Friday, March 27

समाचार

१० दिन आक्रमण नगर्ने ट्रम्पको घोषणापछि तेलको मूल्य घट्यो
अर्थ, विश्व, समाचार

१० दिन आक्रमण नगर्ने ट्रम्पको घोषणापछि तेलको मूल्य घट्यो

नेपालअखबार, न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा पूर्वाधारमाथि सम्भावित अमेरिकी आक्रमणको समयसीमा १० दिन पछाडि सार्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ । शुक्रबारको प्रारम्भिक कारोबारमा कच्चा तेलको मूल्यमा गिरावट देखिएको हो । द्वन्द्व अपेक्षाभन्दा लामो समयसम्म लम्बिने चिन्ता बढिरहँदा अघिल्लो दिन बढेको मूल्यलाई आंशिक रूपमा मात्र सम्हाल्दै बजारमा अनिश्चितता कायमै रहेको देखिएको छ । शुक्रबार ०२ः ३० जीएमटीमा लन्डनस्थित आईसी एक्सचेञ्जमा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ १ दशमलव ५ प्रतिशतले घटेर प्रतिव्यारेल ९३ डलर शून्य ७ सेन्टमा झरेको छ । त्यस्तै, तेलको अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) १ दशमलव ८ प्रतिशतले घटेर १०६ डलर १२ डलर प्रति व्यारेलमा कारोबार भएको छ । दीर्घकालीन रूपमा हेर्दा मूल्य अझै उच्च अव...
कुकुर र मानवबिचको मित्रताको कथा बदल्ने एउटा बङ्गारा : १५ हजार वर्ष पुरानो रहस्य खुल्यो
समाचार, समाज, हाइलाइट-समाचार

कुकुर र मानवबिचको मित्रताको कथा बदल्ने एउटा बङ्गारा : १५ हजार वर्ष पुरानो रहस्य खुल्यो

नेपालअखबार,लण्डन । लण्डन सोमर्सेटस्थित एउटा गुफाको गहिराइमा भेटिएको एउटा सानो बङ्गाराले मानव र कुकुरबिचको सम्बन्धको इतिहासलाई पूर्ण रूपमा बदलिदिएको छ। डीएनए विश्लेषणका अनुसार यो बङ्गारा संसारकै सबैभन्दा पुराना घरपालुवा कुकुरहरूमध्ये एकको हो। यस खोजले बेलायतमा मानिसहरूले आजभन्दा १५ हजार वर्षअघि नै कुकुरसँग निकै नजिकको सम्बन्ध बनाएर बसेको तथ्य पुष्टि गरेको छ। यो समय कृषि युगको सुरुवात हुनु वा बिरालाहरू मानव घरमा प्रवेश गर्नुभन्दा हजारौँ वर्ष अघिको हो। नेचुरल हिस्ट्री म्युजियमका डा. विलियम मार्शका अनुसार यस खोजले जङ्गली ब्वाँसोबाट कुकुरको विकास भएको समयलाई करिब ५ हजार वर्ष पछाडि धकेलिदिएको छ। हिमयुगको अन्त्यतिर मानव बस्ती वरिपरि घुम्ने खैरो ब्वाँसाहरू बिस्तारै मानिसले फालेका खानेकुरा खाँदै मानिससँग घुलमिल हुन थालेका थिए। सयौँ पुस्ताको प्रजननपछि यी जनावरहरू सिकार गर्न, पहरेदारी गर्न र...
युक्रेनमा चौबीस घन्टाभित्र भएको अहिलेसम्मकै ठूलो रूसी हवाई हमला
विश्व, समाचार

युक्रेनमा चौबीस घन्टाभित्र भएको अहिलेसम्मकै ठूलो रूसी हवाई हमला

नेपालअखबार, काठमाडौं । रूसले युक्रेनमा चौबीस घन्टाभित्र अहिलेसम्मकै ठूलो हवाई हमला गरेको छ। ‍मध्यपूर्वमा जारी तनावबीच रूस-युक्रेन युद्धविरामका लागि कुटनीतिक छलफल कम भइरहँदा रूसबाट चौबीस घन्टाभित्र भएको अहिलेसम्मको ठूलो हवाई हमला गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। यसले विश्वको ध्यान अन्यत्र मोडिएको सन्दर्भमा रूसले युद्धको गतिशीलता बढाएको संकेत गरेको छ। बिबिसीका अनुसार गएको चौबीस घन्टामा रूसले युक्रेनमा ९४८ वटा ड्रोन प्रहार गरेको छ। स्थानीय समयअनुसार मंगलबार बिहानदेखि मात्रै ५५६ ड्रोन प्रहार गरिएको युक्रेनी पक्षले जनाएको छ। मंगलबार दिउँसो पनि रूसले युक्रेनमा ड्रोन हानेको थियो। दिउँसोको आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको बिबिसीले जनाएको छ। युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत ल्भिभमा १६औं शताब्दीको बर्नार्डिन मठ क्षतिग्रस्त भएको...
कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण, इन्धन डिपोमा आगलागी
विश्व, समाचार

कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण, इन्धन डिपोमा आगलागी

नेपालअखबार, दुबई । कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहानै इरानी ड्रोनले आक्रमण गरेको छ। कुवेतको नागरिक उड्डयन प्राधिकरणका अनुसार ड्रोनले विमानस्थलमा रहेको इन्धन डिपोलाई लक्षित गरी प्रहार गरेको थियो, जसका कारण उक्त क्षेत्रमा ठूलो आगलागी भएको हो। कुवेत न्युज एजेन्सी (कुना) सँग कुरा गर्दै आधिकारिक प्रवक्ता अब्दुल्लाह अल राज्हीले प्रारम्भिक रिपोर्ट अनुसार आक्रमणबाट भौतिक क्षति मात्र भएको जानकारी दिएका छन्। घटनामा अहिलेसम्म कुनै मानवीय क्षतिको खबर आएको छैन। आक्रमण लगत्तै अधिकारीहरूले आपतकालीन सुरक्षा संयन्त्र परिचालन गरेका थिए। दमकल र सम्बन्धित निकायका टोलीहरूले तत्कालै घटनास्थल पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए। अहिले विमानस्थलको उक्त क्षेत्रलाई सुरक्षित राख्दै क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ।...
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
अर्थ, समाचार

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

नेपालअखबार,पर्सा । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात बढेको छ । पेट्रोलियम पदार्थको आयातबाट रु ५२ अर्ब १५ करोड राजस्व सङ्कलन भएको छ । त्यसैगरी, रु ६३ अर्ब ६५ करोड बराबरको सात लाख दुई हजार ३०० किलोलिटर डिजेल आयात भएको छ । सोही अवधिमा रु २५ अर्ब ३० करोड बराबरको दुई लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल रु २० अर्ब ८५ करोड बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम एलपी ग्यास आयात भएको छ ।...
सुनको मूल्य घट्ने क्रम जारी, एक सातामै ३६ हजार घट्यो
अर्थ, समाचार

सुनको मूल्य घट्ने क्रम जारी, एक सातामै ३६ हजार घट्यो

नेपालअखबार, काठमाडौं । सुनको मूल्य घट्ने क्रम मंगलबार पनि जारी रह्यो । यस दिन प्रतितोला १ हजार ६ सय रुपैयाँले मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला मूल्य २ लाख ७३ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । एक सातामै सुनको भाउ तोलामा ३६ हजार रुपैयाँ घटेको छ । गत मंगलबार प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै मूल्य घटेपछि त्यसको प्रभाव नेपाली बजारमा परिरहेको छ । आज चाँदी भने सामान्य बढेको छ । प्रतितोला ८० रुपैयाँले चाँदीको भाउ बढेसँगै ४ हजार ५०५ रुपैयाँ पुगेको छ । चाँदी पनि विगत एक सातामा ८३० रुपैयाँ घटेको छ । गत मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।...
काम नगर्ने ठेकेदारलाई कारबाही प्रक्रिया अघि बढाइयाे
समाचार, समाज

काम नगर्ने ठेकेदारलाई कारबाही प्रक्रिया अघि बढाइयाे

नेपालअखबार, भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई कारबाही अघि बढाएको छ । आर्थिक वर्ष २०७७-७८ थालिएको १५ शय्याको कोट अस्पताल निर्माणलाई अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाएको हो । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै निर्माण कम्पनी भूमि हिमालयन जेभी विराटनगरलाई आवश्यक स्पस्टीकरणसहित सात दिनभित्र सम्पर्क आउन निर्देशन दिएको छ । तोकिएको समयभित्र सम्पर्कमा नआएमा प्रचलित ऐन, नियमावली तथा सम्झौताअनुसार एकतर्फी रूपमा कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ । समयमा काम सम्पन्न नगरेको, निर्माणस्थल अलपत्र छाडिएको तथा पटकपटक ताकेता गर्दासमेत सम्पर्कमा नआएको भन्दै सम्बन्धित निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको सूचनामा उल्लेख गरिएको छ । गाउँपालिकाले सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ तथा सम्झौताम...
चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन
प्रशासन, समाचार

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

नेपालअखबार,चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ । नियमित सुरक्षा गस्ती, स्वीप र एम्बुसिङ्गसँगै प्रविधिको समेत प्रयोग गर्न थालिएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार कार्यालयले नियमित रूपमा लामो, मध्यम र छोटो दूरीको गस्ती, सुराकी परिचालन, संयुक्त अनुसन्धान सेल सञ्चालन हुँदै आएका छन् । अहिले निकुञ्ज प्रशासनले चार तालिमप्राप्त कुकुरसमेत निकुञ्जको सुरक्षामा प्रयोग गर्दै आएको छ । यस्तै, रियल टाइम मनिटरिङ, सिसीटिभी क्यामेराबाट मनिटरिङ्, ड्रोन, भेइकल ट्याकिङ रेकड सिस्टमलगायतका प्रविधिबाट निकुञ्जको सुरक्षा गरिएको छ । उनका अनुसार यस बाहेक पैदल, साइकल, हात्ती, डुङ्गा र सवारीसाधनबाट गस्ती गरिँदै आइएको छ । प्रविधिको प्रयोगले चोरीसिकारी नियन्त्रणमा महत्त्वपूर्ण सफलता प्राप्त गर्दै आएको उनले बताए । उनले भने, “प्रविधिको प्रयोगसँगै वन्यजन्तु...
रोल्पामा पहिलोपटक भूतपूर्व सैनिक सम्मेलन हुँदै
प्रशासन, समाचार

रोल्पामा पहिलोपटक भूतपूर्व सैनिक सम्मेलन हुँदै

नेपालअखबार,रोल्पा । रोल्पामा पहिलोपटक भूतपूर्व सैनिक सम्मेलन आयोजना हुने भएको छ । नेपाली सेनाबाट निवृत्तिभरण प्राप्त भूतपूर्व सैनिक तथा एकल महिलाहरुलाई लक्षित गरी भूतपूर्व सैनिक सम्मेलन-२०८२ गर्न लागिएको हो । नेपाली सेनाको जङ्गी अड्डाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा रोल्पाको सूर्य दलगण लिबाङ ब्यारेकमा यही चैत २२ गते सम्मेलन गर्न लागिएको सूर्य दल गण रोल्पाका प्रमुख सेनानी ईश्वर थापाले जानकारी दिए । ‘सम्मेलनमा सहभागी हुनका लागि हामीले चैत १ गतेदेखि १७ गतेसम्म सो गणमा दर्ता डेस्क खडा गरेका छौं’, सेनानी थापाले भने, ‘प्रत्येक दिन बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म दर्ता गर्ने कार्य सुरु भएको छ ।’ रोल्पा जिल्लामा जम्मा ११० जना भूतपूर्व सैनिकको संख्या रहेको भूतपूर्व सैनिक संघ रोल्पाका सभापति खिमविक्रम केसीले जानकारी दिए । ‘रोल्पामा अहिलेसम्म एकल महिला संख्या १०...
इरानले भन्यो– इजरायलको कारण युद्ध लम्बियो, क्षतिपूर्ति नभएसम्म आक्रमण रोक्दैनौं
विश्व, समाचार

इरानले भन्यो– इजरायलको कारण युद्ध लम्बियो, क्षतिपूर्ति नभएसम्म आक्रमण रोक्दैनौं

नेपालअखबार,काठमाडौं । इरानले अमेरिका र इजरायलसँगको लडाइँबाट पछि नहट्ने अडान कायम राखेको छ । अमेरिका–इजरायलको संयुक्त आक्रमणको क्षतिपूर्ति नगरेसम्म युद्ध जारी रहने इरानको अडान छ । ट्रम्पले इरानमा पाँच दिनका लागि आक्रमण स्थगित गरेको घोषणा गरेपछि इरानको सो भनाइ सार्वजनिक भएको हो । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रजाईले एक टेलिभिजनमार्फत् युद्धको क्षतिपूर्ति नभएसम्म लडाइँ जारी राख्ने बताएका हुन् । उनले इरानमाथि लगाइएका सबै आर्थिक प्रतिबन्ध हटाइनुपर्ने र भविष्यमा अमेरिकाबाट कुनै हस्तक्षेप नहुने ठोस ग्यारेन्टी हुनुपर्ने पनि बताएका छन् । इरानी सेना पूर्ण क्षमताका साथ लडिरहेको बताउँदै उनले नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको नेतृत्वमा देशलाई मजबुत रुपमा सम्हालिरहेको बताएका छन् । ‘इजरायलका कारण युद्ध लम्बिएको जिकिर’ रजाईका अनुसार यो युद्ध एक हप्...