैवर्ष पढाई हुने, सिभिल र अटो इन्जिनियरिङको आवेदन खुला
नेपाल अखबार, पाेखरा। पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्रविविधक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङको पढाइ हुने भएको छ । तीन वर्षे कोर्षको लागि शिक्षालयले भर्नाका लागि आवेदन खुला गरिसकेको पोखरा महानगरपालिका शिक्षा महाशाखाले जानकारी दिएको छ ।
एसइई उत्तीर्ण विद्यार्थीले असोज १५ गतेसम्म अध्ययनको लागि आवदेन दिन सक्ने शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए । दुई विषयमा ४८÷४८ कोटा निर्धारण गरिएको छ भने विभिन्न छात्रवृत्तिको पनि व्यवस्था गरिएको आचार्य बताए । १० वटा पूर्ण छात्रवृत्ति र ६ वटा कोटा सहुलियत र ३२ वटा कोटा खुला रहेका छन् ।
पोखरा महानगरपालिकाले बजारको मागका आधारमा दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्य सहित ‘गण्डकी बहुप्राविधिक शिक्षालय’ स्थापना गरेको हो । अटोमोबाइल इन्जिनियरिङ सम्बन्धी आवश्यक सीपको अभावमा यहाँका युवा ब...
