त्रिपक्षिय लगानीमा बन्यो गोरखा नगरपालिकामा नौ योजना
गोरखा । त्रिपक्षिय लगानीमा गोरखा नगरपालिकामा बिभिन्न नौ योजना सम्पन्न भएका छन् । गोरखा नगरपालिका, कतार रेडकृसेन्ट र युएनडिपीको संयुक्त लगानीमा वडा नम्बर २, ४ र ६ मा बिभिन्न योजना निर्माण भएका हुन् ।
शिक्षा, स्वास्थ्य, खानेपानी, सिञ्चाई लगायतका क्षेत्रमा लगानी भएका सो आयोजनाहरुको बिहिबार उद्घाटन भएको छ । योजनाहरुको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त र नेपालका लागि कतारका राजदुत युसूव विन मोहम्मद अल हैलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
गोरखा नगरपालिका २ ताप्लेमा निर्माण सम्पन्न भएको कोखे आहाले शहरी स्वास्थ्य चौकी, मदरसा भवन, २ र ४ मा सम्पन्न दुई खानेपानी आयोजना, सिञ्चाई र गोरखा अस्पतालमा निर्माण भएको फोहोर ब्यवस्थापन गृहको संयुक्त रुपमा उद्घाटन भएको हो ।
९ योजनामा गोरखा नगरपालिकाले १ करोड ५९ लाख ७५ हजार १ सय ४०, कतार रेडकृसेन्टले १ करोड ३४ लाख ७१ हजार ७ सय २१ र यूएनडिपीले ५...
