नेविसंघको माग पक्राउ परेका विद्यार्थी नेताहरुकाे रिहा
नेपाल अखबार, काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयबाट पक्राउ परेका विद्यार्थीहरुलाई तत्काल रिहा गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गरी साउन २७ गते विश्वविद्यालय परिसरबाट पक्राउ गरेका विद्यार्थीहरुलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।
प्रहरीले साउन २७ गते विश्वविद्यालयमा तोडफोड गरेको आरोप लगाउँदै विद्यार्थी नेताहरु सम्झना खत्री, श्यामराज ओझा, हरि जोशी, विष्णु पौडेल, गणेश थानी, रमेश कुँवरलगायत आठ जनालाई पक्राउ गरेको थियो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति र प्रहरीका केही अधिकारीले संघका कार्यकर्तालाई झुठो मुद्दा लगाएर फसाउन खोजेको संघले आरोप छ ।
सत्ताको आडमा झुठा मुद्दा लगाएर संघका विद्यार्थीलाई फसाइएको अध्यक्ष राजीव ढुङ्गानाले बताए। त्रिविमा धर्मकान्त बाँस्कोटा उपकुलपति बनेपछि प्राज्ञिक थलोलाई नेकपा कार्यकर्ताको भर्ति...
