Wednesday, November 25

समाचार

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडाैंं। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ९३४ जनामा कोरोना पुष्टि भएको हो। यो एकैदिन संक्रमित हुनेमध्ये अहिलेसम्मकै उच्च संख्या हो। मन्त्रालयका अनुसार उपत्यकाका काठमाडाैँमा ७४७ , भक्तपुरमा ७३ र ललितपुरमा ११४ जनामा कोरोना पुष्टि भएको हो।...
पछिल्लो २४ घण्टामा १५ सय १३ संक्रमित थपिए
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा १५ सय १३ संक्रमित थपिए

नेपाल अखबार, पाेखरा । देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५१३ संक्रमित थपिएका छन् । यस्तै आज काठमाडौ उपत्यकामा ९३४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै देशभर संस्थागत आइसोलेशनमा ९ हजार ६८९ जना रहेका छन् भने होम आइसोलेशन १० हजार ७०७ जना रहेकाछन् । यस्तै पछिल्लो २४ घण्टामा ७३१ जना डिस्चार्ज हुँदा निको हुनेको कुल संख्या ५५ हजार ३७१ पुगेको गौतमले बताए । यस्तै आज १० हजार ८९१ जनाको पीसीआर परीक्षण भएको पनि गौतमले बताए ।...
बागलुङको बाढीपहिरोमा परेका १६ जना अझै बेपत्ता
समाचार, समाज, हाइलाइट-समाचार

बागलुङको बाढीपहिरोमा परेका १६ जना अझै बेपत्ता

नेपालअखबार, बागलुङ । यो वर्षको मनसुन सुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका बागलुङका १६ जनाको स्थिति अझै अज्ञात छ । मनसुनजन्य विपद्का कारण ३८ जनाको मृत्यु भएको छ । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परेका ढोरपाटन नगरपालिका-९ का १५ जना बेपत्ता छन् । त्यसअघि साउन १० गते बागलुङ नगरपालिका-१ मा खसेको पहिराले टिपर पुर्दा हराएका चालक निर्मल पुन पनि अझैसम्म बेपत्ता छन् ।महिना दिन बित्न लाग्दासमेत बाढीमा परेकाहरु नभेटिएपछि प्रहरीले खोजबिन गर्न छाडेको छ । सुरक्षाकर्मी र उद्धारकर्ता हप्तौंसम्म बेपत्ताको खोजीमा जुटेका थिए । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बेपत्ता भएका सकुशल भेटिने सम्भावना न्यून रहेको बताए । सुरक्षाकर्मीले छिमेकी गुल्मीसम्म पुगेर बाढीले बगाएका शवको उद्धार गरेका थिए । जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धीरेन्द्रराज पन्तले बेपत्ता भए...
एसईई परीक्षा शुल्क फिर्ता गर्न अभिभावकको माग
शिक्षा, समाचार, समाज

एसईई परीक्षा शुल्क फिर्ता गर्न अभिभावकको माग

नेपाल अखबार, काठमाडौं । अभिभावकहरूले माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि उठाइएको परीक्षा शुल्क फिर्ता गर्न माग गरेका छन् । नोवेल कोरोना भाइरस (कोभिड–१९) कारण सरकारले परीक्षा सञ्चालन नगरेपछि अभिभावकहरूले शुल्क फिर्ता मागेका हुन् । नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘परीक्षा नै सञ्चालन नभएपछि सबै विद्यार्थीले तिरेको परीक्षा शुल्क फिर्ता गर्नुपर्दछ ।’एसईईका लागि ४ लाख ८२ हजार ९८६ विद्यार्थीले जनही ५०० रुपैयाँ तिरेर परीक्षा फर्म भरेका थिए । यस अनुसार राष्ट्रिय परीक्षा बोर्डले सबै विद्यार्थीसँग २४ करोड १४ लाख ९३ हजार रुपैयाँ उठाएको देखिन्छ । परीक्षा सुरु हुनु भन्दा एक दिन पहिले ५ चैतमा सरकारले परीक्षा स्थगित गरेको थियो । २८ जेठमा मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा नलिने र आन्तरिक मूल्यांकनको आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेको थियो । कक्षा १० को विद्यार्थी मूल्यांकन, ...
अब्यवाहारीक प्रबधान खारेजीको माग गर्दै युवा डाक्टारको धर्ना
समाचार, समाज

अब्यवाहारीक प्रबधान खारेजीको माग गर्दै युवा डाक्टारको धर्ना

नेपालअखबार,पोखरा । एमडीको परिक्षामा देखिएको अब्यवाहारीक प्रबधान परिमार्जनको माग गर्दै युवा डाक्टार एसोसियसन पोखराले जिल्ला प्रशासन कार्यलय कास्की अगाडी धर्ना दिएको छ । एसोसियसनले सोमबार जिल्ला प्रशासन कार्यलय कास्कीमा अब्यवाहारीक प्रबधान परिमार्जन हुनुपर्ने माग सहितको ज्ञापनपत्र बुझाउदै धर्ना दिएको हो । हालै सार्वजनिक भएको चिकित्सा शिक्षा नियमावली र एकिकृत परिक्षाको सुचनाको केही बुदाँहरु गैरसरकारी चिकित्सकको हकमा अन्यायपुर्ण रहेकोले त्यी बुदाँहरु परिमार्जन हुनुपर्ने एसोसियसनको माग छ । बिशेषगरी सिट बाँडाफाडको बिषय, खुल्ला प्रतिस्पर्धामा देखिएको अस्वस्थ प्रतिस्पर्धा र चिकित्सा शिक्षामा रहेका बिभेदकारी र अन्यायपुर्ण ब्यवस्था परिमार्जन हुनुपर्ने आफुहरुको माग रहेको युवा डाक्टार एसोसियसन पोखराका संयोजक डाक्टर सन्जिब बस्नेतले जानकारी दिए । चिकित्सा शिक्षा नियमावली सार्वजनिक हुँदा त्यसको मुलमर्म प...
विद्युत प्राधिकरण कार्यालय वीरगञ्जमा कोईराला फाउण्डेशनले ज्ञापन पत्र बुझाए
समाचार, समाज

विद्युत प्राधिकरण कार्यालय वीरगञ्जमा कोईराला फाउण्डेशनले ज्ञापन पत्र बुझाए

इरफानअलि, वीरगंज । विधुत प्राधिकरण पर्साले लकडाउन अवधि भरको बिल महसुलको जरिवाना लिएको भन्दै गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले विधुत प्राधिकरण तथा वितरण केन्द्र पर्सामा आज विरोध जनाउदैं ज्ञापन पत्र बुझाएको छ । लकडाउन अवधिभरको जरिवाना लिएको भन्दै स्व गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा फाउण्डेशन पर्साले नेपाल विधुत प्राधिकरण पर्साका प्रमुख शम्भु कुर्शैत यादवलाई ज्ञापन पत्र बुझाएका छन । विश्वमा एकातिर कोरोना महामारीका कारण नेपाल लगायत विश्व नै आक्रान्त बनेको छ । कोरोनाका कारण विश्वले नै अपुर्णिय क्षति व्यह्रोनु परेको छ । यस महामारीले मानिस भौतिक दुरी कायम गरी सम्पुर्ण कामकाज गर्न नेपाल सरकारले अहवान गरेता पनि नेपाल विधुत प्राधिकरण पर्सा वितरण केन्द्रले हाल सम्म यस रोगको कारण देखाई आफनो पुरानो लयमा फर्कन नसकेकोले पर्सेली जनतालाई यसको ठुलै मार ख...
बालुवा झिक्ने क्रममा पुरिएर १ जनाको मृत्यु
समाचार, स्वास्थ्य

बालुवा झिक्ने क्रममा पुरिएर १ जनाको मृत्यु

नेपाल अखबार, वालिङ । बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ । बालुवा निकाल्ने क्रममा आज बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको गह्रौँ प्राथमिक अस्पतालका सूचना अधिकारी देवेन्द्रप्रसाद भट्टराईले बताए । उनीसँगै बालुवा निकाल्ने क्रममा स्थानीयवासी ३५ वर्षीया मुना थापा र ३१ वर्षीया नारायणी सिञ्जाली घाइते भएका छन् । रासस...
बाढीपहिरोले अवरुद्ध चामे-बेँसीशहर सडक अझै बन्द
समाचार, समाज

बाढीपहिरोले अवरुद्ध चामे-बेँसीशहर सडक अझै बन्द

नेपाल अखबार, मनाङ । हिमाल पारीको जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकखण्ड महिनौँदेखि बन्द छ । वर्षादको समयमा कुनैपनि गाडी चल्न सकेनन् । नियमित परेको वर्षासँगै आएको बाढी पहिरोले उक्त सडकखण्डको झन्डै लमजुङतर्फको ३५ किलोमिटर सडक सबैजसो पहिरो र बाढीले क्षतविक्षत बनाएको छ । लमजुङको जगतदेखि च्याम्चेहुदै मनाङको तालसम्मको सडक झनै बिग्रेको छ । कतिपय ठाउँमा स्थानीय सरकारको पहलमा सडक डिभिजनले सडक मर्मत गरी सञ्चालनमा ल्याएको थियो तर पानी परेपछि पुल तथा सडक मर्मत गर्न सकिएको छैन । जिल्लाभित्रका केही ठाउँमा यातायात चले पनि कतिपय ठाउँमा भने अझै सञ्चालन हुन सकेको छैन । कोरोना महामारीले प्राय सवारी साधान आवतजावत ठप्प भए पनि खाद्यान्न लगायत अत्यावश्यक सामग्री ढुवानीका लागि सवारी साधान भने सञ्चालन भएका छन् । मनाङ जाने सडक पूर्णरूपमा सञ्चालनमा नआउँदा ठाउँठाउँमा पल्टी गर्दै ल्याउने लाने गर्नुपर्ने बाध...
पोखरामा थप १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पोखरामा थप १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। पोखरामा थप १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखराका थप १४ जनालाई संक्रमण पुष्टि भएको हो । पोखरा ५ की ९ वर्षीय बालिका तथा १४ वर्षीय बालक सहित ३६ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा ८ का ४९ वर्षीय पुरुष, १३ का २४ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । त्यस्तै पोखरा १५ का ३४ वर्षीय पुरुष सहित ३३ र ५६ वर्षीय २ जना महिला, १७ का ५५ र ५६ वर्षीय महिला सहित २४, ३१ र ६१ वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा २० का ८३ वर्षीय वृद्धलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । यता नवलपरासी (ब.पु.पू) का ४ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको विनयत्रिवेणीका हुन् । विनयत्रिवेणी ३ की १२ वर्षीय बालिका सहित ७० वर्षी...
कोरोनाबाट संसारभरी मृतकको संख्या १० लाख पार
विश्व, समाचार, स्वास्थ्य

कोरोनाबाट संसारभरी मृतकको संख्या १० लाख पार

नेपाल अखबार,एजेन्सि। १० महिनाभित्र संसारभरी कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या १० लाख नाघेको छ । जोन होपकिन्स युनिभर्सिटीका अनुसार यीमध्ये लगभग आधाको मृत्यु अमेरिका, ब्राजिल, भारत र मेक्सिकोमा भएको छ । जहाँ अमेरिकामा कोरोनाभाइरसले २,०५,०३१ जनाको ज्यान गुमिसकेको छ भने ब्राजिलमा यसले १,४२,०५८ को मृत्यु भएको छ । यस्तै भारतमा ९५,५४२ र मेक्सिकोमा ७६,७३० को मृत्यु भएको छ । संयुक्त राष्ट महासचिव एन्टोनियो गुटेरेशले भाइरसका कारण ज्यान गुमाउनेहरुको आँकडा मन दुखाउने किसिमको छ । यो संकटबाट लड्नका लागि अन्तरराष्ट्रिय सहयोग र नेतृत्वको आवश्यकता भएको उनले बताए । यद्यपि, थुप्रै जानकारका अनुसार मृत्युको आँकडा १० लाखभन्दा पनि बढि हुनसक्छ किनभने थुप्रै देशमा कोरोनाभाइरसका लागि कम परीक्षण भइरहेको छ जसका कारण कोभिड–१९ का कारण हुने मृत्यु सहि तरिकाले दर्ता भइरहेको छैन । कोरोना संक्रमणको पहिलो मामिला १० ...