राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकको माग वार्ताबाट समाधान गर्न आग्रह
नेपालअखबार,काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकको माग वार्ताबाट समाधान गर्न आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरेर वार्ताबाट समाधान गर्न भनेको हो ।
‘आन्दोलन लम्बिँदै गएमा एसईई परीक्षाको नतिजा, कक्षा १२ को परीक्षा र बालवालिकाको भर्ना अभियान समेत प्रभावित हुने देखिएको छ,’ आयोगले भनेको छ, ‘साथै, आन्दोलनका कारण माइतीघर क्षेत्रमा विगत तेह्र दिनदेखि सहज आवागमनमा समेत अवरोध सिर्जना भएको अनुगमनवाट पाइएको छ ।’
मागहरू सम्बोधन गराउन आन्दोलन नै गर्नुपर्ने वातावरणको सिर्जना हुनु चिन्ताको विषय विषय भएको आयोगको ठहर छ ।
‘विद्यालयका शिक्षकशिक्षिकाहरूले आफ्नो वृत्तिविकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानव अधिकारको मूल्य मान्यता अनुकुल नै हुन्छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ, ‘तर आफ्ना मागहरु सम्बोधन गराउन आन्दोलन नै गर्नुपर्न...









