Monday, December 22

समाचार

तोकिएकै समयमा निर्वाचन हुन्छ : प्रधानमन्त्री कार्की
राजनीति, समाचार

तोकिएकै समयमा निर्वाचन हुन्छ : प्रधानमन्त्री कार्की

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छन् । प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्वाङ नेतृत्वको एक प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भएको भेटमा यो सरकार चुनाव गराउनैका लागि आएकाले अब कुनै दुबिधा नराखी चुनावको तयारी गर्न पनि आग्रह गरिन्। उनले भनिन्,  ‘हामी चुनाव गराउनै लागिरहेका छौँ। असामान्य अवस्थामा शान्ति स्थापना र चुनाव गराउनकै लागि आएका हौँ । शान्ति स्थापना र कानुनको शासन बहालीमा सफलता मिलेको छ। अबको हाम्रो लक्ष्य चुनाव गराउने हो। चुनाव भए मात्र मुलुकमा अब दिगो शान्ति र स्थायित्व सुनिश्चित हुन्छ।’ नेम्वाङले प्रधानमन्त्री कार्कीलाई चुनाव गराउन सफलता मिलोस् भनेर शुभकामना पनि दिए । ‘हाम्रो शुभेच्छा छ, शुभकामना छ,’ उनले भने, ‘चुनाव गराउन सफल हुनुहोस्।’  प्...
सदस्यको धितो प्रयोग गरी सहकारी बैंकबाट लिने कर्जाको सीमामा कडाइ
अर्थ, समाचार

सदस्यको धितो प्रयोग गरी सहकारी बैंकबाट लिने कर्जाको सीमामा कडाइ

नेपालअखबार,काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी बैंकका सदस्य संस्थालाई कर्जा व्यवस्था कसिलो बनाएको छ । सहकारी बैंकबाट सदस्य सहकारीले ऋण लिँदा सहकारीका कर्जा सदस्यले लिएको भन्दा धेरै नहुने व्यवस्था केन्द्रीय बैंकले गरेको हो । कुनै सहकारीका सदस्यले कर्जा लिँदा राखेको धितोलाई सो सहकारीले फेरि सहकारी बैंकमा राख्न सक्छ । तर, यसरी ऋणीको धितो राखी सहकारीले कर्जा लिँदा उसको सदस्यले लगेको कर्जा भन्दा धेरै हुन नहुने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । यसअघि सहकारीहरूले आफ्ना सदस्यको धितोलाई प्रयोग गरेर अधिक कर्जा लिने गरेका थिए । त्यसले गर्दा संस्थामा धेरै जटिलता समेत आइपरेका थिए । केन्द्रीय बैंकले विगतमा भएका जटिलतालाई मध्यनजर गर्दै सहकारीले आफ्ना ऋणी सदस्यको धितोमा दिएको कर्जाभन्दा बढी ऋण उसले सहकारी बैंकबाट लिन नसक्ने व्यवस्था गरेको हो। आइतबार केन्द्रीय बैंकले सहकारी बैंकलाई एकीकृत निर...
छाङरुमा सौर्य मिनिग्रिड सञ्चालन
प्रविधि, समाचार, समाज

छाङरुमा सौर्य मिनिग्रिड सञ्चालन

नेपालअखबार, दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुमा सौर्य ऊर्जामार्फत विद्युत् आपूर्ति सुरु गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोग र स्थानीय उपभोक्ताको श्रमदानमा निर्माण गरिएको ५३ किलोवाट क्षमताको सौर्य मिनिग्रिडबाट १२० परिवार लाभान्वित भएका छन् । मिनिग्रिड सञ्चालनमा आएसँगै १२० परिवार, तीन व्यावसायिक फर्म र चार वटा सरकारी कार्यालयमा विद्युत् सेवा पुगेको व्यास–१ का वडाध्यक्ष अशोकसिंह बोहराले जानकारी दिए । उक्त सौर्य मिनिग्रिड सञ्चालनमा आएपछि स्थानीयले नियमित रूपमा विद्युत् प्रयोग गर्न पाएका छन् । चिसो मौसमका कारण ब्याट्रीका लागि बेलुका ९–१० बजेदेखि राति २ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिने वडाध्यक्ष बोहराले जानकारी दिए । मिनिग्रेडबाट उत्पादित विद्युत् वितरणका लागि एक दशमलव ११३ किलोमिटर ‘थ्रीफेज’ र ४३२ मिटर ‘सिङ्गलफेज’ प्रसारण लाइन निर्माण गरिएको छ । सशस्त्र ...
ताप्लेजुङमा पशुचौपायामाथि भालुको आक्रमण
समाचार, समाज

ताप्लेजुङमा पशुचौपायामाथि भालुको आक्रमण

नेपालअखबार, ताप्लेजुङ । जिल्लाको फुङलिङ नगरपालिका–९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति पुर्‍याएको छ । फुङलिङ–९ का वडाध्यक्ष लक्ष्मण गुरुङले पछिल्ला केही दिनयता स्थानीय किसानका चारवटा खसी र एउटा भेडा भालुको आक्रमणबाट मरेका जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार नारायणप्रसाद गुरुङको एउटा भेडा र एउटा खसी तथा भगीमान गुरुङका तीनवटा खसी भालुको आक्रमणमा मरेका हुन् । पछिल्ला केही दिनदेखि विभिन्न स्थानमा भालु देखिन थालेपछि स्थानीयवासी त्रसित बनेका छन् । भालुले अलैँचीको टुसासमेत खाएर बगानमा पनि क्षति पुर्‍याएको स्थानीय ताइवान मादेनले बताए । अलैँची बगानमा सिँचाइ गर्न र घाँसदाउरा गर्नसमेत त्रास सृजना हुन थालेको उनको भनाइ छ । भालु नियन्त्रणका लागि वडा कार्यालयले वन कार्यालयसँग समन्वय गरिरहेको वडाध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।...
ललितपुरमा युवकको हत्या, बोरामा प्याक गरेर इनारमा फालियो शव
समाचार, समाज

ललितपुरमा युवकको हत्या, बोरामा प्याक गरेर इनारमा फालियो शव

नेपालअखबार,काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायुलको रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए । उनका अनुसार हायुल ललितपुरमा तरकारी फार्म हाउस चलाउँदै आएका थिए । पछिल्लो समय उनी बुल्गेरिया जाने तयारीमा थिए । विदेश जाने तयारीमा रहेका हायुले रोल्पाका दीपक थापा मगरलाई उक्त फार्म बेचेको समेत खुलेको छ । सोही क्रममा हायु २ पुसमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरफाँटमा रहेको एक इनारमा मृत अवस्थामा भेटिएका थिए । इनारमा बोरा तैरिएको अवस्थामा निकालेर हेर्दा हायुको शव फेला परेको हो । २४ मंसिरदेखि हराएको भन्दै परिवारले प्रहरीमा जानकारी गराएका थिए । प्रहरीले हायुको हत्या भएको निष्कर्ष निकालेको छ । हत्या आरोपमा एक जनालाई पक्राउ समेत गरिएको एसपी जोशीले...
प्रतिनिधिसभा पुन:स्थापनाको पक्षमा कांग्रेसबाट थप ५७ जनाको हस्ताक्षर
राजनीति, समाचार

प्रतिनिधिसभा पुन:स्थापनाको पक्षमा कांग्रेसबाट थप ५७ जनाको हस्ताक्षर

नेपालअखबार, काठमाडौँ । अदालतमा विचाराधिन प्रतिनिधिसभा पुन:स्थापनासम्बन्धी रिटमा तत्कालीन प्रतिनिधिसभाका बहुमत सांसदहरुको हस्ताक्षरसहित पुरक निवेदन दिने प्रयोजनका लागि कांग्रेसका ५७ जना सांसदहरुले हस्ताक्षर गरेका छन् । यसअघि कांग्रेसका तत्कालीन प्रमुख सचेतक र सचेतकसहित सात सांसद र एमालेबाट तत्कालीन मुख्य सचेतक र सचेतकका तर्फबाट प्रतिनिधिसभा पुन:स्थापनासम्बन्धी छुट्टाछुट्टै रिट दायर भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिले निर्वाचनमा जाने संस्थागत निर्णय गरे पनि पार्टी सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीको परामर्शपछि प्रतिनिधिसभा पुन:स्थापनाको मुद्दालाई पनि सँगै अघि बढाउन लागिएको हो । तर, पार्टीभित्र यस मुद्दामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षको भने सहमति छैन । हस्ताक्षर गर्नेमा संस्थापन र इतरपक्षका नेता शेखर कोइराला पक्षका सांसदहरु छन् । महामन्त्रीद्...
राष्ट्रिय सभाको एक सिटका लागि कांग्रेस कोशीबाट मात्रै १२० भन्दा बढीको नाम सिफारिस
राजनीति, समाचार

राष्ट्रिय सभाको एक सिटका लागि कांग्रेस कोशीबाट मात्रै १२० भन्दा बढीको नाम सिफारिस

नेपालअखबार, काठमाडौं।  राष्ट्रिय सभाको एक सिटका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले १२० जनाभन्दा बढी उम्मेदवारको नाम केन्द्रलाई सिफारिस गरेको छ। ‘खुलाबाट १०८ जना, महिलाबाट ९ जना र दलितबाट ७ जना जतिको नाम हामीले केन्द्रलाई सिफारिस गरेर पठाएका छौं,’ कांग्रेस कोशीका सभापति उद्धव थापाले भने, ‘जिल्लाहरूबाट सिफारिस भएर आएका नाम सबै पठाएका छौं।’ केन्द्रीय समितिले राष्ट्रिय सभा तथा प्रतिनिधि सभाका लागि प्रदेशबाट सिफारिस भएका नामहरू गोप्य राख्न भनेकाले अहिले नै नामहरू भन्न नसक्ने उनले बताए। ‘राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैको नाम सिफारिस गरेर पठाएका छौं, नाम चाहिँ अहिले कसैको पनि भन्न मिल्दैन,’ थापाले भने। कांग्रेस प्रदेश समितिका अर्का एक पदाधिकारीका अनुसार राष्ट्रियसभाको उम्मेदवारका लागि धनकुटाका सुनिलबहादुर थापा, झापाका सुधीरकुमार शिवाकोटी सहित १२० भन्दा बढीको नाम सिफारिस भएको ...
सभामुख घिमिरे र चिनियाँ राजदूत छन सोङबीच बिदाई भेट
राजनीति, समाचार

सभामुख घिमिरे र चिनियाँ राजदूत छन सोङबीच बिदाई भेट

नेपालअखबार, काठमाडौँ ।  सभामुख देवराज घिमिरेसँग आइतबार नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन् सोङले बिदाई भेट गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तारलगायतका विषयमा छलफल भएको छ । सभामुख घिमिरेले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किन लागेका राजदूत छन सोङलाई बधाई दिँदै नेपाल–चीन द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तार तथा दुवै देशका संसदहरूबीच सम्बन्ध मजबुत बनाउन उनले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे । सभामुखले राजदूत सोङको नेपाल बसाइ सुखद र अविस्मरणीय रहेको विश्वास व्यक्त गरे । भेटमा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सव वर्षभरि मनाइएको सन्दर्भ उल्लेख गर्दै सभामुख घिमिरेले सन् २०२५ मा दुवै पक्षबाट आयोजना गरिएका विविध कार्यक्रमहरूले द...
वित्तीय स्रोत अभावमा जनअपेक्षा पूरा गर्न सकिएन : राष्ट्रिय सभा अध्यक्ष
राजनीति, समाचार

वित्तीय स्रोत अभावमा जनअपेक्षा पूरा गर्न सकिएन : राष्ट्रिय सभा अध्यक्ष

नेपालअखबार, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले वित्तीय स्रोतका अभावमा स्थानीय तहहरूले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग आयोजना गरेको वित्तीय संघीयता दर्पण, २०८२ को विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन् । नेपालमा जनअपेक्षा अनगिन्ती रहे पनि बजेट अभावमा पूरा हुन नसकेको उनले बताए । ‘जनअपेक्षा अनगिन्ती छन्, प्रदेश र स्थानीय निकायका प्रतिनिधिहरूले वित्तीय स्रोतका अभावमा जनअपेक्षा पूरा गर्न नसकेको गुनासो गरेको सुनिन्छ,’ उनले भने । उनले संघीय सरकारले प्रदेश र स्थानिय तहलाई वित्तीय हस्तान्तरमा कन्जुस्याइँ गर्ने गरेको बताए । मुलुकको सबै क्षेत्रको आर्थिक, सामाजिक विकास र भौतिक पूर्वाधारको प्रगति संघीयताले हुने उल्लेख गर्दै उनले त्यसका लागी वित्तीय स्रोत बाँडफाँट आवश्यकता र संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय प्राकृत...
बागमतीमा तैरिने फोहर पदार्थ संकलन गर्न ‘ट्रास बेरियर’
प्रशासन, समाचार, समाज

बागमतीमा तैरिने फोहर पदार्थ संकलन गर्न ‘ट्रास बेरियर’

नेपालअखबार, काठमाडौं।  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका नदीहरूमा तैरिने फोहर संकलन गर्न ‘ट्रास बेरियर’ जडान गरेको छ। गुह्येश्वरीबाट ट्रास बेरियर जडान सम्पन्न गरी वाग्मती नदीका पाँच स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्येश्वरी, तिलगंगा आँखा अस्पताल, वाग्मती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा एक स्थान गरी जम्मा छ स्थानमा रु ६५ लाखमा ठेक्का सम्झौता गरेर ट्रास बेरियर राख्न थालिएको हो। सहरी विकासमन्त्री कुलमान घिसिङको निजी सचिवालयका अनुसार ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लाष्टिक, पोलिथिन, बोतल, काठका टुक्रालगायत फोहरलाई रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउने काम गर्दछ। काठमाडौँ उपत्यकाका वाग्मती, विष्णुमती, मनोहरा र धोबीखोला नदीहरूमा सहरीकरण, अव्यवस्थित फोहर व्यवस्थापनका कारण ठूलोमात्रामा तैरिने फोहर बग्...