महेन्द्र माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
नेपालअखबार ;पोखरा । पोखरा महानगरपालिका वडा नंंं ९, नयाँवजारमा अवस्थित महेन्द्र माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव ,अभिभावक दिवस तथा पुरस्कार वितरण, सम्मान कार्यक्रम तथा विभिन्न साँस्कृतिक कार्यक्रमका साथ बुधबार सम्पन्न भयो ।
सोही अवसर पारेर विद्यालयमा स्थापना गरिएको प्राथमिक स्वास्थ्य कोठा तथा स्तरोन्नति गरिएको पुस्तकालयको उद्घाटन समेत गरिएको छ ।
प्रमुख अतिथि सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले कार्यक्रमको उद्घाटन गर्दै वाल्यकालको स्कुलको अवस्था सम्झदै आफुले पढेको विद्यालयले दिनप्रतिदिन प्रगति गरेको देख्दा खुशी लागेको वताए ।
उनले देशको शिक्षा निति धेरै पुरानो भएकोे कारण संघिय सरकारले शिक्षा ऐन परिमार्जन लागेको वताउँदै नयाँ शिक्षा ऐन लागु गरे पछि गण्डकी प्रदेश सरकारले पनि प्रदेशका युवा लक्षित तथा माग वमोजिमको शिक्षा ऐन ल्याउने तरखरमा रहेको वताए ।
कार्यक्रमम...










